नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले दिए पदबाट राजीनामा

  • चैत २५, २०८१

काठमाडौं। नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिने चेतावनी दिएका छन् । महिला संघको निर्देशक समिति र संस्थाको अध्यक्ष उषा मिश्र राउतले संस्थामा मनपरि गरेको भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र लेखेका छन् ।

महिला संघको अध्यक्ष राउतले संस्थालाई एक ढिक्का राख्नलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको उनीहरुले जनाएका छन् । अध्यक्ष राउतले एकलौटी ढंगले विधि विपरित कार्य गरेको सभापति देउवालाई ध्यानाकर्षण गराइएको छ । 

महिला संघको अधिवेशन गराउन पार्टीबाट तोकिएका नेताहरुको भूमिका समेत विवादित रहेको असन्तुष्ट केन्द्रीय सदस्यहरुले पत्रमा लेखेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वमा महिलासंघका लागि निर्देशक समिति गठन गरिएको थियो । निर्देशक समिति सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला सदस्य छन् ।

पार्टी निर्देशक समिति र संघको अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सभापतिको ध्यानाकर्षण गराउने २० जना केन्द्रीय सदस्य महामन्त्री गगन थापा र नेता डा.शेखर कोइराला पक्षधर हुन् । 

केही जिल्लाहरुमा निर्वाचित जिल्ला कमिटी हुँदा हुँदै केन्द्रले हस्तक्षप गरी नयाँ अध्यक्ष तोकेको छ । यसमा पनि उनिहरुले आफ्नो असन्तुष्टी पोखेका छन । 

 

 

प्रतिक्रिया