बागलुङ- गलकोट नगरपालिकाले आगामी वर्षको निति तथा कार्यक्रममा ढकायो बाँको र मुलाको सिन्कीलाई गलकोटको पहिचाहनको रुपमा विकास गरी बजारीकरण गरिने भएको छ । नगरपालिकाकाे आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भरत शर्मा गैरेको स्थानिय उत्पादनलाई प्राथमिकता दिईने भएको छ । नगरपालिकाले कृषि पर्यटन पुर्वाधार स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडी सारेकाे छ ।
नगरप्रमुख गैरेले प्रस्तुत गरेको निति तथा कार्यक्रमको पुर्ण पाठ
गल्कोट नगरपालिकाको आर्थिक सर्वेक्षण २०७९/८०
क) विश्व अर्थतन्त्र
१. विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीले मानव जनजीवन र आर्थिक गतिविधिमा प्रतिकुल प्रभाव पारेको छ । फलस्वरुप सन् २०२० मा प्रायस ः विकसित देखी न्युन आय भएका सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सँकुचित हुन पुग्यो । विश्व व्यापार र आर्थिक गतिविधिमा आएको शिथिलतले रोजगारका अवसरहरु न्युन हुन पुग्यो जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापन समेत थप कष्टकर हुन पुग्यो । रोजगारी र आयमा आएको कमि सँगै गरिबी र असमानता पनी बढेर गयो ।
२.कोभिड भाइरसमा भएको उत्परिवर्तनले विश्वलाई आक्रान्त बनाइ रहेको भएतापनी कोभिड १९ विरुद्धको खोपको उपलब्धतासँगै यसको जोखिम न्युन हुँदै मानिसको जीवनयापन सामान्य बन्दै गएको छ । तथापी रुस र युक्रेन बीचको युद्धका कारण विश्वव्यापी रुपमा आपुर्ती श्रृङखलामा आएको अवरोध ईन्धन तथा खाधान्न लगायतका वस्तुहरुको मुल्य वृद्धि हुँदा कोभिड १९ को महामारीपछिको अर्थतन्त्रको पुनरुत्थान थप चुनौतीपुर्ण हुन गएको छ । उल्लेखित कारणले विश्व आर्थिक गतिविधिमा सुस्तता आई २०२२ मा विश्व अर्थतन्त्रको विस्तार दर न्युन हुने देखिन्छ ।
३. कोभिड १९ महामारी रोकथाम र नियन्त्रणका लागी गरिएको खर्च र स्वास्थ्य पुर्वाधार निर्माण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमबाट अधिकांश मुुलुकमा वित्तिय दबाब सिर्जना हुन पुगेको छ । आर्थिक गतिविधिलार्य सामान्यीकरण गरी मानव जीवनलाई सहज बनाउनका लागी प्रदान गरिएको राहत, अनुदान र कर छुुट सुविधा तथा स्वास्थ्य प्रणाली सुधारका लागी बढाइएको सार्वजनिक खर्चका कारण बजेट घाटा बढ्न गई सार्वजनिक खर्चमा थप चाप पर्न गएको छ । यसबाट सार्वजनिक लगानीको प्राथमिकता समेत परिवर्तन हुन पुगेको छ ।
ख.विश्व आर्थिक वृद्धिदर
१.आगामी दिनमा मानव स्वास्थ्य एंव अर्थतन्त्र कोभिड १९ को प्रभाव न्युन हुँदै जाने पूर्वानुमान रहेपनि रसिया युक्रेन युद्ध लम्बिन सक्ने, रसिया माथि थप प्रतिबन्ध लाग्न सक्ने र पेट्रोलियम पदार्थको मुल्यमा थप वृद्धि हुनसक्ने अनुमानका आधारमा सन् २०२२ मा विश्व अर्थतन्त्र ३.६ प्रतिशतले मात्र विस्तार हुने प्रक्षेपण अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । सन् २०२० मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशतले ऋणात्मक रहेकोमा कोभिड १९ ले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गर्दै आर्थिक पुनरुत्थानलाई सघाउन विश्वव्यापी रुपमा अधिकांश मुलुकहरुले अवलम्वन गरेको लचिलो नीतिगत व्यवस्थाहरुसँगै कोभिड १९ विरुद्ध खोपको उपलब्धता र समष्टिगत मागमा वृद्धि लगायतका कारण सन् २०२१ मा विश्व अर्थतन्त्र ६.१ प्रतिशतले विस्तार भएको थियो ।
