☰

काँग्रेस गलकोट नगरको सभापतीमा - हिमबहादुर भण्डारी

  • असोज ८, २०८३

बागलुङ । नेपाली कांग्रेस गलकोट नगर समितीको सभापतिमा हिमबहादुर भण्डारी निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा भण्डारीले निकटम प्रतिष्पर्धि पवन हमाललाई ८४ मतको मतान्तर पराजित गराएका हुन । भण्डारीले १७१ मत लिएर विजयी भएका हुन् ।  

उनका प्रतिस्पर्धी पवन हमालले ८७ मत प्राप्त गरे । कुल २७९ मतदाता रहेकोमा २६२ जनाले मतदान गरेका थिए । जसमा ४ मत बदर भएको थियो भने ७ जनाले मतदान गरेका थिएनन् ।

उपसभापति चिरञ्जीवि मरासेनी र उमा न्यौपाने र सचिवमा खिमबहादुर केसी र सहसचिवमा दलबहादुर घर्ती निर्वाचित भएका छन् । सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएको निवर्तमान नगर सभापति विरजंग भण्डारीले साझा जनआवाजलाई जानकारी दिए ।

सभापतिमा प्रतिस्पर्धा गरेका भण्डारी र हमाल दुई जना गलकोट नगरपालिकाका वडा अध्यक्ष हुन् । भण्डारी गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षसँगै नगरपालिकाका प्रवक्ता हुन् भने हमाल वडा नम्बर ५ का अध्यक्ष हुन् ।  सभापतीका लागि टिकाराम गौतमले समेत उम्मेदवारी दिएका थिए गौतमले पछि फिर्ता लिएपछि हमाल र भण्डारी विच प्रतिस्पर्धा भएको थियो । 

प्रतिक्रिया