पर्वतका पदम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री  बन्ने

  • माघ ३, २०७९

बागलुङ- पर्वतबाट निर्वाचित सांसद पदम गरी  स्वास्थ्य तथा जनसंख्या मन्त्री  बन्ने भएका छन । नेकपा एमालेबाट निर्वाचित गिरी पहिलो पटक मन्त्री बन्ने भएका हुन ।  सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । पर्वतबाट दुई पटक सम्म प्रतिनिधि सभामा निर्वाचित गरी पहिलो पटक नै फुल मन्त्रालय पाएका छन । गठबन्धनलाई हराउँदै पर्वतमा गिरी सहित दुई प्रदेश सभा पनि एमालेले जितेको थियो । उनले काँग्रेसका अर्जुन जोशिलाई हराएका थिए । 

प्रतिक्रिया