बागलुङ । नेपाली काँग्रेसको नियमित महाधिवेशन पक्षधर अर्थात देउवा पक्षको बागलुङ जिल्ला अधिवेशन मंसिर २ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय सर्कुलर अनुसार यही कात्तिक १५ गते अधिवेशन गर्ने मिति तय गरेपनि विशेष कारणबस मंसिर २ गतेलाई जिल्ला अधिवेशनको मिति तोकिएको जिल्ला संयोजक सागर छन्त्यालले जानकारी दिए । छन्त्यालका लागि अधिवेशनमा पूर्व सभापती एवं पूर्व प्रधानमनत्री शेरबहादुर देउवा र महाधिवेशनका संयोजक शशांक कोइरालाई निमन्त्रणा गरिएको छ । अधिवेशनको तयारी र कार्यक्रमबारे सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो । १५ औँ महाधिवेशन तयारीका लागि उपसभापति छन्त्याललाई जिल्ला संयोजक तोकेको थियो । नियमित महाधिवेशन अन्र्तगत वडा, नगर र क्षेत्रीय अभिवेशन सम्पन्न गरेर जिल्ला अधिवेशनको तयारी थालिएको हो । जिल्ला अधिवेशनका लागि सोमबार बसेको बैठकले विभिन्न उपसमिति समेत बनाएको छ । ज्ञानेन्द्र गौतमको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ जसको सदस्यमा केशव थापा, कल्याण कायत, सहदेव राजभण्डारी, नरेश कंडेल, युवराज राजभण्डारी, कर्ण बहादुर हमाल, उमेश गौतम, रमिता शेरबुर्जा, मधु अम्माई, ज्योती विष्ट, शिव आचार्य, र राजन शाक्य रहेका छन ।
त्यसैगरी केशव थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ जसको सदस्यमा सुन्दर आचार्य, क्यरसिंह थापा र ठगेन्द्र थापा रहेका महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
अधिवेशनको प्रचारप्रसारका निम्ती नरेश कँडेलको संयोजकत्वमा मिलन केसी, विशेष पराजुली र राज कुमार शर्मा सदस्य रहेको उपसमिति गठन भएको छ । शिव आचार्यको संयोजकत्वमा यातायात व्यवस्थापन उसमिति, प्रेम थापाको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन उपसमिति, यामबहादुर थापाको संयोजकत्वमा स्वयम सेवक तथा युवा परिचालन उपसमिति, लक्षुमाया पुनको संयोजकत्वमा अतिथि सत्कार उसमिति, केशव थापाको संयोजकत्वमा मंच व्यवस्थापन उपसमिति र राजनकुमार शाक्यको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन उपसमिति गठन भएको संयोजक छन्त्यालले जानकारी दिए । पत्रकार सम्मेलनमा काँग्रेसमा बागलुङका पूर्व सभापती मणीभद्र शर्मा, दिपेन्द्र थापा, महाधिवेशन प्रतिनिधि लक्षमण आचार्यले विधि र विधान सहित १५ औं महाधिवेशनको संघारमा जुटेको बताएका छन । कार्यक्रमको संचालन ज्ञानेन्द्र गौतमले गरेका थिए ।