बागलुङ । बागलुङमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ६४ हजार ९२५ रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार करिब ४ बजे बागलुङ नगरपालिका–२, हल्लनचोकस्थित रास्वपा नेता अमर खड्काको घरमा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचना प्राप्त अनुसार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामेश्वर त्वातिले जानकारी दिए । नेता खड्का रास्वपा बाग्लुङ नगरपालिका - २ का सभापति हुन । उनिसहित बागलुङ नगरपालिका–२ का चिरञ्जीवी शर्मा रिपोर्ट जिसी वडा नं. ३ का भीमबहादुर खत्री वडा नं. ८ का केशव पराजुली वडा नं. १ का राजु गौतम हरि शर्मा वडा नं. ३ का डम्मरबहादुर भण्डारी र वडा नं. २ का दुर्गाबहादुर खत्री रहेका छन्। पक्राउ परेका ब्यक्तिहरु अधिवक्ता देखि राजनीतिमा सक्रिय रहेका छन । प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैजनालाइ प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ।