बागलुङ- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिए सँगै दलहरुले आफ्नो घोषणा पत्र पतिवद्धता पत्र, संकल्प पत्रहरु सार्वजनिक गरेका छन । दलका घोषणा पत्र आए सँगै उम्मेदवारका पनि प्रतिवद्धता पत्रहरु सार्वजनिक भएका छन । बागलुङमा सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवारले आफ्नो प्रविद्धता पत्र सार्वजनिक गरेका छन । बागलुङ क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसी, र प्रदेश सभाका उम्मेदवार दिपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदीले संयुक्त रुपमा आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन ।
गठबन्धनमा केसी राष्ट्रिय जनमोर्चाका हुन भने थापा र सुवेदी नेपाली काँग्रेसका हुन । उनिहरुले जनतामाझ जाँदै गर्दा पाँच वर्षमा गर्नसक्ने कुरा मात्र लिएर आएको बताएका छन । ‘हामीले प्रतिवद्धता पत्रमा गर्न नसक्ने कुरालाई यो गछौं, त्यो गछौं भनेर ल्याएका छैनौ, गर्न नसक्ने कुरालाई हामी जोड नै दिँदैनौं । हामी संसदमा पुगेर निति निर्माणको साथमा आफ्नो निर्वाचन क्षेत्रमा गर्न सक्ने कुरालाई मात्र जोड दिएका छौं । अरुले झै धेरै सपना बाँढेका छैनौ उम्मेदवारहरु भन्छन । सम्भव हुने कुरालाई प्रतिवद्धता गरेका छौं । जनताको चाहना अनुसार काम गछौं । यसले समुन्नत बागलुङ निर्माणका निम्ती टेवा पुग्नेछ ।’
प्रतिवद्धता पत्रमा कृषि तर्फ फलफुल तथा तरकारीका उच्च प्रतिफलयुक्त विरुवा उत्पादन गर्न नर्सरी स्थापना गरी बाँझो जग्गामा बगैंचा कार्यक्रम अगाडी सारेका छन । त्यस्तै पालिकाहरुमो भौगालिक अवस्थिति र माटोको गुणस्तर परिक्षणका आधारमा उच्च प्रतिफल दिने कृषि तथा पशुजन्य उपजहरुको पहिचान उत्पादनमा आधारित व्यवसायी अनुदानको व्यवस्थापन मिलाउन नितिगत पहल गर्ने रहेको छ ।
प्रतिवद्धता पत्रमा सिंचाई तर्फ थोपा सिंगालाई र अन्य प्रविधिको उपभोग गरी हरेक किसानको खेतबारीमा सिंचाई सुविधा उपलब्ध गराउने उल्लेख गरेका छन । गठबन्धनले सम्पदा संस्कृति एवं पर्यटन तर्फ हरेक क्षेत्रमा पर्यटकिय क्षेत्रको र विभिन्न सम्पदाको पहिचान गरी आवश्यक पुर्वाधार निर्माण र प्रचार प्रसारको बातावरण सिर्जना गर्ने उल्लेख गरेका छन । उद्योग व्यवसाय तथा रोजगारीमा श्रम बैंकको स्थापना गरी बेरोजगार युवाका लागि रोजगार उपलब्ध गराई विदेश पलायनलाई निरुत्साहित गर्न पहल गर्ने योजना अगाडी सारेका छन ।
प्रतिवद्धता शिक्षा तथा नवप्रर्दनका लागि शिक्षाको मौलिक हक सुनिश्चित गर्न सार्वजनिक विद्यालय रुपमान्तरण अभियानका साथै आधारभुत तह कक्षा ८ सम्म कलिलैमा उद्यमशिलता कक्षा १२ सम्म पढ्दै कमाउँदै र कलेजस्तरमा कमाउँदै पढदैको राष्ट्रिय कार्यक्रममा समाहित गरिने बताएका छन ।
गठबन्धनका उम्मेदवारले धौलागिरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती र हरि खड्का ट्रमा सेन्टर संचालनको लागि पहल गर्ने हरेक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको लागि पहल थाल्ने प्रतिवद्धता जनाएका छन ।
