 
                                                                                
                                    बागलुङ -  आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ बागलुङ क्षेत्र नं. १ मा सत्ता गठबन्धका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी रहेका छन उनि सँग नेकपा एमालेका केन्द्रीय सदस्य डा. सुर्य पाठक रहेका छन । पाठक २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । त्यो बेला गठबन्धन गरेका एमाले र राष्ट्रिय जनमोर्चा अहिले दुई धुव्रमा छन । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट  यस क्षेत्रमा केसी उम्मेदवार हुने भने पनि अन्तत उनि नआएपछि पाठक नै बाम गठबन्धनका साझा उम्मेदवार भएका थिए । पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई पराजित बनाए ।  यसपाली भने केसी सँग पुन पाठक प्रतिस्पर्धामा आएका छन । 
तेस्रो पटक संसद छिर्ने दाउमा केसी 
मुलुकमा संंघिय संरचना परिवर्तन हुनु भन्दा पहिले २०५६ साल देखी केसीले संसदको यात्रा तय गरे काँग्रेसका मिनबहादुर केसीलाई पराजित गरेर ०५६ को संसदिय निर्वाचनमा उनि बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधित्व गरे । राजमोको संगठन यस क्षेत्रमा राम्रो रहेको कारण पछि २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि केसीले पुन संसदमा पुग्ने मौका पाए । २०७० को निर्वाचनमा समानुपातिकको सूचिमा रहेका केसी संसद छिर्ने मौका पाएनन । उप पटक केसी तेस्रो पटक संसद छिर्ने दाउमा छन ।  जिल्लाको गलकोट नगरपालिका स्थायी घर भएका के.सी हाल रुपन्देही तिलोत्तम नगरपालिकामा परिवार सहित बसाई सराई गरेका छन । बसाई सराई गरेका केसी पुन आफ्नो जन्मथलो भएको क्षेत्र नभएर अर्को क्षेत्रमा आएर उम्मेदवार भएका छन । उनको जन्मथलो गलकोट राज्यपुर्नसंरचना सँगै हाल क्षेत्र नं. २ मा पर्दछ ।  क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाको राम्रै संगठन भएका कारण राजमोका नेता कार्यकर्ताको चाहना अनुसार केसी यस क्षेत्रमा आएको राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी बताउँछन ।  केसी उम्मेदवार भएको यस क्षेत्रमा नेपाली काँग्रेस पहिलो शक्तिको रुपमा भए पनि केसी नै उम्मेदवार बन्ने भएपछि काँग्रेसको भागमा प्रदेश सभा क्षेत्र परेका थिए । यस क्षेत्रमा प्रदेश सभा क्षेत्रमा (१) मा काँग्रेसका दिपेन्द्र बहादुर थापा र (२) मा डिल्लीराम सुवेदी छन । केसीका सहयात्री पनि थापा र सुवेदी नै रहेका छन ।  
जनताकै मन जितेर चुनाव जिन्नेछौं
केसीले जनताकै मन जितेर चुनाव जित्ने दाबी गरेका छन । ‘म अस्वस्थ्य प्रतिस्पर्धा गर्न आएको होइन, जनताको मन जितेरै जाने हो,’ केसीले भने । हामी अग्रगमनको पक्षमा उभिएर संविधानको रक्षाका लागि उभिएका छौं । यसमा जनताले विश्वास गर्नेछन । उनले आफ्नो उम्मेदवारी समृद्ध बागलुङ निर्माणको लागि रहेको बताए । 
केसी यस क्षेत्र आफ्नो पुरानो क्षेत्र भएको र आफ्नो संगठन पनि यसै क्षेत्रमा बलियो भएका कारण जन्मथलो छाडेर अर्कै क्षेत्रमा आएको बताए । ‘मैले यस क्षेत्रका जनताको धेरै काम गर्न बाँकी छ केसीले भने, हिजो गरेका अधुरा काम पुरा गर्नुछ । आम कार्यकर्ता र जनताको चाहना अनुसार पुन निर्वाचनमा आएको हु । हिजो गर्न नसकेका काम अब हुनेछन ।’ राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आग्रह अनुसार निर्वाचन नलढने निधो गरेका केसी पुन यस क्षेत्रमा उम्मेदवार भएको पुर्व केन्द्रीय सचिव अधिकारी बताउँछन । ‘यस क्षेत्रमा अन्य नेता नभएको हैन । सवै नेता तथा कार्यकर्ताको चाहना पनि उहाँ प्रति नै आयो । अध्यक्ष ज्यू निर्वाचन लड्न आउने भएपछि गठबन्धनमा भागवण्डामा पनि कुरा मिल्यो त्यसैले उहाँलाई नै यस क्षेत्रमा उम्मेदवार बनाएका हौ , अधिकारीले भने ।  
