चिल्ड्रेन लाईफ २३ वर्षमा, आइएसओ प्राप्त गर्ने पहिलो विद्यालय

  • फाल्गुण १३, २०७९

बागलुङ-  बागलुङ सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ ईङ्लिस बोर्डिङ स्कुलले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको। वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङलाई शैक्षिक हवकाे रुपमा विकास गर्नुपर्ने बताए । उनले स मयको गति र विश्वमा आएको परिवर्तन अनुसार शिक्षामा सुधार गर्नुपर्ने बताए । श्रेष्ठले अब अंग्रेजी र नेपाली मात्र हैन बहुउपयोगी हुने भाषाका कक्षाहरु पनि सँगै जोडेर लैजानुपर्ने बताए ।  आत्मनिर्भर शिक्षाका लागि विद्यालयहरुले पहल गर्नुपर्ने सुझाव दिँदै श्रेष्ठले पछिल्लो समय जागिर खानका लागि मात्रै विदेश जाने पद्दतीभन्दा उत्पादनको क्षेत्रमा लाग्ने जनशक्ति चाहिएको धारणा व्यक्त गरे । 

No description available.

कार्यक्रममा कुँडुले वेद विद्याश्रमका संयोजक ऋषि प्रपन्नाचार्य  शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्याय बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल समाजसेवी केवी राना मगर विद्यालयका पुर्व अध्यक्ष नवराज पौडेल प्याब्सन बागलुङका अध्यक्षा दलबहादुर थापा नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जगन्नाथ आर्चाय अभिभावक हेमराज पौडेल   शिक्षक दिपेन्द्र न्यौपाने, विद्यार्थीहरु प्रमिस केसी, आस्था पौडेल, लगायतले बोलेका थिए । 

कार्यक्रममा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।विद्यालयका बाल विकासदेखि कक्षा १२ सम्मका उत्कुष्ठ विद्यार्थीहरु र शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

बोडिङ स्कुलले यसै वर्ष आइएसओ चिन्ह ९००१ : २०१५ प्राप्त गरेको छ । बागलुङ नगरपालिका भित्र आईएसओ चिन्ह प्राप्त गर्ने यो पहिलो विद्यालय हो ।  विभिन्न ५ संस्थागत रुपमा भएको अनुगमन र मूल्यांकनपछि गुणस्तर व्यवस्थापन प्रमाणिकरण गर्ने बेलायतको संस्थाले विद्यालयलाई आइएसओ प्रमाण चिन्ह प्रदान गरेको प्रिन्सीपल श्रेष्ठले बताए । आईएसओ प्राप्त गर्ने बागलुङमै पहिलो विद्यालय हो । आइएसओ चिन्ह पाएको विद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीहरुले अन्तराष्ट्रिय श्रम बजारमा रोजगारी पाउन सहज हुने विद्यालयका प्रधानाध्यापक नवराज श्रेष्ठले बताए । 

No description available.

No description available.

आइएसओ प्रमाण चिन्ह पाएपछि विद्यालयको उत्साह र मनोबल बढेको छ तर नियमित गरिने अनुगमनका सूचकहरु अद्यावधिक गर्ने परीक्षणहरुमा विद्यालय सधै सजक हुनु पर्ने भएकोले चुनौति पनि साथै रहेको श्रेष्ठले बताए । 

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलमा विद्यार्थी र अभिभावकको बदलिदो चाहना र भावना अनुसार मनोवैज्ञानिक ढंगले अध्यापन हुने गरेको छ । विद्यार्थीको सिकाई उपलब्धी हासिल गर्न सृजनशिल तरीकाले विद्यार्थीलाई व्यवहार गरीने र श्रमलाई सम्मान गर्ने सुसंस्कृति नागरिक निर्माण गर्न विद्यालयले कठोर मेहनत गरेकोले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ । 

विद्यालयमा हाल १ हजार ५ सय २ जना विद्यार्थि अध्यनरत रहेका छन .। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र शिक्षक नारायण पौडेल, सुरेश सुनार र एलिना वलीलेको संचालनमा सम्पन्न भएको थियो ।  वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीले विभिन्न नाटक नृत्य तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । 

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया