• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • विचार/अन्तर्वार्ता

काँग्रेस बागलुङ नगरसभापतीका लागि ३ जनाको उम्मेदवारी कुन कुन पदमा निर्विरोध भयो ?

  • असोज ७, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङ नगरपालिकाको नगर सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्। सभापतिका लागि नारायण पौडेल, आशिक राजभण्डारी र नारायण  प्रसाद  श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्। पौडेल वर्तमान उपसभापती हुन भने राजभण्डारी सचिव हुन  त्यस्तै गरी श्रेष्ठ काँग्रेसका जिल्ला सदस्य हुन । 

नगर उपसभापति पदका लागि हारेश्वर सुवेदी र सृजना अधिकारी पौडेल तथा सचिव पदका लागि कमल बोहरा, दीपेन्द्र गौतम र अर्जुन सापकोटाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक गीता कुमारी लामिछानेले । लामिछानेका अनुसार उपसभापतीमा सुवेदी र पौडेल  निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी सचिवमा भने कमल बोहोरा र अर्जुन सापकोटाको उम्मेदवारी परेको छ । सहसचिव र अन्य सदस्यमा भने निर्विरोध निर्वाचित भएका छन । सहसचिवमा दिपेन्द्र गौतम निर्विरोध निर्वाचित भएका छन । 

 नगर कार्यसमितिका ३३ पदाधिकारी तथा सदस्यका मध्ये पदाधिकारीमा अध्यक्ष र सचिव बाहेक सवै निर्विरोध भएको लामिछानेले बताइन । 

नगर अधिवेशनमा ४५६ जना क्षेत्रीय प्रतिनिधि रहेका छन । 

नगर नेतृत्व चयनका लागि वडा तहका अधिवेशन सम्पन्न भएपछि पालिका तहको अधिवेशन हुन लागेको हो। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनपछि गाउँ–नगर अधिवेशनको प्रक्रिया अघि बढाएको छ।

अधिवेशनको उद्घाटन गर्दै 

उद्घाटन गर्दै केन्द्रीय सदस्य चम्पादेवी खड्काले कांग्रेस एक ढिक्का भएर अगाडि जाने र १५ औं महाधिवेसनले एकताको सन्देश दिने बताइन् । उनले आम कार्यकर्तालाई जोडेर जाने नेतृत्वका लागि महाधिवेसन बन्नुपर्ने पनि बताइन् । यो अधिवेसनमा कांग्रेसले जेनजी समूहको उपस्थिति हुने गरी बिधानको व्यवस्था गरेको छ ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले कांग्रेसको केन्द्रीय महाधिवेसन निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने गरी अगाडि बढीरहेको बताए । मनमुटाव भएका सबै कार्यकर्ता अट्ने गरी महाधिवेसनको काम अगाडि बढेको उनको भनाई थियो ।

नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माका अनुसार कांग्रेसको महाधिवेसनअन्तर्गत स्थानीय पालिका अधिवेसनमा बरेङ गाउँपालिकामा निर्विरोध नयाँ समिति बनिसकेको छ । मोतीराम गौतमको सभापतित्वमा नयाँ समिति चयन भैसकेको शर्माले जानकारी दिए । अन्य पालिकामा पनि निर्वाचन प्रकृया भैरहेको र अधिकांसमा निर्विरोध परिणाम आउने संभावना रहेको उनले दाबी गरे ।

क कसको परेको छ  त उम्मेदवारी को को निर्विरोध भए त 
No description available.

No description available.

 
 
 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय