जैमिनीको निति तथा कार्यक्रम : बेसहारालाई आर्थिक अनुदान, सुकुम्बासिहरुलाई घर जग्गा व्यवस्थापन
असार ९, २०७९
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनित गरेको छ । नगरपालिकाले नगरभित्र रहेका बेसहारा महिला तथा पुरुष विशेष आर्थिक अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाको दोस्रो नगरसभा तथा प्रथम नगर अधिवेशनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जैमिनी नगरपालिकाका मेयर नगर बहादुर पुनले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउनको लागि माटो परीक्षणको लागि ल्याबको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
कृषिलाई विशेष प्रथामिकता दिर्ईएको नीति तथा कार्यक्रममा स्थानीय स्तरमा नै माटो परीक्षणलाई अभियानको रुपमा सञ्चालन गरिने उल्लेख गरेका छन् ।
नगरपालिका भित्र रहेका ऐतिहाँसिक, सामाजिक, साँस्कृतिक महत्व झल्कने ‘जैमिनी गान’को निर्माण गरि प्रचारप्रसार गरिने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।
उनले कृषि तथा पशुपालनको क्षेत्रलाई कृषकको आय आर्जनको मुख्य श्रोत कायम गर्न बेरोजगार जनशक्तिलाई रोजगारी सृजना हुने गरि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरेका छन् ।
उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘नगरभित्र सञ्चालन गरिने सबै विकास निर्माणका कार्यहरुमा सकेसम्म स्थानीय श्रोत साधन, सीप, कला र दक्षताको उपयोग गरि रोजगारी सृजना गर्ने तर्फ ध्यान दिईने’ उल्लेख गरिएको छ ।
कुश्मीसेरा बजारमा सिसि क्यामेरा जडान गर्ने समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् । ‘नगरपालिका परिसरमा हुन सक्ने आपराधिक क्रियाकलापहरुको निगरानी गर्नको लागि नगरपालिका केन्द्रको मुख्य क्षेत्रमा सिसि क्यामेरा जडान गरिनेछ’ उनको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रम उपमेयर हरिहर शर्माको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालाको सञ्चालनमा सम्पन्न भएको थियो । नीति तथा कार्यक्रमको पूर्ण पाठ
आर्थिक वर्ष २०७९/०८० को
नीति तथा कार्यक्रम
जैमिनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कुश्मिसेरा, बागलुङ
२०७९
जैमिनी नगरपालिकाको आ.व. २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रम
आदरणीयसभाध्यक्षज्यू, नगर सभाका सदस्यज्यूहरु,
लोकतान्त्रिक गणतन्त्रको जग र जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहलाई मजबुद बनाउन संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयनका क्रमम जैमिनी नगरपालिकाको यस गरिमामय दोश्रोनगरसभाको प्रथम अधिबेशनमा आर्थिक वर्ष २०७९।०८० का लागि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तैखुशी महसुस गरेको छु ।यस अवसरमा लोकतन्त्र प्राप्तिको संघर्षमा जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै घाइते र अपाङ्ग हरु प्रति सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । राष्ट्रियता. लोकतन्त्र र जनजीविकाको आन्दोलनमा अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदान प्रति उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण ज्यान गुमाउने सवै नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको घरपरिवार र आफन्तजनहरूमा सहानुभूति प्रकट गर्दछु।स्थानीय तह सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि अहोरात्र खटिनु भएका सबै कर्मचारी, राजनैतिक दल, पत्रकार , सुरक्षाकर्मी र आफ्नो जनप्रतिनिधि आफै छनौट गर्नका लागि उत्साहपुर्ण हिसावले मतदान गर्नुहुने सम्पुर्ण जैमिनीवासी नागरिकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना सघ प्रेदश र स्थानीय तह विचको सम्बन्ध सहकारीता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छ । स्थानिय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार संचालन ऐन २०७४ जारी भइ कार्यान्वयनमा रहेको छ । स्थानीय तहमा जनप्रतिनिधिहरुको वहाली सँगै संविधानमा व्यवस्था भएको संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुद्धिढिकरण गर्दै स्थानीय सरकार संचालन गर्नुका अतिरिक्त लोकतान्त्रिक, समावेशी, जवाफदेही, पारदर्शी र प्रभावकारी स्थानीय शासनको अनुभूति जनतालाई गराउने दायित्व पनि जनप्रतिनिधिहरुको रहेको छ ।
नेपालको संविधानले सघं प्रदेश र स्थानीय तह गरि तीन तहको सरकारको व्यवस्था गरेको छ । संघ प्रदेश र स्थानीय तहका आ-आफ्नो अधिकार र कार्यक्षेत्र तोकेको छ । राज्य शक्तिको प्रयोग संघ प्रदेश र स्थानीय तहको साझा अधिकारका सुची समेत संविधानको अनुसुचिमा व्यवस्था गरिएका छन् । संविधानले प्रत्याभूति गरेका मौलिक हक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा उल्लेखित प्रावधानहरुलाई सरकारले कार्यान्वयन गर्नु पर्नेछ । नयाँ शासकीय प्रवन्ध र प्रणालीले राष्ट्र निर्माणको लागि शान्ति र स्थायित्वको आधार निर्माण गरेको छ । यो राजनैतिक र नीतिगत अवसरको जगमा उभिएर नागरिकले अनुभूति गर्ने परिवर्तनको लाभांश वर्तमान पुस्ताले नै प्राप्त गर्ने गरि नेपाली जनताको जीवनस्तरमा सुधार गरि विकास र संवृद्धिको मार्ग प्रशस्त गर्नु आजको आवश्यकता रहेको छ।यो पुरा नहुँदा सम्म हाम्रो प्रतिबद्धता जस्ताको तस्तै रहिरहने छ ।
नेपाल सरकारको निर्णय अनुसार वि.स २०७३ साल फागुन २७ गतेका दिन जन्म लिएको जैमिनी नगरपालिका छैठौँ वर्षमा अगाडि वढीरहेको छ । ग्रामिण परिवेशलाई समेटी निर्माण गरिएको हाम्रो नगरपालिकालाई वास्तविक नगरको स्वरुप दिन निकै कठिन छ । आन्तरिक स्रोत र साधनहरुको न्यूनता छ । विकासका पूवार्धारहरु नयाँ निर्माण गर्नुपर्ने अवस्था छ । सीमित स्रोत र साधनको विचमा असिमित आवश्यकताहरुलाई पुरा गर्नुपर्ने बाध्यतालाई मनन गर्दै हाम्रा विकासका गतिविधिहरु अगाढि बढाउनु परेको छ । अन्तरराष्ट्रिय प्रतिवद्धता अनुरुप वि.सं. २०८७ सम्ममा दिगो विकास लक्ष्यहरु हासिल गर्न हामी आमनगरबासी आफै कम खर्चिलो बन्दै विकास निर्माणलाई आफ्नै काम संझेर पुरा गर्नु हाम्रो कर्तव्य ठान्नुपर्दछ ।
धेरै कामहरु हामी आफै लागेर पुरा गर्न सक्यौ भने मात्र सीमित साधन श्रोतमा संवृद्धिको यात्रा थालनी हुन सक्दछ, अन्यथा गलत प्रवृतिको विकास हुदै जाने, श्रोत र साधनको दुरुपयोग हुदै जाने, गरिबी, पछौटेपन जहाँको तही रही रहने अवस्था सृजना हुन सक्दछ । यसैले सवै कमजोरीहरुलाई निराकरण गर्दै सवै जातजाती, वर्ग, लिंग, क्षेत्र समुदायहरुलाई शसक्त र विकसित बनाउदै प्रस्तुत नीति तथा कार्यक्रम सार्थक बनाउने तर्फ हामी सवैको ध्यान जानु अपरिहार्य छ । हाम्रो प्रयास प्राप्त स्रोत र साधानलाई प्राथमिकीकरण गरि उचित प्रतिफल प्राप्त गर्ने दिशा तर्फ अग्रसर हुनु जरुरी छ । जनतालाई पुर्याउनुपर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूवार्धार निमार्ण, कृषि क्षेत्र विकास, रोजगारी सिर्जना,गरिवी न्युनिकरणका लागि संन्तुलित र समावेशी विकास जस्ता विषय र क्षेत्रहरुमा केन्द्रित भै सामन्तवादी उत्पादन प्रणालीको अन्त्य गर्दै समाजवाद उन्मुख अर्थनीतीको राष्ट्रिय उदेश्य पुरा गर्न पुँजीको विकास गर्न जरुरी छ । जसका लागि समाजमा छरिएर रहेको श्रमशक्ति एकिकरण गर्नु आजको आवश्यकता हो ।
नेपालको शासन प्रणाली नेपाली जनताको लामो त्याग वलिदान र संघर्षको उपज हो । हामीले अवलम्बन गरेको शासन प्रणालीलाई कार्यमुलक र प्रभावकारी वनाइ नागरिकको हक अधिकारको रक्षा, आर्थिक विकास र संवृद्धिको लागि जैमिनी नगरपालिका निरन्तर क्रियाशिल रहने छ । लोकतन्त्रका आधारभूत मुल्य र मान्यता, प्रतिष्पर्धात्मक बहुदलीय शासन प्राणाली , मौलिक अधिकार, मानव अधिकार,वालिक मताधिकार,पुर्ण प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, शक्ति पृथकिकरण , निष्पक्ष न्याय संपादन र विधिको शासन संचालन गर्दै ” संमृद्ध जैमिनी‚खुसी र आत्मनिर्भर जैमिनीबासी ” को यात्रा सफल पार्न नगरपालिका प्रतिवद्ध छ ।
अध्यक्ष महोदय,
हामीलाई प्राप्त श्रोत र साधनलाई जनताको आवश्यकता र हित अनुकुल हुने गरि सेवा पुर्याउने सन्दर्भमा छरितो र सरल नागरिक सेवा आवश्यकताको सिद्धान्तको आधारमा सन्तुलित र समानुपातिक वितरण प्रणालीको विकास,सवै वडा केन्द्रमा निरन्तर चल्न सक्ने सडक निर्माण, प्रशासकीय भवन निमार्ण सुधार, सुकुम्बासी, घरविहिन र खरका छाना भएका परिवारलाई व्यवस्थित बसोवास, आत्मनिभर्र जैमिनीबासीको लक्ष्यलाइ पूरा गर्न स्थानीय कृषि उत्पादनमा बृद्धि र बजारीकरण, एवम सीप र दक्षतायुक्त नागरिक निर्माण,गुणस्तरीय र सुलभ शिक्षाको अवसर , वालमैत्री स्थानिय शासन सहज र भरपर्दो स्वास्थ्य सेवाको पहुंच तथा महामारी नियन्त्रण,स्वच्छ खानेपानी र सरसफाई युक्त टोलवस्ती, गुणस्तरिय खाद्य बस्तु उपलब्धताको प्रत्याभुति,कला, साहित्य, संस्कृतिको संरक्षण, पर्यटन क्षेत्रको विकास, रोजगारीका अवसरहरुको सृजना, वातावरण संरक्षण, सुशासन र संस्थागत विकासर सुरक्षा जस्ता क्षेत्रहरुहाम्रा प्राथमिकताका प्रमुख क्षेत्र हुन् ।
हाम्रा प्रयासहरुलाइ निश्कर्षमा पुर्याउन बिभिन्न क्षेत्रका बिज्ञहरुको सम्मेलन गरि प्रत्यक्ष जनताका विचमा अध्ययन अनुसन्धान गर्दै श्रोत र साधनको अधिकतम परिचालनका लागि एउटा लगानी सम्मेलन गरिनेछ‚ साथै राजनैतिकदलका अग्रजहरु, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजबाट प्राप्त सुझावलाई मनन गरिनुका अतिरिक्त यस नगरपालिकालाई आगामी आ.व. २०७९/०८० मा संघीय सरकार तथा प्रदेश सरकारबाट विभिन्न शीर्षकमा शर्शत र निर्शत गरि प्राप्त हुने रकम, र नगरपालिकाको आन्तरिक आय समेतलाई मध्येनजर गरि आगामी आर्थिक वर्षमा नगरपालिकाबाट सम्पादन गरिने सवै प्रकारका योजना तथा कार्यक्रमहरु अगाडि वढाउने लक्ष्यका साथ यो नीति तथा कार्यक्रम तयार गरिएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरुका अतिरिक्त पुरा गर्नुपर्ने अधुरा कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ ।
विकास र समृद्धिका अवसरहरुः
भौगोलिक हिसाबले सबै वडाहरुमा कच्ची सडक सञ्जाल जोडीएको ।
तुलनात्मक हिसाबले पर्याप्त कृषियोग्य जमिन र बर्षभरी बग्ने खोला नालाका कारण सिंचाइ व्यवस्था सहज ।
पर्याप्त मात्रमा वनजङ्गलका कारण वनपैदावार र वनजन्य व्यवसायको सम्भावना ।
प्रसिद्ध जैमिनीधाम‚गाजाको दह‚ हाँडीकोट क्षेत्र प्रसिद्द थन्थापीमाइ र पुरानो गाँउजस्ता विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूका कारण आन्तरिक पर्यटनको सम्भावना ।
चुनौतीहरुः
भौगोलिक असहजताका कारण विकास कार्यहरू खर्चिलो,
बढ्दो बसाइ सराइ,
बढ्दो अनुदानमुखी र उपभोगवादी प्रवृत्ति,
कृषियोग्य जमिनको उपयोगमा कमी र खेतीयोग्य जमिन बाँझिनु,
आन्तरिक आय न्यून हुनु
विभिन्न क्षेत्रमा भैरहेको श्रमशक्ति उपयोग नहुनु
अध्यक्ष महोदय,
अव म विषयगत क्षेत्रका नीति र कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
विषयगत क्षेत्रका नीति र कार्यक्रमहरु
आर्थिक विकास
कृषक सँग नगरपालिका कार्यक्रम अन्तर्गत पशुपक्षिपालक कृषकहरुलाई अनुदान दिने नीति लिइनेछ ।
कृषि मजदुर परिचालन गरि कृषि तथा पशुपंक्षी जन्य उत्पादनमा जोड दिइनेछ ।
कृषि तथा पशुजन्य पदार्थको उत्पादनलाई प्रोत्साहित गरिने नीति लिइनेछ ।
जैमिनी नगरपालिकाको आर्थिक बिकासको एउटा महत्वपूर्ण आधार गैर काष्ठवन पैदावार र जडिबुटीको बिकास पनि एक हो‚ यस कार्यमा जडिबुटी बिकास कार्यक्रम‚Ethnobotanical Study मा जोड दिइनेछ ।
मूल्यमा आधारित कृषि नीतिलाइ व्यबहारमा ल्याउन जैविक खेति प्रणालीमा आवद्द भएका कृषक एवं असल कृषि अभ्यासमा आवद्द कृषकलाइ पुरस्कृत गर्दै जाने नीति लिइनेछ ।
कृषि र पशु सेवाका लागि एक वडा एक प्राविधिक कार्यक्रमलाई थप प्रभावकारी वनाइनेछ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत संचालित पकेट, बलक, जोन (बाख्रा, वंगुर सुन्तला) जस्ता वकार्यक्रमहरु लाइ प्रभावकारी ढंगले नियमन गरिप्रदेश र संघको सहयोगमा संचालन गरिनेछ ।
कृषि तथा पशु शाखाको नगर विकास योजना अन्तर्गत आर्थिक विकास तर्फ कार्यबिधि बनाउने नीति लिइनेछ ।
कृषि पशु आयोजना संचालन गर्ने नीति लिई कार्यक्रम संचालन गरिनेछ ।
“बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता” भन्ने नारा लाई मुर्तरुप दिन बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै जग्गा एकिकृत गरि मसला बाली विकास तथा घाँस विकास कार्यक्रम सचालन गरिने छ साथै स्थानीय स्तरमा उत्पादन हुने रैथाने उत्पादन प्रवर्द्धन र स्थानीय कुखुरा पालन व्यवसायलाइ थप प्राथमिकता दिइनेनीति लिइनेछ ।
कृषकहरुको बालीवस्तु आकस्मिक प्राकृतिक प्रकोप वा अन्य कारणले क्षति भएमा राहतको लागि कृषक राहत कोष स्थापना गरिनेछ ।
कृषि तथा पशुजन्य पदार्थको संकलन गरि वजारीकरणको लागि कृषि उपज संकलन केन्द्र निर्माण तथा व्यवस्थापन गर्ने नीति लिइनेछ ।
मकै वाली पकेट, दलहन वाली प्रर्वधन, उन्नत विउ वितरण कार्यक्रमहरुलाई प्रभावकारी वनाउन आवश्यक समन्वय गरिने छ ।
वेसहारा महिला पुरुषलाई जिविकोपार्जनमा टेवा दिनका लागि कृषि तथा लघुउद्यम सँग आवद्ध गरेर जीविकोपार्जनका लागि पूँजी उत्पादन गर्ने शर्तमाविपन्न लक्षित वेसहारा महिला पुरुष तथा एकल महिला विशेष आर्थिक अनुदान कार्यक्रम संचालन गरिनेछ ।
बिपन्न कृषक हरुका लागि सुरक्षित पोषणलक्षित कार्यक्रमसंचालन गरिने छ ।
माटो परीक्षण तथा Citrus greening परिक्षण को लागि ल्याबको ब्यवस्था गरि स्थानिय स्तरमा नै माटो परीक्षणलाई अभियानको रुपमा संचालन गरिनेछ ।
मासुलाइ व्यवस्थित गरि मासुको व्यवस्थापनको लागि मासु पसल सुधार गरिने र नगरपालिका केन्द्रमा वधशाला निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
एक घर एक करेसावारी अभियानलाई प्रभावकारी वनाउन नगरवासीहरुलाई उत्प्रेरित गरिनेछ ।
वालि र पशुपन्क्षी विमालाई प्रभावकारी वनाउन आवश्यक समन्वय गरिनेछ ।
माग र आबश्यकतामा आधारित कार्यक्रमलाई प्रथामिकता दिईने छ ।
कृषि क्षेत्रको विकासका लागि कृषक वर्गिकरण तथा परिचयपत्र व्यवस्थापन, नविनतम प्रविधि प्रयोग तथा सीप हस्तान्तरणको लागि तालिम तथा भ्रमण, उन्नत विऊ,पशुपंक्षिको औषधि, खोप, पशु आहारा व्यवस्थापन, कृषि यान्त्रिकरण तथा बिबिधिकरणतथा उत्पादन सामाग्री वितरण, वालि उपचार केन्द्र स्थापना,मौरी व्यवसाय तथा माछा व्यवसायको पुर्वाधार निर्माण जस्ता कार्यक्रमहरुको समुचित व्यवस्था गरिने छ ।
कृषि तथा पशुपालन क्षेत्रको उत्पादन लागत कमगर्न सरकारी तथा गैहृ सरकारी क्षेत्रको वजेटलाई समेत एकिकृत ढंगवाट परिचालन गरि उत्पादनमा जोड दिने नीति लिइने छ । कृषि र पशुजन्य पदार्थवाट आत्मनिर्भर वन्दै आयात प्रतिस्थापन घटाउने र आय स्तरमा वृद्धि गर्ने नीति लिईने छ ।
साना सिंचाई कार्यक्रम प्लाष्टिक पोखरी र थोपा टनेल जस्ता कार्यक्रम संचालनका गर्ने नीति लिईनेछ ।
बाढि पहिरो चट्टयाङ जस्ता प्राकृतिक प्रकोप तथा अन्य प्रकोपबाट हुने कृषि पशुजन्य क्षतिको लागि विपद व्यवस्थापन नीति लिइनेछ ।
स्थानिय बनस्पति (सिस्नो, वाँको, कर्कलो आदि जस्ता) संरक्षणर उपयोग गर्ने नीति लिईनेछ । साथै फूल खेति उत्पादनमाआधारित कार्यक्रम लाई जोड दिईनेछ ।
कृषि तथा पशुजन्य पदार्थको वजार व्यवस्थापनर मासु तथा दुग्ध उत्पादनको वजार ब्यवस्थापनको लागि नेपाल सरकारकोमापदण्डमा रहि दुधको गुणस्तर कायम गर्नको लागि गुणस्तर निर्धारणसहितको प्याकेजिङ गरि बिक्रि गर्नेसाथै संकलन तथा चिस्यान केन्द्र व्यवस्थापनको लागि सहयोगको नीति लिईने छ ।
बाँदरको समस्या समाधान गर्न विज्ञको सुझाव लिइ उपाय खोजि गर्ने नीति लिइनेछ ।
परम्परागत कृषि बिकास योजनाअबलम्बन गरि अर्गानिक खेति र करेशाबारी व्यवस्थापन तथा अन्य कृषि कार्यमा जोड दिईनेछ।
कृषि स्नातक करार तथा भेटेरिनरी डाक्टर व्यवस्थापन कार्यक्रमलाई साझेदारीका साथ अगाडि वढाइनेछ ।
स्थान विशेष पहिचान गरि आलु वाली विकास, सिरिम्ले मकै प्रवर्द्धन र विभिन्न तरकारी खेती जस्ता कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।
पशुको नश्ल सुधार कार्यक्रम लाई प्रभावकारि बनाउन प्रदेश सरकार सँग सहकार्य गरि कृत्रिम गर्भाधान सेवा मार्फत जन्मिएका पाडि बाच्छीलाई हुर्काउनको लागि उचितनीति अबलम्बन गरिनेछ ।
कृषि ज्ञान केन्द्र र पशु बिज्ञ केन्द्रबाट संचालन हुने कार्यक्रमहरुमा सहकार्य गरि समन्वयलाई प्रभाबकारी बनाउदै गैर सहकारी संस्था सँग सहकार्य गर्ने नीति लिइनेछ ।
कृषि तथा पशुपंक्षिको तत्थ्यांक अद्यावधिक र किसान सुचिकरण गरि आधुनिक कृषि तथा पशुपालन व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने नीति लिईने छ ।
सम्पुर्ण कृषि तथा पशुपालन सम्बन्धि संचालित कार्यक्रमहरुको अनुगमन तथा मुल्यांकन गरि उत्कृष्ट कृषकलाई सम्मान गर्ने नीति लिईने छ ।
कृषकलाई बैंकबाट कृषि ऋण र कर्जाको ब्यवस्था मिलाउन पहल गरिनेछ ।
कृषि तथा पशु तर्फको बजार अनुगमन गरिनेछ ।
दिगो पर्यटन विकासको लागि नीति नियम र योजना निर्माण गरि कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ .
प्रसिद्ध जैमिनीधाम, थन्थापीमाई भगवति मन्दिर, हाडिकोट क्षेत्र, गणेशस्थान, हात्तिढुंगा, गाजाको दह क्षेत्र, पुतले गारा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, पुरानो गाउँ क्षेत्र, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सति मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नाग ढुङ्गा र जनै मन्तरनी पोखरी जस्ता आस्थाका प्रसिद्ध धरोहरहरु एवं कालापातल राङखानी लगायतका नगरक्षेत्रका विभिन्न स्थानमा रहेका खानी निर्मित सुरुङहरु जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइनेछ ।
जैमिनी नगरपालिका भित्र रहेका ऐतिहासिक , समाजिक, साँस्कृतिक महत्व झल्कने “जैमिनी गान”को निर्माण गरि प्रचार प्रसार गरिने छ ।
नगरपालिका भित्रका सामयिक महत्वका क्षेत्रहरु समेटेर “जैमिनी फोटो वुक” निर्माण गरिने छ । जसवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नगरपालिकाको प्रचार प्रसार गर्ने कार्यमा सहयोग पुग्ने छ ।
आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गर्नका लागि प्रबर्द्धनात्मक कार्यकमहरु संचालन गरिनेछ ।
पर्यटन बिकासको लागि आवश्यक पूर्वाधार सहित पर्यटक पदमार्ग निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
पर्यटकीय सूचना केन्द्र स्थापनाको लागि पहल गरिनेछ ।
कला र संस्कृतिको क्षेत्रलाई खोज, अनुसन्धान, संरक्षण र विकास गर्दै लग्नु नगरको दायित्व हो भन्ने प्रतिवद्धताका साथ संस्कृतिको पूर्ण संरक्षण गरि त्यसको मूर्त पहिचान गराउन संग्राहलय र कोसेली घर स्थापनाका लागि समेत पहल गरिने छ ।
विभिन्न पर्यटकीय स्थानको पुर्वाधार निर्माण गरि होमस्टे र प्राचिन संस्कृतिको अध्ययन केन्द्र सहितको मनोरन्जनात्मक वातावरणको विकास गरिनेछ ।
नगर क्षेत्रमा स्थापित एवं प्रदेश स्तरमा समेत पहिचान बनाउन सफल भजन समूहहरु एवम रत्यौली, लोक दोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघे संक्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठुली एकादसी मेला, हाँडीकोट मेला र पुरानोगाँउ मेला लगायतका संस्कृतिलाई थप व्यवस्थित एवं प्रोत्साहन गर्ने नीति अंगिकार गरिनेछ ।
आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षणगरि समाजको आर्थिक विकासमा सहयोग पुर्याउन नगरक्षेत्रमा सुरु भएका स्थापित होमस्टेहरुलाई परिष्कृत एवं पहुंच योग्य बनाउन पहल गरिनेछ ।
जैमिनी धाम, पुरानो गाँउ, हाडिकोट, गाजादह, भैरवस्थान समेत जोडी प्रसिद्ध एवंम रमणिय स्थलहरुलाई एकिकृत गरि पर्यटकिय पदैल मार्गको निर्माण गर्दै पर्यटन रुट गराउन आवश्यक पहल गरिनेछ ।
ग. अर्थ, उद्योग तथा बाणिज्य
जैमिनी नगरपालिकाको बिभिन्न स्थानहरु व्यापारिक केन्द्रको रुपमा बिकास भईरहेको अवस्थामा कृषि पेशाका साथै अन्य ब्यापार, सेवामुलक व्यबसाय, नोकरी, थोक खुद्रा बजार, होटल, रेस्टुरेन्ट लगायतका व्यबसाय संचालन भईरहेका छन् । त्यसका अलवा व्यापारिक केन्द्र आसपास स्थानीय सीपमा आधारित साना उद्यम व्यबसाय प्रवद्धन गरि रोजगारीका अवसरहरु सृजना गर्न सकिने सम्भावना प्रचुर मात्रामा रहेको छ । स्थानीय श्रोत, साधन र सीपबाट स्थापना भएका र हुने घरेलु तथा साना उद्योगहरुलाई नगरपालिकाले संरक्षण गरि उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने नीति लिएको छ । बजारलाई व्यवस्थित गर्न, कालो वजारी नियन्त्रण गर्न, गुणस्तरीय खाद्य वस्तुको सुनिश्चितता प्रदान गर्न, आपूर्ति र भण्डारणको व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मश, बजार व्यवस्थापन समिति, उपभोक्ता मन्च, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग आवश्यक समन्वय गरि कार्यान्वयन गरिनेछ । कालिगण्डकी कोरिडोर क्षेत्रका मुख्य स्थानहरुमा उद्योग तथा पेशा व्यवसाय सन्चालनका लागि चाहिने आवश्यक पूर्वाधार तयारीमा विशेष जोड दिने नीति लिइएको छ । यसका अतिरिक्त अर्थ उद्योग तथा बाणिज्यका क्षेत्रमा निम्नानुसारको नीति अबलम्बन गरिने छ ।
नगरपालिकामा उपलब्ध स्रोत र साधन तथा आर्थिक विकासको प्रतिफललाई न्यायोचित वितरणमा जोड दिइने छ ।
तुलनात्मक लाभका क्षेत्रको पहिचान गरि घरेलु उद्योगको विकास र विस्तार गर्दै बस्तु तथा सेवाको निर्यात प्रबर्धन वजार विविधिकरण र विस्तार गर्न जोड दिइने छ ।
जैमिनी नगरक्षेत्र भित्र आफ्नो जन्मभुमि कायम गरि वाहिर रहनु भएका गैर आवासिय नेपालीहरुको ज्ञान,सीप, प्रविधि र पुँजिलाई नगरपालिकाको विकास सँग जोडन आह्वान गरिने छ ।
नगरपालिकामा उद्योग ग्राम स्थापनाको लागि सम्भाव्य क्षेत्रको पहिचान गरि उद्योगहरुको प्रवर्द्धन गर्ने र सोका लागि आवश्यक पूर्वाधारहरुको विकास गर्न संघ, प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्दै जाने नीति लिईनेछ ।
कृषिमा आधारित घरेलु तथा साना उद्योगका साथै लघु उद्यमलाई विशेष प्राथमिकता दिई कार्यक्रमहरु संचालन गरिनेछ ।
बजारको एकाधिकार र कृत्रिम अभावको स्थिति रहन नदिन र गुणस्तरहिन एवं म्याद नाघेका वस्तुहरुको विक्रि वितरणलाई रोक्न नापतौल तथा मूल्यमापनको नीति व्यवस्थित गर्दै अनुगमनको माध्यमबाट प्रभावकारी कदम चालिनेछ ।
लघु उद्यम कोषको विकास गरिनेछ । बजार अनुगमन प्रभावकारी वनाईनेछ ।
सहकारी संस्थासँग समन्वय गरि साना तथा घरेलु उद्योगलाई उत्पादनमुखि बनाउने नीति लिइने छ।
साझा सरोकार र महत्वको विषयमा अन्तरपालिका र अन्तर जिल्ला सँग समन्वय गर्दै विकासका क्षेत्रमा साझा लगानिको लागि आवश्यक समन्वय गरिने छ ।
परम्परागत पेशालाई आधुनिकिरकण गर्दै सीप नविकरणमा जोड दिइनेछ ।
उद्योग धन्दा प्रवर्द्धन र विकासका लागि विभिन्न प्रकृतिका सीपमुलक तालिम सञ्चालनको लागि व्यापार तथा वाणिज्य क्षेत्रसँग सहकार्य गरिनेछ ।
घ.सहकारी तथा वित्तीय क्षेत्र
सामाजिक विकास
शिक्षा, युवा तथा खेलकुद
शिक्षा विकासको आधार हो । मर्यादित तथा परिस्कृत जीवन, सम्मानित रोजगार र उद्यम विकासको आधार पनि हो। ज्ञानमा आधारित समाजको माध्यमबाट दिगो संवृद्धिका लागि शिक्षालाई महत्वपूर्ण माध्यमको रुपमा स्वीकार गरिएको छ । संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रुपमा स्वीकार गरेको छ । यसै सन्दर्भमा जैमिनी नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद नीति तथा कार्यक्रम निम्नानुसार रहनेछ ।
सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि लिड स्कूल को अबधारणा कार्यान्वयनमा ल्याउन प्रारम्भिक कार्य गरिनेछ ।
बालविकास सहजकर्तालाइ बालमनोविज्ञान सम्बन्धी तालिम दिई सक्षम बनाउने, बालशिक्षालाइ सुविधासम्पन्न र शैक्षिक सामग्रीयुक्त बनाई बालकक्षालाइ अनिवार्य गरिनेछ।
वालविकास केन्द्रका सहजकर्ताहरुलाई नगरपालिकाको सामर्थ्यको आधारमा सवलीकरण गर्न पहल गरिने छ।
बालमैत्री स्थानीय शासन कार्यक्रम क्रमशः लागु गर्दै लगिनेछ ।
बिद्यालयको एकिकृत शैक्षिक सूचना व्यबस्थापन प्रणालीलाइ यथार्थपरक र बस्तुनिष्ठ बनाउदै लगिनेछ ।
भौगोलिकता,विद्यार्थी सङ्ख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप/ घट गरिनुका साथैसामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान, व्यवस्थापन रपुनर्वितरण गरिनेछ।गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिनेछ।
स्थानीय परिबेश अनुसारको मानव मूल्य सहितको स्थानीय पाठ्यक्रम निर्माण गरि कार्यान्वयन गरिनेछ ।
संम्बन्धित वडा कार्यालयसंगको समन्वयमा उत्कृष्ठ उद्यमी अभिभावकलाइ सम्मान गर्ने व्यबस्था मिलाइने छ ।
सामुदायिक तथा संस्थागत विद्यालयको समग्र पक्षको सुक्ष्म अध्ययन गर्न सघन विद्यालय अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ । बिषयगत शिक्षकहरुबाट विद्यालयमा नमूना कक्षा शिक्षण गर्ने कार्यलाइ प्रभाबकारी बनाउदै लगिनेछ । बिषय बिज्ञ समूह र जनप्रतिनिधीहरु समेतबाट बिद्यालयको सामुहिक सुपरीबेक्षण कार्यलाइ प्रभावकारी बनाइनेछ ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धी गर्न आवश्यकताका आधारमा शैक्षिक सामग्री तथा पाठ्यसामग्रीहरु वितरण गरिनेछ।
सम्पूर्ण सामुदायिक विद्यालयहरुलाइ पूर्वाधारसम्पन्न बनाउँदै लगिनेछ।
नगरपालिकाबाटकक्षा ८, ५ र ३ को परीक्षा संचालन तथा सिकाइ उपलब्धी परीक्षा, अतिरिक्त क्रियाकलाप एवं प्रतिभा पहिचान कार्यक्रमहरु र नगर स्तरिय पढाइ मेला जस्ता कार्यक्रमहरु संचालनमा ल्याइने छ ।
स्थानीय शैक्षिक सामग्री निर्माण तथा प्रयोगमा वृद्धी गर्नको लागि स्थानीय शैक्षिक सामग्री निर्माण र प्रदर्शनी कार्यक्रमसञ्चालन गरिनेछ ।
नगरपालिकाबाट बार्षिक शैक्षिक क्यालेण्डर रशैक्षिक योजना निर्माण गरि सम्पूर्ण विद्यालयहरुको शैक्षिक गतिविधिहरुमा एकरुपता कायम गरिनेछ ।
विद्यार्थी सङ्ख्याको आधारमा एक विद्यालय एक पुस्तकालयको व्यवस्थापन क्रमशः गरिनेछ ।
