• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बागलुङका जनतालाई खानेपानी अभाव रत्नेचौर क्षेत्रले एक दर्जन मुल कब्जा

  • चैत ९, २०७९

बागलुङ-     २०५८ सालमा बागलुङ नगरपालिका वडा नम्वर ५ मालिकाको कमेरे खानेपानी मुहान मुलको पानी बागलुङ नगरपालिका–५ र ४ का उपभोत्ताले खानेपानी खुवाउने उद्देश्यले आयोजना निर्माण भयो । तत्कालिन अवस्थामा खानेपानी योजना निर्माणका लागि योजना पनि तयार भयो । केही रकम पनि विनियोजन भयो तर योजना अगाडी बढ्न सकेन त्यो खानेपानी अहिले सम्म बागलुङका उपभोक्ताले पिउन पाएका छैनन् । उक्त मुहानको पानी म्याग्दी जिल्लाको बेनी नगरपालिका १ रत्नेचौरका स्थानीयले सिंचाईका लागि प्रयोग गर्दै आएका छन ।

त्यहाँका स्थानियले कमेरेपानी नजिकै रहेको  ठुलो खोला र बागलुङ खण्डमा रहेका करिव एक दर्जन मुलको पानी म्याग्दीको रत्नेचौरमा लगेर खानेपानीका साथै रत्नेचौरको फाँटमा सिंचाई गर्दै आएका छन । यसरी प्रयाप्त मात्रामा पानी लैजाँदै जाँदा बागलुङका जनताले भने खानेपानी समेत पाएका छैनन । यसले गर्दा एउटा गाउँ काकाकुल छ भने अर्को गाउँले दर्जनौ मुलको पानी कब्जा गरेको छ ।  रत्नेचौर बासीले ठुलो खोला र बागलुङ नगरपालिका–५ मा पर्ने दर्जनौं मुल कब्जा गर्दा बागलुङ क्षेत्रका उपभोक्ता भने खानेपानीको समस्या रहेको छ ।
१ हजार २ सय घरधुरीले खानेपानीको चरम समस्या झेल्दै
    वषौं देखी विवाद हुँदै आएको कमेरे खानेपानी मुहानबाट निश्केको पानी म्याग्दी रत्नेचौरका स्थानियले सिंचाईका लागि प्रयोग गरेका छन भने यता बागलुङका जनताले खानेपानीका लागि ल्याउन पनि पाएका छन । यो खानेपानी मुहानका विषयमा विवाद हुँदा बागलुङ क्षेत्रका १ हजार २ सय घर धुरीले चरम समस्या झेल्दै आएका छन । 
बागलुङ नगरपालिका नम्वर ५ बान्द्रे र वडा नम्वर ४ का उपभोक्तालाई खानेपानी खुवाउने उद्देश्यले योजना पर्दा समेत रत्नेचौरका स्थानीयले  अवरोध गर्दा बागलुङका उपभोक्ता खानेपानीबाटै बन्चित हुदै आएका हुन् ।
लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएको बागलुङ नगरपालिका वडा नं ५ को बान्द्रे, वडा नं ४ को कुँडुले फेदी, कुँडुले छाप, दाह्रेगौडा, रमेटार, उपल्लाचौर, डुङढुंगा लगाएतका बस्तीमा खानेपानी ल्याउने योजना भएपनि रत्नेचौरका स्थानीय बासिन्दाले जमिन सिचाईमा पानी प्रयोग गर्ने तर खानेपानी ल्याउन विरोध गर्ने प्रवृति गलत भएको बागलुङ नगरपालिका –४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री बताउँछन । बागलुङ नगरपालिकामा नै पर्ने मुहानबाट यहाँका स्थानियलाई खानेपानी खुवाउन खोज्दा म्याग्दीको रत्नेचौका बासिन्दाले विरोध गर्दा यस क्षेत्रका स्थानिय काकाकुल अवस्थामा रहेको क्षेत्रीले बताए । 
