• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • विचार/अन्तर्वार्ता ,
  • अन्तरबार्ता

मतदाताको प्रतिक्रिया उत्साहजनक छ, मन जित्नेमा विश्वास लिएको छु- डिल्लीराम सुवेदी 

  • मङ्सिर १, २०७९

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (२) मा काँग्रेसका युवा नेता डिल्लीराम सुवेदी प्रत्यक्ष तर्फका उम्मेदवार छन । सुवेदी पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हुन । सुवेदी सँगै प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उम्मेदवार रहेका छन । दुवैले एक अर्कालाई भोट माग्दै चुनावी मैदानमा सँगै सहयात्रा गरेका छन । 
नेपाल विद्यार्थी संघबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका सुवेदी बागलुङ नगरपालिका–१४ नारायणस्थानमा बाबा लेखनाथ सुवेदी र आमा कलावती सुवेदीको कोखबाट जन्मिएका हुन । सानै उमेर देखी निकै सक्रिय उनि २०५४ सालमा जनताधन मावि नारायणस्थानको नेविसंघको ईकाई अध्यक्ष भएर आफ्नो विद्यार्थी राजनिति सुरु गरे । २०५७ सालमा नेविसंघ पोखरा बागलुङ सम्पर्क समितिको सचिव हुँदै २०६० मा काठमाण्डौ शिक्षा क्याम्पसको नेविसंघको सभापति र  स्ववियु उप सभापतिका उम्मेदवार भएका सुवेदी २०६२ सालको स्ववियु निर्वाचनमा यसै क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भए । 
२०७० सालमा नेपाली काँग्रेसको प्रशिक्षण विभागमा रहेका काम गरेका उनि नेपाल लेखक संघको केन्द्रीय सदस्य भएका हुन । २०७२ सालमा नेपाली काँग्रेसको राजनितिमा उदाएका उनि पहिलो पटकनै काँग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए  । उनि २०७३ मा नेपाल नेपाल विद्यार्थी संघको केन्द्रीय  उपाध्यक्ष एव गण्डकी प्रदेश संयोजकमा निर्वाचित भए सँगै सुवेदी युवा विद्यार्थीमाझ अझै लोकप्रिय बन्दै गए । सुवेदी काँग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । 
काँग्रेस महामन्त्री गगनकुमार थापा, काँग्रेस नेता नरहरी आचार्य र स्व. नेता प्रदिप गिरी सँग सहकार्य गरेर विभिन्न पुस्तकहरु लेखन तथा सम्पादनको भुमिका निभाएका सुवेदी सामाजिक क्षेत्रमा पनि निकै क्रियाशिल रहेका छन । उनि मिलेर बनाऔं विद्यालयको सयोजकको भुमिकामा रहेर भुकम्प क्षतिग्रस्त  क्षेत्रमा विद्यालय पुनर्मिाणमा महत्वपुर्ण भुमिका खेले भने शिक्षाका लागि राष्ट्रिय अभियाका केन्द्रीय अध्यक्ष भएर काम गरे । उनले कोभिडको समयमा विभन्न स्वास्थ्य संस्थालाई राहत सामाग्री वितरण गर्नुका साथै गरिश विपन्न  विद्यार्थीलाई छात्रबृति समेत प्रदान गर्ने कार्यक्रम ल्याएका थिए । सुवेदी सँग नेकपा एमालेका नवराज पौडेल प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका छन । गठबन्धनका साझा उम्मेदवार सुवेदी सँग पिपुलखबरको टिमले गरेको कुराकानी । 

निर्वाचन आई सक्यो कस्तो चलिरहेको छ चुनावी दौड धुप ?
कात्तिक १७ गतेबाट चुनावी अभियान संचालन भएको हो । त्यस पहिला एक पटा वडा तहमा पुगेर सम्पर्क कार्यालयहरुको व्यवस्थापन गरियो । हाम्रो क्षेत्रमा बरेङ, जैमिनी र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तिनवटा वडा पर्दछन । म दुई पटक सवै वडाका आम मतदाताको घरदैलोमै पुग्ने प्रयास गरे । मंसिर १ गते राति १२ बजेपछि चुनाव प्रचारप्रसार गर्न नपाइने भएको छ  अभियानलाई रफ्तारमै लागेका छौं ।  मौन अवधी सुरु हुनुपुर्व नै जतिसक्दो जनताको घरदैलोमा पुगेर मत माग्ने, गुनासा सुन्ने र आफ्ना एजेन्डा राख्ने काम भइरहेको छ । पहाडी क्षेत्रमा उकालो ओरालो दौड धुप नै चलेको छ । हिजो उम्मेदवार नहुँदा पनि निरन्तर जनताको माझमा थिए । अहिले पनि निरन्तर जनताको माझमा छु । जनताको सुखदुःखमा छु । चुनाव जित्ने लक्ष्यका साथ जनताको घरदैलोमा भेटघाटलाई तिब्र बनाएको छु । 