यस क्षेत्रमा प्रदेश सभामा काँग्रेसका दिपेन्द्र बहादुर थापा र डिल्लीराम सुवेदी सँग एमालेका हिरा केसी र नवराज पौडेल प्रतिस्पर्धी रहेका छन । केसी एमालेका जिल्ला अध्यक्ष हुन भने पौडेल केही समय पहिले काँग्रेसबाट एमालेमा प्रवेश गरेका थिए ।
अब पाका पुस्ताको हैन युवा पुस्ताको नेतृत्व हुनुपर्छ डा. सुर्य पाठक
केसीको प्रमुख प्रतिस्पधी रहेका नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार डा.पाठकले आफुले चुनाव जिन्ते प्रशस्त आधार दाबी गरेका छन । उनले यो क्षेत्रमा एमालेको सांगठनिक संरचना बलियो भएको हुँदा आफुहरुले ढुक्कका साथ जित्ने बताए । पाठकले विगतका पाँच वर्षमा थालनी गरेका कामलाई सकाउनका लागि नै आफ्नो उम्मेदवारी रहेको र युवाको नेतृत्व हुँने हुँदा पनि जनताले आफुलाई रोज्ने जिकिर गरे । उनले केसी माथि मतदाताको प्रश्नैप्रश्न रहेको बताए । 
‘आदरणीय चित्रबहादुर केसीलाई बागलुङबाट दुई पटक जितेर पठाइयो । उपप्रधानमन्त्री हुनुभयो । तर, उहाँले बाग्लुङको विकास र समृद्धिको विषयमा कहिलै बहस र छलफल गर्नु भएन । उहाँले न संसदमा बहस गर्नुभयो न ग्राउन्डमा गर्नुभयो । फेरि चित्रबहादुर केसीको उम्मेदवारी किन भन्ने प्रश्न छ ।’ पाठकले भने, नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा ८० वर्षको उमेरमा आराम गर्न छाडेर उहाँ फेरी मैदानमा आउनुभएको छ तर आम जनता हाम्रो पक्षमा छन । उहाँ जितेर गएपनि के नै भूमिका खेल्न सक्नुहुन्छ भन्ने आम नागरिकमा रहेको पाठक बताउँछन । 
सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने पाठकले जिकिर गरे । यस क्षेत्रमा जनमोर्चाको ६ हजार मत मात्रै भएकाले कांग्रेसको २० हजार मत सबै केसीको पक्षमा नजाने उनको उनको दाबी छ । 
यस्तो छ निर्वाचन अंगगणित 
बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई  गाउँपालिका गरी चार स्थानीय तह पर्छन् ।  जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने  जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ । यसैगरी वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ । 
स्थानीयतहका वडा अध्यक्षको मतलाई जोड्दा गठबन्धन अघि देखिएको छ । गठबन्धनको पक्षमा २९ हजार ४६५ मत छ भने एमालेको २३ हजार ८६८ मत मात्रै छ । स्थानीय तहको मतअनुसार एमाले भन्दा गठबन्धन ५ हजार ५९७ मतले अघि देखिएको छ । 
क्षेत्र नम्बर १ मा केसी र पाठक सँगै  राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल पनि चुनावी मैदानमा छन् । 
यस क्षेत्रका जनताको चाहना अनुसार पुनः यही उम्मेदवारी दिएको हुँ ः पौडेल
बागलुङ (२) मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल दोस्रो पटक सांसद हुने दाउमा छन । उनि नेकपा माओबादी केन्द्रबाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन । पौडेलको जन्मथलो बागलुङ नगरपालिका–१२ अमलाचौरमा पर्दछ । अमलाचौर क्षेत्र नं. १ मा पर्दछ । पौडेलको क्षेत्रमा राजमोका चित्रबहादुर केसी उम्मेदवार छन भने पौडेल क्षेत्र नं. २ मा उम्मेदवार रहेका छन । गठबन्धमा सँगै भए पनि पौडेलको क्षेत्रमा केसी र केसीको क्षेत्रमा पौडेल रहेका छन । त्यसकारण दुवैजनालाई पर्यटन उम्मेदवार भनेरे पनि भन्ने गरेका छन । तर पौडेलले आफुले विगत पाँच वर्षमा थालनी गरेका कामलाई पुर्णता दिन र यस क्षेत्रका जनताको चाहना भएकै कारण पुन क्षेत्र नं. २ मा नै आएर उम्मेदवारी दिएको बताउँछन । ‘मैले यस क्षेत्रका जनताको धेरै काम गर्नु छ । यहाँ विगतमा बाँकी रहेका कामलाई पुर्णता दिनु छ । पौडेलले भने–‘यहाँकै जनताको चाहना अनुसार दोस्रो पटक दोहोरिएको हुँ । पुन यही क्षेत्रमा विकास निर्माणका कामलाई प्राथमिकता दिनेछु ।