बागलुङ क्षेत्रका जनताले खानेपानी नपाएको बेला रत्नेचौरमा सिंचाईका लागि लानु र यसलाई आधा अधार गरौ भन्दा पनि मानोमानी ढंगले खानेपानीका मुहानहरुलाई मेरो र तेरो गरी प्राकृतिक श्रोतलाई कब्जामा लिन खोजेको उपभोक्ताहरुको गुनासो रहेको छ । 
२०५८ सालमा दर्ता भएको पानि अहिले ल्याउन पाएनन
कमेरे मुलको पानी साविक मालिका गाविसको बान्द्रे र बागलुङ नगरपालिको साविक वडा नम्वर १० तथा ११ हालको बागलुङ नगरपालिका ४ मा खानेपानी ल्याउन पहल सुरु भै २०५८ सालमा मुल दर्ता भएको थियो वडा अध्यक्ष क्षेत्रीले भने,–‘ सो समयमा बागलुङका उपभोक्ताले विच्छाएका खानेपानीका पाइप, पाइप जडान गर्ने मेशिन लगाएतका उपकरण म्याग्दीको रत्नेचौरका स्थानीयले लुटेर लगेको थिए ।  तत्कालिन उपभोक्ता समितिले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयमा उजुरी समेत दिएको पनि हुन ।  सशस्त्र द्धन्द तथा संकटकालको अवस्था रहेकोले पानीको काम अघि बढ्न सकेन ।  अहिले काम सुरु गर्दा रत्नेचौरका स्थानीय बासिन्दाले विरोध गर्नु दुखद कुरा हो’ । उनले बागलुङ नगरपालिकामा रहेको मुल म्याग्दीले कुनै दर्ता विना नै लगेको र हाल  निर्माण गरेको कमेरे मुलमा निर्माणधिन खानेपानी ट्याङकीको संरचना तोडफोड भएको समेत जनाए । 
खानेपानी मुल विवाद समाधानको पहल भैरहेको बेला बागलुङ नगरपालिकाले करिव २ लाख खर्च गरेको संरचना तोडफोड भएको हो । संरचना निर्माण भएको ५ दिन नबित्दै तोडफोड भएको छ । 
‘हामी मिलेर पानी लैजाउँ भन्ने उद्देश्यले सहमतीको बाटो रोजेका छौं वडा अध्यक्ष क्षेत्रीले भने,–‘२०५८ साल देखी नै मुल दर्ता गरेर खानेपानी लैजाने निधो गरियो । तत्कालिन समयमा सहमती समेत भएको थियो । हामी सँग प्रमाणपत्र नै छ । उ बेला पैसाको अभावका कारण खानेपानीको काम अगाडी बढाउन सकेनौं अहिले आएर उहाँहरुले सिंचाईमा लगेको पानी केही भाग हामीलाई दिनु भन्दा उहाँहरुले दिन मान्नुहुँदैन ।’ उनले अझै पनि सहमतीको बाटो खोजेको आधा आधा पानी लैजाने र पुरानै प्रबृति देखाएमा वडा नं. ४ का जनताले पानी त्यसै नछाड्ने बताए । 
उनले कमेरे मुलको विषयमा बागलुङ र म्यादीको बेनी नगरपालिका १ रत्नेचौरका स्थानीय बिचको खानेपानी मुल विवाद समाधान खोजिएको र केही मौखिक सहमति भए पनि फेरी त्यो सहमती परिवर्तन भएको बताए । 
५८ प्रतिशत म्याग्दी र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने सहमति रत्नेचौर बासीले मानेने
पानी कै विषयमा बागलुङ र म्याग्दीका सुरक्षा प्रमुख तथा जनप्रतिनिधिबिच सहमतिको प्रयास भएको थियो ।  