तपाईको क्षेत्रका मतदाताका माग, गुनासा के छन ? तिनलाई सम्बोधन गर्न मतदाता समक्ष के के बाचा गर्नुभएको छ ? 
प्रतिबद्धतापत्र तयार पार्नुअघि हामीले एक तहमा  सुझाव संकलन गरेको थियौं  । मुख्य त प्रदेश सभामा गै रहँदा सवै वर्गको सुहाउँदो निति निर्माण नै मुख्य भुमिका रहन्छ । यसको साथमा यस क्षेत्र र यहाँका जनताको आवश्यकता के छ त्यो पहिचाहन गरेका छौं । यस क्षेत्रको तिर देखी शिर सम्म र फाँट देखी भिर सम्मको सम्भावनाको खोजी गरेका छौं  । युवा पुस्ताको सुझाव– यही ठाउँमै आफ्नो ज्ञान, क्षमताको उचित मूल्य हुनुपर्छ  भन्ने छ र सम्मानित र सुखी बनेर जिउन पाउनुपर्छ भन्ने रहेको छ । त्यसैले हाम्रो अठोट पनि समुन्नत बागलुङ र सम्मानित बागलुङबासी रहेको छ । अग्रज पुस्ताको सल्लाह सुझाव अनुसार हामी निर्वाचनको समयमा मात्र हैन, चुनाव जिते पछि पनि मतदाता माझ पुग्ने गरी प्रतिवद्ध भएका छौं । हरेक सम्भावनाको पहिचान गरेर राज्यको तर्फबाट कसरी बढीभन्दा बढी सुरक्षित गराउने, कसरी लगानी भित्राउने भन्ने विषय पनि हाम्रो एजेन्डा छ । 
विशेषगरी, स्थानीय तहमा खानोपनी, सडक, पुर्वाधार लगायतका विषयमा बढ्दो समस्या देखिएको छ । ती समस्याको समाधान गर्नुका साथै सार्वजनिक स्थल, ऐतिहासिक सम्पदा, पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने, कृषि क्षेत्रको सम्भावना हेरेर अनुदानका कार्यक्रम कृषकसम्म पु¥याउने, महिला उद्यमशीलता बढाउने लगायतका थुप्रै विषय छन जनस्तरमा जे विषय उठेका छन्, ती विषयलाई नै एजेण्ड बनाएका छौं । हामी सक्ने मात्र गर्छौ भनेका छौं । नसक्ने कुरामा जनतालाई ढाट्ने काम गरेका छैनौं । विषेश गरी यस क्षेत्रमा रहेका सुकुम्बासी परिवारमा समस्या छन त्यसको हामी नितिगत रुपमा नै समस्याको समाधान गर्नेगरी अगाडी बढेका छौं । 
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मतदाताको प्रतिक्रिया सकारात्मक र उत्साहजनक छ । मतदाताले आमरूपमा नयाँपन खोजेका छन । हिजोकै निरन्तरतामै, हिजोकै तौरतरिकामा अगाडि बढ्ने हो भने मंसिर ४ गतेको निर्वाचन कसका निम्ति ? केका निम्ति ? भन्ने खालको प्रश्न मतदातामा छन । विगतका जनप्रतिनिधिहरूप्रति मतदाताका गुनासा व्यापक छन । त्यसकारण पनि अब आउने जनप्रतिनिधि युवा पुस्ताका जुझारु होऊन्, सहीलाई सही र गलतलाई गलत भन्ने हिम्मत राखून् भन्ने जनभावना छ । त्यही जन अपेक्षा अनुरूप नै गठबन्धनबाट हामी उम्मेदवार छौँ । हामी विद्यार्थी राजनितिबाट आएका हौँ।  डिल्लीले केही नयाँ गरेर देखाउँछ भन्ने अपेक्षा मतदाताले गर्नुभएको छ । हाम्रा मतदाताको जुन अपेक्षा छ त्यो पुरा गर्नेमा हामी लाग्नेछौं । 
तपाई आफ्नौ क्षेत्र सवै घुमिपनि सक्नुभयो हरेक मतदाताको घरघरमा पनि पुग्नुभयो मतदाताको कुरा सुनेपछि के गर्नुपर्छ जस्तो लाग्यो ? 
