आफ्नै पाठ्यक्रम निर्माण गरेर कार्यान्वयमा ल्याउँदै बागलुङका स्थानिय तह

  • माघ २७, २०७८

नारायण रिजाल- मुलुकको संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन जिम्मेवारी र अधिकार स्थानिय तहलाई दिएको छ । आधारभुत र माध्यामिक तहको शिक्षा स्थानिय तहहरुले  नै संचालन गरेका छन । संविधान त दिएको अधिकारलाई यहाँका स्थानिय तहले आत्मसात गर्दै स्थानिय शिक्षा ऐन बनाएका छन भने, शिक्षा ऐन सँगै जिल्लाका विभिन्न स्थानिय तहले आफ्नै पाठ्यक्रम निर्माण गरेर कार्यान्वयमा ल्याउन थालेका छन । 
जिल्लाका केही स्थानिय तहहरुले आफ्नो भूगोल, जातजाति र भाषा अनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका हुन । जिल्लाको तमानखोला गाउँपालिका, बरेङ गाउँपालिकाले गत वर्ष नै पाठ्क्रम निर्माण गरी चालु शैक्षिक सत्रमा कार्यान्वयन गरेका छन भने ताराखोला गाउँपालिका पनि पाठ्क्रम सार्वजनिक गरेर आगामी शैक्षिक सत्र देखी लागुगर्ने जनाएको छ । त्यसैगरी गलकोट, बडिगाड, बागलुङले पनि अगामी शैक्षिक सत्रदेखी कार्यान्वयन गर्ने गरी निर्माणलाई तिब्रता दिएका छन ।  जिल्लाका दश स्थानिय तह मध्ये जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले भने पाठ्यक्रम निर्माणको योजना नै बनाएका छैनने । 
तमानखोला जिल्ला मै पहिलो स्थानिय तह
    जिल्लामै पहिलो पाठ्यक्रम निर्माण गर्ने पालिका तमानखोला गाउँपालिका हो ।  गाउँपालिकाले ‘मेरो तमानखोला’ नामक स्थानीय पुस्तक बनाएर पढाउन थालेको छ । कक्षा १ देखी देखि ५ कक्षासम्म एक÷एक विषय स्थानीय पाठ्यक्रम बनाई चालु शैक्षिक सत्रदेखि पढाइ सुरु गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । पाठ्यक्रम कक्षा ५ सम्मकै तयार भएन पनि यस वर्ष देखी कक्षा १ देखी पठनपाठन सुरु गरिएको अध्यक्ष बुढाले बताए । गाउँपालिकाले नेपाली भाषा मै स्थानिय पाठ्यक्रम निर्माण गरेको हो । ‘स्थानिय पाठ्यक्रमले विद्यार्थीको सकाई उपलब्धी पनि मापन गर्छ, अध्यक्ष बुढाले भने,–गाउँमा सिंहदरबार मात्र हैन, शिक्षालाई गुणस्तर र अपनत्व विकास पनि गरेका छौं,’ यसले स्थानिय पहिचाहनलाई नयाँ पुस्ता सम्म ल्याउन मद्धत गर्नेछ ।’
 शिक्षा अधिकृत पुर्णबहादुर घर्तिको संयोजकत्वमा गाउँपालिकाले पाठ्यक्रम मस्यौदा लेखन समिति बनाएको थियो । ‘यो पाठ्यक्रमबाट बालबालिकाले गाउँघरको विषय पढ्ने र अपनत्व लिने गरी तयार पारेका छौं ।, शिक्षा अधिकृत घर्तिले भने,–‘सुरुमा विज्ञ, प्राध्यापक र सामाजिक व्यक्तिको सुझाव मागेर तयार पारेका छौं ।, भौगोलिक कठिनाइ र जातीय बसोबासले तमानखोला विशेष क्षेत्रमा सूचीकृत छ । यहाँ छन्त्याल, मगर र दलित समुदायको बाहुल्य छ । सवै क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरेका छौं ।’
    पाठ्यक्रमलाई अनिवार्य र ऐच्छिक दुई खण्ड बनाइएको छ । अनिवार्यतर्फ गाउँपालिकाको राजनीतिक संरचना, जनसंख्या, ऐतिहासिक स्थल र व्यक्तित्वको जीवनी, भूगोल, हावापानीजस्ता विषय समेटिएको छ ।  ऐच्छिकतर्फ भने विभिन्न पेसा, व्यवसाय, जडीबुटी, माछापालन, च्याउखेती र तरकारीलाई राखिएको छ । ‘पर्यटन शीर्षकमा स्थानीय सोलेडाँडा, बराहताल र ढोरपाटनका बारेमा पढ्न पाउनेछन्,’ घर्तीले भने, ‘बिहान–बेलुकी देखेको भेडीगोठको विषयले पेसा व्यवसाय बुझ्न सजिलो हुनेछ ।’
बरेङको पाठ्क्रम चालु शैक्षिक सत्रमै कार्यान्वयन
जिल्लाको बरेङ गाउँपालिकाले पनि विभिन्न विषयवस्तुलाई समेटेर पाठ्यक्रम तयार पारेको छ । गाउँपालिकाले छ महिना लगाएर तयार पारेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पालिका अन्तरगतका सबै विद्यालयमा यसै शैक्षिक सत्र देखी पढाई थालिएको गाउँपालिका शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताए । गाउँपालिकाले पुस्तकको नाम ‘हाम्रो बरेङ’ राखेको छ । विद्यार्थीलाई गाउँपालिकाको भूगोल, संस्कार संस्कृति, धर्म र रितीरिवाजको विषयमा थाहै नभई उच्च शिक्षा अध्ययनमा पुग्ने र स्थानीय संस्कार संस्कृतिका बारेमा बेखबर हुने परिपाटीको अन्त्यका लागि कक्षा एकदेखि तीनसम्म लागु हुने गरि एक विषय स्थानीय पाठ्यक्रम समावेश गरिएको शर्मा बताए । गाउँपालिकाले कक्षा १ देखी ८ सम्मको पाठ्यक्रम लागुगर्ने योजना बनाएको छ । पालिका भित्रका ३५ सामुदायिक र १ निजी गरि ३६ वटा विद्यालयमा स्थानीय पाठ्यपुस्तक लागु गरिएको शर्माले बताए । 
पाठ्पुस्तकमा विषेश त सातवटा विषयबस्तु समेटिएको छ । जसमा कला, संस्कृति, भूगोल, खनिज पदार्थ, कृषि, वन पैदावर, जडिबुटी, प्राकृतिक स्रोत तथा पशुपालन, प्राकृति सम्पदा, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा स्थानीय गीत संगीत, प्रकोप तथा विपद् व्यवस्थापन, हरित विद्यालय,सामाजिक मूल्य मान्यता र सकरात्मक व्यवहार, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, खेलकुद, शारिरीक सुस्वास्थ्य र सरसफाई लगायतका विषय समेटिएको हो । अनिवार्य बनाईएको पाठ्यक्रम हप्तामा ५ घण्टा अध्यापन हुने गर्दछन । यो पुस्तक राष्ट्रिय पाठ्यकक्रम प्रारुप अनुसार पाठ्यपुस्तक तयार गरिएकोे छ । आगामी शैक्षिक वर्षदेखि ४–८ मा पनि स्थानीय पाठ्यपुस्तक पढाई हुने गाउँपालिकाले जनाएको छ । स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरुलाई आफ्नो ठाउँको पहिचानको बारेमा बुझ्न सहज छ । 

