दश स्थानिय तहमा प्रमुख र उपप्रमुखमा जम्मा दुई महिला निर्वाचित

  • जेठ ५, २०७९

बागलुङ-  बागलुङमा १० वटा स्थानिय तह छन । संविधान त स्थानिय तहको प्रमुख वा उपप्रमुख कुनै एउटा महिला हुनुपर्ने छ । त्यो पनि एउटै राजनितिक दलमा मात्र लागु हेुने छ ।

तर देश भरी भएको गठबन्धनको प्रभावले जिललामा प्रमुख र उपप्रमुखमा जम्मा दुई जना मात्र महिलाहरु निर्वाचित भएका छन । जिल्लाका सवै स्थानिय तहमा पाँच दलिय गठबन्धन भए सँगै प्रमुख वा उपप्रमुखमा महिला आउने क्रम न्युन रहेको हो । जिल्लाको बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिरा कुमारी छन्त्याल एकमात्र पालिका उपप्रमुख हुन् । अधिकारी र छन्त्याल नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन ।

अधिकारी सँग गठबन्धनमा रहेका राजमोले उपप्रमुखमा पुरुषलाई नै उम्मेदवारी बनाएको थियो भने । छन्त्यालको स्थानिय तहमा काँग्रेसकै जोकलाल बुढा निर्वाचित भएका छन । गठबन्धनमा भागवण्डा गर्दा आफ्नो भागमा परेका पालिकामा मध्ये बडिगाड गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले मात्र महिला उम्मेदवार उठायो ।

तमानखोलामा निर्वाचित उपाध्यक्ष हिरा कुमारी छन्त्याल पनि कांग्रेसकै उम्मेदवार हुन् । यसबाहेक कांग्रेसले काठेखोला गाउँपालिका–२ को अध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । उनि नेकपा एमालेका उम्मेदवारसँग पराजित भइन् ।
४ सय ४५ जना जनप्रतिनिधिको लागि भएको स्थानीय तह निर्वाचनमा अनिवार्य गरिएका बाहेकका चुनिने महिला भने १० जना मात्र छन् । 
ताराखोला गाउँपालिकामा २, ढोरपाटन नगरपालिकामा १, बडिगाड गाउँपालिकामा ३, गलकोट नगरपालिकामा १ र जैमिनी नगरपालिकामा १ गरि ८ जना महिला खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।
१० स्थानीय तहका ८५ वटा वडा रहेको बागलुङमा यो पटक एक जना पनि महिला वडा अध्यक्ष चुनिएनन् । २०७४ मा ६ महिला उपप्रमुख र २ जना महिला वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
नगरप्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख वा उपप्रमुखमा ५० प्रतिशत महिला  सहभागिता गराउने स्थानीय तह निर्वाचन ऐन २०७३ को मर्म भए पनि दलहरुले तालमेलका नाममा महिलालाई प्रमुख पदमा स्थान नदिँदा यो पटक २ महिला मात्र निर्वाचित भएका हुन् ।
एउटा दलले प्रमुख वा उपप्रमुख मध्ये एकमात्र पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य गर्नुपर्ने व्यवस्था नभएकै कारण बागलुङमा महिला नेतृत्व घटेको हो । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तहमा भागवण्डा गर्दा पालिका प्रमुख र उपप्रमुखमा पुरुष उम्मेदवार उठाए । वडा अध्यक्ष र खुल्ला सदस्यमा महिला उम्मेदवार नै उठाएनन् । नेकपा एमालेले जिल्लाका ९ स्थानीय तहको उपप्रमुख र एक वडाध्यक्षमा महिला उम्मेदवार उठायो । एमालेका सबै महिला उम्मेदवार सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार सँग पराजित भए ।
 

प्रतिक्रिया