☰

नेपाली काँग्रेस बागलुङ १ मा कुन- कुन पदमा को को के भए ? 

  • असोज १६, २०८३

बागलुङ - नेपाली काँग्रेस १५ औं महाधिवेशन अन्तरगत बागलुङ क्षेत्र नं. १ को प्रतिनिधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रका विभिन्न पदका लागि  अधिकाशं पदहरुमा निर्विरोध भएता पनि केही निर्वाचन भएको छ । 
प्रतिनिधि सभा क्षेत्र नं. १ को क्षेत्रीय सभापती पति सहित सम्पुर्ण कार्यसमिति निविरोध भएको थियो । क्षेत्रीय सभापतीमा खडक बहादुर थापा र नारायण प्रसाद श्रेष्ठको उम्मेदवारी परेको थियो । श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै थापा सभापतीमा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता शालिग्राम भट्टराईले जानकारी दिए । 
क्षेत्रीय कार्यसमितिको सचिवमा तेजप्रसाद शर्मा, सहसचिव महिलामा पूर्णमाया सुनार र सहसचिव खुल्लामा  दुर्गा बहादुर बोहोरा निर्विरोध निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा इन्द्रबहादु। पुन, बुद्धिबहादुर काकी, अनिता शर्मा, दयाराम रिजाल बाबुराम शर्मा, शान्ति शर्मा रिजाल, सुदिप घर्ति, सम्झना थापा, रुद्रहरी शर्मा, निलप्रसाद शर्मा, यज्ञनाथ शर्मा, नरजंग राना कटक, नविना बुढा थापा, विष्णुमाया पन्त, कालिदाश पौडेल दिलबहादुर केसी र तिलबहादुर नेपाली निर्विरोध निर्वाचित भएका थिए । 
यस क्षेत्रबाट केन्द्रीय महाधिवेशन तर्फ भने महिला खुल्ला तर्फका ४ पदका लागि ३५ वर्ष मुनि युवा खुल्ला तर्फका २ पद र दलित समानुपातिकमा १ पदका लागि निर्वाचित भएको थियो । त्यससबाहेक अन्य पदमा निविरोध भएको थियो । केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ काँग्रेसका केन्द्रीय सदस्य, जगदिशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, हरिहर शर्मा, उमाकान्त पौडेल, चिरञ्जीवी गौतम, नारायण शर्मा पौडेल, प्रमानन्द कंडेल, प्रताप पौडेल, विष्णु पौडेल दारी र हरि आचार्य निर्विरोध निर्वाचित भएका छन । त्यस्तै  श्रमिक तर्फ नरेन्द्र कंडेल, पेशागत विज्ञतर्फ इन्द्रराज पौडेल, युवा महिला तर्फ सृष्टी आचार्य, अपांगता तर्फ ओमकार पौेडेल, अल्पसंख्यक तर्फ गोमा छन्त्याल, दलित तर्फ सिताराम रसाइली, प्रजातन्त सेनानी तर्फ तुलसीराम पौडेल, दुर्गादेवी विश्वकर्मा, आदिवासी जनजाती तर्फ नरमाया थापा, भिम बहादुर श्रीस, राजु थापा, खसआर्य महिला तर्फ कमला पराजुली, भगवती सापकोटा, र खसआर्य खुल्ला तर्फ उमाकान्त शर्मा बाबु, राजु थापा क्षेत्री र शिव प्रसाद कंडेल निर्वारोध निर्वाचित भएका थिए । 
निर्वाचन भएको खुल्ला महिला तर्फ केन्द्रीय सदस्य चम्पादेवी खड्का, शकुन्तला शर्मा, कल्पना पाठक हमाल, र उषा सापकोटा   निर्वाचित भएका छन । त्यसैगरी युवा खुल्ला तर्फ सुजन सापकोटा र पवन आचार्य निर्वाचित भएका छन भने दलित समानुपातिक तर्फ  सागर परियार निर्वाचित भएका हुन । 
क्षेत्र नं. १ प्रदेश सभा (ख)का सभापती पदका लागि निर्वाचन भएको थियो प्रदेश अधिवेशन प्रतिनिधि खुल्ला र खस आर्यमा निर्वाचन भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । 
प्रदेश सभा सभापतीका लागि दलबहादुर श्रीस राना र विष्णु आचार्य विच प्रतिस्पर्धा भएको थियो । श्रीसले २२५ मत प्राप्त गर्दा आचार्यले १९४ मत प्राप्त गरेका थिए । त्यसैगरी प्रदेश कार्यसमितिको उपसभापतीमा महानन्द शर्मा, सचिवमा नारायण अधिकारी, सहसचिव खुल्लामा बलराम रिजाल, सहसचिव महिलामा खगिसरा शर्मा आचार्य निर्विरोध निर्वाचित भएका छन । 
समितिको सदस्यहरुमा तिलादेवी शर्मा, पूर्णकली सापकोटा, लिलादेवी हरिजन, याम बहादुर क्षेत्री, रेशम शर्मा, राजन, सुरेश खत्री, दलबहादुर थापा, नारायण प्रसाद शर्मा, सन्दिप हरिजन चयन भएका छन ।  प्रदेश सभा क बाट प्रदेश अधिवेशन प्रतिनिधिमा कमला देवी शर्मा, राधा देवी शर्मा पौडेल, कृण्ण प्रसाद शर्मा, नरबहादुर थापा, नारायण आचार्य, पदम पुन, भवानी प्रसाद रिजाल, हरि पौडेल कालुंगा, लक्ष्मी सुवेदी र सचिन हरिजन निर्वाचित भएका छन । त्यसैगरी विष्णु सापकोटा, सुशिला देवी शर्मा, प्रविन क्षेत्री, सन्तोष कुँवर विजेन्द्र, नन्दलाल सापकोटा, डा. रामबहादुर केसी, केन्द्रबहादुर सुनार, भक्ता बहादुर बहिक, कुमारी थापा, विमल श्रीस, यमना देवी शर्मा ढकाल, पूर्व बहादुर पौडेल, कौशिला देवी विक र सागर नेपाली निर्वाचित भएको निर्वाचन अधिकृतले जानकारी दिए । 

प्रदेश सभा (क) के क्षेत्रीय कार्यसमिति पनि लिलाधर कंडेलको नेतृत्वमा निर्विरोध भएको हो ।  समितिको उपसभापतीमा धुव्र खड्का, सचिवमा दिनेश पन्त, सहसचिवमा अनिश घर्ति, सदस्यहरुमा विष्णु परियार, दिलबहादुर काउचा, मदन कुमार श्रीस, छविलाल पुन, भुमादेवी निउरे निर्विरोध निर्वाचित भएका हुन । 
यस क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिमा दिपा सापकोटा, निर्मला जिसी पन्त, गणेशराज लम्साल, चन्द्रबहादुर आले विष्णु, निलेश राजभण्डारी रघुपती शर्मा, रामप्रसाद शर्मा, सनी केसी लक्ष्मण, सुर्यप्रसाद कंडेल, क्षेत्रबहादुर काकी, संजिता सापकोटा, विशाल थापा, यमदत्त कंडेल, विमलेश आचार्य, वेद बहादुर क्षेत्री, भोलानाथ आचार्य, बलबहादुर छन्त्याल, होम ब विश्वकर्म रिता नेपाली, विष्णु थापा, पहलमान थापा प्रतिमान अमृता थापा क्षेत्री, अर्जुन खड्का र इन्द्रलाल सुवेदी चयन भएका छन । यस क्षेत्रमा सवै पदमा निर्विरोध भएको हो । 
प्रतिनिधि सभा क्षेत्रीय सभापतीका लागि नारायण प्रसाद श्रेष्ठ, क्षेत्रीय सचिवमा गणेश नेपाली लगायत अन्य पदमा पनि उम्मेदवारी दर्ता गराएपनि उनिहरुले पछि उम्मेदवारी फिर्ता लिएपश्चात निर्विरोध भएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । यता नारायण प्रसाद श्रेष्ठले भने विज्ञप्ती नै सार्वजनिक गरेर एकलौटी रुपमा गर्न गर्न खोजिएको र आफुहरुको टिमको सम्मानजन उपस्थित हुन नसकेपछि उम्मेदवारी फिर्ता लिएको बताएका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय