बागलुङ- नेपाली काँग्रेस बागलुङ नगरपालिकाका सभापतीमा नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन । बुधबारबाट सुरु भएको अधिवेशनमा सभापतीका लागि तिन जनाको उम्मेदवारी परेको थियो । सभापतीका अर्का दुई उम्मेदवार आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसँगै पौडेल सभापतीमा निर्वाचित भएको निर्वाचन अधिकृत गिता कुमारी लामिछानेले जानकारी दिईन । त्यसैगरी उपसभापती खुल्लामा हायश्यवर सुवेदी रवि महिला उपाध्यक्षमा सिर्जना अधिकारी पौडेल सर्वसम्मत निर्वाचत भएका थिए ।
सचिवका लागि पनि कमला बोहोरा अर्जुन सापकोटाको उम्मेदवारी परेकोमा कमल बोहोरा सर्वसम्मत निर्वाचत भएका छन । ापकोटाले फिर्ता लिएपश्चात बोहोरा सर्वसम्मत भएका हुन ।
नगरसभापती र सचिव बाहेक अन्य सवै पदमा एकल उम्मेदवारी परेको थियो । समितिको सहसचिवमा दिपेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका निर्वाचत अधिकृत लामिछानेले जानकारी दिईन । समितीको सदस्यहरुमा कृष्ण गिरी, सुमित्रा शर्मा, सिता बोहोरा, डा. कल्पना लिम्बु, कृष्ण आचार्य, पूजा आचार्य, भरत कुमार सापकोटा, रुपा किसान, शोभाखर सापकोटो, गणेश केसी सिता देवी शर्मा, भोजबहादुर जिसी, प्रेमराज पौडेल, नन्दकली परियार, डिल्लीराज जैशी, अमृता थापा, चन्द्रबहादुर थापा, प्रतिभा केसी, नरप्रसाद शर्मा, नारायणी शर्मा, सुनिल केसी, अनुप रिजाल, स्नेहा सापकोटा, अषिस बोसेल र सृष्टी परियार सर्वसम्म निर्वाचित भएका छन । कार्यसमितिको निर्णय पश्चात कोषाध्यक्ष मनोनित हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नवनिर्वाचित सभापती पौडेलले बागलुङ नगरपालिकाको काँग्रेसको संगठनलाई सुदृढिकरण गरेर लैजाने बताएका छन । उनले पार्टीलाई एकताबद्ध बनाउने र सवै क्षेत्रलाई समेटेर अग्रजको सल्लाह अनुसार अगाडी बढने बताए ।
काँग्रेसको केन्द्रीय कार्यतालिका अनुसार आगामी असोज १६ गते देखी १९ गते देखी केन्द्रीय महाधिवेशन तोकिएका छ ।