जहाज दुर्घटना अपडेट : कास्कीका सिडियो भन्छन् ३० जनाको शव निकालिएको छ जिवित भेटिने सम्भावना कम छ

  • माघ १, २०७९

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।

काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३० जनाको शव निकालिएको छ। जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए। बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।  उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण गर्ने विमान थियो ।

पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

प्रतिक्रिया