आधारभुत तह कक्षा १-८ देखि माथिका माध्यमिक बिद्यालयमा क्रमशः एक विद्यालय एक तालिमप्राप्त कम्प्युटर शिक्षकको व्यवस्थापन गरिनेछ ।
विषयगत शिक्षक तालिम, पुनर्ताजगी तालिम, सुचना प्रविधि तालिम तथा प्रअहरुलाई विद्यालय व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।
प्रत्येक विद्यालयमा विद्युत जडान गरिने, आबश्यकताका आधारमा कम्प्युटर, प्रिन्टर, प्रोजेक्टरको पहुँच पुर्याइने साथैसबै बिद्यालयमा इन्टरनेट जडान गरिनेछ ।
उच्च शैक्षिक उपलब्धी र अन्य सूचकहरुका आधारमा विद्यालय, प्रअ, शिक्षक तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ।
विद्यालय बाहिर रहेका व्यक्तिहरुको लगत संकलन गरि अनिवार्य रुपमा विद्यालयमा भर्ना गरिने र कम्तिमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यबस्था गरिनेछ ।
शैक्षिक सामग्री तथा पाठयोजना सहितको शिक्षक डायरी सहित शिक्षक कक्षाकोठामा प्रवेश अनिवार्य बनाइनेछ ।
कक्षाकोठा व्यबस्थापन र फर्निसिङ कार्यलाइ निरन्तरता दिँदै प्रत्येक कक्षाकोठामा बुककर्नर, कक्षाकोठा सजावट, विद्यार्थीको तह र उमेर अनुसार डेक्स बेन्चको व्यवस्था गर्नको लागि विद्यालयलाई सहजिकरण गरिनेछ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक संघ अध्यक्षहरुलाइ काम, कर्तव्य र अधिकार सम्बन्धी गोष्ठी र अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
सबै सामूदायिक विद्यालयहरुलाइ जङ्क फुड निषेधित क्षेत्र घोषणा गरि विद्यालयमा दिवा खाजाको व्यबस्था क्रमशः लागू गरिनेछ ।
सबै माध्यमिक र आधारभुत विद्यालयहरुमा विज्ञान प्रयोगशाला र ICT Lab को व्यबस्था गर्नुका साथै सबै सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानीका लागि सरकारी तथा गैर सरकारी संस्था संग सहकार्य गर्ने नीति अवलम्बन गरिनेछसाथै शौचालयको पहुँच पुर्याइनेछ।
कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययन गर्ने सामूदायिक विद्यालयका सबै छात्राहरुलाइ सेनेटरी प्याड व्यवस्था गरिनेछ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
विद्यालयको भौतिक संरचना मर्मत एवं निर्माण कार्य गर्नको लागि विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार गराउने नीतिलाइ निरन्तरता दिइने छ ।
विद्यालयले गर्नुपर्ने विविध शैक्षिक कृयाकलापहरु समयमै सम्पादन गरि शैक्षिक उपलब्धी हाँसिल गर्न प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरिनेछ ।
प्राविधिक शिक्षा सञ्चालित विद्यालयमा जेहन्दार विद्यार्थीहरुलाइ प्रतिस्प्रधाका आधारमा छात्रबृत्तिका लागि बिद्यालयलाइ दिइएको अनुदानलाइ निरन्तरता प्रदान गरिनेछ ।
प्रअ, गाउँ शिक्षा समिति तथा बालविकास सहजकर्ताको बैठक निरन्तर रुपमा सञ्चालन गरि उपलव्धि समिक्षा गरिनेछ ।
शिक्षकको अभावको कारण शिक्षण सिकाई कार्य सञ्चालन हुन नसकेका बिद्यालयहरुलाइ शिक्षण सिकाई अनुदानको व्यबस्था गरिनेछ ।
सामुदायिक बिद्यालय सत्यापन कार्यक्रम संचालन गरिनेछ ।
आबश्यकताका आधारमा शिक्षा ऐन नियम र कार्यबिधिहरु निर्माण गरि कार्यान्वयन गरिनेछ ।
सामुदायिक सिकाई केन्द्रलाई थप व्यवस्थित बनाई विविध किसिमका तालिम सञ्चालन गर्नको लागि अनुदान को व्यबस्था गरिनेछ ।
गरिवि र चेतना कम भएको कारणले विद्यालय छाड्ने विद्यार्थीहरुको तथ्याङ्क संकलन गरि विद्यालय भित्र टिकाइ राख्ने वातावरण सिर्जना गरिनेछ ।
शान्तिदिप बहुमुखी क्याम्पसको विद्यार्थीका लागि छात्रवृत्ति र आवास व्यवस्थापन गर्ने नीति अबलम्वन गरिनेछ ।
खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यसँग आबद्ध गर्दै नगरपालिका स्तरीय खेलकुद रङ्गशालाको स्थापनाका लागि सहकार्यर नगर स्तरिय खेलकुद बिकास समिति गठन गरि खेलकुदको विकासमा जोड दिइनेछ ।
युवालक्षित सीपमूलक तालिम संचालन गरि स्वरोजगारीको अवसर सिर्जना गर्दै बढ्दो विदेश पलायनको वर्तमान स्थितिमा न्यूनीकरण गरिनेछ।
विभिन्न युवाक्लबहरू तथा युवालक्षित संघ संस्थाहरूसंग सहकार्य गर्दै युवाहरूमा नेतृत्व विकासको अवसरहरू प्रदान गरिनेछ ।
युवाहरूलाई दुर्व्यसनीबाट मुक्त दिलाउन आवश्यक कदम चालिनेछ ।
खेलकुद क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै क्रमशः१ वडा १ खेल मैदानको व्यवस्था गरिनेछ।
विद्यालयको समग्र पक्षको सुधार गर्नको लागि नगरपालिका‚ बिभिन्न गैर सरकारी संघ संस्थाहरुको सहकार्य गर्दै भिएसओ नेपाल संगको सहकार्यमा संचालित सिकाई परियोजनाको सफल कार्यान्वयनका लागि सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ र विद्यालयको लागत साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
स्वास्थ्य
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक को व्यबस्था गरिएको छ । यसमा आधारभुत तथा आकस्मिक स्वास्थ्य निशुल्क हुने संबैधानिक व्यबस्था छ । सोही अनुसार यस नगर भित्रका नागरिकलाई आधारभुत र आकस्मिक सेवा प्रदान गर्न निम्नानुसारको स्वास्थ्य नीती तथा कार्यक्रम लागु गरिनेछ ।
।
सुत्केरी महिला उद्धार र जटिल दुर्घटनावाट जोखिममा परेका नागरिकहरुको उद्धारको लागि हेलिप्याड निर्माणको कार्य प्रारम्भ गरिनेछ ।
आयुर्वेद
नेपालको संविधानले जनताको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा लिएको छ । त्यसको लागि आधुनिक चिकित्साको साथै आयुर्वेद तथा वैकल्पिक चिकित्साका विधाहरुलाई पनि प्रयोग गर्न मार्गदर्शन गरेको छ। आयुर्वेद चिकित्सा प्रणाली नेपालको मौलिक चिकित्सा पनि भएकोले यस नगरमा आयुर्वेद पद्वतिको उचित प्रवर्धन र प्रयोग गरिने छ ।
आयुर्वेद औषधालयहरुबाट प्रदान गरिने सेवालाई चुस्त र प्रभावकारी बनाईने छ। आयुर्वेद पद्वती मार्फत उपचारात्मक,प्रबर्धनात्मक तथा प्रतिकारात्मक सेवा प्रदान गरिनेछ । आयुर्वेद चिकित्सा पद्वतिवाट प्रभावकारी उपचार हुने रोगहरु तथा नसर्ने रोगहरुको व्यवस्थापनको लागि आहार विहार, दिनचर्या, ऋतुचर्या, जडिवुटी, योग तथा जीवनशैलि व्यवस्थापन आदिको उचित प्रयोग गर्न प्रोत्साहन गरिनेछ, साथै उपकरण र औषधीको व्यवस्था गरिनेछ ।
चिकित्सा पद्वती र स्वस्थ जिवनशैली सम्बन्धी प्रचार प्रसार साथै कार्यालय नभएका वडाका वासिन्दाहरुलाई सेवाको पहु‘चका लागि नागरिक आरोग्य सेवा क्लिनिकको माध्यमबाट मासिक वा पाक्षिक रुपमा सेवा सञ्चालन गरिने छ।
विद्यालय स्तरबाट नै देशका भावी कर्णधारहरुलाई आयुर्वेदको सही ज्ञान दिन तथा स्वस्थ जिवनशैलीको विकासमा जोड दिई सकारात्मक सोचको विकास गर्न विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
जेष्ठ नागरिकको नसर्ने रोग व्यवस्थापन र स्वास्थ्य प्रबर्धनको लागि रसायन औषधी वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।
स्तनपायी आमा तथा ६ महिना मुनिका बच्चाको स्वास्थ्य प्रबर्धनका लागि स्तन्यबर्धक औषधी वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउदै सबै वडामा विस्तार गरिनेछ ।
चूर्ण औषधी उत्पादन र वितरणलाई थप गुणस्तरिय र प्रभावकारी बनाउन आवस्यक कार्य गरिनेछ ।
नियमित योग सञ्चालनको लागि दमेक आयुर्वेद औषधालय भवनमा योग हल निर्माण गरिनेछ ।
स्थानिय जनतालाई जडिवुटीको महत्व दर्शाइ उपयोग र खेतीतर्फ आकर्षित गर्न जडिवुटी परिचयात्मक कार्यक्रम सहित एक घर पॉच योग ,पॉच जडिवुटीको अवधारणा अगाडी बढाईनेछ ।
अत्यावस्यक आयुर्वेद औषधीको उपलब्धता सुनिश्चित गरिने छ ।
कार्यालयको भौतिक पूर्वाधार तथा व्यबस्थापकिय पक्ष सुधार गर्दै पूर्वकर्म,
विभिन्न सर्ने तथा नसर्ने रोग रोकथामको लागि आयुर्वेद चिकित्सा पद्वतिको उचित प्रयोगको व्यवस्था गरिनेछ ।
खानेपानी तथा सरसफाई
जैमिनीबासीलाई सुरक्षित र शुद्ध पिउने पानी उपलब्ध गराउन नगरपालिका प्रतिवद्ध छ । आधारभूत खानेपानी तथा स्वास्थ्यको पहुंच पुर्याइनेछ । सरसफाईको क्षेत्रमा प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिदै खानेपानी तथा सरसफाइको क्षेत्रलाई व्यबस्थित गर्न निम्नानुसारका नीति लिइएको छ।
स्वच्छ खानेपानीका लागि खानेपानीका मुहान तथा टंकीमा रहेको पानीको परीक्षण गर्ने गरि प्रकृया अगाडी वढाईनेछ ।
विश्व महामारीमा रहीरहेको वेला यसलाइ अवशरको रुपमा लिइ सम्पूर्ण नगरबासीको व्यवहार तथा आनिबानीमा परिवर्तन ल्याउन नगरलाई पूर्ण सरसफाई उन्मुख नगर बनाउँदै लगिनेछ ।
सम्पूर्ण सार्वजनिक स्थानमा खानेपानी तथा शौचालयको पहुंच पुर्याइनेछ ।
एक घर एक धारा कार्यक्रमलाई थप प्रभावकारी वनाउन सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
नगर केन्द्र र अन्य वडाका बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा अगाडी वढाईनेछ ।
स्वच्छ खानेपानी तथा सरसफाईमा पहुंचको मौलिकहकलाई सुनिश्चित गर्न खानेपानीआयोजनामा उपभोक्ताहरुको लागत सहभागिता रहने सुनिश्चित गर्नुका साथै पिउने पानीको गुणस्तरियता जाँच अनिबार्य गरिनेछ ।
जीर्ण तथा आंशिक रुपमा संचालनमा रहेका खानेपानी आयोजनालाई पुनर्निर्माण वा मर्मत सुधार गरि पूर्णरुपमा संचालनमा ल्याईनेछ ।
स्थानीयस्तरका मुल, कुवा,धारा र पोखरी संरक्षणमा जोड दिइनेछ ।
सवै वडाका टोल, वस्ती, घर, आँगन, धारा, टंकी रमुहानको सरसफाईलाई अभियानको रुपमा संचालन गरिनेछ ।
प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र नेपाल स्वास्थ्यका लागि पानि (नेवा) र ब्रिटिस वेलफेयर लगायतका गैर सरकारी संघसंस्थावाट यस नगरपालिकामा संचालनमा रहेका योजनाहरूमा नगरपालिकाको आवश्यक सहयोग र समन्वय गरिनेछ ।
जलवायु परिवर्तनको प्रतिकुल प्रभावलाई ध्यानमा राखि स्थायी श्रोतहरुको खोजी गरि खानेपानीको आपूर्तिलाई भरपर्दो र दीगो बनाईनेछ।
श्रोत अभाव भएका वस्तीहरुमा प्रविधिको प्रयोग गरि लिफ्टीङ खानेपानी योजना संचालन गर्नेव्यवस्था मिलाइनेछ ।
व्यक्तिगत तथा सामुदायिक सरसफाईलाई व्यवस्थित गर्दै सरसफाईयुक्त टोल वस्ती, वडा घोषणाको नीति अवलम्बन गरिनेछ ।
लैगिक समानता तथा सामाजिक समावेशीकरण
लैगिक हिंसा बिरुद्ध क्रियाशील संयन्त्रहरुलाई प्रभावकारी परिचालन गर्न सकेको खण्डमा नगरलाई आदिवासी जनजाति, दलित, उत्पीडित समुदाय, अपाङ्ग भएका, एकल महिला, लैगिक विभेद, हिंसा अन्धविश्वासवाट मुक्त बनाइ सामाजिक सदभाव र न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्छ । त्यसैले लैगिक समानता तथा समाजिक समावेशीकरणको लागि निम्न बमोजिमको नीति लिइएको छ ।
महिला बालबालिका शाखामा महिला तथा बालबालिका अपाङ्गहरुको क्षमता विकास तथा सीपमुलक सचेतनामुलक कार्यक्रमको लागि आवश्यक स्रोत साधनको व्यवस्था गरिनेछ ।
विभिन्नदिबसहरु मनाउन सरकारी तथा गैरसरकारी संघ संस्थाहरु संग समन्वय गरिनेछ ।
घरेलु हिंसा पिडित महिला हरुको लागि लैङ्गिक हिंसा निवारण कोष खडा गरिनेछ ।
नगर क्षेत्रमा रहेका शोषण र घरेलु हिंसामा परेका महिला तथा बालबालिकाको पुनर्स्थापना तथा उद्धार गर्ने नीति अवलम्वन गरिनेछ ।
नगर भित्रका सवै वडाहरुमा अपाङ्ग परिचय पत्र वितरणका लागि आवश्यकता अनुसार सिविर संचालन गरिनेछ ।
बालबालिकाको क्षमता विकासका लागि बालक्लव गठन बाल संजाल गठन र बालमैत्री स्थानीय क्रियाकलापहरु संचालन गर्न जोड दिइनेछ ।
महिला बालबालिका दलित आदिबासी मुस्लिम विपन्न वर्ग अपाङ्ग तथा पिछडिएको क्षेत्रका जनताको समानुपातिक सहभागीता तर्फ कार्य गरिनेछ ।
बार्षिक बजेट निर्माण गर्दा सबै विषय गत क्षेत्रको वजेटलाई लैङ्गिक उत्तरदायी बनाइनेछ ।
हरेक वर्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरि त्यसले औल्याएका कमीकमजोरीहरुलाई अर्को वर्षको कार्यक्रममा समेटेर श्रोत साधनमा लक्षित वर्गको पहुँच अभिबृद्धि गर्दै लगिनेछ ।
महिला तथा बालबालिका सँग सम्बन्धित सवै अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु प्रतिवद्धताहरु तथा दिगो विकास लक्ष्यलाई स्थानियकरण गरि त्यसका सूचकहरु पुरा गर्दै लगिनेछ ।
नगरपालिकाले निर्माण गरेका सवै कानून नीतिनियम निर्देशिका कार्यविधिहरु महिला बालबालिकायौनिक तथा लैङ्गिक अल्पसंख्यक अपाङ्गता ज्येष्ठ गरिक दलित लोपोन्मुख सिमान्तकृत आदिवासी जनजाती सहित समग्र लक्षितवर्ग मैत्री बनाउदै लगिनेछ।
लैससास बारे संविधानमा भएका व्यवस्थाहरुको कार्यान्वयन गर्न बर्तमान संघिय शासन स्वरुप नीति नियम ऐन कानुन कार्यविधि साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक संस्थागत संरचना सचेतीकरण तथा क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
लक्षित वर्ग विकासका लागि संवन्धित शाखाबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकको सवाललाई प्रत्यक्ष रुपमा संवोधन गर्दै वातावरण निर्माण गरिनेछ ।
लक्षित बर्ग पहिचान हुने गरि खण्डिकृत तथ्याङ्कहरु संकलन तथा अद्यावधिक गरि त्यसको आधारमा योजना तर्जुमा र बजेट विनियोजन गर्ने नीति अवलम्वन गरिनेछ ।
महिला, दलित,बालबालिका, अपाङ्ग एवं ज्येष्ठ नागरिक लाई सामाजिक संरक्षण गर्नेनीति लिइनेछ ।
सामाजिक कुरीतिहरुका विरुद्ध सचेतना लाई सामाजिक विकासका हरेक कृयाकलापमा समावेश गरिनेछ ।
जातिय बिभेद अन्त्यका लागि बिभिन्न प्रकारका चेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
समाजमा रहेका विकृतिजन्य प्रथा, परम्परा र क्रियाकलापलाई नियमन गरिनेछ ।
लैससास रणनीति तयार गरि लागु गरिनेछ ।
सामाजिक सुरक्षा व्यवस्थापन
जैमिनी नगर भित्र रहेका सबै जेष्ठ नागरिक, एकल महिला, दलित, अल्पसंख्यक, अपागं, महिला, जनजाती, पिछडिएका वर्ग र बालबालिकाको सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नगरपालिकाले निम्न नीति अबलम्बन गर्नेछ ।
विद्युतिय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने नेपाल सरकारको रणनीति अनुसार पूर्णरुपमा बैंकिङ प्रणाली वाट प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरि वितरण गरिने छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको फोटो सहितको परिचय पत्र लागु गरिनेछ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली सुदृढिकरण गर्दै अनलाईन घटना दर्ता प्रणाली प्रयोगमा ल्याईनेछ । उक्त प्रणालीलाई सेवा इकाइको समन्वयमा वडास्तरबाट संचालन गरिनेछ ।
व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा सम्बन्धी जनचेतना फैलाउनको लागि संचार र पहुंच अभियान संचालन गरिनेछ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउनको लागि हरेक वडाका जनप्रतिनिधि, स्थानीय CSO,स्थानीय तहका अन्य कर्मचारी तथा अन्य सरोकारवालालाई तालिम संचालन गरिनेछ ।
अनलाईन घटना दर्ता थप प्रभावकारी वनाउन प्रत्येक वडा कार्यालयहरुमा व्याकअप राख्ने र इन्टरनेटको थप विकल्पमा पञ्जिकरण शाखाबाट प्रदान गरिएको 4G डंगोललाई संचालनमा ल्याइनेछ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी गुनासो सम्बन्धी गुनासो सुनुवाई इकाई समिति सम्बन्धित वडाहरुमा गठन गरिनेछ।
श्रम, रोजगार प्रबर्धन र बिकास
कृषि तथा पशुपालनको क्षेत्रलाई कृषकको आयआर्जनको मुख्य श्रोत कायम गर्न वेरोजगार जनशक्ति यो क्षेत्रमा रोजगारी सृजना हुने गरि विशेष कार्यक्रम संचालन गरिनेछ ।
नगरभित्र संचालन गरिने सवै विकास निर्माणका कार्यहरुमा सकेसम्म स्थानीय श्रोत साधन, सीप, कला र क्षमताको उपयोग गरि रोजगारी सृजना गर्ने तर्फ ध्यान दिईनेछ ।
बजारमा माग अनुसारको जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय र व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँगको समन्वयमा व्यवसायिक तथा सीपमुलक तालिम कार्यक्रम संचालनका लागि सहजीकरण एवं समन्वय गरिनेछ ।
बैदेशिक रोजगारीवाट यस नगरपालिका भित्र आउने जनशक्तिलाई उनीहरुको ज्ञान, सीप र दक्षतालाई नगरको विकासमा सहयोग पुग्ने गरि अधिकतम परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत संचालन गरिने क्रियाकलापहरुलाई यस आ.व.मा पनि नियमित रुपमा संचालन गरिनेछ ।
यस नगरपालिका भित्र रहेका तर गत आ.व.मा वेरोजगार सूचिमा सूचिकृत हुन नसकेका वेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन तथा विश्लेषण सहित अध्यावधिक गरि रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरिनेछ ।
रोजगारी सृजना गर्ने सामुदायिक विकासका कार्यक्रम संचालन गरेका स्थानीय स्तरमा क्रियाशिल नीजि तथा गैरसरकारी संस्थाहरुसँग समन्वय, साझेदारी र सहकार्य गरि वेरोजगार व्यक्तिलाई रोजगारीका लागि खटाईनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत वेरोजगारहरुलाई नगरस्तरका अन्य भौतिक पूवाधार निमार्णका योजनाहरुमा एकिकृत गरि दक्ष तथा अर्धदक्ष ज्यामिको रुपमा काममा लगाइनेछ ।
सुरक्षित आप्रवासन परियोजनालाई थप व्यवस्थित वनाइ लागु गर्न नगरपालिकाको आफ्नो स्रोत समेत परिचालन गरि आवश्यक क्रियाकलापहरु संचालन गरिनेछ ।
गरिवीको अन्त्यका लागी नगरपालिका भित्रका विभिन्न प्रकृतिका सीप सिक्न चाहाने नागरिकहरुलाई खुल्ला आवेदन माग गरि सो को सुचिकृत गरि क्रमश: सीप विकासका कार्यक्रमहरु संचालनमा ल्याइनेछ । यस कार्यका लागि सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
पूर्वाधार विकास
विकासको आधारभूत जग पूर्वाधारसँग सम्बन्धित छ । समाजका आर्थिक र सामाजिक विकास गरि मानिस जीवनस्तर उठाउन पूर्वाधारको विकास पहिलो शर्त हुने गर्दछ । जैमिनी नगरपालिकाको समग्र विकासलाई जोडि सम्वृद्ध जैमिनीको अवधारणा साक्षर बनाउन पूर्वाधारको क्षेत्रमा निम्न नीतिहरु अवलम्वन गरिनेछ ।
सडक तथा मोटरेवल पुलः
जैमिनी नगरपालिका भित्र कायम रहेको करिव ३९० कि.मि. सडक सञ्जाललाई क्रमशः स्तरोन्नती गर्दै दिगो सडक बनाउने पहल गरिनेछ ।
अति आवश्यक वस्ती जोड्नु पर्ने अवस्थामा बाहेक नयाँ ट्रयाक खोल्ने कार्य निरुत्साहित गरिनेछ ।
केन्द्रिय र प्रादेशिक सडकको रेखाङ्कन भित्र पर्ने बाहेकका सवै सडकहरुको सडक अधिकार क्षेत्र(Right of Way)कायम गरि लागु गरिनेछ ।
कुश्मिसेरा बजार क्षेत्रमा कालोपत्रे र ढलान गर्न बाँकी हुने ७०० मिटर सडक आगामी वर्ष पुरा गरिनेछ ।
कालिगण्डकी कोरिडोरबाट नगरकेन्द्र जोड्ने जैमिनीधाम कुस्मीसेरा टिमुरखोला फेदी हुंदै कुशीगाँउ कल्लेरी बानपा जोड्ने सडकलाई संघीय सरकार समपुरक अनुदान, प्रदेश सरकार सशर्त अनुदान र नगरपालिकाको श्रोतबाट शुरु गरिएको सुधार विस्तारको कार्यलाई आगामी आ.व.मा पनि निरन्तरता दिईनेछ ।
कुश्मिसेरा नगर केन्द्रबाट विभिन्न वडाहरु हुँदै जाने प्रमुख सडकको स्तरोन्नती, ग्राभेल तथा कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ । यसको लागि संघ, प्रदेश र अन्य सरोकारवाला दातृ निकायको समेत खोजी गरिनेछ ।
संघीय र प्रदेश सरकारबाट यस नगरपालिका भित्र अनुदान प्राप्त गरि कार्यान्वयन भइरहेका र हुने सडकमा नगरपालिकाको बजेट दोहोरो नपर्ने गरि कार्यान्वयन गरिनेछ ।
जैमिनी नगरपालिकामा विगतका वर्षहरु देखि कार्यान्वयनमा रहेका १३ वटा दिगो सडकहरुलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।
प्रत्येक वडाका लागि ससाना आयोजनाहरुको तत्काल मर्मत सुधार गर्न शुरु गरिएको वडागत मर्मत सँभारकोषलाई निरन्तरता दिइनेछ।
सडक निर्माणबाट हुने सम्भावित क्षतिलाई न्यून गर्न र वातावरणमैत्री हरियाली सडक कायम गर्न सडक आसपासका क्षेत्रमा व्यापक जनसहभागिता समेत परिचालन गरि फलफूल तथा डाँलेघासका विरुवाहरु रोपण गर्न प्रोत्साहित गरिनेछ ।
निर्माण सम्पन्न भइसकेका सडकहरुलाई दिगो बनाई राख्न स्थानीय उपभोक्ता समिति र समुदाय परिचालानबाट सडकको मर्मत सुधार गराउने कार्यमा विशेष ध्यान दिइनेछ ।
दिगो र वातावरणमैत्री सडक निर्माणका लागि सडक निर्माणरसुधारमा खर्च हुने रकम नाली निर्माण, तारजाली संरक्षण, पानी व्यवस्थापन, सोलिङ र घुम्ति सुधार जस्ता संरचनागत कार्यमा प्राथमिकता दिइनेछ ।
नगरपालिका भित्र रहेका सवै सडकहरुको मुख्य सडक, सहायक सडक र टोलस्तरका सडक गरि ३ वर्गमा विभाजन गरिनेछ । ति सडकहरुको अवस्था पहिचान गरि प्राथिमिकताको आधारमा सुधार विस्तार गर्दै लगिनेछ ।
नगरपालिका केन्द्र देखि वडा सम्म र सवै वडाहरुबाट बागलुङ सदरमुकाम चल्ने सवारी साधनको भाडादर समायोजनर रुट सहितको कार्यतालिका निर्माण गरि एकरुपता कायम गर्न पहल गरिनेछ ।
नगरपालिका क्षेत्र भित्र रहेका मुख्य सडकका खोलाहरुमा आवश्यक पर्ने मोटरेवल पुलहरुको पहिचान भै सकेकोछ । जुम्लीखोला, ठेउलेखोला (रुम्टा), फेदीखोला र कालाखोला सम्बन्धित निकायबाट सर्वेक्षण समेत भैसकेको छ । आगामी आवमा यि पूलहरुको निर्माण प्रारम्भ गर्न सम्बन्धित निकायमा पहल गरिनेछ ।
नगरपालिका भित्र जुनसुकै सरकारी वा गैर सरकारी निकायवाट गरे गराइएका विस्तृत परियोजना प्रतिवेदन नगरपालिकामा वुझाउन लगाइनेछ ।
विगत वर्ष देखी नै RCIP वाट निर्माण गरिने गरि DPR गरिएको कुश्मिसेरा सर्कुवा, विनामारे, अर्जेवा जैदी छिस्ती कृषि सडक कार्यान्वयन प्रकृयामा जान नसकेको हुँदा सो सडकका लागि सरकारी तथा नेपाल सरकारसँग साझेदारी गरिहेको परियोजना लागु गराउन आवश्यक पहल गरिनेछ ।
बागलुङ नगरपालिकाको सरङ्गी देखी कुश्मिसेरा जोड्ने ७.२ कि.मी सडकलाई कालोपत्रे गरी व्यवस्थित गराउन वाँकी कार्य आगामी आ.ब मा पुरा गरिने छ । यसको लागी संघीय तथा प्रदेश सरकारका निकायहरुसँग समन्वय र सहकार्य गरिने छ ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट निर्माणाधिन रहेको कुस्मीसेरा बरेड खण्ड सडक स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्यलाई आगामी आ.ब भित्र पुरा गराउन सरोकारवाला निकाय सँग आवश्यक समन्वय गरिने छ ।
झोलुङ्गेपुल
जैमिनी नगरपालिकाबाट गत वर्ष नै निर्माण शुरु गरिएका दुई वटा झोलुङ्गे पुलहरुको निर्माण कार्य यस वर्ष सम्पन्न भइसकेको छ । नगरक्षेत्रका विभिन्न नदी र खोलाहरुमा आवश्यकता महशुस भई माग भएका झोलुङ्गे पुलहरुको सुची नगरपालिकाको वार्षिक पुस्तिकामा लिपीबद्ध गरिएको छ । जस मध्ये छोटोदूरिका ८ वटा झोपुहरुको विस्तृत सर्वे, डिजाईन संम्पन्न भइ सरोकारवाला निकायमा पठाइ सकिएको छ ।यस आ.व.मा सर्भे, डिजाईन गरि सम्भाव्य भई स्वीकृती प्राप्त भएकोले कम्तिमा ५ वटा झोलुङ्गेपुलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।
लामोदूरीका झोलुङ्गेपुलको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको विभागमा सस्पेन्सन बृज डिभिजन तथा अन्य दातृ निकायसंग मागगरिपठाइएकोमा चालु वर्षमा नै २ ओटा झोलुङ्गे पुलको प्रारम्भिक सर्वे डिजाइन सम्पन्न भइ १ वटाको निर्माण कार्य शुरु भएको र वाँकी १ पुलको सर्वे डिजाइन सम्पन्न भइ निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिने छ । यस कार्यका लागिस्थानीय साझेदार गैसस विवाईसि बागलुड, साझेदार संस्था झोलुङ्गेपुल सहयोग ईकाइ गण्डकी प्रदेश, पोखरा र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगतको विभागसंग आवश्यक समन्वय गरिनेछ । झोलुङ्गे पुलहरुको संरक्षण रेखदेख गर्ने कार्य वडास्तरवाट व्यवस्थापन मिलाउने निति लिइन्छ । निर्माण सम्पन्न भै संचालनमा रहेका सवै झोलुङ्गेपुलहरुको नियमित मर्मत संभार वडा मार्फत गर्ने नीति लिइने छ ।
सिचाई
नगरक्षेत्र भित्र रहेका ठुला तथा मझ्यौला प्रकारका सिंचाई आयोजनाहरुलाई सम्भाव्यता अध्ययनको आधारमा नगर र अन्य सरोकारवाला निकायसंग समन्वय गरि कार्यान्वयनको पहल गरिनेछ । निर्माण शुरु भैसकेका संघीय र प्रादेशिक क्षेत्रभित्रका सिंचाई आयोजनाहरुको समयमा नै निर्माण सम्पन्न गर्ने गरि अनुगमन गर्ने व्यवस्था मिलाईनेछ । ससाना प्रकारका सिचाई आयोजनाहरुको हकमा कृषि ज्ञानकेन्द्र बागलुङ र जैमिनी नगरपालिकालाई प्राप्त हुने शर्शत अनुदान तर्फको ब्लक/पकेट कार्यक्रम र निशर्त तर्फको बजेटबाट कार्यान्वयन गर्दै नगर स्तरको आधारभूत सिंचाइको आवश्यकतालाई आगामी वर्ष भित्र पुरा गरिसक्ने गरि कार्यक्रम अगाडि वढाईनेछ । साथै नगरपालिका तर्फको समानिकरण अनुदान र राजश्व वाँडफाँड शिर्षकमा प्राप्त हुने बजेटवाट वडा स्तरका महत्वपुर्ण स साना सिंचाइ आयोजनाहरुको निर्माण सुधार गर्दै जाने नीति लिइने छ ।
भवन तथा शहरी विकास
नेपालको संविधानले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ भन्ने मौलिक हकको व्यवस्था गरेको छ । निजी क्षेत्र समेतको सक्रियतामा सवैका लागि क्षमता अनुसारको सुरक्षित आवासको व्यवस्था गर्न किफायति, वातावरणमैंत्री तथा भुकम्पको जोखिममुक्त सार्वजनिक तथा निजी भवनहरु निर्माण तथा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । स्थानीय निर्माण सामाग्री र प्रविधिको प्रयोग गरि सुरक्षित आवास निर्माण गर्न आवश्यक तालिम र सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछन । नगरक्षेत्र भित्र नयाँ निर्माण हुने भवन तथा घरको निर्माण पूर्व नक्शा पास गर्ने कार्य अनिवार्यरुपमा लागु गरिनेछ । भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७८ लाई लागु गरिनेछ । जैमिनी नगरपालिका अन्तरगत बजार क्षेत्रमा मापदण्ड विपरित बनेका घरटहरा हटाउने नीति लिइनेछ ।नगरक्षेत्र भित्र भुकम्पबाट क्षतिग्रस्त भवनको पुननिर्माण, जनता आवास कार्यक्रम, सुरक्षित नागरिक आवास कार्यक्रमबाट निर्माणाधिन सवै आवासहरुलाई मापदण्ड विपरित नहुने गरि सम्पन्न गराउन प्रभावकारी अनुगमन गरिनेछ।
जैमिनी नगरपालिकाको आफ्नो प्रशासकिय भवन निर्माणको लागि ठेक्का संझौता भइ निर्माण कार्य सुरु भइसकेको छ । नगरपालिकाले उच्च प्राथमिकता दिइ सुरु गरेका सुकुम्बासिहरुलाई घर जग्गा व्यवस्थापन, घर विहिनहरुको घर निर्माण तथा खरका छानालाई टिनको छानावाट घर छाउने कार्यक्रमको हाल सम्म करिव ८५ प्रतिशत प्रगति भइसकेको छ । यो कार्यका लागि जैमिनी नगरपालिकाको आफ्नै स्रोत र सुरक्षीत नागरिक आवास कार्यक्रम समेतको सहयोगमा आगामी वर्ष सम्पन्न गर्ने नीति लिइएको छ ।
नगर क्षेत्रभित्रका वडा कार्यालय भवन, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, सामुदायिक भवनहरु निर्माण गर्न भवन तथा शहरी विकास डिभिजन कार्यालयसँग अनुरोध गरिनेछ । नगरको आफ्नो श्रोतबाट अति आवश्यक पर्ने सामुदायिक भवनहरु निर्माण तथा मर्मत सुधार गर्ने कार्य संघ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा क्रमशः अगाडी वढाईनेछ । जैमिनी नगरपालिकाको एकिकृत नगर विकास गुरु योजना यसै वर्ष तयार भइसकेको छ। जसको आधारमा भौतिक पुर्वाधार विकासका गतिविधिहरु अगाडि वढाउने नीति लिइने छ ।नगर क्षेत्रमा भित्रि रिङरोडको अवधारणाका आधारमा वजार क्षेत्र विस्तार गर्ने नीति अबलम्वन गरिनेछ ।
लघु तथा साना जलविद्युत रवैकल्पिक उर्जा
नेपालको संविधानले जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको वहुउपयोगी विकास गर्ने नीतिगत व्यवस्था गरेको छ । उर्जा तथा जलश्रोत क्षेत्रको दीगो विकास संरक्षण र सम्बर्धन गर्न यस क्षेत्रको कार्यलाई विशिष्टिकृत गरिसमृद्ध जैमिनी,खुसीर आत्मनिर्भर जैमिनीबासी भन्ने लक्ष्य हासिल गर्न जैमिनी नगरपालिकाबाट यस क्षेत्रको विकासको लागि आगामी आ.व.मा निम्नानुसारका नीति अवलम्बन गरिनेछ ।
आगामी आ.व.मा पनि नगरका मुख्य मुख्य बजार क्षेत्र रसार्वजनिक भवन लगायतका मुख्यस्थानहरुमा सौर्य वत्ति/स्मार्ट लाइट जडानको कार्यलाई निरन्तरता दिईनेछ ।
संघीय सरकार र प्रदेश सरकारको समन्वयमा नगरपालिका क्षेत्र भित्र सरकारी तथा सामुदायिक विद्युतिकरण भैसकेका सवै वडाहरुमा काठेपोल विस्थापन गरि फलामे पोल राख्ने कार्य सम्पन्न गरिनेछ ।
जैमिनी नगरपालिका भित्र रहेका १० वटा विभिन्न लघु जलविद्युत आयोजनालाई प्रचलित ऐन,नियमको विपरित नहुने गरि व्यवस्थित ढंगबाट संचालन गर्ने गरि नियमन गरिनेछ ।
नगर क्षेत्र भित्र पहुंच नपुगेका क्षेत्र, वर्ग र समूहसम्म नविकरणीय उर्जा र यसको प्रविधिको पहुंच वढाई जीवनस्तरमा सुधार र रोजगारीमा बृद्धि गर्ने नीति अवलम्बन गरिनेछ ।
निजी क्षेत्रबाट उत्पादित विद्युतको रोयल्टी यस नगरपालिकाले समेत पाउने गरि सरोकारवालानिकायसँग समन्वय गरिनेछ ।
वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र यससंग कार्य गर्ने गैरसरकारी निकायको समन्वयमा जैमिनीनगरक्षेत्र भित्र मागको आधारमा सुधारिएको चुलो प्रवर्धन गर्ने कार्य अगाडी वढाईनेछ ।
सूचना तथा संचार
जैमिनी नगरपालिकाका सवै वडाका वस्ती, टोल र संस्थाहरुमा सरल र सस्तो रुपमा सहज पहुंच भएको संचार सेवा पुर्याउन सरकारी तथा निजी क्षेत्रका सवै सेवा प्रदायक संस्थासँग समन्वय र सहकार्य गर्दै सूचना प्रविधि तथा संचारको क्षेत्रलाइ व्यबस्थित गर्न निम्नानुसारको नीति अबलम्बन गरिनेछ ।
सूचना प्रविधिको प्रयोगमा वृद्धि गर्दै फाईलहरुलाई लामो समयसम्म सुरक्षित राख्ने डिजिल माध्यमको प्रयोग गरिनेछ ।
नगरपालिकाका हरेक सूचना समाचार, कार्यक्रमहरुवेव साइट, मोवाइल एप्स, डिजिटल नोटिश बोर्ड, अडियो नोटिस बोर्ड, फेसवुक आदि मार्फत नियमित अध्यावधिक गरि सूचना सम्प्रेशणमा सुदृढिकरण गर्दै पारदर्शिता कायम गरिनेछ ।
सेवाप्रवाहमा सूचना प्रविधिको प्रयोगबाट सुदृढिकरण गरि छिटो छरितो तथा विश्वसनियता कायम गरिनेछ ।
सबै कर्मचारीहरुलाई क्षमता अभिबृद्धी गर्न कम्युटर तथा सूचना प्रबिधि सम्बन्धी तालिम दिने व्यवस्था गरिनेछ ।
सूचना प्रविधिको उच्च प्रयोग गदै सेवा प्रवाहलाई छिटो छरितो, पारदर्शि र प्रभावकारी तथा प्रविधिमैत्रि बनाउन संचालनमा रहेका राजस्व शाखा, योजना, जिन्सी, दर्ता चलानी शाखा व्यवस्थापनमा सफ्टवेर प्रणालीहरुलाइ सुदृढिकरण गरिनेछ ।
गुनासो तथा उजुरी व्यवस्थापन गर्न मोवाइल एप्लिकेशन तथा वेवसाइट सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीहरुलाइ अझ शसक्त बनाइ गुनासो व्यवस्थापनलाइ सहज बनाइने छ । कल सेन्टर प्रयोगमा ल्याइनेछ ।
नगर भित्रका संचार माध्यमहरुको संस्थागत क्षमता अभिबृद्धिमा सहयोग पुर्याइनेछ ।राष्ट्रिय तथा जिल्ला स्थित संचार माध्यमहरुसँग सहकार्य गरिनेछ ।
नगरपालिकामा सहज रुपमा सेवा प्रवाह गर्नका साथै सेवाको प्रक्रिया सम्बन्धी सम्पुर्ण जानकारी डिजिटल रुपमा प्रस्तुत गर्नको लागिडिजिटल नागरिक वडापत्र (Digital Citizen Charter) को प्रयोग गरिनेछ ।
नगरपालिका क्षेत्रमा इन्टरनेटको पहुँचलाई सर्वसुलभ बनाउनको लागि नगरपालिकाको केन्द्रमा Free Wifiको व्यवस्था गरिनेछ।
नगरपालिका परिसरमा हुनसक्ने आपराधिक क्रियाकलापहरुको निगरानी गर्नको लागि नगरपालिका केन्द्रको मुख्य मुख्य क्षेत्रमा CCTV जडान गरिनेछ
वातावरण तथा विपद व्यवस्थापन
वन वातावरण र भूसंरक्षण तथा विपद व्यवस्थापन
जलवायु परिवर्तले वन तथा वातावरणलाई दिनानुदिन असर परिरेहेको छ । वन तथा वातावरणलाई संरक्षण गर्न नगरक्षेत्र भित्र रहेका सवै सरकारी, निजी रसामुदायिक वनहरुमा वृक्षारोपण गर्ने, वनलाई व्यक्ति तथा समूहको आय आर्जनसंग आवद्ध गरि हावापानी र माटो सुहाउदो खेती गर्न प्रोत्साहित गरिनेछ । पाखोवारी, नाङ्गो र खाली जग्गाहरुमा नगदेवालीको रुपमा रहेका फलफूल तथा जडीवुटी खेती गर्न कृषकलाई आर्कषित गरिनेछ । वनक्षेत्रबाट हुने अवैध चोरी निकासीलाई निरुत्साहित गरिनेछ । वनक्षेत्रलाई उद्योगसँग आवद्ध गरि घरेलु तथा साना उद्योग संचालनमा जोड दिईनेछ । घना वनजंगल क्षेत्र भएका पुराना गाउँ लगायतका अन्य स्थानमा पशुपंक्षि संरक्षण क्षेत्रको रुपमा विकास गर्नका लागि आवश्यक पहल गरिनेछ । ठेउलेखोला, टिमुरेखोला, चौरीखोला, लौवाखोला,कालुङखोला, काभ्रे खोलातथा कालिगण्डकी जलाधार क्षेत्रको जैविक विविधताको संरक्षण गर्न सरोकारवाला निकायसँगको सहकार्यमा संरक्षणका कार्यहरु गरिनेछ । जलवायु परिवर्तनले पारेका असर र प्रभावबारे जनचेतनामुलक कार्यक्रम र जलवायु अनुकुलनका क्रियाकलापहरु संचालन गरिनेछ ।
वातावरण संरक्षण र कृषिलाई प्रवर्धन गर्न डालेघाँस नर्सरी स्थापना गर्दै लगिनेछ । जल उत्पन्नप्रकोप नियन्त्रण र विपदको व्यवस्थापन गर्न नगरपालिकास्तरमा रहेको विपद व्यवस्थापन कोषलाई निरन्तरता दिइनेछ। विपदजोखिम न्यूनिकरणमा सहयोग पुर्याउन आवश्यक तालिम, सेमिनार रगोष्ठी संचालन गरिनेछ । विभिन्न संचार माध्यमबाट सन्देशमुलक सूचनाहरु प्रवाह गरिनेछ । जैमिनी नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वरपिपल चौतारी संरक्षण, वरपिपल रोप्ने कार्यलाई प्रश्रय दिने रविश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिनेछ । सवै वडा, टोल, वस्तिहरु सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीहरुलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिष्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ । यसका अतिरिक्त निम्न क्षेत्रमा प्राथमिकता दिने नीति लिइनेछ ।
आपतकालको लागि विपद व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
गर्मी एवं वर्षा मौषममा आउन सक्ने विपदहरु आगलागि, बाढी पहिरो, चट्याङ रमहामारी आदिको न्यूनिकरणको लागि जनचेतना अभिबृद्धि गर्ने र यस्ता प्राकृतिक प्रकोपबाट वच्नको लागि स्थानीय जनताहरुको संलग्नतामा विभिन्न प्राकृतिक प्रकोप न्यूनिकरण जस्ता कार्यक्रमहरु संचालन गरिनेछ ।
विपद व्यवस्थापन अन्तरगत आपतकालिन सेवा दिनको लागि एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गरिनेछ ।
जलवायु परिवर्तनको असर सम्बन्धमा चेतनामुलक कार्यक्रम र जलवायु अनुकुलनका क्रियाकलापहरु संचालन गरिनेछ ।
मनसुनजन्य विपद २०७७ बाट पहिरोले नष्ट भएका निजि आवासहरुको पुनर्निर्माण कार्य गरिने छ । साथै विपतवाट क्षती भएका ६० घर परिवारलाई संघीय सरकार विपत व्यवस्थापन कोष र जैमिनी नगरपालिकाको साझेदारीमा पुन निर्माण गर्ने कार्य सम्पन्न गर्न पहल गरिनेछ ।
विपद जोखिम क्षेत्रको पहिचान गरि प्रभावमा आधारित मौसम पुर्वानुमानको जानकारी गराइने परियोजनको लागि कल सेन्टरको समेत प्रयोग गरिनेछ ।
विपदले निम्त्याउन सक्ने सम्भावित जोखिमको पहिचान गरि उत्थानसिल विकासका योजनाहरु संचालनमा जोड दिइनेछ ।
भु गर्भ विदहरुको अध्ययन र विश्लेषणका आधारमा विपदको कारणले जोखिममा परेका वस्तिहरुको पुर्नस्थापना, स्थानान्तरण र संरक्षण गर्ने कार्यको थालनी गरिनेछ ।
विपद नियन्त्रणका लागि साझेदारी अभियान संचालन गरिनेछ ।
फोहोरमैला व्यवस्थापन
“जैमिनी नगरपालिका हरियाली नगरपालिका” को नारा लाई सार्थक तुल्याउन वातावरणमैंत्री स्थानीय शासनलाई अगाडि वढाउदै सुन्दर नगरको पहिचानकालागि फोहोरमैलाको उचित व्यवस्थापन हुन आवश्यक छ । स्वच्छ, सफा र हरियाली जैमिनीको बिकास नै जैमिनीबासीको पहिचानको आधार बन्नेछ, त्यसैले फोहोरमैला व्यबस्थापनका लागि निम्न नीति अबलम्बन गरिनेछ ।
वातावरणमैंत्री स्थानीय शासनलाई अवलम्बन गर्न १० वटै वडामा हरियाली प्रवर्धनका कार्यक्रम संचालन गरिनेछ।
नगरको सरसफाईको कार्य सार्वजनिक निजी साझेदारीमा गर्ने नीति अवलम्बन गरिनेछ ।
फोहोरमैला व्यवस्थापन अन्तरगत कुहिने र नकुहिने फोहोर छुट्टिने गरिफोहोर संकलन विन राखिनेछ।
फोहोरमैला संकलनको लागि बजार क्षेत्रमा मात्र केन्द्रीत नभई ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गर्दै लैजाने नीति अवलम्बन गरिनेछ।
फोहोर विशर्जन स्थानहरुको पहिचान गरि गुरुयोजना तयार गरि कार्यान्वयन गरिनेछ ।
सरसफाईको अनुगमन तथा मुल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने साथै अनुगमन गर्दा निश्चित स्थान भन्दा वाहिर फोहोर फाल्नेलाई जरिवाना तथा सजाय गर्ने नीति अवलम्बन गरिनेछ ।
आवश्यकताको आधारमा फोहोरमैला व्यवस्थापनमा उत्कृष्ठ स्थानको भ्रमण समेत गरिनेछ ।
