• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • फोटो फिचर

बागलुङमा नेपाल संम्वत् ११४६ यसरी मनाईयो (फोटो फिचर)

  • कार्तिक ४, २०८२

बागलुङ- बुधार देखी नयाँ वर्ष नेपाल संम्वत् (न्हू दँ) ११४६ भिन्तुना शुरुवात हुने भए सँगै मंगलबार बागलुङमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपाल संवत मनाईएको छ । 
मंगलबार नेपाल भाषा मंका खल बागलुङ र न्हूदँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४६ लाई भव्य रुपमा स्वागत गरिएको छ । 
मंगलबार विहाना बागलुङ जेसीसको संयोजकमा मोटरसाईकल ¥याली पश्चात दिउँसो नेवार समुदायका विभिन्न झाँकी सहितको भिन्तुना ¥याली सहित बानपा ३ को नारायणचौपारीमा मुल समारोह गरिएको थियो । 

May be an image of one or more people, dais, temple and text
मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नेपाल संवत् नेवार समुदायको मात्र नयाँ वर्ष नभएर सवै नेपालीको नयाँ वर्षको रुपम हुनुपर्नेमा जोड दिए । नगरप्रमुख श्रेष्ठले नेवा सभ्यता, भाषा, जात्रा, संगीत, गीत, कला, संस्कार र संस्कृतिको संरक्षण र जर्गेना गर्नको लागि सबै नेवार समुदायले आर्थिक, भौतिक सहयोग गर्नुको साथै सबैको सक्रिय सहभागिता चाहिने बताए । 
उनले नेपालीहरूको मौलिक संम्वत् नेपाल संम्वत् अहिलेसम्म पनि पुरै नेपालीको संम्वत् हुन नसकेको हुँदा यसलाई सबै नेपालीको साझा संम्वत् बनाउनको लागि थप अभियान चलाउनु पर्ने बताए । श्रेष्ठले नेवारहरुको एकता भए मात्र नेवार समुदायको विकास र उनीहरुको संस्कृतिले प्रगति गर्ने बताए ।

May be an image of musical instrument and temple

कार्यक्रममा नेपाल भाषा मंकाःखलः बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठले, शाक्य समाजका अध्यक्ष बाबुलाल शाक्य शंकरधर बहुमुखी सहकारीका अध्यक्ष रतन मलेपती, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल लगायतले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शाक्य कल्याण समाज बागलुङको लाखे नाचका साथै अन्य कलाकारले नेवारी गितमा नृत्य समेत प्रस्तुत गरिएको थियो । मुल समारोहमा कुमारी देवीलाई समेत प्रस्तुत गरिएको थियो । 

न्हू दँ मूल आयोजक समितिका संयोजक तथा नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराम भारीले अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रममा नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्यले स्वागत र न्हू दँ मूल आयोजक समितिका सचिव सुदिप राजभण्डारीले सञ्चालन गरेका थिए ।

May be an image of one or more people

May be an image of one or more people and temple

May be an image of one or more people and temple

May be an image of one or more people, temple and text

 

 

प्रतिक्रिया