श्रमिक महिलालाई दिवसको पत्तो छैन, दैनिकीको चिन्ता

  • फाल्गुण २४, २०७९

नारायण रिजाल-बागलुङ। बुधबार मार्च–८ तारिक अर्थात ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसको अवसरमा बागलुङ नगरपालिका, अन्तरपार्टी महिला संजाल बागलुङ लगायत अन्य महिला तथा बालिकालिकाको क्षेत्रमा काम गर्ने संघ संगठनले भव्यरुपमा दिवस मनाई रहेका थिए । कार्यक्रममा सहभागी पुरानै थिए । विभिन्न संघ संस्थामा नेतृत्व गरेका महिला अधिकारकर्मी कै बचश्र्व थियो । भाषणमा पनि कुनै नयाँ पन थिएन केबल उनिहरुले श्रमिक महिलाको हक र अधिकारका कुरा गरेका थिए । यसरी महिलाको हक र अधिकारका कुरा गर्दा दिन भर काम गरेर बेलुका छाक टार्न बाध्य हुने श्रमिक महिलालाई भने दिवसको कुनै पत्तो थिएन । 
बजारमा सयौं महिलाहरुको उपस्थितिमा विभिन्न नारा सहित दिवस मनाई रहँदा बागलुङ नगरपालिका–१ मालढुंगा खुर्दुकेमा रहेको ‘डम्पिङ साइट’ मा काम गर्ने महिलालाई भने दिवसको अत्तो पत्तो छैन । उनिहरुले फोहोरमा मोहोर खोज्ने प्रयासमा थिए ।  बजार क्षेत्रको फोहोर मैला विर्सजन गर्ने केन्द्र ‘डम्पिङ साइट’मा काम गर्ने महिलाहरुले आफ्नै धुनमा काम गर्दै थिए । नजिकै कालिगण्डकी करिडोरबाट सवारी आवतजात गरेको समेत पत्तो पाउँदैनन् उनिहरु । ९÷१० जना महिला पुरुषहरुको समुहले दैनिक नगरपालिकाबाट गएको फोहोर चालेर कवाडीमा विक्रिहुने बस्तु छट्ट्याउँछन । त्यो छुट्याए बापत उनिहरुले मासिक पारिश्रमिक पाउँछन । उनिहरुलाई न कुनै दिवसको बारेमा थाहा छ  न चासो पनि  केबल आफ्नौ दैनिकीको चिन्ता रहेको छ । दिनभर काम गरेर आफ्नो दैनिकी गुजारा चलाउने महिलाहरु बाहिरी कोही व्यक्ति जाँदा राम्रो सँग खुल्न पनि चाहँदैनन् । 
दिवसको बारेमा थाहा छैन कसले भन्दैन 
 ‘खै हामीलाई यो दिवसको बारेमा केही थाहा छैन के हो हामीलाई कसैले भन्न पनि भन्दैन ्, हामी त सधैं यहीमा काममा हुन्छौं,’ फोहोर चाल्दै गरेकी मायाँ नाम गरेकी महिलाले भनिन्,–‘दिनभर यो काम गरिएन भने हाम्रो खर्च चल्दैन । दिवस बारेमा जान्ने सुन्ने फुर्सद पनि छैन ।’ उनी आफु मात्र होईन संगै काम गर्ने अरु पनि त्यस्तो खालको दिवस र कार्यक्रममा सहभागी नभएको बताउँछिन । लामो समय देखी यस्तै काम गरेर आफ्नो दैनिकी चलाएकी उनको परिवार धान्ने माध्यय मै फोहोरमा कवाडी चाल्ने काम भएको छ । ‘डम्पिङ साइट’ आएको कवाडी सामाग्रीहरु उनिहरुले चाल्छन । यसको जिम्मा लिएको ठेकेदारले उनिहरुको सामाग्री विक्रि गर्छ । मासिक रुपमा पारिश्रमिक दिन्छ । हामीले फोहोरा चाले बापत मासिक त्यस्तै ८÷९ हजार रुपैयाँ पाउँछौं । फोहोरमा जोखिम मोलेर सामान छुट्याउँछौ मायाले भनिन् सवै आउँछन हामीलाई नै धेरै सोध्छन तर हाम्रो पक्षमा बोलिदिने कोही हुँदैन् जति जो आए पनि काम नगरी खान पुग्दैन त्यसैले हामीलाई हाम्रो परिवार र कामको मात्र चिन्ता छ अरुको कुनै चासो पनि छैन । उनले समान काम गरे पनि बाहिर अन्य काम गर्दा महिला र पुरुष बिच ज्यालामा भेदभाव हुने गरेको बताउँछन ।  