प्रतिवद्धतामा खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा समाजिक समावेशिकरण, युवा तथा खेलकुलका कार्यक्रममा लाई पनि जोड दिएका छन ।
पुर्वाधार विकास तर्फ सडक यातायातमा कालिगण्डकी करिडोर र मध्यपहाडी लोकामार्गलाई छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्नका लागि सम्बन्धीत निकायमा खबरदारी गर्ने, र प्रत्येक पालिकाको केन्द्र जोड्ने पक्की सडक बनाउने उल्लेख गरेका छन ।
गठबन्धनका उम्मेदवारले आवास, बस्ती शहरी विकास, बैकल्पिक उर्जा, संचार तथा प्रविधि, वन वातावरण तथा विपद व्यवस्थापन, र संस्थागत विकासमा फनि आफुहरुले गर्न सक्ने काम मात्र उल्लेख गरेको बताएका छन ।
गठबन्धनलाई भोट किन ? त भन्नेमा उनिहरुले संविधान र नागरिकको अधिकारलाई रक्षा गर्न, प्रतिगमन विरुद्ध अग्रगमनको यात्रा सुनिश्चित गर्न, भ्रष्टचार विरुद्ध जनजिविका र सुसासनको पक्षमा दृढता पुर्वक अगाडी बढ्न, अलपत्र विकास निर्माणका योजनालाई गति दिँदै नयाँ सम्भावनाको ढोका खोल्न, राष्ट्रिय राजनितिमा बागलुङको आवाजलाई बुलन्द गर्न, समुन्नत बागलुङ र सम्मानित बागलुङबासीको लक्ष्य पुरा गर्न र संसदमा सवै पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि भनेर उल्लेख गरेका छन । प्रतिवद्धता पत्रलाई प्रतिनिधि सभाका उम्मेदवार केसी र थापाले थप प्रष्टाएका थिए ।
पुर्ण पाठ
आदरणीय प्रतिनिधिसभा बागलुङ क्षेत्र नं १ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू !
नेपालको राजनैतिक आन्दोलन र परिवर्तनका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ता परिवार, घाइते, अपाङ्ग तथा द्वन्द्वपीडितहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।
गणतन्त्रपश्चात् हुन गइरहेको दोश्रो संघीय तथा प्रादेशीक निर्वाचन हाम्रा सामू नजिक आइरहेको छ । सविधान सभामार्फत नेपालको संविधान २०७२ घोषणा भएको पनि ७ वर्ष भइसकेको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी समृद्ध देश निर्माण गर्ने क्रममा विगतमा केही कमीकमजोरी भएको छ । समृद्ध नेपाल बनाउने अभियान अगाडि वढाउनुको सट्टा सत्तालोभमा एउटै संसद दुई दुई पटक विगठन गरी प्रतिगामी निरङ्कुशता लाद्ने काम भयो । प्रतिगामी निरङ्कुश चरित्रलाई परास्त गर्नका लागि पाँचदलीय गठबन्धनमार्फत संसद पुनस्र्थापना गरी संविधान र नेपालको शासकीय स्वरुपलाई सही मार्गमा ल्याउने काम भयो ।
नेपालमा अझै पनि प्रतिगामी निरङ्कुशताको खतरा बाँकी नै रहेको छ । त्यसलाई असफल पार्नका लागि पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि उत्तिकै छ । त्यस सँगसँगै देशको सम्वृद्धि र विकासमार्फत अगाडि बढाउनका लागि नेपालका राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको छ ।
