नारायण रिजाल- गत माघमा आफ्नो बाबुुको स्वास्थ्यमा समस्या भए पश्चात निलेश तुरुन्त बाबुलाई अस्पताल पु¥याए । विगत १५ वर्ष देखी सुगरको नियमित औषधी खाँदै आएका कारण केही समस्या भएर होला भन्ने थियो । अस्पतालमा पुग्दा पेटमा पानी जमेको थप जाँच र उपाचर गर्नुपर्ने भन्दै डाक्टरले सल्लाह दिए । डाक्टरको सल्लाह बमोजिम पोखराको गण्डकी मेडिकल कलेजमा बाबुुलाई उपचारका लागि लगे त्यहाँ पुग्दा बाबुुको कलेजोमा समस्या भएको चिकित्सकहरुले जानकारी दिए । पोखराबाट पुन काठमाण्डौको ग्राण्डी हस्पिटलमा पु¥याए त्यहाँ पनि कलेजो मै समस्या भएको र काम गर्ने स्थितिमा नरहेको डाक्टरले जानकारी दिए । डाक्टरका अनुसार कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह भयो ।
निलेश छाँगा बाट खसे जस्तै भए । नेपालमा नै कलेजो प्रत्यारोपण हुने भएका कारण उनमा आशा भने थियो । अन्य अस्पतालमा विषेशज्ञ चिकित्सक सँग सल्लाह पनि मागे । बाबुका लागि कलेजो प्रत्यारोपण त गर्ने तर कस्को मिल्छ आफ्ना आफन्तको मिल्ने हो कि हैन निलेशलाई चिन्ताले सताएको थियो । उनले सर्वप्रथम आफ्नै कलेजो बाबुका निम्ती मिल्ने नमिल्ने बारेमा चिकित्सक सँग सल्लाह गरे । त्यसका लागि परिक्षण पनि गरिएको । निलेशले बाबुका लागि आफुलै कलेजो प्रदान गर्ने निर्णय गरे । आफ्नो कलेजो बाबुुका लागि प्रत्यारोपण गर्न मिल्ने भए पछि निलेशलाई ठुलो साहस भयो । बाबुुको सफल उपचार हुनेमा उनि विश्वस्त भए ।
बागलुङ बजारको होटल पिस प्यालेसका संचालक निलेश राजभण्डारीले आफ्ना बाबुु अशोक गोविन्द राजभण्डारीलाई कलेजो प्रदान गरी नयाँ जिवन प्रदान गरेका छन ।
४३ बर्षिय निलेशले ७० बर्षिय बाबुुलाई आफ्नो कलेजो दान गरी बाबुुलाई नयाँ जिवन दिएका हुन । भारतको नयाँदिल्ली स्थत म्याक्स हस्पिटलमा निलेशको कलेजो बाबुुलाई प्रत्यारोपण गरिएको छ ।
सुरुमा नेपालमै पनि कलेजो प्रत्यारोण हुने भएका कारण उनि भक्तपुरको मानवअंग प्रत्यारोपण, चितवन मेडिकल कलेज लगायतका अस्पतालमा पुगे तर आफ्ना आफ्न्त र चिकित्सकको सल्लाह बमोजिम बाबुको कलेजो प्रत्यारोपणका निम्ती भारतको नयाँ दिल्ली तर्फ लागे । ‘नेपालमै प्रत्यारोपण गर्ने भनेर हामी विभिन्न अस्पताल पनि पुग्यौं निलेशले भने,–‘आफन्त र केही चिकित्सकको सल्लाह बमोजिम बैशाखको अन्तिम साता भारतको नयाँदिल्लीमा रहेको म्याक्स हस्पिटलमा पुगीयो । बाबुको उपचारको काम अगाडी बढाईयो । डाक्टर सँग बाबुको स्वास्थ्य अवस्था र प्रत्यारोपण गर्न मिल्ने नमिल्ने त्यसका बारेमा सवै जाँच भयो ।’ सवै रिर्पोट ठिक आयो र बाबुका लागि मेरै कलेजो प्रत्यारोपण गर्न मिल्ने भयो । सोही अनुसार म तयार भए निलेश बताउँछन ।
मानव अंग प्रत्यारोपण नियमावली अनुसार कानुनी प्रावधान जानुपर्ने भएका कारण निलेश बाबुलाई लिएर कानुनी प्रावधान पुरा गर्नेका निम्ती पुन नेपाल फर्किए । कानुन अनुसार आफ्नो परिवारका सदस्यलाई श्रीमती, छोरा, छोरी, नाती, नातीना, बाबुु आमा, दाजु भाई लगायत आफ्न्तले मात्र अंग दान गर्न पाउने व्यवस्था छ । सोही अनुसारको सवै आवश्यक कागजात मिलाएर गत असारको अन्तिम साता उनि बाबुुको कलेजो प्रत्यारोपणका निम्ती पुन भारत प्रस्थान गरे र आफ्नो कलेजा बाबुुका लागि प्रत्यारोपण गरे । यही साउन ४ गते सफल सल्यक्रिया मार्फत निलेशले आफ्नो बाबुुलाई कलेजो प्रत्यारोपण गराएका छन । अहिले निलेश र बाबुु अशोक दुवैको स्वास्थ्य स्थिति सुधार छ । दुवैमा खुसी छाएको छ ।