यो विचमा दक्षिण बागलुङका सवै वडामा टोलटोलमा पुगे । मतदाताले अब कुरामा हैन हामी काममा विश्वास गछौं भन्नु भएको छ । म यो गर्छु उगर्छु भनेरे मतदातालाई गर्न नसक्ने कामको आवश्वासन देखाएको पनि छैन र देखाउँदिन । सर्वप्रथम त निति बनाउनका निम्ती प्रतिनिधित्व गर्ने हो सँगै काम पनि  विकास निर्माणका लागि संघिय सरकार र स्थानिय सरकार सँग समन्वय गरी प्रदेश बाट के गर्न सकिन्छ त्यो समन्वयकारी भुमिका हामी निभाउने छौं । विद्यार्थी राजनितिकाल देखी नै महिला, जनजाति, दलित, पिछडिएका समुदायका एजेन्डा पक्षमा वकालत गर्दै आएको छु ।  सैद्धान्तिक रूपमा मैले खेल्नुपर्ने भूमिका खेल्ने नै छु । हिजो कोभिडको समयमा यहाँका जनतामाझा जोडिने अवसर पाएको थिए ।  अब म प्रत्यक्ष जनताको माझमा बसेर काम गर्न चाहन्छु त्यसैले म जनताको माझमा आएको हु ।  मैले मतदाताका कुरा सुनेको मात्र छैन मनन पनि गरेको छु । मतदाताले भनेका सबै कुराहरू एकैपटक पूरा गर्न नसकिएला तर गर्न सकिन्छ म गर्छु भनेर आएको उम्मेदवार र पार्टीले खटाएको सिपाई पछि हट्दिनँ र अवसर दिनुभयो भने म गुनासो गर्ने पार्ने छैन मैले मत माग्ने क्रममा पनि भनेको छु । 
मेरो आफ्नो क्षमता, आफ्नो प्रतिबद्धता र ती प्रतिबद्धतालाई पूरा गर्न सक्ने सामथ्र्य मैले कत्तिको राख्छु भन्ने कुरामै मतदाताले मूल्यांकन गर्नुहुनेछ । मैले मतदाताको मन जित्नेकुरामा आत्मविश्वास लिएको छु बाँकी त मंसिर ४ पछिको परिणाम । 
तपाईंको क्षेत्रमा हिजो सँगै एउटै पार्टीबाट अहिले एमालेमा प्रवेश गरेर उम्मेदवार भएका छन । तपाईंले कसलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठान्नुभएको छ ?
चुनावी मैदानमा भएपछि सबै उम्मेदवार सबैका प्रतिस्पर्धी हुन् । यस क्षेत्रमा पहिलो शक्ति भनेकै हाम्रै पार्टी नेपाली काँग्रेस हो दोस्रो शक्ति राष्ट्रिय जनमोर्चा यसको साथमा माओबादी, एकिृत समाजबादी लगायतका दल अहिले गठबन्धनमा छौं । यस क्षेत्रमा गठबन्धन अगाडि छ । साथै, प्रतिस्पर्धाका विषयमा उम्मेदवार भन्दा पनि उम्मेदवारले प्रस्तुत गरेका एजेन्डा पनि प्रतिस्पर्धी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।  यस विषयमा पनि हामी अगाडि छौँ यहाँहरूलाई विदितै छ । गठबन्धनको मुख्य उद्देश्य के हो भनेर । विगतमा दुईतिहाइ नजिकको सरकार ढालेर संसद्लाई दुई–दुईपटकसम्म विघटन गरियो । त्यसवेला नेपाली कांग्रेसको नेतृत्वले तत्काल संविधान र प्राप्त उपलब्धि जोगाउने काम गर्यो । अहिले तिनै संसद् विघटन गर्ने  व्यवस्था र संविधानको विरोध गर्नेहरू एक भएर अएका छन् । यो कुरा मतदाताले राम्रोसँग बुझेका छन् ।  त्यसकारण यहाँ प्रतिस्पर्धा भएजस्तो मलाई लाग्दैन । 