खानेपानी समस्या समाधान गर्न भन्दै दुवै जिल्लाका उच्चपदस्थ अधिकारीहरुको २०७९ फागुन १७ मा बागलुङ बजारमा बसेको बैठकले मुहानको पानीको प्राविधिक जाँचमा प्रतिसेकेन्ड ७ लिटर पानी रहेकोमा प्रतिसेकेन्ड ४ लिटर म्याग्दीको रत्नेचौरले प्रयोग गर्ने र बाँकी ३ लिटर बागलुङले प्रयोग गर्ने , हिउँदका ४ महिना ९ फाल्गुन देखि जेष्ठ सम्म मुहानको कुल पानिको ५८ प्रतिशत रत्नेचौर र ४२ प्रतिशत बागलुङले उपयोग गर्ने गरि सहमति भएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । मौखिक सहमतिलाई अहिले रत्नेचौरका बासिन्दाले नमानेका कारण पुन विवाद भएको श्रेष्ठले बताए । ‘म्याग्दी र बागलुङको सहमतिमा ४२ र ५८ प्रतिशत पानी विभाजन गर्ने सहमति भयो । पानी बाढेर खाने विन्दुमा पुग्दा पुन असमहति भएको छ, नगरप्रमुख श्रेष्ठले भने,–‘यस क्षेत्रबाट धेरै मुलबाट रत्नेचौर तिर पानी लगिएको रहेछ । सिंचाईलाई भन्दा पहिले पिउने पानीलाई प्राथमिकता दिउँ केही भाग बागलुङका जनतालाई पनि खुवाउ भन्ने हाम्रो उद्देश्य हो । जनताले श्रमदान गरेर पानि लैजान खोज्दा अहिले विरोध भएको छ ।’ उनले खेर गएको पानिलाई व्यस्थित गरेर लैजान खोज्दा रत्नेचौर बासी बागलुङ सँग डराएको बताए । 
 उनले जनताहरुको विचमा लडाई झगडा भन्दा पनि सवै नेतृत्व तहकाले यसको सहमतिको बाटो खोज्नुपर्ने बताए । नगरपालिकाले उक्त योजना सम्पन्न गर्नका निम्ती ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 
कमेरे मुहानको पानी अपुग भएमा आसपासका लगायत खोलाको पानी समेत मिसाएर बाँडफाँड गरिने गरि सहमति भएको र सहमति दुवै क्षेत्रका उपभोक्तालाई जानकारी गराउने सहमति भएको भएपनि रत्नेचौरका केही स्थानीयले जनप्रतिनिधिलाई समेत दवावमा राखेपछि सहमति कार्यन्वयन हुन सकेको छैन । रत्नेचौरका स्थानीयले प्रयोग गर्दे आएको खानेपानीका विषयमा सहमति गरेर निकास निकाल्नु पर्ने म्याग्दीको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेक बहादुर थापालले बताए ।  
सहमतिको बाटो खोजौं 
विहिबार स्थलगत अध्ययनका लागि गएका जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले दुई गाउँ विच सहमति गरेर खानेपानी व्यवस्थापन गर्नुपर्ने बताए । उनले यस क्षेत्रबाट रत्नेचौरका लागि धेरै पाईपमा पानी लगेका कारण बागलुङका स्थानियलाई सहमतिमा दिनुपर्ने बताए । ‘रत्नेचौर क्षेत्रमा धेरै स्थानबाट खानेपानी र सिंचाईका लागि पानि लगिएको रहेछ । बागलुङ क्षेत्रमा खेर गएको पानी व्यवस्थापन गरेर लैजान्छौं भन्नुभएको छ ।  केही वडाका बासिन्दाका लागि मात्र खानेपानीको व्यवस्थापन गर्न खोजिएको हो । सवै नगरपालिकाका लागि हैन । थापाले भने,–‘ अहिले सम्म बागलुङले जबरजस्ती पनि गरेको छैन । अधिकाशं मुहान बागलुङकै भुभागमा रहेछन । पछि दाबी गर्ने हो भने सवै भाग लगाउन पर्ने पनि हुन सक्छ । त्यसैले सहमतिको बोटो खोजेमा सहज हुनेछ ।’ खानेपानीको विषयमा म्याग्दीका उपभोक्ताले सर्वोच्च अदालतमा  मुद्धा हालेका छन भने  सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको  बताईएको छ । 

No description available.

No description available.No description available.

प्रतिक्रिया