बागलुङ - गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन । मंगलबार स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी बहुमुखी क्याम्पस बागलुङले प्रकाशन गरेको ‘धवलागिरी दर्पण’ पुस्तकको विमोचन तथा नवआगन्तु विद्यार्थीलाई स्वागत कार्यक्रममा बोल्दे मन्त्री श्रेष्ठले अब प्राविधिक र व्यवसायी दुवै शिक्षालाई उत्पादन सँग जोड्नुपर्ने बताए ।
उनले प्रदेश सरकारले शिक्षामा आमुल परिवर्तन गर्नकै निम्ती सिक कमाउ र तिर भन्ने मान्यताका साथ नयाँ शिक्षा निति ल्याउन लागेको बताए । ‘प्रदेश सरकार शिक्षामा ठुलो परिवर्तन खोजेको छ । परिवर्तनकै निम्ती नयाँ निति ल्याउन लागेका छौं, मन्त्री श्रेष्ठले भने,–‘सिक कमाउ र तिर यो प्रदेशको नयाँ शिक्षा निति हो । यो निति कार्यान्वयका निम्ती बाबुराम पौडेलको अध्यक्षतामा कार्यान्वयन समिति बनेको छ । सम्भवत आउँदो वर्खे अधिवेशनले यसलाई पारित गर्ने छ ।’ नयाँ शिक्षा निति आए सँगै हरके विद्यार्थी उत्पादन सँग जोडिने र आत्मनिर्भर हुने उनको भनाई छ ।
उनले शिक्षालाई प्रभावकारी बनाउने विद्यार्थी र प्रध्यापक दुवैको महत्वपुर्ण भुमिका हुने बताए । उनले प्रदेश सरकार शिक्षाका लागि उत्तरदायि रहेको बताए । ‘प्रदेश सरकार कस्तो खालको दक्ष जनशक्तिहरुको आवश्यकता छ । ति जनशक्तिलाई कस्तो शिक्षा दियो भनेरे हेर्छ अब सधै पुरानै प्रबृतिको शिक्षा हैन उत्पादन र सामाजिक व्यवहार सँग पनि जोड्नुपर्दछ । त्यसका लागि सँगसँगै हातेमालो गर्नेछौं मन्त्री श्रेष्ठले भने ।
शिक्षक होस वा प्रध्यापक विद्यार्थीको भविश्वप्रति सजग र उत्तरदायित्व हुनुपर्नेमा जोड दिए । श्रेष्ठले विद्यार्थीहरु विद्यालय होस वा उच्च शिक्षा पढिरहँदा सर्टिफिकेटका लागि मात्र नभएर आफ्नो भविश्व निर्माणका निम्ती पढ्दै छु भन्ने सोच्नुपर्ने बताए ।
शिक्षा क्षेत्र प्रभावकारी विद्यार्थीले एकोहोरो पढ्दैमा मात्र हुने हैन प्रध्यापकहरुले विद्यार्थीलाई बाँडेको ज्ञान कतिको उपयोगी छ त्यो पनि सोच्नुपर्दछ मन्त्री श्रेष्ठले भने–‘विद्यार्थी लिन कत्तिको इच्छुक छ त्यसमा पनि ध्यान दिनुपर्ने बताए । शिक्षक पढाएर मात्र हुँदैन, विद्यार्थीले एकोहोरो पढेर मात्र पनि हुँदैन यसलाई अब प्रविधि र उत्पादन सँग जोड्ने खालको हुनुपर्दछ ।
श्रेष्ठले गाउँमा उत्पादन हुने पुराना परम्परागत बस्तुहरुलाई पुस्ताहन्तारण गर्नका निम्ती सोही किसिकको शिक्षाको आवश्यक रहेको बताए । उनले अब गाउँमा सिकेका कुरालाई पुस्तान्तरण गरेर यसलाई नम्बरिङ गर्ने आधार बनाउनुपर्नेमा जोड दिए ।
२०७३ मा निर्वाचित भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यसमितिले आफ्नो कार्यकालमा गरेका काम र प्रगतीका बारेमा पुस्तकमा समावेश गरेको छ । पुस्तकमा हाल सम्मका गतिविधिले स्ववियुको नेतृत्वमा भएका कामको बारेमा र विभिन्न राजनितिक एवं सामाजिक विषयबस्तु समेटिएका लेख रचना रहेको स्ववियु सभापति मनबहादुर थापा मनिषले बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापा, क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, नेपाली काँग्रेस बागलुङका सभापति जितबहादुर शेरचन, काँग्रेसका जिल्ला सचिव हरिहर शर्मा, काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं त्रिचन्द्र कलेज काठमाण्डौका पुर्व स्ववियु उप सभापति विष्णु पौडेल दाह्री, पुर्व स्ववियु सभापति चिरञ्जीवी गौतम, त्रिवी प्रध्यापक संघका विजयराज पन्त, त्रिवी कर्मचारी संघका अध्यक्ष शिव पाध्या, नेपाल विद्यार्थी संघ क्याम्पस ईकाई सभापति दिनेश पन्त अनेरास्ववियु क्रान्तीकारीका केन्द्रीय सदस्य जिवन शर्मा, अनेरास्ववियुका संयोजक रोशन कुँवर, अनेरास्ववियु एसका संयोजक तस्मिता खातुन, अनेरास्ववियु छैठौका अध्यक्ष दिलिप बुढा मगर लगायतले बोलेका थिए । कार्यक्रममा पुस्तकको समिक्षा क्याम्पसका अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. सुर्दशन सिलवालले गरेका थिए ।
कार्यक्रममा स्ववियु सभापति मनबहादुर थापा मनिषको अध्यक्षता उपसभापति बालकृष्ण शर्माको स्वागत र स्ववियु सदस्य मनोज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।