बागलुङ - नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तरगत वडा गाउँपालिका र नगरपालिका तहको अधिवेशन सकिएसँगै यतिबेला प्रतिनिधि सभा क्षेत्रीय समिति र प्रदेश सभा क्षेत्रीय समितिको अधिवेशनको माहोल तातेको छ । असोज १० गतेलाई पुर्वनिधारित समय भएता पनि अविरल वर्षाका कारण बागलुङ क्षेत्र नं. १ ले भोली मगलबारलाई अधिवेशनको मिति सारेको छ । यस पटक प्रतिनिधि सभा र प्रदेश सभाको अधिवेशन एकै पटक हुने भएको छ । बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतीका लागि खड्क बहादुर थापा र नारायण प्रसाद श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उनिहरुले आफ्नो उम्मेदवारी घोषणासँगै क्षेत्रीय प्रतिनिधिलाई भोट समेत मागेका छन ।
को हुन खड्क थापा
२०५८ सालमा काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको राजनिति सुरु गरेका थापा २०६१ सालमा नेविसंघको जिल्ला सदस्य भए । २०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियन धौलागिरी बहुमुखी क्याम्पसको सदस्यमा निर्वाचित भएका थापा नेविसंघकै तर्फबाट २०६४ सालको स्ववियु निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सचिवमा निर्वाचित भएका हुन । उनि उक्त निर्वाचनमा सवैभन्दा बढि मत ल्याउने उम्मेदवार समेत रहेका थिए । विद्यार्थी राजनितिमा नै उनले नेविसंघको जिल्लाको नेतृत्व समेत समालेर जिल्ला अध्यक्ष भएर लामो समय काम गरे ।
२०६४ सालमा तत्कालिका पालकोट गाविसको सचिव भएर पार्टी तहको राजनिती सुरु गरेका थापाले पालकोट गाविसको पार्टी सभापती समेत बनेर आफ्नो जिम्मेवारी निर्वाह गरेका छन । उनि १४ औं महाधिवेशनमा क्षेत्रीय सभापतीका लागि चुनावी मैदानमा होमिएका थिए । थापा वर्तमान सभापती चण्डी प्रसाद शर्मा पौडेलसँग ४ मतान्तरले उपविजेता बनेका थिए । हाल क्षेत्रीय समितिको सदस्यको रुपमा संगठन विस्तार लगायतमा भुमिकामा सक्रिय रहेका छन । थापा काठेखोला गाउँपालिका वडा नंं १ पालाको वडा अध्यक्ष समेत हुन ।
थापाले आफ्नो उम्मेदवारी काँग्रेस भित्रको परिवर्तनका लागि भएको दाबी गरेका छन । उनले नेतृत्वमुखी नभएर नीतिमुखी पार्टी निर्माणका आफु जुटे प्रतिवद्धता व्यक्त गरेका छन । थापाले २१औं शताब्दीका नविनतम चुनौतीहरुको सामाना गर्न सक्ने ज्ञान, सीप क्षमता उर्जा र इच्छाशक्ति सहितको भिजनरी नेता तथा कार्यकताले भरिएको पार्टी निर्माण गर्ने दृढ संकल्प सहित आफुले सभापतिमा उम्मेदवारी दिएको बताए । उनले अग्रज र युवापुस्तालाई समेटने काँग्रेस बनाउने आफ्नो अठोट रहेको बताए । थापाले आफ्नो जनप्रतिनिधिको कार्यकाल सकिनै लागेको र अबको पाँच वर्ष पार्टीको संगठन निर्माणका निम्ती मात्र सर्मपण गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । उनले काँग्रेसको संगठनलाई बलियो बनाउने र यो अवधिमा कुनै लाभको पद नलिने घोषणा सहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन ।
को हुन नारायण प्रसाद श्रेष्ठ
२०५४ सालमा नेपाल विद्यार्थी संघ पोखरा बागलुङ सम्पर्क समितिको कोषाध्यक्षबाट नेविसंघको राजनितिमा सक्रिय भएका नारायण प्रसाद श्रेष्ठ ११ औं महाधिवेशनबाट काँग्रेसको मुल राजनितिमा होमिएको बताउँछन । उनि ११औं महाधिवेशनका तत्कालिन वडा सचिव भए पछि १२ औं महाधिवेशनमा तत्कालिन नारायणस्थान गाउँविकास समितिको पार्टी सचिव भएर काम गरे गाविसको पार्टी सचिव भएकै बेला काँग्रेस बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सचिव भएर काम गरे । १३औं महाधिवेशनमा जिल्ला सदस्यमा दाबी गरेता नि पछि क्षेत्रीय सदस्य भएर काम गरेका थिए । द्धन्दकालमा पनि काँग्रेसको झण्डा बोकेर निरन्तर सक्रिय भएका श्रेष्ठ १४औं महाधिवेशनमा काँग्रेसका जिल्ला सदस्य भएर हाल निर्माणाधिन अवस्थामा रहेको विपि स्मृति भवन निर्माणका निम्ती निर्माण उपभोक्ता समितिको सचिवमा रहेर सक्रिय भुमिका खेलेका छन ।
