बागलुङ- पनि झण्डै ६ वर्ष पुगि सक्यो । अहिले संघ, प्रदेश र स्थानिय गरी तिन तहको सरकार छन । तिनै तहको सरकारका छुट्टाछुट्टै अधिकार छन । संघियता आए सँगै दोस्रो पटक निर्वाचन पनि भै सक्यो नयाँ नयाँ जनप्रतिनिधि चुन्ने काम सकियो ।
देशमा संघियता लागु गरेर खण्ड खण्ड पार्नुहुँदैन भन्ने मुद्धा बोकेको राष्ट्रिय जनमोर्चा पनि हरेक निर्वाचनमा भाग लिँदै आएको छ । संघियताको विरोध गरेर आफ्नो पहिचाहन बनाएको राजनिति पार्टी जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी संघियता विरोधी ‘आईकन’ नै बनेका छन । संसदमा बोल्दा उखान टुक्का मिसाएर बोलेका कारण केसीलाई मन पराउने मात्रै छैनन्, उनलाई संघीयता विरोधी ‘आइकन’ रुपमा चिन्ने गरेका छन् । संघीयता िवरोधी अभियान, एमसीसी र नागरिकता विधेयकमा समेत चर्को विरोध गर्दै आएका ८२ वर्षका केसीले नेकपा एमालेका ४७ वर्षका पाठकलाई पराजित गर्दै चौथो पटक संसदको यात्रा तय गरेका छन । अन्य पार्टीको भन्दा फरक मुद्धा बोकेका केसी र उनको दलले यस पटक संसदमा भाग लिन पाएको छ ।
गठबन्धनमा दलिरो साथ केसीलाई विजयीको हात
बागलुङ क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका केसी प्रदेश सभामा काँग्रेसका दिपेन्द्र बहादुर थापा र डिल्लीराम सुवेदीलाई साथमा लिएर चुनाव लडेका थिए । गठबन्धनमा काँग्रेस र माओबादी केन्द्रले दरिलो साथ दिए पश्चात केसीलाई विजयीको हात मिल्यो । सुरु देखी नै थोरै–थोरै मतान्तरले अगाडी रहेका केसी अन्तत चुनाव जिते ।
गठबन्धनका कारण सजिलै जित हुने आंकलन गरिए पनि उनलाई निकै सकस भएको थियो । निवर्तमान सांसद रहेका पाठकले धौ धौ बनाए । पाठकको दोस्रो पटक सांसद बन्ने प्रयास असफल भयो ।
८२ वर्षमा चौथो पटक संसदको यात्रा
केसीले संसदिय यात्राका लागि २०५१ सालबाट प्रयास गरे । उनि तत्कालिन बागलुङ क्षेत्र नं. २ बाट उम्मेदवार बने पार्टीको चुनावी राजनीति एवं कुटनीतिको पहिलो अनुभव गरेका केसीले त्यो बेला निर्वाचन हारेका थिए । काँग्रेसका मिनबहादुर खत्रीले उनलाई हराए । केसी पुन २०५६ सालको संसदीय निर्वाचनमा त्यही क्षेत्रबाट निर्वाचन लडे नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गराएर संसदको पहिलो यात्रा तय गरे । केसी २०६४ को पहिलो संविधान सभा निर्वाचनमा पुन यसै क्षेत्रबाट निर्वाचन जिते उनले काँग्रेसका मणिभद्र शर्मा कंडेललाई पराजय गराए । उनले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने आफु समानुपातिकमा बसेर अर्कैलाई उम्मेदवार बनाए । केसी २०७२ साल कात्र्तिक १९ गते केपी शर्मा वली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री बनेका थिए । संसदमा हुँदा वा बाहिर हुँदा फरक मत राख्ने केसी नेपाली राजनितिमा सधै चर्चामै रहन्छन ।
सधै काँग्रेस सँग लड्ने यस पटक काँग्रेसको साथले चुनाव जिते
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनमा बाँधिएका केसी त्यो बेला निर्वाचन लड्ने आँट गरेन । आफु बृद्ध अवस्था भएको भन्दै चुनाव लड्न आएनन् यसको लोटरी नेकपा एमालेका डा. सुर्य पाठकलाई प¥यो । बाम गठबन्धन भएका कारण सो बेला एमालेले पनि बाजी मा¥यो । यस पटक भने राष्ट्रिय आवश्यकता भन्दै पुन केसी चुनावी मैदानमा आए । अन्तत चुनाव जिते आफ्नो चौथो पटक संसदलिय यत्रा तय गरे । देश भरी आफ्नो छुट्टै माहोल बनाएको स्वतन्त्र पार्टीका उम्मेदवारले आर्कषक मत ल्याउँदा केसीलाई कडा चुनौती पनि थपिएको थियो । हिजो नेपाली काँग्रेस सँग प्रतिस्पर्धा गरेर संसद पुगेका केसी यस पटक भने काँग्रेसकै साथ र सहयोगले पुन संसदको यात्रामा पुगे । केसीको जीतसँगै राष्ट्रिय जनमोर्चाले संसद प्रबेश पाएको छ । केसीको जनमोर्चाबाट संसदमा एक्लो उपस्थिति हुने देखिएको छ ।
केसीको जितले राष्ट्रिय राजनितिको चासो
उमेर धेरै भएको निर्वाचन हाक्नकै लागि कठिनाई हुन्छकी भन्ने नेता कार्यकर्तालाई चिन्ता थियो । तर केसी आफ्नो निर्वाचन क्षेत्रका ३७ वटा वडा एक महिनामा डुलेर भ्याए । केसीले नेकपा एमालेका पाठकलाई २ हजार ६१९ मतको अन्तरले पछि पारेर विजयी भए । पाठकले १८ हजार ८४५ मत प्राप्त गर्दा केसीले कुल २१ हजार ४६४ मत प्राप्त गरेका थिए । केसीको जितले राष्ट्रिय राजनितिमै माहोल नै परिवर्तन ल्याउनुका साथै चासोका साथ हेरिएको छ । बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । स्वतन्त्रका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १९१ मत प्राप्त गरेका थिए । राप्रपा नेपालका लक्ष्मीप्रसाद सापकोटाले ९०४ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली काँग्रेस विपीका शिवलाल सापकोटाले १२५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले १९४ मत प्राप्त गरेका थिए ।
सधै संघियताको विरोध चुनावमा सहभागिता
२०१४ सालदेखि नै कम्प्युनिस्ट पार्टीको सदस्य बनेर राजनीतिमा होमिएका उनि २०३१ सालमा केन्द्रीय सदस्य भएका थिए । २०४१ सालमा मसालको महामन्त्री र २०४४ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको अध्यक्ष भएका केसी २०५२ मा गठन नभएको राजमोको केन्द्रीय अध्यक्ष हुन् । उनी अध्यक्ष भएदेखि नै संघीयताको विरोध गर्दैछन् । संघियताको विरोध गरे पछि राजमोले हरेक निर्वाचनमा सहभागिता जनाउँदै आएको छ । अहिले पनि बागलुङका स्थानिय तहमा राजमोका १ गाउँपालिका र १ नगरपालिका जितेको छ ।
संविधानको रक्षाका लागि म चुनाव लडे्को हुँ –केसी
‘देशको राष्ट्रियता र संविधान रक्षाका लागि बाध्यात्मक परिश्थितिले म चुनाव लड्न आए, म चाहेर लडेको होइन, सवैको आग्रहले चुनावी मैदानमा आएको हु केसीले भने, –‘जनताले संविधानको मर्म बुझे चुनाव जिताएका छन । अघिल्लो पटक केपी ओलीलाई समर्थन गरेको थिएँ, उनैबाट संविधानमा धोका भएपछि कांग्रेससहितको गठबन्धनमा आउनु प¥यो ।’ संसदमा पुगेर राजनीतिक क्षेत्रको विकृति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने छु ।’
उनले राष्ट्र, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि आफ्नो यो अन्तिम लडाइँ भएको बताए । ‘मेरो लडाईमा जनताको गर्बिलो साथ रहयो । संविधानको रक्षाका निम्ती हामी एक भएका थियौं । जनता यसैको पक्षमा रहेछन । केसीले भने, अब संसदमा गएर विकृति विसंतिको भण्डाफोर गर्नेछु । पार्टीका मुद्धामा सधै अडिग नै रहनेछौं ।