काठमाडौं,- राजनीतिक दलहरुले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिनिधि सभा तथा प्रदेश सभालागि धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट नेपाली कांग्रेसका युवा नेता दक्ष पौडेल सहित ७ जना सिफारिसमा परेका छन् । युवा नेता तथा सहकारी अभियान्ता पौडेल राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सहअध्यक्ष हुन् । क्षेत्रीय समितिको बैठकले पौडेलसहित विनोद पन्त, रामशरण थपलिया, प्रमोदहरि गुरागाइँ, सरोज थापा, प्रमिला सिंह डंगोल र नीलकाजी शाक्यको नाम सिफारिस भएको हो । क्षेत्रीय समितिले गरेको सिफारिसलाई नेपाली कांग्रेसको जिल्ला समिति हुँदै केन्द्रीय समितिमा सिफारिस गर्ने व्यवस्था छ ।