आफू जित्नेमा कति विश्वस्त हुनुहुन्छ? यहाँका जित्ने आधार के के हुन् ? आफ्नो क्षेत्रका लागि के कस्ता एजेन्डा छन् तपाईंसँग?
निर्वाचन जित्नेमा कुनै शंका छैन । मलाई मेरा मतदताहरूप्रति विश्वास छ । उहाँहरूले मलाई जिताउनुहुन्छ । आम मतदाताले सांसद भै रहँदा जनताको मुद्दालाई कत्तिको परिणाममा उतार्न सक्छन् ? भनेर उम्मेदवारलाई हेर्ने जनचाहना बढ्दो छ । उपलब्ध उम्मेदवारहरू मध्ये सबैभन्दा सकारात्मक ऊर्जा प्रवाह कोबाट हुन्छ ? कसले कामहरू पूरा गर्न सक्छ ? कसले संसद्मा गएर निर्धक्क रूपमा यस क्षेत्रका जनताको आवाज राख्न सक्छ ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा देश र जनताको हितलाई केन्द्रमा राखेर अभिव्यक्ति दिन सक्छ भनेर हेरिरहँदा सबैभन्दा राम्रो उम्मेदवारी गठबन्धनकै तर्फबाट भएको छ भन्ने बुझाइ आमरूपमा बढ्दो छ । यही कारणले म जित्छु  । अर्को कुरा गठबन्धनको म साझा उम्मेदवार हुँ । हामी एकढिक्का छौँ । 
मेरो एजेन्डाको कुरा गर्नुहुन्छ भने मसँग पूरा गर्नै नसक्ने एजेन्डा, झुटा आश्वासन र नाराहरू छैनन् । म यही क्षेत्रको भुगोल बुझेको व्यक्ति यहाँका हरेक नागरिक सँग निरन्तर संवादमा छु । मलाई यहाँको समस्या, सम्भावना र चुनौती सबै थाहा छ।  यहाँका जनता कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने कुरा सोचेर उनीहरूको आर्थिक, सामाजिक परिवर्तन हुने गरी मैले कार्ययोजना बनाएको छु । गरिब विपन्न, दलित, महिला, आदिवासी जनजातिहरूको समस्या समाधान र पूर्वाधार विकास सँगै युवालाई स्वदेशमै रोजगारी, कृषकका समस्या समाधान, यहाँ उत्पादन भएको बस्तुको उचित बजार व्यवस्थापन, भएको सडकहरुको स्तरबृद्धि र नपुगेको ठाउँमा सडक यस क्षेत्रका सबै मानिसलाई सहज स्वास्थ्यको पहुँच, सर्वसुलभ निःशुल्क शिक्षा लगायतका विषय नै मेरा मुख्य एजेण्डा हुन । यि एजेण्डा प्रति आम मतदाता सकारात्मक हुनुहुन्छ ।  
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म जनताको सुखदुःखमा साथै रहने बाचा सहित निर्वाचनमा होमिएको छु । म विजयी हुनेमा ढुक्क छु । यदि सोचेकोभन्दा फरक नतिजा आए पनि त्यसलाई सहर्ष स्वीकार गर्दै यस क्षेत्रमा निरन्तर काम गर्छू । म यस क्षेत्रमा केही गर्ने हुटहुटी बोकेर योजनासहित चुनावी मैदानमा आएको छु । बरेङ, बलेवा जैमिनी, समुन्नत र विकासमा अग्रणी भन्ने मुल मन्त्रका साथ यहाँको जनताको साथमा रहिरहन्छु । यहाँका जनतालाई मंसिर ४ गते रुख चिन्हमा मतदान गरी अत्याधिक बहुमतले बिजयी गराएर पठाउनुहुनेछ भन्ने अपेक्षा लिएको छ । धन्यबाद 


 

प्रतिक्रिया