वि.सं. २०७४ सालमा निर्वाचित सङ्घीय तथा प्रादेशिक जनप्रतिनिधिले यस क्षेत्रवासी समक्ष गरेका प्रतिवद्धता पूरा भए नभएको समीक्षासहित नयाँ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु निर्वाचित गर्ने सुवर्ण अवसर हामीलाई प्राप्त भएको छ । यो अवसरलाई राजनीतिक रूपमा समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा, सुशासन र समुन्नतिको जनआकाङ्क्षालाई सम्बोधन गर्न आवश्यक छ । संविधान सभाबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई ध्वस्त पार्ने प्रतिगामी निरङ्कुश चरित्रलाई परास्त गर्न पाँच दलीय गठबन्धनको ऐतिहासिक आवश्यकता महसुस गरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा साझा सङ्कल्पका साथ बागलुङ क्षेत्र नं १ का नागरिकमाझ प्रस्तुत भएका छौँ ।
नेपालले लिएको दिगो विकास लक्ष्यलाई हासिल गर्न योजना अनुशासन तथा वित्तीय अनुशासन कायम गर्दै अनुत्पादनशील क्षेत्रमा लगानी नियन्त्रण र प्राथमिकता क्षेत्रमा लगानी केन्द्रित गर्नुु जरुरी छ । सेवक जनप्रतिनिधि तथा जनमुखी सेवाको भावनाका साथ भ्रष्टाचारको संस्थागत स्वरूपलाई तोड्ने साझा सङ्कल्प हामीले बोकेका छौँ । सदाचारपूर्ण व्यवहार, मितव्ययिता र समावेशिताको व्यवहारिक कार्यान्वयनलाई केन्द्रमा राखी नगर र ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको रूपान्तरण गरी समुन्नत राष्ट्र निर्माणको परिकल्पनालाई साकार पार्न सङ्घीय निर्वाचन अन्तर्गत क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यमा गठवन्धनका साझा उम्मेदवार चित्रवहादुर केसीलाई गिलास चिन्हमा र प्रदेश सभा अन्तर्गत १ (क) र १ (ख) का गठवन्धनका साझाउम्मेदवारहरु क्रमशः दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदीलाई रुख चिन्हमा मतदान गरी पाँच दलीय गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई अमूल्य मतदानका लागि आम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिकताका साथ अनुरोध गर्दै हाम्रा प्राथमिकता र प्रतिबद्धता निम्नानुसार प्रस्तुत गरेका छौँ ः
क.आर्थिक विकास क्षेत्र
१. कृषि तथा पशुपालन
- कृषिलाई उद्योग र पर्यटनसँग जोड्दै कृषकलाई उद्यमी बनाउन कृषि तथा पशुपालन क्षेत्रको व्यावसायीकरणमा सामूहिकता एवम् सहकारितामार्फत उन्नत तरकारी खेती, फलपूmल खेती, माछापालन, मौरीपालन, कुखुरापालन, बाख्रापालन, बङ्गुरपालन तथा अन्य पशुपालन व्यवसायको सञ्चालनमा प्राविधिक सहयोग, सहुलियत कर्जा तथा परामर्श सहयोग र उत्पादनमा आधारित व्यवसायिक अनुदानको व्यवस्था मिलाउन नीतिगत पहल गर्ने ।
- बागलुङ सङ्घीय क्षेत्र नं १ अन्तर्गतका पालिकाहरुको भौगोलिक अवस्थिति र माटोको गुणस्तर परीक्षणका आधारमा उच्च प्रतिफल दिने कृषि तथा पशुजन्य उपजहरुको पहिचान गरी कृषि प्रोफाइल तयारी र पकेट क्षेत्र निर्धारणका लागि आवश्यक नीति बनाउन पहल गर्ने ।
- कृषि उपज, दुध तथा मासुजन्य क्षेत्रमा जिल्लालाई आत्मनर्भर गराउने कार्यक्रम सञ्चालन गर्ने ।
- पकेट क्षेत्रहरूमा उत्पादनको अवस्था र आवश्यकताका आधारमा शीत भण्डार (ऋयमि क्तयचभ), सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने ।
- फलपूmल तथा तरकारीका उच्च प्रतिफलयुक्त बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरी बाँझो जग्गामा बगैंचा कार्यक्रममार्फत हरित क्रान्ति गर्न स्थानीय तहसँग सहकार्य गर्ने र रैथाने बालीका बिउहरू सङ्कलन र संरक्षण गर्ने व्यवस्था मिलाउन आवश्यक प्रबन्ध गर्ने ।
