बागलुङ- नयाँ विश्वले दिपावली, नेपाल सम्वत् ११४३ र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । सोमबार बागलुङ बजारमा नयाँ विश्वले शुभकामना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नयाँ विश्वका प्रकाशन संस्था नागरिक संचार प्रालिका कार्यवाहक अध्यक्ष सुवाशचन्द्र राजभण्डारीले बदलिदो विश्वमा संचार माध्यमको जिम्मेवारी अझ बढेर गएको र समाचारको विश्वसनियतको लागि गम्भिर भएर लाग्नु पर्ने बेला आएको बताए
नयाँ विश्वको पाँच वर्षे यात्रा चुनौतिले भरिएको र समाचार पढ्ने संस्कृतिमा क्रान्तिकारी परिर्वतन आएको कार्यवाहक अध्यक्ष राजभण्डारीले भने। नयाँ विश्वका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठले पाठक प्रति जिम्मेवार भएर पत्रकारिता केन्द्रीत हुनु पर्ने र त्यस दिशामा नयाँ विश्वले आफूलाई परिस्कृत गर्दै लगि रहेको बताए । ।
कार्यक्रममा नयाँ विश्वका सल्लाहकार श्याम प्रसाद श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राज कुमार केसी, बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्य, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखाल, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका सदस्य ललिता थापा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कार्यवाहक अध्यक्ष नविन शिशिर विकले मन्तव्य व्यक्त गर्नु गरेका थिए ।
नागरिक संचार प्रालिका कार्यवाहक अध्यक्ष सुवाशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नयाँ विश्वका प्रधान सम्पादक निर्मल बहादुर श्रेष्ठले र संचालन नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेका थिए ।
पाठकलाई जिम्मेवार, जवाफदेही र विश्वसनिय ढंगले समाचार र सूचना पस्कने उद्देश्यका साथ नयाँ विश्व विसं २०७५ साल चैत्र महिनादेखि बागलुङ बजारबाट संचालन आएको थियो । राष्ट्रिय संचार माध्यम हुने आकांक्षाका साथ विसं २०७६ सालदेखि नयाँ विश्व काठमाडौं, सुन्धारा, दहमार्गमा कार्यालय स्थापना गरी संचालन भइ रहेको छ ।