ग) नेपालको आर्थिक वृद्धि
१.विगत दुई वर्षदेखी कोभिड १९ महामारीबाट प्रभावित अर्थतन्त्र सामान्यीकरणको दिशामा अगाडी बढेको छ । औधोगिक उत्पादन, व्यापार, व्यवसाय लगायत समग्र आर्थिक क्रियाकलापहरु क्रमसः लयमा फर्कदै छन् । आन्तरिक मागका साथै वस्तु निकासी र पैठारी दुवैमा उच्चदरको वृद्धि भएको छ । तथापी, असोज महिनामा प्रतिस्थापन विधेयक पारित हुनु, कार्तिक महिनाको बेमौसमी वर्षाले धानबालमिा क्षती पुग्नु, पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुनु, वित्तिय क्षेत्रमा तरलताको चाप पर्नू र विदेशी मुद्रा सञ्चिति कम हुँदै जानुले अर्थतन्त्र थप चुनौतीपुर्ण हुँदै गएको छ । बाह्य क्षेत्रमा देखिएको प्रतिकुल अवस्थाका वावजुत उधोग र सेवा क्षेत्रको विस्तार सन्तोषजनक रहने अनुमान छ ।
२.कोभिड १९ महामारीको प्रभाव क्रमसः न्युन हुँदै आर्थिक सामाजिक गतिविधि सामान्य हुँदै गएको तथा उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेको कारण आर्थिक वर्ष २०७८÷०७९मा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान रहेको छ । साथै आधारभुत मुल्यमा नेपालको आर्थिक वृद्धि ५.४९ प्रतिशत हुने अनुमान रहेको छ । आ.व. २०७६।०७७ मा आर्थिक वृद्धि २.३७ प्रतिशतले ऋणात्मक रहेकोमा गत आर्थिक वर्षमा यस्तो वृद्धि ४.२५ प्रतिशत रहेकोमा गल्कोट नगरपालिकाको समेत समग्र राष्ट्रिय अवस्था र गण्डकी प्रदेश सरकार को तथ्यांकको संग मिल्ने अनुमान गर्न सकिन्छ ।
घ.गल्कोट नगरपालिकाको अवस्था
१.चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म रु.३२६८०६६५५ चालु खर्च भएको छ भने गत आर्थिक वर्ष रु. ३७०८८७६८९ यथार्थ खर्च भएको छ ।
२.चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म १३४०९२४१७ र गत आर्थिक वर्षको १७५८०२२४५ यथार्थ पुुँजीगत खर्च भएको छ ।
३.चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म रु.८३३०१४६ र गत आर्थिक वर्षको रु.१५६३६४४५ आन्तरिक आय भएको छ ।
४.चालु आर्थिक बर्षको जेष्ठ मसान्त सम्म रु.५२८०७१६३५ र गत आर्थिक वर्ष रु.४९२९७०९७३ वित्तिय हस्तान्तरण भएको छ ।
५.चालु आर्थिक बर्षको जेष्ठ मसान्त सम्म रु.८०७६२५३७ र गत आर्थिक वर्ष रु.८८०६८४१६वित्तिय राजस्व बांडफांडबापत प्राप्त भएको छ ।
६.चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म ५२.१८ प्रतिशत र गत आर्थिक वर्षमा ७०.९२ प्रतिशत प्रगति भएको छ ।
७.चालु आर्थिक बर्षको बैशाख मासान्त सम्म ६९.७३ र गत आर्थिक वर्षमा ८७.९४ प्रतिशत सामाजिक क्षेत्रमा प्रगती भएको छ ।
८.चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म ५४.१४ प्रतिशत र गत आर्थिक वषर््ामा ७७.३७ % स्थानिय पूर्वाधारमा प्रगती भएको छ ।
९.चालु आर्थिक बर्षको बैशाख मसान्त सम्म ५९.३३ र गत आर्थिक वर्षमा ७२.२२ प्रतिशत सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा प्रगती भएको छ ।
ङ.नगरपालिकाको गत आर्थिक वर्ष र चालु आ.व. को जेठ मसान्त सम्मको विवरण
