• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बिक्दैनन् अचेल स्थानिय उत्पादन

  • चैत १८, २०७९

नारायण रिजाल,बाग्लुङ  ।  ६६ बर्षिया गादरे बुढा वरी परि डाला नाङ्ला राखेर ग्राहकलाई नियालिरहेका छन । उनिहरुको नजिक ग्राहक आउँछ मुल्य सोध्छन अनि फर्किन्छन । बागलुङको बडिगाड गाउँपालिका–३ जलजलाका बुढा आफ्नै पौरखले चुवाबाट बुनेका डाला नाङ्ला लिएर विक्रिका लागि बागलुङ सदरमुकाम आएका छन । यहाँ संचालन भएको चैते दशै मेलामा चुवाबाट बनेका डाला, डाली र नाङ्ला लिएर उनि बिक्रिका लागि बागलुङ आएका हुन । आफ्नो ठाँउमा आफ्नै हातले निर्माण गरेका स्थानिय बस्तुको बजार खोज्दै बुढाथोकी  बागलुङ सदरमुकाम आएको हुन । कुनै समय स्थानिय उत्पादनको मुख्य व्यापार हुने चैत्राष्टमी मेलामा अहिले स्थानिय बस्तुले बजार पाउन छाडेको छ । प्लाष्टिकको भाडाहरुको बड्दो प्रयोग सँगै स्थानिय उत्पादनले बजार पाउन छाडेको हो । झण्डै १ सय ५० डाला र नाङ्ला लिएर आएका बुढा र सँगै आएका खगेन्द्र विश्वकर्मा, शशिराम सम्धाखादी व्यापार भने सोचे जस्तो भएको छैन । ‘धेरै परिश्रम गरेर स्थानिय बस्तुको उत्पादन ग¥यो परिश्रम अनुसारको मुल्य निर्धारण गर्नुनै प¥यो बुढाले भने,– ‘हामीले उत्पादन गरेको बस्तु किन्नका लागि हिचकिच गर्छन । आउँछन मुल्य सोध्छन फर्किन्छन ।  पुखौ देखी गर्दै आएको पेशा नै संकटमा पर्न लागेको छ ।’ उनले एउटा डालो उत्पादन गर्न तिन दिन लाग्ने र परिश्रम अनुसारको मुल्य निर्धारण गर्दा मेला भर्न आएकाले किन्नै मान्दैनन् । 
 
विगतमा पनि चैते दशै मेलामा परम्परागत बस्तुहरुको विक्रि वितरण गर्न आउने गरेको सोही स्थानका शशिराम सम्धाखादी बताउँछन । हामी धेरै वर्ष पहिले देखी यहाँ डाला नाङ्ला, भकारी लगायतका सामाग्रीहरु उत्पादन गरेर विक्रि गर्न आउने गछौं । पहिले पहिले त ल्याउँदाकै दिनमा सकिन्थ्यो शशिरामले भने,–‘ अहिले व्यापार भएको छैन, दुःख गरेर पनि कमाई राम्रो हुन सकेको छैन ।’ अब पेशा नै अर्को रोज्नुपर्ला जस्तो भएको छ । सवै मिलेर झण्डै डेढ सय डाला नाङ्ला ल्याएका छौं’ । विक्रि भएन भने फिर्ता लिएर जाने की सस्तो मुल्यमा छाड्ने दोधारमा रहेका छौं ।  उनिहरुले अन्य जिल्लामा नाङ्ला डाला डाली  ल्याएर जाँदा सम्मान गरेको र उचित स्थान दिएको भन्दै चैतेदशै मेलामा व्यवस्थापन राम्रो नभएको समेत गुनासो गरे । ‘हामी स्थानिय बस्तु उत्पादन गरेर कमाई भन्दा पनि परम्परालाई धान्ने उद्देश्य लिएर यहाँ विक्रिका लागि आएका हौं । मेलामा यसलाई खासै महत्व नदिएको देखियो सँगै रहेका खगेन्द्र विश्वकर्माले भने,–‘विगतका वर्षमा हामीले उत्पादन गरेका बस्तुमा नि कर उठाउने गरिन्थ्यो यस वर्ष भने उठाइएको छैन । दिन भरी घाममा कुरेर बस्यो व्यापारै हुँदैन ।’ 