- उच्च मूल्यका कृषि उपज, नगदे बाली उत्पादनलाई प्राथमिकता दिई व्यवसायिक खेती गर्न जोड दिने ।
- बाँदरलगायत बाली नोक्सान गर्ने वन्यजन्तुहरु भएका ठाउँमा प्रतिकूल खेतीहरु टिमुर, ओखर, कागती, अलँैची, अदुवा, बेसार, खुर्सानीलगायत मौरीपालन र पशुपालनको प्रवद्र्धन गर्ने कार्यक्रम ल्याइने ।
- स्थानीय कृषि उपजको ब्राण्डिङ्गद्धारा प्रचारप्रसारमार्फत बजारीकरण गरी व्यापार प्रवर्धन गर्न जोड दिने ।
- व्यावसायिक जडीबुटी खेती प्रबद्र्धन गर्ने ।
- कृषि तथा पशु बिमा कार्यक्रम विस्तार गर्ने र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न कृषि औजारमा अनुदान दिलाउन पहल गर्ने ।
२. सिँचाइ
- विद्यमान सिँचाइ संरचना सुधार एवम् नियमित मर्मत सम्भार गरी आवश्यकताका आधारमा नहर/कुलाहरूमार्फत उर्वराशील क्षेत्रहरूमा सिँचाई सुविधा उपलब्ध गराउने ।
- थोपा सिँचाई, प्लाष्टिक पोखरी प्रविधि र लिफ्टिङ प्रविधिको उपयोग गरी सिँचाई सुविधा उपलब्ध गराउन३. सम्पदा, संस्कृति एवम् पर्यटन
- महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुको निर्धारण गरी आवश्यक पूर्वाधार निर्माण र प्रचारको वातावरण बनाउने ।
- बागलुङ कालिका भगवती मन्दिर, भैरवस्थान मन्दिर, कँुडुले शालीग्राम सङ्ग्राहालय, पञ्चकोट, मालिका देवी, जैमिनीधाम, त्रिपुरेश्वर महादेव बिहुँं, कमलजैसी मन्दिर, दमेक शिवपुरीधाम, थन्थापी माइस्थान, पैयुँ गणेश मन्दिर, सत्यावती माई साग्दी र आशा प्राणेश्वर महादेव मन्दिर शिवपुरी तित्याङलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न पहल गर्ने ।
- गाजाको दह, अमलाचौरको भैरवस्थान, भकुण्डे दह, गाजाको दह, हाँडीकोट, बेलढुङ्गा, बौद्धगुम्वा लगायतका क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न गुरुयोजना तयार गर्ने ।
- पर्यटन क्षेत्रको विकास गर्न पञ्चकोट (संसारकोट, रायँकोट, माझकोट, कारीकोट, ताराजलकोट, झुलेनी, तिनचुले, शिवपुरी धुरी )े गुरुयोजना यथाशीघ्र कार्यान्वयन गर्न पहल गर्ने ।
- पैयँुपाटाको मुलाबारी, बौडेचौर, बलेवाकोट, पाग्जाकोट, सिगानाकोट, हाँडीकोट लगायतका क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी लिने ।
- सांस्कृतिक सम्पदा र पर्यटकीय स्थललाई लक्षित गर्दै होमस्टे स्थापना तथा व्यवस्थापनमा अन्तर सरकारका विचमा साझेदारी र समन्वय गरिने ।
- पर्यटन विकासका लागि आवश्यक पदमार्गहरु निर्माण गर्न पहल गर्ने ।
- जातीय, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक विशेषता झल्किने गरी सङ्ग्राहलय स्थापना गर्न स्थानीय तहहरुसँग समन्वय गर्ने ।
- स्थानीय संस्कृतिको संरक्षण गर्न मौलिक कला तथा सांस्कृतिक प्रतियोगिता वार्षिक रूपमा सञ्चालन गर्नेे ।
- परम्परागत रुपमा रहेको धार्मिक सहिष्णुतालाई सम्मान गर्ने ।
- सार्वजनिक निजी साझेदारीमा व्यवस्थित फन पार्क र साहसिक पर्यटकीय पूर्वाधार निर्माण खनियावास क्षेत्रबाट कालीगण्डकीमा ¥याफ्टिङ सेवा सञ्चालनमा पहल गर्ने ।
- जिल्ला भित्रका सहिद तथा वेपत्ता भएका नागरिकहरूको सम्झनामा सहिद पार्क स्थापना गर्न पहल गर्ने ।
४. उद्योग, व्यवसाय तथा रोजगारी
- श्रमबैंक स्थापना गरी बेरोजगार युवाका लागि रोजगार उपलब्ध गराई विदेश पलायनलाई निरुत्साहित गर्न पहल गर्ने ।
- सडक मिस्त्री, सिकर्मी तथा डकर्मीका लागि सिप विकास तालिमको व्यवस्था गर्नेे ।
- स्थानीय उत्पादनमा आधारित प्रशोधन सम्बन्धी उद्योगको स्थापना र सञ्चालनका लागि सहजीकरण गर्ने ।
- उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सहयोग तथा सहजीकरण गर्ने ।
- नगरपालिका तथा गाउँपालिका लगायतका क्षेत्रमा रहेका खानीहरुको पहिचान, सम्भाव्यता अध्ययन तथा उत्खनन गर्न आवश्यक पहल गर्ने ।
- परम्परागत रुपमा रहेका घरेलु उद्योग संरक्षण, संवर्धन र प्रवर्धन गर्न अनुदानको व्यवस्था गर्न पहल गर्ने ।
५. बैंक, वित्तीय सेवा तथा सहकारी
- सहकारी शिक्षा एवम् वित्तीय साक्षरता कक्षालाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्न पहल गर्ने ।
- उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा बैंंकिङ र सहकारी क्षेत्रको लगानी वृद्धि गर्ने नीतिमा जोड दिने ।
- सहकारीमार्पmत एक पालिका एक उत्पादनको अवधारणा अगाडि बढाउने ।
- सहकारीमार्पmत उत्पादन प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्ने ।
- पालिका स्तरमा सहकारी प्रवद्र्धनको संयन्त्र तयार पार्दै छाता संघहरुको क्षमता विकास गर्ने ।
- सहकारी संघसंस्थासँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप प्रभावकारी बनाउने ।
ख. सामाजिक विकास
१. शिक्षा तथा नवप्रवद्र्धन
- यस क्षेत्रमा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर वृद्धि गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग समन्वय गरी शिक्षा क्षेत्रमा सुधार ल्याउने ।
- बागलुङ बजारमा रहेको धवलागिरि बहुमुखी क्याम्पसलाई प्रदेशको विश्वविद्यालयको रुपमा विकास गर्न पहल गर्ने ।
- जिल्लामा रहेका आंगिक तथा सामुदायिक क्याम्पसहरुको स्तरोन्नति र शैक्षिक उन्नयनका लागि पहल गर्ने ।
- प्रयोगात्मक सीप शिक्षणमार्फत पाठ्यक्रम लक्षित शैक्षिक क्रियाकलापमा जोड दिने ।
- सङ्घीय शिक्षा ऐन जारी गर्न पहल गर्ने ।
- आविष्कार, खोज तथा नवप्रवद्र्धनलाई प्रोत्साहन गर्न डिजिटल पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने ।
- बिचमै कक्षा छोड्ने दरलाई निरुत्साहित गर्दै सिकाइ उपलब्धिको राष्ट्रिय लक्ष्य पूरा गर्न पहल गर्ने ।
- प्राविधिक शिक्षामा जोड दिदै स्थानीय पाठ्क्रमको प्रभावकारी अभ्यासका लागि पहल गर्ने ।
- विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न भौतिक पूर्वाधार र शिक्षकको तलबबाहेक शिक्षण सिकाइ क्रियाकलापमा खर्च गर्ने गरी आवश्यक स्रोतको व्यवस्था गर्ने ।
- बालविकास केन्द्र र सिकाई केन्द्रहरुलाई थप व्यवस्थित गर्न पहल गर्ने ।
- आधुनिक सूचना प्रविधिको उपयोगमार्फत शैक्षिक विकासलाई टेवा पु¥याउने र आवश्यकताका आधारमा आवासीय विद्यालय स्थापना र विद्यालयका लागि सवारी साधनको व्यवस्था गर्न पहल गर्ने ।