अन्तर सरकारी वित्तिय हस्तान्तरण(गत आर्थिक वर्ष र चालु आवको चैत्र मसान्त सम्मको विवरणयसप्रकार रहेको छ ।
तपसिल ः
च.नगरपालिकाको अन्य विवरण
१.नगरपालकिाको खेतीयेग्य भुमिमध्ये प्रतिशत भुभागमा सिंचाई सुविधा पुगेको ।
२.नगरपालिकामा ४ बाणिज्य बैंक, १ विकास बैंक, ११ लघुवित्त र ५८ वटा सहकारी संस्थाहरु क्रियाशील रहेका छन् ।
३.नगरपालकिामा वटा १३० लघु घरेलु साना उधोग संचालनमा रहेका छन्
४.नगरपालिकामा औधोगिक ग्राम स्थापनाको लागि प्रदेश सरकाबाट डि.पि.आर तयार भई कार्य अगाडी बढेकोमा उपयुक्त स्थानमा जग्गा खोजी भईरहेको छ ।
५.नगरपालकिामा १०३७ व्यवसायिक फर्म दर्ता भई क्रियाशील रहेका छन् ।नगरपालकिाभित्र आर्थिक वर्ष ०७७÷७८ मा ४६४१ मेट्रिक टन, दलहन बाली ३५४८ मे«टिक टन दलहन, १०१७ मे.ट. तेलहन, ८२०६ मे.ट. ४१८५ मे.टि.मसलाबाली र ६६१३ मे.ट.फलफुल बाली उत्पादन भएको छ ।
६.नगरपालिकामा आर्थिक वर्ष ०७७÷७८ मा ५२७८ मे.ट.दुध, ४४४ मे.ट., २८४५ हजार गोटा अण्डा उत्पादन भएको छ ।
७.नगरपालकिामा मुख्य मुख्य गरी ८ वडा बजार केन्द्रहरु रहेका छन् ।
८.नगरपालकिामा ५२ वटा साना, मझौला तथा ठुला पर्यटकीय स्थलहरु रहेका छन् ।
९.नगरपालिकामा २८ वटा उत्पादन मुलक सहकारी क्रियाशील रहेका छन् ।
१०.नगरपालकिामा रहेका १ प्राथमिक स्वास्थ्य केन्द्र,लाई नगर अस्पतालको रुपमा विकास गर्ने कार्य अगाडी बढेको ७ वटा स्वास्थ्य चौकी, ३ वटा आधारभुत स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना भई पर्याप्त जनशक्तिको व्यवस्थापन गरिएको छ ।
११.नगरपालिकामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
१२.नगरपालिकामा एक घर एक धारा कार्यक्रम सबै वडामा संचालन भएको र अधिकांश घरपरिवारमा खानेपानीको सुविधा पुगेको ।
१३.फोहोरमैला व्यवस्थापन को लागि संकलन केन्द्र निर्माण गरी कुहिने र नकुहिने फोहोर संकलन गरी फोहोर व्यवस्थापनको कार्य शुरुवाट गरिएको छ ।
१४.बालमैत्री स्थानीय शासन, नगर घोषणाको अन्तिम तयारीमा रहेको छ ।
नगरपालिकाको सबै वडामा रहेका सबै टोलमा टोल विकास सँस्थाहरु गठन भई क्रियाशिल रहेका छन्
१५.आर्थिक वर्ष २०७७÷७८ मा देखिको कर्मचारी तलब, भत्ता तथा सुविधामा रु.१३८२४८८२ र चालु आर्थिक वर्ष जेठ मसान्त सम्म १८३६२०००। खर्च भएको छ ।
१६.आर्थिक वर्ष २०७७÷७८ मा देखिको जनप्रतिनिधिको तलब, भत्ता तथा सुविधामा भएको रु.१०८७९००० खर्च चालु आर्थिक वर्ष चैत्र मसान्त सम्म रु.२११२८००० खर्च भएको छ ।
१७.सबै वडामा टोल विकास सँस्थाको गठन भई क्रियाशील रहेको अवस्था छ ।
नगरसभाका सदस्यज्युहरु,
लोकतन्त्रको आधारस्तम्भको रुपमा रहेको आवधिक निर्वाचन अन्तर्गत स्थानीय तहको दोस्रो निर्वाचन निष्पक्ष शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भई गल्कोट नगरपालिकाको प्रतिनिधिको रुपमा हामी सहभागी हुन पाएका छौं। सर्वप्रथम हामीलाई निर्वाचित गर्ने आम नगरवासी मतदाताहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।निर्वाचन सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद व्यक्त गर्दै नगरवासिहरुमा खुशी र न्यायको अनुभूति दिलाउने प्रयत्नमा हामी सबै लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु । दोस्रो निर्वाचन पछिको यस गरीमामय पहिलो नगरसभामा मैले आगामी आर्थिक वर्ष ०७९।