प्लाष्टिकको भाडाँले स्थानिय उत्पादन विस्थापित भए
बडिगाडबाट डाला नाङ्ला लिएर आएका मात्र है बागलुङ नगरपालिका–१२ अमलाचौरका टेके चुँदारा पनि आफ्नो पेशा संकटमा पर्दै गएकोमा चिन्तित छन् । उनले पनि मेलामा विक्रिका लागि काठका भाँडा ठेका ठेकी लिए लिएर आएका थिए । परम्परागत रुपमा काठको ठेका भाँडा बनाउने पेशा अँगाल्दै आएका चुँदाराले निर्माण गरेको भाँडाहरु बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ । 
‘काठको भाँडा बनाउन ठूलो मेहनत लाग्छ तर बजारमा डेढ दुई सयमा प्लाष्टिकका भाँडा पाइन्छ । महङ्गो पैसा तिरेर हाम्रो भाँडो कस्ले किनिदियोस, चुँदाराले भने, ‘मिहिनेत अनुसारको आम्दानी नहुने भएकाले हामी पुख्र्यौली पेशा छाड्न बाध्य हुनुपरेको छ । ‘एउटा ठेकी बनाउन निकै मिहिनेत लाग्छ । मिहिनेतको तुलनामा मूल्य खासै पाइँदैन’ टेकेले भने ।
पुर्खौली भाडाँ लोप हुने अवस्थामा
बढ्दो प्लाष्टिकको भाँडाको प्रयोगले परम्परागत रुपमा निर्माण गरिने काठको भाँडो लोप हुन थालेका छन् । यसले पुर्खौली संम्पदा नै संकटमा परेको छ ।  सस्तो मूल्यमा बजारमा प्लाष्टिकको भाँडा वर्तन उपलब्ध हुन थालेपछि  मेहनत गरेर बनाएको काठका ठेका भाँडा र चोवााट बनेका डाला नङ्ला हराउन थालेका हुन् । ‘पहिलेको जस्तो छैन समय फेरियो, अब यसरी हामीले बनाएका भाँडाहरु बिक्री हुन छाडिसक्यो, चुँदारा भन्छन, ‘हामीलाई त समस्या पर्ने भो ।’ उनलाई घर परिवारको खर्च कसरी टार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘ठेका भाँडाको बिक्री हुन छाड्यो, अरु काम गर्न आउँदैन,’ उनले भने,‘हामीलाई गुजारा चलाउनै गाह्रो पर्न थाल्यो । अब अर्को उपाय सिकाइदिने मान्छेको खोजीमा छौं ।’ 
यही पेशाबाट परिवार पाल्दै आएकामा अब फरक पेशा रोज्न बाध्य भएको उनि बताउँछन, काठलाई कुँदेर दूध दही मोही राख्न मिल्ने ठेका भाँडा र अन्नपात राख्न मिल्ने आरी निर्माण गर्दै आएका चुँदारा प्लाष्टिक भाँडाको बढ्दो प्रयोगले आफ्नो पेशालाई अप्ठ्यारो परेको बताए । 
उमेरले ५५ पुग्न आँटेका उनी आफूले निर्माण गरेर काठका भाँडा बिक्री गर्न बाग्लुङ, पर्वत, म्याग्दी र गुल्मीका विभिन्न गाउँ चाहार्ने गरेका छन् । हरेक ठाँउमा मेला लाग्दा पुुग्ने गर्दछु उनले भन,े ‘तर सोचे अनुसार व्यापार हुन सकेको छैन । 
पुस्तान्तरण पनि हुन नसक्दा पेशा नै संकटमा
    यही पेशाबाट आफ्नो दैनिकी चलाउने मुस्किल पर्न थालेपछि बुढा, विक,साम्धाखादी र चुँदाराहरू बिस्तारै पेशा छोड्दै जान थालेको उनी बताउँछन् । ‘परिवार यही पेशा अँगालेर बसेका थियौं, अहिले कोही विदेश त कोही अन्य पेशामा आश्रित भए , उनिहरुले भने,‘अहिले हामी एक दुई घर मात्र यो पेशामा बाँकी छौं ।’ आफुहरुले पुर्खौ देखी बनाउँदै आएको काम नयाँ पुस्तान्तरण पनि हुन नसक्दा पेशा नै संकटमा परहेको उनि बताउँछन । 
    अहिलेका नयाँ पुस्ताले यो काम गर्दैनन पहिले देखी नै गर्दै आएको हुँदा हामीले धानेका छौं उनले भने,–‘ अहिले विक्रि नै हुँदैन । विक्रिका लागि भनेर गाउँमा उत्पादन गरेको सवै ल्याईयो हामीमा भएको सिप पुस्तान्तरण नहुँदा लोम हुने खतरा छ । ‘बुढाहरुले मात्रै डाला नाङ्ला बुन्छौं ठेका कुद्छौं् अहिलेका केटाहरु सबै विदेश गए, अब यो पेशा हराउने त होला,’ उनले गुनासो गर परम्परागत सीपको प्रयोग गरेर निर्माण गरिएका वस्तुहरुको विकल्पमा अन्य सामान बजारमा सस्तो उपलब्ध हुन थालेपछि यी वस्तुहरुको व्यापार घट्दै गएका छ । 

    मेलामा ल्याईएको परम्परागत बस्तुको विक्रि वितरणका लागि आवश्यक सहयोग गर्ने मेला आयोजक कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउँछन । यहाँ परम्परागत बस्तु वितरण बर्षौ देखी गर्दै आईएको छ । उनिहरुलाई वितरण कक्षको उचित व्यवस्थापन गरेका छौं । अध्यक्ष खड्काले भने, –‘मेला अवधी भर विक्रि गर्नका लागि सहज वातावरण हामी सृजना गछौं । अन्तिम सम्म पनि राम्रो व्यापार भएन भने हामीले उहाँहरुलाई गाडीभाडा दिएर स–सम्मानका साथ विदाई गछौं ।’
माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने कुमाले, तामाका भाँडा बनाउने टमटा, दूध–दही राख्ने काठका ठेकी बनाउने चुँदारा र सुल्पा बनाएर छाक टार्ने जोहो गर्दै आएका गन्धर्वको पुख्र्यौली पेशाले उचित अवसर नपाउँदा परम्परागत पेशाहरु हराउँदै गएका छन । 

May be an image of 2 people and outdoors

प्रतिक्रिया