बागलुङ - स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको गलकोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो । विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिरहरूबारे समेत परिचित गराउने खालका विषय समावेश गरियो । “हाम्रो गलकोट” नामको पाठ्पुस्तक छाप्ने र चालु शैक्षिक सत्रको सुरु देखी नै लागु गर्ने निर्णय गरेको नगरपालिकाले शैक्षिक सत्र सकिने समय सम्म पनि पाठ्यपुस्तक भने तयार गर्न सकेको छैन । विद्यालयमा शिक्षकहरुले पाठ्यक्रमका आधारमा विद्यार्थीलाई पठन पाठन गराएका छन । विद्यार्थीहरु पाठ्क्रम अनुसारको पाठ्यपुस्तक नपाउँदा के पढेर कस्तो परिक्षा दिने त्यो अन्यौलमा रहेका छन ।
नगरपालिकाले नै पुस्तक छाप्न बाँकी छ रे कहिले आउने हो
शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धी हासिँल गर्न नसक्ने विद्यार्थीको गुनासो रहेको छ । ‘आफ्नै गाउँठाउँका बारेमा स्कुलमा पढन पाउँछौं भन्ने कुराले हामी उत्साहित थियौं । गलकोट नगरपालिका–१० पाण्डवखानी माविमा अध्ययनरत विद्यार्थी करुणा सुनारले भनिन्–‘तर समयमा पुस्तक पाएका छैनौं हाम्रो उत्साह मर्दै गएको छ । सरहरुले आउँछ आउँछ भन्नुहुन्छ खै नगरपालिकाले नै पुस्तक छाप्न बाँकी छ रे कहिले आउने हो यो वर्ष त हामीले पढ्न पाईएला जस्तो छैन । परिक्षा पनि के पढेर दिने हो कुन्नी ?’ कक्षा ८ मा अध्ययरनरत उनले आफ्ना घर वरीपरिका विषयबस्तुमा जानकारी भएता पनि अन्य वडामा रहेको विषयबस्तुको बारेमा पुस्तक नहुँदा बुझन कठिनाई भएको बताईन । शिक्षकले पढाएको आधारमा मात्र कसरी परिक्षामा राम्रो अंक ल्याउन सकिन्छ भन्ने चिन्ताले सवै साथिहरुलाई सताएको उनको गुनासो रहेको छ ।
पाठ्यक्रम अनुसार पढाएका छौं विद्यार्थीको हातमा पुस्तक छैन
स्थानिय पाठ्यक्रम लागु गर्ने भनेता पनि नगरपालिकाले समयमा नै पाठ्पुस्तक छाप्न नसक्नु यो ठुलो कमजोरी भएको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा रहेको सरस्वती माध्यामिक विद्यालय प्रध्यानध्यापक पुर्ण चोखाल बताउँछन । उनले नगरपालिकाले त्रुटी सच्चाउन बाँकी रहेको र छाप्ने तयारी रहेको भनेता पनि अहिले सम्म विद्यालयमा पुस्तक नआएको बताए । ‘नगरपालिकाले स्थानिय पाठ्क्रम लागु गर्ने भनेर निर्णय त ग¥यो, कार्यान्वयमा निकै कठिनाई देखिएको छ, चोखालले भने,–‘विद्यालयमा पाठ्क्रम छ शिक्षकहरुले सोही अनुसार सिकाउनु भएको छ तर विद्यार्थीको हातमा पुस्तक छैनन । विद्यार्थीलाई पुस्तक विना पढाएको सिकाई उपलब्धी खै कसरी प्रभावकारी होला र ? शिक्षकका लागि पाठ्क्रम त छ विद्यार्थीका लागि पाठ्पुस्तक छैन । ’ उनले सवै विद्यालयमा शिक्षकहरुले पाठ्पुस्तक विनानै कक्षा संचालन गरेको बताए ।
पुस्तक छाप्नकै निम्ती १५ लाख रुपैयाँ विनियोजन
स्थानिय पाठ्क्रम लागु गर्ने निर्णय अघिल्लो वर्ष नै भएता पनि पाठ्पुस्तक छाप्ने ढिलाई भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । उनले शिक्षा शाखा समयमा नै त्रुटी सच्चाउने काम नसक्दा ढिला भएको बताए । ‘स्थानिय पाठ्क्रम लागु गर्ने अघिल्लो वर्षकै निर्णय हो ।, पाठ्यक्रम तयार भएको छ गैरेले भने,–‘पुस्तक छाप्नका लागि शिक्षा शाखाले चालु अर्थिक वर्षको सुरुमा बजेट कति लाग्ने एकिन गरेन अहिले हिउँदे अधिवेशन बाट १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । अब छपाईको काम अगाडी बढाउँछौं । शिक्षा शाखाबाट कार्यपालिकामा समयमा जानकारी नहुँदा ढिला भएको उनको भनाई छ । उनले समयमा नै स्थानिय पाठ्यक्रममा आधारित पाठ्पुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थीको हातमा आगामी शैक्षिक सत्रमा मात्र पुस्तक पुग्नेमा विश्वस्त रहेको बताए ।
काम गर्दै जाँदा ढिला भयो शिक्षा शाखा प्रमुख सापकोटा
नगरपालिकाका नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले पाठ्यक्रम पहिलै बनेपनि पुस्तक छाप्नका लागि केही त्रुटी रहेका र यसलाई अन्तिम रुप दिन समय लागेका कारण विद्यार्थीका हातहातमा समयमा नै पुस्तक पु¥याउन नसकिएको जानकारी दिए । उनले नगरपालिकाको हिँउदे अधिवेशनबाट आवश्यक बजेट विनियोजन भएको र अब पुस्तक छाप्ने तयारी समेत भएको बताए । सापकोटाले यस शैक्षिक क्षेत्रमा नसके पनि अर्को शैक्षिक सत्र देखी सवै विद्यार्थीको हातमा पाठ्पुस्तक पुग्ने जिकिर गरे । ‘नगरपालिकाले पुस्तक छाप्ने पक्रियामा रहेको छ । शैक्षिक सत्रमा विद्यार्थीको हातमा पुस्तक पु¥यान गाह्रो होला जस्तो छ । सापकोटाले भने, ‘शिक्षकले पाठ्क्रमका आधारमा पढाउने हो उहाँहरुले पढाउनुभएको छ । काम गर्दै जाँदा ढिला भयो । पाठ्क्रममा सवै कुरा हुन्छ । शिक्षकलाई पाठ्पुस्तक चाहिने होईन विद्यार्थीलाई हो । उहाँहरुले पाठ्यक्रम हेरेर राम्रो सँग पढाउने हो भने किताब चाहिँदैन यो कुरा शिक्षकहरुले नै बुझदैनन् ।
सापकोटाले शिक्षकहरु पाठ्क्रम हेरेर पढाउने र विद्यार्थीलाई नोट लेखाईदिने हो भने पाठ्यपुस्तक नभएपनि फरक नपर्ने तर्क गरे । उनले सवै विद्यालयका शिक्षकहरुलाई हालको अवस्थामा पाठ्क्रम अनुसार अध्यापन गराउनका निम्ती आग्रह समेत गरेको बताए । गलकोटमा ६८ वटा सामुदायिक विद्यालय र ४३ वटा बालविकास रहेका छन ।
चार स्थानिय तहमा आफ्नै पाठ्क्रम कार्यान्वयन
जिल्लाका दश स्थानिय तह मध्ये गलकोट सँगै हाल सम्म ४ वटा स्थानिय तह आफ्नो पाठ्यक्रम लागु गरिएको छ । तमानखोला गाउँपालिका, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाले अघिल्ला वर्ष देखी नै आफ्नै पाठ्यक्रम पढाएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिए । स्थानिय पाठ्यक्रम बनाउनका निम्ती जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकाले पनि आगामी शैक्षिक सत्र लागु गर्ने गरी तयारी गरेको छ भने बडिगाड गाउँपालिकाले पनि तयारी थालेको छ । त्यस बाहेक अन्य स्थानिय तहले हाल सम्म कुनै पनि तयारी थालेका छैनन् ।
नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । स्थानिय तहहरुले पनि सोही व्यवस्था अन्तर्गत आफ्ना पाठ्यपुस्तक तयार गरेका छन ।