डेगुं नियन्त्रणका लागि बागलुङ नगरपालिकाको सरसफाई अभियान (फोटो फिचर)

  • असोज १०, २०७९

बागलुङ - पछिल्लो समयमा बागलुङमा डे‌गुका विरामी बढ्दै गएपछि बागलुङ नगरपालिकाको अगुवाइमा सोमबार बजार तथा सार्वजनिक स्थलमा सफाइ अभियान संचालन गरिएको छ । 

डेंगुको प्रकोप बढेको र नगर क्षेत्रमा बढीरहेको फोहोर व्यवस्थापनको  लागि स्थानीयलाई जागरुक बनाउन अभियान चलाइएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । बिरेन्द्र ऐश्वर्य पार्क सहित बजारका चोकमा सरसफाइ गरियो । 

No description available.

No description available.

नगरपालिकाको अभियानमा जिल्ला प्रहरी र सशष्त्र प्रहरीले पनि साथ दिएको थियो । कर्मचारी, नागरिक र जनप्रतिनिधिले स्वतस्फूर्त रुपमा सफाइमा भाग लिएका थिए । सफाइ अभियानले आम नागरिकमा आफ्नो घर वरपर सफाइ गर्न प्रेरणा दिने उनले बताए । 

अभियानको शुभारम्भ गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले स्वच्छ नगरको आसा लिएर आएका जनप्रतिनिधि र सबै नगरबासीलाई यो अभियानले साथ मिलेको बताए । उनले प्रभावकारी काम गरेर देखाउन खोजेको भन्दै सफाइ अभियान दिगो प्रकारको बन्नुपर्ने धारणा राखे । 

No description available.

नगरपालिकाले बजार क्षेत्रमा सफाइ गर्न नगरबासीलाईपनि आब्हान गरेको छ । बजारका चोकचोकमा टोलबासीले सफाइ गरेमा नगर स्वभाविक रुपमा सफा हुने श्रेष्ठको भनाइ थियो । बजार क्षेत्रमा डेंगी रोग बढीरहेकोले सफाइ अभियानलाई तीब्रता दिनुपर्ने समेत बताइएको छ । खुला स्थानमा फोहोर जम्न नदिने, टायर र अन्य प्लाष्टिक जन्य बस्तुमा पानी जम्दा डेगी रोग सार्ने लामखुट्टे बढ्ने भएकोले त्यस्ता बस्तु र सडकमा पानी जम्ने गरी बनेका खाल्डाखुल्डीपनि पुर्नुपर्ने स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले सुझाव दिए । खनालकै संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

प्रतिक्रिया