श्रेष्ठले आफु सभापति भएसँगै क्षेत्र भरी पार्टीको संगठन निर्माणमा लाग्ने र जुझारु एवं बलियो काँग्रेस निर्माणका लागि अहोरात्र खट्टने प्रतिवद्धता सहित आफुले सभापतिका लागि उम्मेदवारी प्रस्तुत गरेको बताए । उनले सवै कार्यकर्ताको आवाज समेट्दै सुदृढ नविनतम काँग्रेस निर्माणकामा सबैको प्रतिविम्ब बन्ने बताए । ‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशील, सशक्त, जुजारु अनि पारदर्शी बनाउनका लागि हो, श्रेष्ठले भने,– ‘आउँदो निर्वाचनमा सवै क्षेत्रका स्थानिय तह र वडामा काँग्रेसको नेतृत्व स्थापित गर्ने गरी संगठन निर्माणमा खट्ने छु । पार्टीको नेतृत्व सम्हालेर बलियो काँग्रेस निर्माण गर्नमा म प्रतिवद्ध छु ।’
प्रदेश सभा क्षेत्रमा पनि उम्मेदवारी घोषणा
प्रतिनिधि सभा क्षेत्रीय समितिसँगै प्रदेश सभा क्षेत्रीय समितिको पनि अधिवेशन एकै दिन हुने भएसँगै प्रदेश सभाको नेत्वमा पनि आफ्नो आफ्नो दाबी पेश गरेका छन । क्षेत्रीय समितिमा सभापतीका दाबेदार थापा र श्रेष्ठले छुट्टा छुट्टै टिम बनाएर अधिवेशनमा होमिने देखिएको छ । थापाको पक्षबाट क्षेत्र नं. १ प्रदेश सभा (क)मा लिलाधर कंडेलले सभापतीमा उम्मेदवारी घोषणा गरेका छन भने भने प्रदेश सभामा दलबहादुर श्रीस राना आफ्नो उम्मेदवारी घोषणा गरेका छन । कंडेल पूर्व शिक्षक हुन उनि २०४८ साल देखी नै काँग्रेसको मुल राजनितिमा सक्रिय रहेका छन भने श्रीस प्रदेश सभा (ख)को वर्तमान सभापती हुन उनले पुन यसै क्षेत्रमा दोहोराउने बताएका छन । त्यसैगरी थापाकै समुहमा सहसचिवमा दुर्गा बोहोराले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यस समुहमा अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।
यता श्रेष्ठको समुहमा प्रदेश सभा (क)को सभापतीमा चित्रबहादुर कार्कीले सभापतीमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन भने उपसभापतीमा राजेश भारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । प्रदेश सभा (ख) को सभापतीमा विष्ण्ुा आचार्यले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । नेतृत्वका लागि आफ्नो आफ्नो उम्मेदवारी घोषणा गरेपनि पदाधिकारीहरुमा भने दुई पक्षको छुट्टा छुट्टै उम्मेदवारी अझै नटुंगिएको एक नेताले बताए ।
क्षेत्रीय सभापतीमा उम्मेदवारी घोषणा गरेका थापा जिल्लामा विशेष महाधिवेशनमा सहभागी नेता पक्षका नेताको रुपमा चिनिन्छन भने श्रेष्ठ महाविधेशनमा सहभागी नभएपनि पछि काँग्रेस संस्थापन पक्षमा नै खुलेर लागेका नेताको पक्षधरको रुपमा चिनिन्छन ।
यस क्षेत्रमा दुई समुह देखिएता पनि केन्द्रमा एकै ठाउँमा हुने एक नेता बनाउँछन । “कसलाइ कहा नेता बनाउने भनेरे यस क्षेत्र र जिल्लाका विभिन्न नेताको “इन्टेन्सन” जोडिएको छ, यहाँ दुवै पक्ष सर्वसम्मत बनाउने प्रयासमा छन केही नमिले दुई समुह त हुन्छ नै हुन्छ ति नेताले भने,– यदी भै हाल्यो भने त्यो विशेष महाधिवेशन पक्षधर एकातिर हुन्छन त्यो भन्दा बाहिर रहेर पछिल्लो समयमा जोडिएका एकातिर हुने देखिएको छ । त्यो तत्लोतहको नेताहरुले चाहेका छैनन । यसलाई जसरी पनि मिलाउनुपर्छ भन्ने हाम्रो दबाब रहेको छ ।” उनले काँग्रेस भित्र परिवर्तनको नाममा फेरी गुट उपगुट गर्नेलाई नेता तथा कार्यकर्ताले छुट नदिने समेत बताए ।
काँग्रेस संस्थापनपक्षले यही १६ गते देखी १५ औं महाधिवेशनको कार्यतालिका तय गरेको छ । तर देशभरीको बाढी र पहिरोका कारणा केही दिन सर्ने देखिएको छ । यता देउवा र शशांक पक्षले भने यही असोज १५ गते देखी वडा तहको अधिवेशनको सुरुवात गर्ने कार्यतालिका बनाएका छ । जसका लागि जिल्ला तहमा पनि छुट्टै कार्यालय स्थापना गरेर अधिवेशनका काम संचालन गरेका छन ।