फोहोरलाई मोहरमा रुपान्तरण गर्न कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने तथा वैकल्पिक उर्जा समेत उत्पादन गर्न वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँग सहकार्य गरिनेछ ।
प्लाष्टिकजन्य वस्तु तथा पदार्थको नियन्त्रण र प्रयोगमा न्यूनिकरण गर्दै लैजाने नीति अवलम्बन गरिनेछ ।
सुशासन तथा संस्थागत विकास
“निर्णयमा सहभागिता सेवा प्रबाहमा सरलता” भन्ने आदर्श बाक्यलाइ व्यबहारमा उतार्न हामी सवै जनप्रतिनिधिहरुको ध्यान जैमिनी नगरको निर्माणमा केन्द्रीत छ । अल्पकालिन र दीर्घकालिन योजनाको निर्माण तथा आवश्यक ऐन, नियम, कार्यविधि र निर्देशिकाहरु तर्जुमा गरि नगरपालिकाको कार्यलाई व्यवस्थित बनाईनेछ ।एकल तथा साझा अधिकारको सूचिमा रहेका नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कर तथा राजस्वका क्षेत्रहरुलाई व्यवस्थित र वैज्ञानिक ढंगले करको दायरामा आवद्ध गर्दै लगिनेछ । सम्पत्ति करलाई २०७९।०८० देखि अनिवार्य कार्यान्वयनमा ल्याईनेछ । सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउन सेवाग्राहीको पहुंचलाई सरल र सहज बनाउन, सूचना प्रवाह, सूचना प्रविधिको प्रयोग, सेवाग्राही मैंत्री संरचना, गुनासो व्यवस्थापन, नागरिक वडापत्र, काम कर्तव्य प्रति जनउत्तरदायी जनप्रतिनिधि र कर्मचारीतन्त्रको विकास गर्दै सुशासन प्रत्याभूति दिन निम्नानुसार नीति अबलम्बन गरिनेछ ।
नगरपालिकामा संचालित नागरिक सहायता कक्षलाई थप व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
जैमिनी नगरपालिका परिसर भित्र नक्सांकन सहितको सुचनापाटी राख्ने व्यवस्था मिलाइने छ ।
कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिबृद्धि गर्न तालिम तथा अध्ययन भ्रमणका कार्यक्रमहरु संचालन गरिनेछन् । नागरिकहरुलाई सहज र सरलरुपमा न्याय प्रदान गर्न गठित न्यायिक समितिलाई साधन, स्रोत सहित आवश्यक तालिमको व्यवस्था मिलाईनेछ । न्याय सम्पादन प्रकृयालाई सरलीकृत गरिनेछ ।
प्रत्येक वडा कार्यालयलाई पूर्वाधार सम्पन्न बनाई सेवाप्रवाहलाई व्यवस्थित बनाईनेछ । वडास्तरसम्म ईमेल, इन्टरनेटको सुविधा सहज बनाईनेछ । सामाजिक न्याय, समानता, उपलब्ध स्रोतसाधनको प्रभावकारी वितरण, विकासको न्यायोचित वितरण, सामाजिक सुरक्षा जस्ता विषयमा विशेष ध्यान दिई कार्यक्रमहरु निर्धारण र सन्चालन गरिनेछ ।
योजना बन्ने तर समयमै अन्त्य नहुने प्रवृति निरुत्साहित गरिनेछ । योजना कार्यान्वयनका लागि बार्षिक कार्ययोजना बनाई नतिजा प्राप्तिलाई सुनिश्चित गरिनेछ । स्वीकृत योजना तथा कार्यक्रमहरु आर्थिक वर्षको जेष्ठ मसान्त भित्रै सम्पन्न गरिसक्ने नीतिलाई अझै प्रभावकारी वनाईनेछ । साथै आवधिक योजना र मध्यमकालिन खर्च संरचना तयार गरि कार्यान्वयनमा ल्याइनेछ ।
नीति तर्जुमादेखि कार्यान्वयन सम्मका सवै चरणलाई पारदर्शी, जवाफदेही र पुर्वानुमान योग्य बनाईनेछ । अनुगमन र मुल्याङ्कनलाई थप प्रभावकारी बनाईनेछ । नगर तथा वडास्तरीय अनुगमन समिति र विषयगत समितिहरुको भूमिकालाई अझै क्रियाशिल बनाईनेछ ।
सुचना प्रविधिको अधिकतम प्रयोग गरि सेवा प्रवाह लाई छिटो छरितो, चुस्त ,दुरुस्त र जनउत्तरदायी बनाइनेछ ।
जैमिनी नगरपालिकाको काम कारवाहीलाई खुल्ला, पारदर्शी र जवाफदेही बनाउन पहरेदारी, खवरदारी र साझेदारीको नीति अवलम्बन गरिनेछ ।
कर्मचारी तथा जनप्रतिनिधिहरुको आचार संहिता बनाई कार्यान्वयनमा ल्याईनेछ । भ्रष्ट्रचारका विरुद्ध शून्य सहशीलताको नीति अबलम्बन गरिनेछ ।गलत कार्य रोक्न सूचना दिनेलाई साक्षी संरक्षणको नीति अवलम्बन गरिनेछ ।
नागरिक र सेवाग्राही विचमा सेवा प्रवाह स्रोत र साधनविच सामन्जस्यता कायम गर्न र नगरपालिकाले गरेका कामको जानकारी तथा सुझाव संकलन गर्नको लागि संवाद छलफल र सुनुवाइका विधिहरु अवलम्बन गरिनेछ ।
यस नगरपालिकाले पारदर्शिता, सदाचार र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई सामाजिक परिक्षण, सार्वजनिक परिक्षण लगायतका जवाफदेहिताका औजारलाई कार्यान्वयनमा ल्याइनेछ ।
नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरि कर्मचारीहरुको उपयुक्त संख्या र जिम्मेवारी प्रदान गरिनेछ । नगरपालिको क्षमता विकास योजना वनाई लागु गरिनेछ ।
सेवाग्राहीको पृष्ठपोषण लिने पद्दतिलाइ संस्थागत गर्दै नागरिक समाज र सरोकारवालाहरुबाट प्राप्त गुनासोको तत्काल समधान गर्ने व्यबस्था मिलाइनेछ ।
सवै योजना तथा कार्यक्रमलाइ व्यवस्थित र पारदर्शी ढंगबाट दीगोरुपमा सन्चालन गर्न उपभोक्ता समितिको क्षमता अभिबृद्धि गर्दै लगिनेछ ।
चालु खर्चको न्यूनीकरण गर्दै पुजिगत खर्चको बढोत्तरी गर्ने, खर्चको प्रभावकारीता र प्रतिफल बढाउने, राजस्वका स्रोतहरु बढाउने, राजस्वको प्रभावकारी परिचालन गर्ने दिशामा अघि वढिनेछ । “समृद्ध जैमिनी खुसी र आत्मनिर्भर जैमिनी नगरवासीको” दीर्घकालिन उद्देश्य प्राप्त गर्ने अठोटलाई आत्मसाथ गर्दै अगाडि बढने नीति लिइनेछ ।
६.अन्तर सम्बन्धित क्षेत्र
आगामी आव को वार्षिक योजना तर्जुमा गर्दा सन २०३०सम्म पुरा गर्ने गरि तोकिएका दिगो विकासका लक्ष्यहरुलाई विषयगत क्षेत्र अनुसार स्थानियकरण गरि योजना तथा कार्यक्रम तर्जुमाका सन्धर्भमा उपयुक्त रणनीति तयार गरि लागु गरिने छ ।
नगरपालिकाको श्रोत साधनलाई मध्यनजर गरि आवश्यकता अनुसार संघीय सरकार, प्रदेश सरकार रस्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा सहकार्य गर्दै अगाडि वढ्ने नीतिलाई निरन्तरता दिइनेछ ।
टोल प्रवर्धन समितिहरु गठन नभएका स्थानहरुमा टोल प्रवर्धन समिति गठन गरि उद्देश्यको वारेमा बोध गराइ प्रभावकारी कार्यान्वयन गरिनेछ ।
बसाई सराई र आप्रवासन जैमिनी नगरपालिकाको लागि चुनौतिको विषय बनेको छ । नगरबासीलाई आफ्नो थाकथलोमा बसाई राख्न आवश्यक पर्ने भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य रसुरक्षाको प्रत्याभूति गर्न सरोकारवाला निकायहरुको पहलमा आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ।
“हाम्रो गाउँ, हाम्रो नगर” भन्ने वाक्यांशलाई अनुभूत हुने गरि विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिनेछ । नगरक्षेत्रबाट देश भित्र र वाहिर रहनु भएका सवै नागरिकहरुलाई यस क्षेत्रको विकासमा लगानी गर्ने र रमाउने वातावरण सृजना गर्न पहल गरिनेछ ।
नगर क्षेत्रमा देखिएका संभावित क्षेत्रको पहिचान गरि उत्पादनमा जोड दिन सरोकारवाला विशेषज्ञहरुको राय सुझाव सल्लाह र प्रतिवेदन का लागि विज्ञहरुको भेला आयोजना गरिने छ । जसवाट नगरको वास्तविकता पहिचान भइ लगानीको आधार तय गर्न सहज हुनेछ ।
जैमिनी नगरभित्र र वाहिर रहेका जैमिनी नगर सँग सम्बन्धित व्यवसायीहरु, शैक्षिक तथा राजनीतिक व्यक्तित्वहरु र समाजसेवी लगायतका व्यक्तिहरुलाई आमन्त्रण गरि जैमिनी नगरको विकासको लागि लगानी सम्मेलनको आयोजना गर्ने नीति लिइएको छ । जसवाट नगरको विकासको लागि श्रोत र साधनको व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
“भनिन्छ ढिलो न्याय दिनु भनेको न्याय नपाउनु हो” त्यसैले स्थानीय स्तरमा स्थानीयतहको क्षेत्र अधिकार भित्र पर्ने उजुरीहरु लाई स्थानीय स्तरमा रहेका मेलमिलापकर्ता र न्यायिक समितिको माध्यमवाट समयमै निरुपण गरि सरोकारवाला पक्षको समय र आर्थिक मितव्ययीता कायम गरिनेछ । जसवाट समाजमा शान्ति सुरक्षा अमनचयन कायम भै सम्य र शु-संस्कृत समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
“कर तिर्नु मेरो विकासका लागि” भन्ने अवधारणालाई विकसित गर्दै करका दायरालाई फराकिलो बनाइदै आन्तरिक आयलाई अभिवृद्धि गरिनेछ ।
“कर तिरौ जिम्वेवार नागरिक बनौ” भन्ने अभियानलाई सार्थक बनाउन करदाता शिक्षा संचालन गर्दै असल कर दाता सम्मान गर्ने नीति लिइनेछ ।
नर बहादुर पुन
नगर प्रमुख
जैमिनी नगरपालिका, बागलुङ
अन्तमा जैमिनी नगरपालिकालाई विकास र समृद्धिको यात्रातर्फ अग्रसर गराउन योगदान पुर्याउनु हुने बिषय बिज्ञ‚राजनैतिक दल, स्थानिय बुद्दिजिबी, नागरिक समाजका व्यक्तित्व र सबै नागरिकहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । जैमिनीको समग्र विकासमा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निजी तथा सहकारी क्षेत्र, नागरिक समाज, आम सञ्चार जगत तथा सम्पूर्ण जैमिनीवासीलाई आभार व्यक्त गर्दै जैमिनीको विकास प्रयासमा सहयोग पुर्याउने राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्था तथा जैमिनी विकासका साझेदारहरुलाई धन्यवाद दिन चाहन्छु ।
बागलुङ, - गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्राय...
बागलुङ- बागलुङ नगरपालिकाले नगरलाई बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको अभियानको थालनी गरेको छ । आगामी पौष मसान्त भित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य...