ताराखोला गाउँपालिकाको पाठ्क्रम सार्वजनिक
    विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन जिल्लाको ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागु गर्ने गरी तयार पारिएको हो । पाठ्क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गरेका थिए । स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार पारेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिए । 
    पाठ्यक्रम अनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको छ । आउँदो शैक्षिक सत्र देखी कक्षा १ देखी ३ सम्म स्थानिय पाठ्यक्रम अनुसारको पाठ्पुस्तक हामी अध्यापन गराउँछौं गाउँपालिका अध्यक्ष घर्तिले भने,–‘ स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माण गरेका छौं । विज्ञसहितको परामर्शमा स्थानिय पाठ्यक्रम निर्माण गरेका हौं । यसलाई कार्यान्वयनमा लैजाँदै छौं  । अध्यक्ष घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाइ पक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गरे ।
भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञान लगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।
बागलुङ, गलकोट र बडिगाडले आगामी शैक्षिक क्षेत्रमा लागु गर्ने
सदरमुकाम रहेको बागलुङ नगरपालिकाले ७ सदस्यीय समिति मार्फत स्थानीय पाठ्यक्रम बनाउन अध्ययन थालेको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए ।  नगरपालिकाले महेशचन्द्र प्रधानको संयोजकत्वमा ७ सदस्यी विज्ञटोलीलाई अध्ययनको जिम्मा दिएको छ ।  पाठ्यक्रम निर्माणको काम तिब्र रुपमा अगाडी बढेको छ शिक्षा अधिकारी पोखरेलले भने आगामी शैक्षिक सत्र देखी लागु हुने गरी हामी तयार पार्ने छौं ।’ जिल्लाको गलकोट नगरपालिकाले पनि स्थानिय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । नगरपालिकाले आगामी शैक्षिक सत्रदेखी लागु गर्ने गरी पाठ्यक्रम छाप्ने तयारी थालेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । गैरेका अनुसार गलकोट क्षेत्रको ऐतिहासिक, सास्कृति, भौगोलिक कृषि, धार्मिक सम्पदा लगायतका विषयबस्तुलाई पाठ्यक्रममा समावेश गरिएको छ । बडिगाड गाउँपालिकाले पनि आगामी वर्ष देखी पाठ्क्रम लागुगर्ने गरी तयार गर्ने जनाएको छ । 
पाठ्यक्रममा स्थानियतालाई नै प्राथमिकता
स्थानिय तहले पाठ्यक्रम निर्माण गर्दा स्थानियतालाई नै प्राथमिकता दिएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । उपाध्यायका अनुसार  स्थानियस्तरमा रहेको भौगोलिक, सास्कृतिक, उत्पादन, रितिरिवाज कृषि, स्वास्थ्य लगायतका सवै क्षेत्रलाई समेटेको पाईएको छ । शिक्षाको विकासमा स्थानिय तहहरुले ठूलो योगदान गरेका छन, उपाध्यायले भने,–‘स्थानिय तह संघीयताको मर्मअनुसारको काम गरेका छन । अब प्रत्येक गाउँ नगरपालिकाका विद्यार्थीलाई आफ्नो गाउँठाउँको बारेमा राम्रो सँग पढन पाउनेछन । जिल्लाको जैमिनी नगरपालिका, ढोरपाटन निसीखोला गाउँपालिका र काठेखोला गाउँपालिकाले भने स्थानिय पाठ्क्रम बनाउनका लागि अहिले सम्म कुनै कामको थालनी गरेका छैनन् ।
 

प्रतिक्रिया