८० को पहिलो नीति तथा कार्यक्रम पेश गर्न लागिरहेको सन्दर्भमा सभामा उपस्थित नगरसभाका सदस्यज्युहरु लगायत सबैलाई हार्दिक स्वागत गर्दछु । यस अवसरमा संघीय शासन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका जनआन्दोलन, शसस्त्र संघर्ष र क्रान्तिहरुमा राष्ट्र र जनताको हित र उन्नतिका लागि जीवन समर्पण गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मान साथ भावपुर्ण श्रदाञ्जली अर्पण गर्दै बेपत्ता, घाईते र अपांग परिवारहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
नेपालको संविधानले परिकल्पना गरे बमोजिम स्थापित स्थानीय सरकार गठन भएको पांच वर्ष व्यतित भएको छ ।पांच वर्ष पार गर्दै गर्दा पहिलो पटकको निर्वाचित जनप्रतिनिधिहरुले गरेको कार्य अनुभव र ज्ञानलाई आत्सात गर्दै समृद्ध गल्कोट सुसंस्कृत र सुखी गल्कोटवासि भन्ने गलकोट नगरपालिकाको दिर्घकालीन सोंचलाई साकार पार्न शान्ति,दिगो विकास र समृद्धि प्रति नगरपालिका प्रतिबद्ध रहेको छ । मुलकमा आर्थिक सामाजिक तथा सांस्कृतिक विकासबाट वञ्चित भएको वर्ग ,तह र समुदायलाई विकासको मूलधारमा ल्याउनका लागि अवलम्वन गरीएका राष्ट्रिय नीतिमा आधारित रही सहस्राब्दी विकास लक्ष्य, राष्ट्रिय लक्ष्य अनुरुपका उपलब्धी हासिल गर्दै गल्कोट नगरको समग्र विकास र समृद्धिका लागि नतिजामूलक परिणाम निकाल्ने दिशामा हाम्रा नीति र कार्यक्रम लक्षित हुनुपर्छ भन्ने व्यहोरा सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
नगरसभाका सदस्य ज्युहरु,
विगत करिब ३ वर्ष देखी विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीबाट नागरीकहरुको स्वास्थ्य गम्भीर संकटमा थियो जसले सामाजिक,आर्थिक र सांस्कृतिक क्रियाकलाप प्रत्यक्ष प्रभाव पार्यो।उत्पादन, वितरण र उपभोग प्रणालीमा असन्तुलन भएको अवस्था थियो ।संघ, प्रदेश र स्थानीयको तहको समन्वयमा उपलब्ध सिमित श्रोत र साधनलाई अधिकतम परिचालन गरी कोरोना महामारीको गंभिर संकटलाई न्यूनिकरण,रोकथाम तथा व्यवस्थापन गरीयो ।सबै नगरवासिले पुर्ण खोप प्राप्त गरीसकेका छन भने अतिरिक्त डोज खोप समेत लिईरहेको अवस्था छ ।
उल्लेखित सन्दर्भमा गल्कोट नगरपालिकाले विकास र समृद्धिको लक्ष प्राप्तिका लागि गरीएका महत्वपुर्ण प्रयास,अवसर र चुनौतीहरुलाई छोटकरीमा प्रस्तुत गर्दछु ।
नगरपालिकाले गरेका महत्वपुर्ण प्रयासहरु :
- शिक्षा क्षेत्रको सुधार मार्फत गुणस्त र स्तरयुक्त शिक्षामा पहुंच बृद्धि गर्ने प्रयत्न गरीरहेकोको छ ।
- स्वास्थ्य सेवा प्रवाहमा सुधार तथा गुणस्तर सुधारका कार्यक्रम संचालन गरीरहेको छ ।
- कोभिड १९ जस्ता महामारी विरुद्धको अभियान सफलतापूर्वक संचालन गरीरहेको छ ।
- आवश्यकता र औचित्यताको आधारमा पूर्वाधार विकास कार्यक्रम संचालन गरी नगरपालिकाको सबै वडामा १२ महिनै सडक संचालन हुने व्यवस्था गरीएको ।
- नागरीक केन्द्रित जनसहभागितामूलक र परिणाममूखी विकासका कार्यक्रम संचालन गरीरहेको छ ।
- स्वच्छ, पारदर्शी र जवाफदेही व्यवस्था कायम गरी सुशासन प्रवर्द्धनमा जोड दिएको छ ।
- गरीबीको रेखामुनी रहेका विपन्न र सीमान्तकृत समुदायका लागि आयमुलक कार्यक्रम संचालन गरी गरीबी न्यूनीकरण गर्न प्रयत्नरत रहेको ।
- विकासका हरेक चरणमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणलाई जोड दिइएको ।
- वालमैत्री स्थानीय शासन सहितको नगर घोषणा गर्ने अन्तिम तयारीमा रहेको ।
- नगरपालिकाको आवधिक विकास योजना तयार भइ वार्षिक रुपमा कार्यक्रम संचालन भईरहेको ।
- नगरपालिकाको संस्थागत विकासको लागि वडा कार्यालय भवन नगरपालिकाको जग्गा प्राप्ति र भवन निर्माण प्रकृयाको थालनी तथा स्वास्थ्य चौकी भवन निर्माण अभियान संचालन ।
- नगरपालिकालाई आवश्यक आफ्नो अधिकार क्षेत्रभित्रको कानूनहरु निर्माण तथा परिमार्जन गरीरहेको छ ।
समस्या तथा चुनौतीहरु
- गरीबी ,बेरोजगारी र असमानता कायम रहेको अवस्था विधमान छ ।
- उपलब्ध प्राकृतिक स्रोत र साधनको कम उपयोग ।
- जटिल भौगोलिक वनावटका कारण समानुपातिक पूर्वाधार विकास हुन नसक्नु ।
- अन्धविश्वास्स लैंगिक तथा सामाजिक असमानता कायम हुनु ।
- अधिकांश युवा शक्ति बैदेशिक रोजगारीमा रहेको र तिव्र रुपमा हुने बसाईसराई ।
- प्राविधिक र दक्ष जनशक्तिको अभाव रहेको ।
- कृर्षि पेशाप्रति युवाहरुको उदासिनता तथा कृर्षि र पशुपालनमा आत्मनिर्भर हुन नसकेको ।
- सिमित स्रोत साधनमा नागरीकका अधिक आकंक्षा र विकासका गतिविधि संचालन गर्नुपर्ने ।
- न्युन आन्तरिक आय र स्रोत परिचालनमा समस्या ।
- नगरपालिकामा विभिन्न उत्सव तथा कार्यक्रम गर्ने खुल्ला स्थल पर्याप्त नभएको ।
नगरपालिकाका विधमान अवसरहरु
- वडा नं १ दुदिलाभाटी देखी वडा नं ११ रिघासम्मको पूर्व-पश्चिम भागलाई मध्यपहाडी लोकमार्गले जोडेकोले नगरको विकासलाई उच्च सम्भावित बनाएको छ ।
- बागलुङ जिल्लाको मध्येभागमा अवस्थित यस नगरपालिकालाई सबै स्थानीय तहको समन्वय र सहजीकरण गर्ने केन्द्रको रुपमा समेत विकास गर्न सकिने सम्भावना रहेको छ ।
- घुम्टेको लेक, गल्कोट दरबार, टेउवा अन्तराष्ट्रिय मूर्तिकला संग्रहालय, कोतमैदान, सहस्रधारा झरना, निलुवा लेक, सिद्धथान र उदय बुद्धविहार जस्ता पर्यटकीय स्थलहरुको विकास र प्रचार प्रसार मार्फत आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने ।
- कृर्षि उत्पादनको लागि उर्वर भूमि प्रयाप्त रहेको ।
- प्राकृतिक स्रोत साधन प्रचुर मात्रामा रहेको र परिचालको लागि सबै वडामा यातायत सुविधा छ।
- नगरपालिकामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु कार्यरत रहनु ।
- नगरपालिकाको संस्थागत विकास तथा सुशासनका क्षेत्रमा सुधार हुंदै गएको ।
- कृर्षि क्षेत्रमा उन्नत प्रविधिको प्रयोग बृद्धि हुंदै जानु
- नागरीकहरुमा चेतनाको स्तर बृद्धि भईरहेको छ।
नगरसभाका सदस्य ज्युहरु,
वर्तमान नेपालको संविधान , स्थानीय सरकार संचालन ऐन २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ पन्ध्रौं आवधिक विकास योजनाले निदृष्ट गरेको लक्ष्य गण्डकी प्रदेश सरकारको प्रथम पंचवर्षीय योजना दिगो विकासका लक्ष्यको स्थानीयकरण गल्कोट नगरपालिकाको दिर्घकालीन लक्ष्य संघीय र प्रदेश सरकारका विषयगत नीति योजना लक्ष्य विगतका अनुभव तथा सिकाई र निर्वाचनको समयमा आम नागिरक समक्ष गरेका बाचा एवं प्रतिवद्धताहरुलाई आधार मानी यो नीति तथा कार्यक्रम तयार गरीएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा पहिलो जनप्रतिनिधिहरुको कार्यकालमा भएका मुख्य मुख्य उपलब्धिहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