आफुले कलेजो काटेर बाबुुलाई प्रत्यारोपण गरे पनि स्वास्थ्यमा खासै असर नपर्ने उनि बताउँछन । कलेजो पलाउन धेरै समय नलाग्ने कारण छिट्टै पुरानै स्थितिमा आउने जानकारी पाएको निलेशको भनाई छ ।
कलेजो प्रत्यारोपण भारत भन्दा नेपालमै सस्तो
कलेजो प्रत्यारोपणका निम्ती भारतमा भन्दा नेपालमै सस्तो पर्ने उनि बताउँछन । हाल सम्म झण्डै ५० लाख रुपैयाँ खर्च भै सकेको छ । पैसा भन्दा पनि जिवन ठुलो रैछ निलेशले भने, हामी नेपालमा नै प्रत्यारोपण गर्ने भनेका थियौं । नेपालमा भरर्खर मात्र सुरु भएको हुँदा सवैको सल्लाह बमोजिम भारत आईयो । यहाँ पनि सफल रुपमा प्रत्यारोपण भयो । बाबुले नयाँ जिवन पाउनु भयो । त्यसैमा हामी खुसी छौं । म मेरो बाबुलाई नयाँ जिवन दिन पाए । यो मेरा लागि एकदमै राम्रो मौका हो । म जस्तो भाग्यमानी छोरा त को होला र निलेशले खुसी हुँदै भने,–‘अझै १० दिन पश्चात हामी नेपाल फर्कन्छौं । म एउटा छोरा भएर आफ्नो कर्तव्य निभाएर बाबुुलाई नयाँ जिवन दिन पाउँदा एकदमै खुसी छु । मेरो कलेजोको त पुन पलाई हाल्छनी ।’
औषधि पनि खान पर्दैन । शरीर कमजोर, अरु काम गर्न नमिल्ने पनि हुँदैन । कलेजो आफैले उत्पादन गर्ने अंग हो ।
कलेजो प्रत्यारोपणबारे सचेतना जागरण अभियान चलाउँछु ।
‘कलेजो दिने व्यक्तिलाई एक प्रतिशत र लिने मान्छेलाई ३ प्रतिशत जोखिम हुँदो रहेछ, जबकि रोग लुकाएकै या पहिचान नभएकै कारण धेरैले अकालमै ज्यान गुमाइरहेका रहेछन’, बुबालाई कलेजो दान गरेका राजभण्डारीले भने, ‘मलाई पनि डाक्टरले ६ हप्तामा जस्ताको तस्तै हुन्छ भन्नुभएको छ, ८० देखि ९० प्रतिशत रिकभर हुँदोरहेछ । यसबारे धेरै कुरा बुझ्न र बुझाउन अपरिहार्य देखेको छु, मैले मेरो व्यक्तिगत तर्फबाट पनि सक्दो गर्छु र सरकार, सरोकारवाला निकायलाई पनि झकझकाउन भूमिका खेल्नेछु ।’ अहिले कलेजो प्रत्यारोपणबारे आफैमा भएको थुप्रै भ्रमबाट समेत मुक्त भएको उनी बताउँछन् । कलेजो कसरी जोगाउने, यसमा समस्या आइसके पछि प्रत्यारोपण गर्ने, दान गर्ने लगायतका विषयमा नेपाली समाजमा यथार्थ यथेष्ट जानकारी नै छैन । अब नेपाल फर्किएर कलेजो प्रत्यारोपणबारे सचेतना जागरण अभियान चलाउने निलेश बताउँछन । निलेशको यो कार्यप्रति अहिले बागलुङमा निकै चर्चा चलेको छ । छोरो हुनु त निलेश जस्तो बागलुङ हरेक व्यक्तिले उनको प्रशंसा गरेका छन ।
कसरी गरिन्छ कलेजो प्रत्यारोपण
कलेजो दान गरेको झण्डै ६ हप्तामा फेरी पुरानै स्थितिमा पलाउने चिकित्सकहरु बताउँछन । कलेजो प्रत्यारोपण सफल उपचार हो, विश्वका ९० प्रतिशतभन्दा बढीमा यस उपचार विधि सफल भएको छ । यसलाई दुई तरिकाले गरिन्छ –जीवित दाताको कलेलो झिकेर वा मस्तिष्क मृत्यु भइसकेको व्यक्तिको कलेजो झिकेर । जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकैपटक एउटै अस्पतालमा दुईटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताको कलेजो झिक्ने काम गर्छ भने अर्को कक्षमा लिने व्यक्तिको क्षतिग्रस्त कलेजो झिकिन्छ । त्यसपछि दाताको कलेजो बिरामीमा प्रत्यारोपण गरिन्छ ।
दाताको शल्यक्रिया (कलेजो झिक्दा) गर्दा करिब ५ देखि ८ घन्टा लाग्ने गर्छ । दातालाई पनि शल्यक्रियापश्चात् करिब एक सातासम्म अस्पतालमै राखिन्छ । लिने व्यक्तिको हकमा शल्यक्रियाको समय क्षतिग्रस्त कलेजो झिक्नुपर्ने र पुनः कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाले अझ बढी समय लाग्ने चिकित्सक बताउँछन ।