पोखरा- म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरूवालले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशन विपरीत मतदान गरेकी छन् ।
बुधबार पोखरा स्थित मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् । उनले मतदान गर्दै आफूलाई पार्टीको निर्देशनबारे आधिकारिक जानकारी नभएको बताइन् । मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको थियो ।
उनी बुधबार मतदान समयको अन्तिम तिर मतदान गर्न आइपुगेकी थिइन् । त्यस्तै लो(घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का अनुपस्थित रहे । विष्ट अमेरिका छन् भने खड्का मतदान गर्न नआएका हुन् । अनलाईन खबरबाट साभार