- नगरपालिकाको वस्तुगत विवरण लाई आवधिक विकास योजनामा समावेश गरी आवधिक विकास योजना तयार गरीएको तथा आवश्यक अन्य नीति कानून र कार्यविधिहरु तयार भइ कानूनी आधारहरु तयार भएका छन् ।
- नयाँ गठन भएका वडाहरुमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन भने नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्ति भई भवन निर्माणको लागि बोलपत्रमार्फत सम्झौताको अन्तिम चरणमा पुगेको छ ।
- स्वास्थ्य चौकीको पुरानो भवनबाट सेवा प्रवाहमा समस्या भएकोले वडा नं.८ कांडेवास स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण गरीएको छ भने वडा नं.७ मा आगामी वर्ष शुरुवाट हुने र वडा नं.१ मा जग्गा प्राप्तिको अन्तिम चरणमा रहेको छ ।
- शिक्षा क्षेत्रमा सुधारका लागि नमुना विधालय विकास कार्यक्रम विधालय गाभ्ने तथा गुणस्तर सुधारका कार्यक्रमहरु नियमित रुपमा संचालन भईरहेको छ ।
- नगरपालिकाको वडा नं.५ को टेउवामा निर्माणाधिन मूर्तिकला संग्रहालयले नगरपालिकालाई आर्थिक,सामाजिक, संस्कृतिक र प्रर्यटकीय रुपमा जोड्न राष्ट्रय अन्तराष्ट्रिय रुपमा सुशुचित गराउने छ ।
- गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्ने कार्यको सुरुवात गरीएको छ । उक्त कार्य सम्पन्न हुंदा नगरको स्वास्थ्य क्षेत्रको विकासको निम्ति कोशेढुंगा सावित भई गुणस्तरीय स्वास्थ्य सेवाको पहुंच बृद्धि हुनेछ ।
- सडक पूर्वाधारको लागि पक्की नाली र ढल निकासको व्यवस्था, बजार क्षेत्रको चोक सुधार, ग्रावेल तथा तटबन्ध जस्ता कार्यले हाम्रो सडक पूर्वाधारमा दिगो र सन्तुलित विकासको कार्यारम्भ भएको छ।
- नगरका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुंच पुर्याउनका लागि संघीय सरकार प्रदेश सरकारसंगको साझेदारीमा एक घर एक धारा कार्यक्रमले निरन्तरता पाई खानेपानीको पहुंच बृद्धि भएको छ ।
- सुरक्षित नागरीक आवास कार्यक्रम अन्तर्गत ६२ जनाले पुरै र ५५ जनाले ६० प्रतिशत रकम प्राप्त गरी ११७ जना घर परिवारको खरको छाना विस्तापित गरी जस्ता पाताले घर छाईएको छ।
- गण्डकी प्रदेश सरकारको कार्यक्रम अनुसार हटिया हरिचौर ताराखोला हुदै म्याग्दी जोड्ने सडक कालोपत्रे गर्ने कार्य भैरहेकोमा छिटो सम्पन्न गराउन नगरपालिकाले अर्थपूर्ण भूमिका निर्वाह गरेको छ ।
- फोहोरमैला व्यवस्थापनको लागि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरी प्रशोधन कार्य शुरुवात गरीएको छ ।यसको प्रभावकारी र दिगो व्यवस्थापन मार्फत नगरपालिकाको आन्तरिक श्रोत बृद्धि हुने देखिन्छ।
- नगरपालिका र वडा कार्यालयको सेवा प्रवाहको लागि सृजना गरीएको स्थायी दरबन्दीमा गण्डकी प्रदेश लोक सेवा आयोगबाट पदपूर्तिको भईरहेको छ।
- कृर्षि तथा पशु क्षेत्रको विकासका लागि कृर्षि तथा पशुपंक्षी फर्म सञ्चालन उत्पादित बस्तुलाई बजारीकरण गरी नागरीकहरु आन्मनिर्भर उन्मुख छन् ।
नगरसभाका सदस्य ज्युहरु,
नगरपालिकाले गरेका महत्वपुर्ण प्रयासहरु, सामना गरेका समस्या तथा चुनौतीहरु, विधमान अवसरहरु तथा पहिलो जनप्रतिनिधिहरुको कार्यकालमा भएका प्रगति, नगरपालिकाको वस्तुगत यथार्थता तथा अनुभवको आधारमा विषयगत रुपमा अव म आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
१. आर्थिक विकास
- कृर्षि तथा पशुपंक्षी विकास
- खाधान्न, तरकारी, फलफू ल र पशुपंक्षीजन्य उत्पादन बृद्धि गरी स्थानीय पोषण सुधारका लागि विषेश कार्यक्रम संचालन गरीनेछ।
- कृर्षि उत्पादन र उत्पादकत्व बृद्धिका लागि कृषकलाइ उत्पादन र पूँजिगत लगानीको आधारमा ब्याज अनुदान,ऋण सुविधा र प्रोत्साहन उपलब्ध गराईने छ।
- नगरपालिकालाई ३ वर्ष भित्र तरकारी र मासुमा तथा ५ वर्ष भित्र दुध र अण्डामा आत्मनिर्भर वनाउने गरी कार्यक्रम संचालन गरीनेछ ।
- कृर्षि उत्पादनलाई बजारीकरण गर्नको लागि कृर्षि संकलन केन्द्र र हाटवजार स्थापना गरी सर्वजनिक निजी साझेदारीमा संचालन गरीने छ ।
- प्रत्येक वडाहरुमा दुग्ध संकलन केन्द्र तथा नगर स्तरीय चिस्यान केन्द्र निर्माण गरीनेछ ।
- कृर्षि तथा पशु ब्यावसायीका लागि कृर्षि फार्म संचालन , यान्त्रिकरण तथा आधुनिक प्रविधि विस्तारमा सहुलियत तथा अनुदान दिईने छ ।
- उच्च मूल्यका अलैंचि, किवि, अदुवा, बेसार, जस्ता नगदेवालीहरु र सुन्तला कागती जस्ता फलफुल उत्पादन गर्न पकेट क्षेत्र घोषणा गरी उच्च मूल्य कृर्षि वस्तु उत्पादनलाई प्रोत्साहन गरीनेछ।
- दुध उत्पादनको लागि भैंसी पकेट कार्यक्रमलाई निरन्तरता दिएर आय आर्जन तथा मासु उत्पादन बृद्धिका लागि वाख्रा र स्थानीय कुखुरामा पकेट स्थापना गरीनेछ ।
- घाँसमा आधारित पशुपालन र डेरी फार्मको विकासको लागी बाँझो जमिनमा घाँस खेतीलाई प्रोत्साहन गरीनेछ भने साना तथा मझौला गाइ भैसी फार्महरुको संचालन र विस्तार गरी स्थानीय दुध उत्पादन प्रवर्धन र बजारीकरण गरी कृषकहरुको आय आर्जन बढाउन टेवा पुर्याईने छ।
- भैसी पालनमा भएको हतुवा प्रवृत्तिले ले नगरभित्र भैंसीको संख्यामा कमि भई मूल्यवृद्धि अधिक रहेकोले उक्त प्रवृत्तिलाई निरुत्साहन गर्न पाडापाडी हुर्काउने कृर्षकलाई विशेष प्रोत्साहन गरीनेछ ।
- पशुहरुमा लाग्ने महामारी रोग (खोरेत, चरचरे, भ्यागुते, र पि.पि.आर. र रेविज) विरुद्ध अभियानकै रुपमा खोप कार्यक्रम संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- माहुरीपालनको सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी माहुरी विकासमा विशेष कार्यक्रम संचालन गरीनेछ ।
- गल्कोट नगरपालिका भित्र नयाँ कृर्षि, पशुपंछि फर्म तथा घरेलु उद्योग स्थापना गर्न २० लाख भन्दा बढि लगानी गर्न ईच्छुक, योग्य र वास्तविक, २५ देखी ५० बर्ष भित्रका ५० जना युवाहरु छनोट गरी उनिहरुलाई ५ बर्षसम्मको लागी ५० प्रतिशत ब्याज अनुदान उपलब्ध गराईनेछ ।
- गलकोटका मुख्य बजार केन्द्रहरुमा आवश्यकताका आधारमा बधशाला स्थापना गरी स्वच्छ मासु उपभोगको सुनिश्चितता गरीनेछ ।
- भूमि ऐन बनाएर जमिन बाँझो राख्न निरुत्साहन र बाँझो जमिन पुन उपयोगलाइ प्रोत्साहनका कार्यक्रम संचालन गरीनेछ।