पौडेलले अघिल्लो कार्यकालमा पनि यस क्षेत्रको विकास निम्ती पहिलो प्राथमिकता राखेको नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे बताउँछन । हाम्रो संगठन यस क्षेत्रमा धेरै राम्रो छ यहाँका जनताले उहाँलाई नै फेरी सांसद बनाउनुपर्छ भन्ने माग आयोग घिमिरेले भने,–‘ सोही अनुसार उहाँको आफ्नो क्षेत्र अर्कै भए पनि यस क्षेत्रमा ल्यायर पार्टीले उम्मेदवार बनाएको हो ।  सांगठनिक हिसाबले पनि यस क्षेत्रमा नेकपा माओबादीको संगठन केही बलियो रहेका कारण पौडेले पुन यस क्षेत्र रोजेको घिमिरेले बताए । 
पौडेल सँग नेकपा एमालेकी मञ्जु शर्मा चालिसे प्रतिस्पर्धी रहेकी छन । चालिसे केही समय काँग्रेसबाट एमालेमा प्रवेश गरेकी हुन । पौडेल सँग प्रदेश सभामा काँग्रेसका जिल्ला सभापनि जित शेरचन र द्रोर्ण कुँवर रहेका कारण उनि चुनाव जित्नेमा ढुक्क छन । सत्ता गठबन्धनका साझा उम्मेदवार शेरचन प्रदेश सभा (१) र कुँवर प्रदेश (२) का उम्मेदवार हुन । उनिहरु सँगै गठबन्धनमै रहेका निर्वाचनमा होमिएका छन । 
पौडेलसँग आफ्नै पार्टीको बागी उम्मेदवार
पौडेललाई आफ्नै पार्टीको बागी उम्मेदवारले भने केही चुनौती थपेको छ । माओवादीका तुलसी अर्यालले पौडेलविरुद्धको बागी उम्मेदवारी फिर्ता लिएनन । केही अघि पौडेलसँग हात हालाहालको अवस्थामा पुगेका अर्यालका भाइ चन्द्र अर्याल गत स्थानीय निर्वाचनमा नगरप्रमुखको उम्मेदवार थिए । गठबन्धनबाट निर्वाचन हार्ने अर्याल मात्रै थिए । अर्यालेको उम्मेदवारी फिर्ता नभएपछि पौडेलमा चुनौती थपिएको हो । तर उनि आफुले यस क्षेत्रका जनताको सेवा गरेका कारण निर्वाचन जित्नेमा ढुंक छन । यस क्षेत्रमा नेकपा एमालेले प्रदेश सभा (१) तर्फ स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिलाई सहयोग गरेको छ भने प्रदेश सभा (२) मा जिल्ला उपाध्यक्ष लक्ष्मण पुनलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले पनि बागलुङका दुई संघिय क्षेत्र र ४ वटै प्रदेश सभा क्षेत्र जित्ने दाबी गरेको छ ।  
हाल सम्म यो क्षेत्रको नेतृत्व हुन सकेको छैन अब हुनेछ : चालिसे 
क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार पौडेल सँग नेकपा एमालेका मञ्जु शर्मा चालिसे प्रमुख प्रतिस्पर्धी हुन । चालिसेले पनि आफुले चुनाव जित्ने प्रशस्त आधारहरु प्रस्तुत गरेकी छन । उनले देवेन्द्र पौडेल अर्को क्षेत्रको उम्मेदवार भएका कारण एमालेले सजिलै चुनाव जित्ने दाबी गरिन । चालिसेले आफु महिला पनि भएको र यस क्षेत्रका महिलाहरुको प्रतिनिधित्व आफुले गर्ने र बागलुङको पश्चिमका मुद्धाहरु उठाउनका निम्ती एमालेले आफुलाई उम्मेदवारी बताएको बताईन । ‘यो क्षेत्रबाट कोही पनि  नेतृत्वमा पुग्न सकेको छैन । नेतृत्वबाट पछाडी पारिएको भन्ने आधारहरु यही भुगोलले यहीको नेतृत्वलाई खोजेको छ । चालिसेले भनिन–्‘गठबन्धनले महिलाहरुलाई उपेक्षा गरेको छ । महिलाहरुको प्रतिनिधत्व गर्नका निम्ती नै म उम्मेदवारी दिएकी हुँ । यस क्षेत्रका सवै महिलाले प्रतिनिधित्व चाहेका छन । म चुनाव जित्छु भन्ने विश्वास छ । 
उनले आफुले लामो समय सम्म निरन्तर सामाजिक क्षेत्रमा खटेको र सामाजिक अभियान्ताकै रुपमा काम गरेको हुँदा यस क्षेत्रको विकास निर्माण र जनताको समस्या उठाउन सक्ने अरु नभएको समेत बताईन । चालिसेले प्रस्पिर्धी गठबन्धनका उम्मेदवार पौडेलले विगत पाँच वर्षमा यहाँ जनताको समस्यालाई उजागर गर्न नसकेको आरोप समेत लगाईन ।