- सामुदायिक विद्यालयका विद्यार्थीका लागि छुट्टै डेस्क–वेन्च र डिजिटल कक्षाको व्यवस्था गर्न पहल गर्ने ।
- बौद्धिक बहसको संस्कार विकास गर्न प्रतिस्पर्धात्मक साहित्य महोत्सव सञ्चालन गर्ने ।
२. स्वास्थ्य तथा पोषण
- धवलागिरि अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) का रूपमा स्तरोन्नति र हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने ।
- स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी पालिका स्तरमा एक जना विशेषज्ञ डाक्टर तथा आवश्यक ल्याबको व्यवस्था मिलाउन पहल गर्ने ।
- जिल्लाका मनोपरामर्श केन्द्र स्थापना गर्ने ।
३. खानेपानी तथा सरसफाइ
- सबै पालिकालाई पूर्ण सरसफाइयुक्त बनाउन पहल गर्ने ।
- सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउन एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी बनाउने ।
४. महिला, बालबालिका तथा सामाजिक समावेशीकरण
- न्यून आय भएका महिला तथा दलित समुदायका लागि क्षमता विकास तालिम, परम्परागत सिप विकास तथा स्वरोजगारमूलक तालिमको व्यवस्था गर्न पहल गर्ने ।
- महिलाहरुको उद्यमशीलता र स्वरोजगारीका लागि बित्तिय संस्था तथा सहकारीसँग समन्वय गरी कार्यक्रम ल्याउन पहल गर्ने ।
- हिंसा पीडित महिलाका लागि सुरक्षित आवास (सेफ हाउस) लाई व्यवस्थित गरी निःशुल्क कानुनी सेवाको प्रबन्ध मिलाउन पहल गर्ने ।
५. युवा तथा खेलकुद
- युवाका लागि मागमा आधारित सिप विकास तालिम उपलब्ध गराई स्वरोजगारीका अवसर सिर्जना गर्न पहल गर्ने ।
- विदेशमा सिप हासिल गरी फर्केका युवालाई स्वदेशमै व्यवसाय तथा साना उद्योग सञ्चालनका लागि सहयोग पु¥याउने गरी नीतिगत पहल गर्ने ।
- खेल प्रशिक्षणको व्यवस्था, प्रतिभा पहिचान तथा खेलाडी, कलाकार र साहित्यकारलाई प्रोत्साहन गर्ने नीति बनाउन पहल गर्ने ।
- एक पालिका एक खेल मैदान÷कवर्डहल निर्माण गर्न पहल गर्ने ।
- प्रत्येक वडामा युवा क्लबमार्पmत युवाको नेतृत्व, व्यक्तित्व र उद्यमशिलताको विकास गर्ने ।
ग. पूर्वाधार विकास
१. सडक तथा यातायात
- सङ्घीय सरकारसँगको समन्वयमा बलेवा एयरपोर्टलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कार्य गरी सो कार्यका लागि मालढुङ्गा–बलेवा सडक खण्ड कालोपत्रे निर्धारित समयभित्रै सम्पन्न गर्न पहल गर्ने ।
- दक्षिण बागलुङलाई जोड्ने कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा खण्डमा रहेको दब्ल्याङको पहिरो नियन्त्रण गर्ने गरी स्थायी समाधान खोज्ने ।
- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग निर्माण कार्यलाई यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने ।
- राष्ट्रिय गौरवको सडकदेखि वडाको केन्द्रसम्म जोड्ने सडकहरुको स्तरोन्नति गर्ने ।
- राष्ट्रिय गौरवको आयोजनाहरुलाई जोड्ने गरी निर्माण भएका बैकल्पिक सडकहरुको स्तरोन्नति गर्ने ।
- सदरमुकामदेखि प्रत्येक पालिकाको केन्द्र जोड्ने सडकहरु पक्की बनाउने ।
- प्रत्येक पालिकाको केन्द्रदेखि वडा केन्द्रसम्मको सडकलाई स्तरोन्नति गर्ने ।
- प्रत्येक वडाको केन्द्रदेखि मुख्य टोलसम्मका सडकहरुको सुधार गर्ने ।
- कालिगण्डकी कोरिडोरलाई बागलुङ रत्नेचौरहुँदै बेनी जोड्ने गरीे पहल गर्ने ।
- आवश्यक ठाँउहरुमा झोलुङ्गे पुलहरुको निर्माण गर्न पहल गर्ने ।
- विभिन्न पालिका र वडाहरुको केन्द्र जोड्ने रिङरोडको अवधारणालाई पूर्णता दिन पहल गर्ने ।
२. आवास, वस्ती, शहरी विकास, वैकल्पिक ऊर्जा, सञ्चार तथा प्रविधि
- पालिका केन्द्रहरुलाई व्यवस्थित सहरका रुपमा विकास गर्न पहल गर्ने ।
- काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सुविद्या सम्पन्न प्रशासकीय तथा अन्य आवश्यक भवनहरु निर्माण गर्न पहल गर्ने ।
- असुरक्षित बस्तीहरुको संरक्षण एवम् स्थानान्तरणका लागि पहल गर्ने ।
- यस क्षेत्रभित्रका साना ठूला बजारहरुमा ढल निकास तथा फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पहल गर्ने ।
- धवलागिरि अस्पताललाई सुविधासम्पन्न गराउनका लागि हाल निर्माणाधीन भवनको यथाशीघ्र सम्पन्न गर्न र भौतिक पूर्वाधारको निर्माण गर्न पहल गर्ने ।
- धवलागिरि अस्पतालको स्वास्थ सेवालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गर्न पहल गर्ने ।
- साना खोलाहरुवाट जलविद्युत उत्पादन गर्न निजी, सहकारी तथा समुदायसँग समन्वय गर्ने ।
- लोकतान्त्रिक गणतन्त्रको सवलीकरणका लागि सञ्चार माध्यमहरू र संचारकर्मीहरुको सशक्तिकरणका लागि विशेष कार्यक्रम बनाउन पहल गर्ने ।
- इन्टरनेटको पहुँच विस्तारका लागि आवश्यक टावर निर्माण गर्न पहल गर्ने ।
घ. वन, वातावरण तथा विपद् व्यवस्थापन
- जैविक विविधताको विद्यमान अवस्था अध्ययन गरी अभिलेखीकरण गर्ने ।
- कालीगण्डकी नदी दोहन नियन्त्रण गरी नदीको पवित्रता, जैविक विविधता तथा शालीग्राम संरक्षण अभियान अगाडि बढाउने ।
- पहिरो तथा भू–क्षय नियन्त्रणका लागि अन्तर सरकार एवम् विकास साझेदार संस्था (गैसस)सँग समन्वय गर्ने ।
- जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न जलवायु परिवर्तन अनुकूलनका गतिविधि र जलाधार क्षेत्रको दिगो संरक्षणका लागि पुनर्भरण पोखरी संरक्षण गर्ने ।
- वस्ती तथा भवन संरचना सुहाउँदो दमकलको व्यवस्था गर्ने ।
- भूकम्प, जल उत्पन्न प्रकोप, आगलागी तथा महामारी लगायतका विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न आवश्यक क्षमता विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने ।
- पारिस्थितिक प्रणालीलाई सन्तुलन तथा व्यवस्थापन गर्न विशेष पहल गर्ने ।
ङ. संस्थागत विकास तथा सुशासन
- सङ्कल्पपत्रको कार्यान्वयनलाई चुस्त गराउन वार्षिक समीक्षा गर्ने ।
- विकास आयोजनाको समयमै कार्यान्वयनका लागि सहजीकरण र अनुगमनलाई प्रभावकारी बनाउने ।
नारा
“संविधानको रक्षा, अग्रगमनको यात्रा, समुन्नत बागलुङ निर्माण हाम्रो प्रतिवद्धता”
बागलुङबासीको शान,
गठबन्धनका उमेदवारलाई मतदान ।
पाँचदलीय गठनवन्धन निर्वाचन प्रचारप्रसार समिति
प्रतिनिधिसभा क्षेत्र नं १ तथा प्रदेश सभा क र ख बागलुङ ।