बागलुङ - मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि सवै एक जुट हुनुपर्ने बागलुङमा आयोजिन एक कार्यक्रममा सहभागीले जोड दिएका छन । १७ औं मानव बेचखिन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकाशंले पछिल्लो समयमा बेचबिखनमा बढी महिला पिडित भएता पनि पुरुषको पनि केही प्रतिशत बेचविखन हुने गरेकोमा यसको न्युनिकरणका निम्ती सवै जागरुक हुनेपर्ने बताएका थिए । सामाजिक न्याय र आर्थिक शशक्तिकरणः मानव बेचबिखनको निर्मूलन भन्ने नाराका साथ दिवस मनाएका थिए । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने बताए । उनले पछिल्लो समयमा विभिन्न तबरबाट विदेश जानेको पनि मानवअधिकारको शोषण हुने गरेको पाईएको हुँदा यसको अन्त्यका लागि सवै सचेत बन्नुपर्नेमा जोड दिए । उनले पछिल्ला दिनमा मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले पछिल्लो दिनमा भारत मात्र नभएर ठुला ठुला राष्ट्रमा पनि मानव बेचबिखन हुने गरेको पाईएको बताए ।
कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्याइ, डर त्रास देखाइ कसैको इच्छा विपरीत जवरजस्ती काम गर्न लगाउनुलाई मानव बेचबिखनको परिभाषाका रुपमा ब्याख्या गरिएको छ ।
नेपालबाट भारतमा १६ देखि २५ वर्ष सम्मका किशोरीहरुको ओसारपसार बढेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । खुला सीमाका कारण मानव बेचबिखनका घटनाहरु भइरहेको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । नेपालमा पछिल्लो २ वर्षमा ४० हजार ३ सय बढि बेचबिखनका घटना भएका छन् । जसमा अधिकाशं महिला छन् भने १९ लाख मानिसहरु बेचबिखनको जोखिममा रहेको प्रतिवेदनले औंल्याएको बागलुङ नगरपालिकाका महिला विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिईन ।
बैदेशिक रोजगारीमा रहेका १५ लाख जनसंख्या मध्ये १ दशमलव ५ प्रतिशत अर्थात् २ हजार २ सय २५ जना बेचबिखनमा परेका छन् । आन्तरीक र सीमा क्षेत्रबाट बाटमात्र २६ हजार ५ सय मानिस बेचबिखनको शिकार बनेको प्रतिवेदनमा जनाएइएको छ । नेपालमा झण्डै ९५.१५ प्रतिशत महिला र ४.८५ प्रतिशत पुरुषको बेचविखन हुने गरेको पाईएको छ ।