बागलुङ । बागलुङ दक्षिण जोड्ने सडक बारम्बार अवरुद्ध गराउने दब्ल्याङ एक्लेसालको पहिरोको समाधानको खोजी गरिएको छ । विगत ४ वर्ष देखी बर्षेनी सास्ती दिने बागलुङ नगरपालिका–१० भकुण्डे दब्लाङको पहिरोको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी शुरु गरिएको छ ।
आईतबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा यस क्षेत्रबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्यहरु, बागलुङ नगरपालिका र जैमिनी नगरपालिका प्रमुख उपप्रमुख स्थानियबासी र अन्य सरोकारवाला विच पहिरोको उचित समाधानका निम्ती छलफल गरिएको थियो । छलफलका क्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीको पहलमा पुर्वाधार विकास कार्यालय बागलुङले गत जेठको पहिलो र दोस्रो साता पहिरोको बारेमा गरेको विस्तृत अध्ययनको प्रतिवेदन समेत सार्वजनिक गरिएको छ । प्रतिवेदन अनुसार यस पहिरोको अल्पकालिन र दिर्घकालिन दुवै उपायहरु सार्वजनिक गरिएको छ ।
तत्कालका लागि पहिरोबाट सकड अवरुद्ध हुन नदिनका लागि पहिरो माथिबाट आएको पानी काटेर नजिकैको खोल्सामा पु¥याएमा ५० प्रतिशत भए पनि पहिरो झर्ने समस्या कम हुने अध्ययन टोलीका इञ्जीनियर उमेशचन्द्र भुषालले जानकारी दिए । भुषालका अनुसार तत्कालका लागि पहिरोको माथिल्लो भागमा प्लाष्टिक विछाएर पानीलाई नजिकैको न्वारे खोलामा पु¥याएमा पहिरो बग्नबाट रोकिने छ । भुगर्भविदहरुको अध्ययन टोलीले गरेको प्रतिवेदन अनुसार पहिरोको झण्डै १३ देखी २० मिटर तल मात्र चट्टान रहेको हुँदा दिर्घकालिन उपायका लागि विभिन्न १० वटा काम एकैपटक गर्नुपर्ने देखिएको छ । ७ सय मिटर लामो र १ सय ३५ मिटर फराकिलो पहिरो १५ देखि १८ मिटर गहिरो भएर बगेको प्रतिवेदनमा उल्लेख छ । पहिरोकै कारण जम्मा भएको पुरुवा माटोमा सडक बनाउने र बर्षायामको पानीको उचित व्यवस्थापन हुन नसकेका कारण पहिरो सुरु भएको प्रतिवेदनमा उल्लेख छ । विज्ञहरुले पहिरोको स्थलगत अवलोकन गरी यसको जिपोफिजकल अर्थात एमआरआई गरी प्रतिवेदन तयार पारेको पुर्वाधार विकास कार्यालय बागलुङका प्रमुख ईन्जीनियर गणेश सुवेदीले बताए । सुवेदीका अनुसार यसलाई विभिन्न तरिकाले दिर्घकालिन समाधान गर्न सकिने बताईएको छ । ‘पहिरोको भित्री भागमा पानी नभएको खुलेको छ । माथिबाट आएको पानी हामीले तर्काउन सक्यौ भने ५० प्रतिशत समस्याको समाधान हुन्छ भन्ने छ, ई. सुवेदीले भने,–‘यसमा कडा चट्टान पनि १३ देखी २० मिटर तल छ भन्ने छ । अहिलेको उपाय भनेकै दायाँ वाया कता हुन्छ पानी काटेर फाल्ने हो ।’ पहिरोको दिर्घकालिन उपायका लागि अध्ययन अवलोकन गरेको विज्ञको टोलीले ५ करोड ४८ लाख ९३ हजार ५०५ रुपैयाँको लागत निकालेको छ ।
यस वर्ष सडक संचालनका निम्ती अस्थायी रुपमा केही व्यवस्थापन गर्न सके आगामी वर्षमा प्रदेश संघ र स्थानिय सरकार मिलेर विज्ञको सल्लाह अनुसार दिर्घकालिन व्यवस्थापनमा लाग्ने गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी बताउँछन । ‘दक्षिण बागलुङका जनतालाई पहिरो दैनिक सास्ती दिएको छ । यसको दिर्घकालिन समाधानको खोजी गरेका छौं सुवेदीले भने, अहिले अल्पकालिन समाधानको बाटो खोजेका छौं । भोलीबाटै हामी समाधानका निम्ती काम गछौं यसका लागि बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले संयुक्त पहल थाल्ने छ । दिर्घकालिन उपायका लागि बजेट व्यवस्थापन हो त्यो प्रदेश र संघिय सरकार सँग अपेक्षा गरेका छौं । उनले पहिरोको बास्तविक समस्याको अध्ययनका निम्ती त्रिभुवन विमानस्थलमा रहेको विज्ञको टोलीलाई पुर्वाधार विकास कार्यालय बागलुङ मार्फत पहिरो क्षेत्रमै पठाएको बताए । यस अघि यही विज्ञ टोलीले कृष्णभिरको पहिरोको समस्या समाधानका गरेका बताईएको छ ।
पहिरोमा माथिबाट आएको पानी व्यवस्थापनका निम्ती स्थानिय जग्गादाता सँग पनि सल्लाह र छलफल गर्नुपर्ने भएको हुँदा सोमबार पहिरो प्रभावित क्षेत्रमा पुग्ने बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । प्राविधिक सहित स्थानिय सरोकारवालाको टोली पहिरोमै पुगेर यसको तत्काल समस्या समाधानका लागि लाग्ने नगरप्रमुख श्रेष्ठले बताए । श्रेष्ठले उपप्रमुख राजु खड्का र बानपा १० का वडा अध्यक्ष तिलबहादुर थापालाई स्थानियबासी सँग छलफल गरी काम अगाडी बढाउन निर्देशन समेत दिएका छन ।
दक्षिण बागलुङका १८ वटा वडाका सर्वसाधारणलाई सदरमुकाम आउनका निम्ती यस पहिरो सधैका लागि बाधक बनेको हुँदा यसको दिर्घकालिन उपायको निम्ती सरोकारवाला सँग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताईन । ‘पहिरोका कारण दैनिक सयौ यात्रु अलपत्र परेका छन । पानी परे त सडक अवरुद्ध हुँदो रहेछ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्–‘यसको दिर्घकालिन उपायका लागि छलफल गर्नुप¥यो भनेर माननिय डिल्लीराम सुवेदीले भन्नुभयो । सोही अनुसार यस क्षेत्रका सरोकारवालाको उपस्थितिमा एउटा निकासका निम्ती छलफल ग¥यौं । स्थलगत अध्ययन गरी समाधानका निम्ती काम गर्ने निर्णय भएको छ । ’ पहिरोले बागलुङ–कुश्मिसेरा सडक खण्ड दुई स्थानमा र कालिगण्डकी करिडोर र कालिगण्डकी नदि किनार हुँदै गएको भाटेखोला जाने बैकल्पिक सडक पनि एकै साथ अवरोध गर्दै आएको छ । एउटा पहिरोले ४ स्थानमा सडक अवरोध गर्दा दक्षिण बागलुङ जाने यातायातका साधन ठप्प हुने गरेका छन ।