हैन यो दिवस मनाउँदा के पाईन्छ ?
दैनिक मजदुरी गर्दै आफ्नो जिविका र परिवार पाल्ने महिलाहरु यस्ता दिवसहरु मनाउने फुर्सन नभएको बताउँछन । पर्सा जिल्लाबाट बागलुङमा आई आफ्नो श्रीमान सँगै काम गर्ने बालुवा गिट्टी र ईट्टा बोक्दै गरेकी जाखुन यादवले पनि दिवस मनाउने हिँड्दा साँझ चामल र तरकारी किन्ने पैसा नपाईने बताउँछिन । उनले प्रश्न गरिन, हैन यो दिवस मनाउँदा के पाईन्छ ? यो त ठुला बढाका लागि हो हाम्रा लागि दिनदिनै काम नगरी खानु छैन । ‘म ३८ वर्षकी भएँ, काम गर्न सक्ने भएपछि यस्तै काम गरेर मेरो दैनिकी चलेको छ । हाम्रो परिवारको गुजरा कस्ले चलाईदिन्छ यादवले भनिन ‘हामीलाई श्रममा समेत विभेद गरिएको छ । श्रीमान् र म सँगै काम गछौं तर ज्यालामा नै विभेद हुने गरेको छ । यस्ता दिवस मनाउनेले यहाँ आएर हाम्रो ज्याला पुरुष सरह बनाईदिए हुनेनी ।’ श्रीमान सँगै काममा जाने हुँदा यद्यपी यादवलाई आफ्नो रोजगारदाता को हो भन्ने समेत थाहा छैन । उनले श्रमिक महिला दिवसको बारेमा आफुले अहिलेसम्म नसुनेको बताईन् । 
माया र जाखुनलाई मात्र हैन दिन भरी काम गर्ने श्रमिक महिलाहरुलाई श्रमिक महिला दिवसको रौनकले छोएन । उनीहरु सधैं झै मजदुरी गरेर आफ्नो जीवन गुजाराको लागि संघर्ष गरिरहेको अवस्थामा ने हुन्छन । दैनिक ज्याला मदजुरीमा श्रम गर्ने, खोलाको किनारमा बसेर गिट्टी कुटने र घरयासी काम गरेर पेट पाल्ने श्रमिक महिलाहरुले दिवसको नाममा गरिने कार्यक्रमहरुले गिज्याइरहेको महिला अधिकारकर्मी शकुन्तला शर्मा बताउँछिन । गाउँगाउँमा सिंहदरबारको नारा लगाए पनि श्रमिक महिलाहरुको पक्षमा भने अहिले सम्म कुनै काम हुन नसकेको शर्माको गुनासो छ । ‘हामी हरेक वर्गको उत्थानका निम्ती भनेर देशमा संघियतालाई कार्यान्वयन ल्यायौं  हरेक वर्ग र क्षेत्रको अधिकार स्थानिय तहमा गएको छ । अन्य क्षेत्रमा त केही भएको होला तर श्रमिक महिलाको हकमा भने कुनै स्थानिय तहले केही गर्न सकेका छैनन महिलाहरुका धेरै गुनासका छन ति गुनासा कस्ले सुन्ने ?

No description available.
 उनले स्थानिय तहबाट लगाईने काममा समेत महिला र पुरुषमा असमान ज्याला दिने गरेको समेत पाईएको बताईन ।
  राजनीतिक प्रणाली परिवर्तन भएर पनि आम रूपमा समाजमा विद्यमान पुरुष प्रधान सामाजिक–सांस्कृतिक पक्षमा रूपान्तरण हुन सकेको छैन । समाजमा हिजोसम्म विविध कारणले सीमान्तकृत गरिएका महिला लगायत समुदायले आफु भित्रको आत्मविश्वास र आवश्यक सीप अनि राजनीतिक रूपमा वैचारिक स्पष्टता र गतिशीलताका पक्षलाई सुदृढ गर्न जरुरी रहेको छ । 

No description available.

No description available.
तश्विर : श्रमिक महिला दिवसका दिन आफ्नो दैनिकी चलाउनका डम्पिङ साईडमा काम गदै महिलाहरु

प्रतिक्रिया