- नगरभित्र कृषकको उत्पादनलाइ बढवा दिन न्यूनतम समर्थन मूल्य तोकी कृषकको लागत मूल्यमा कम नहुने गरी विक्रिको प्रवन्ध मिलाइने छ ।
- कृर्षकलाइ माटोको गुणस्तर कायम राख्न र उपयुक्त वालि छनोटलाइ सघाउन प्रत्येक वडामा माटो परिक्षण शिविर संचालन गरीनेछ ।
- एक गाउँ एक कृर्षि पशु प्राविधिक ब्यवस्था गरी घर घरमा कृर्षि प्राविधिक सेवा पुर्याईनेछ ।
- प्राकृतिक प्रकोप तथा महामारीजन्य कारणहरुबाट कृर्षि र पशुपालनमा हुने क्षतिको प्रभाव न्युनीकरण गर्न कृषकहरुलाई राहतको व्यवस्था गरीनेछ ।
- नगरमा रहेका सवै सहकारीहरुको नगरस्तरीय संजाल गठन गरी सहकारी परिचालन प्रवर्द्धन तथा क्षमता विकास गरीनेछ ।
- सहकारी संस्थाहरुलाइ कृर्षि उत्पादन, उद्यम संचालन र वजारीकरणमा लाग्न प्रोत्साहन गरीनेछ ।
- सहकारी शिक्षालाई प्रवर्द्धन गरी एक सहकारी एक उत्पादनको कार्यक्रम अगाडी बढाईनेछ ।
- गल्कोट नगरपालिकाको सहकारी ऐन तथा अन्य कानून बमोजिम मापडण्ड नपुगेका सहकारीहरुलाई कानूनी दायरामा ल्याई आवश्यक्ता अनुसार एकीकरण वा खारेजी गरीनेछ ।
- पर्यटन, व्यापार र उधम विकास
- नगरको पर्यटन सम्बन्धी गुरुयोजना तयार गरीनेछ ।
- घुम्टेलाई ताराखोला गांउपालिका संगको सहकार्यमा लालीगुंरास पहाड घोषणा गर्न आवश्यक पहल गरीनेछ ।
- पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको प्रचार-प्रसारको लागि पर्यटन सूचना केन्द्र स्थापना गरीनेछ।
- टेउवा अन्तराष्ट्रिय मूर्तिकला संग्रहालय तथा घुम्टेसम्मको सडक पहुंच आयोजनालाई तोकिएको समयमा नै सम्पन्न गरीनेछ साथै थप कार्यको लागि आवश्यक पहल गरीनेछ ।
- सहस्रधारा झरनामा क्यानोनिङ सफल परीक्षण भईसकेकोले क्यानोनिङ खेल संचालनको निजी क्षेत्रको समन्वयमा आवश्यक प्रवन्ध मिलाईनेछ ।
- नगरभित्र स्थापना भएका होमस्टे लाई निरन्तरता दिन आवश्यक कार्यक्रम समावेश गरी प्रचारप्रसार गरीनेछ ।
- गल्कोट कोतघरको डि.पि.आर. गरी जीर्णोदारको गरीने छ जसले धार्मिक, ऐतिहासिक र पर्यटन क्षेत्रको विकास टेवा पुर्याउने छ ।
- गल्कोटको मौलिकता झल्कने संग्रहालय स्थापना गर्न पहल गरीनेछ ।
- देउराली-घुम्टे तारीखोला-कालीलेक थाम-नेता हलहले-गाजादह भल्साङ-राम्चेढुंगा जाने पदमार्ग निर्माण गरीनेछ ।
- नगरभित्र संचालित सबै प्रकृतिका व्यवसायहरुलाई अनिवार्य रुपमा नगरमा दर्ता गरी करको दायरामा ल्याईनेछ।
- व्यावसायको प्रकृतिको आधारमा कानून बनाइ सहुलियत र कर छुटको व्यवस्था गरीनेछ ।
- प्रदेश सरकारको समन्वयमा गल्कोटमा औधोगिक ग्राम स्थापना गर्न उपयुक्त स्थल पहिचान गरी संचालन गरीनेछ ।
- लघु तथा साना उधम गर्न चाहने युवाहरुलाई सहकारी वा बैकमार्फत सहुलियत दरमा कर्जा प्रवाह गरी प्रोत्साहित गरीनेछ ।
- नगरका अति विपन्न नागरीक पहिचान गरी उनीहरुलाई रोजगारी सृजना र आयस्तरमा बृद्धि गर्ने कार्यक्रम संचालन गरीनेछ ।
- लघु तथा घरेलु उधोग स्थापना गरी स्वरोजगार सृजना हुने कार्यक्रम संचालनका गर्न युवाहरुलाई प्रोत्साहित गरीनेछ ।
- नगर क्षेत्रका परम्परागत आरन व्यवसाय, कपडा सिलाउने र जुत्ता बनाउने जस्ता पेशालाई उधमशिलताको आधारमा अनुदान तथा प्रोत्साहनका कार्यक्रमहरु संचालन गरीनेछ ।
- लघु उधम विकास कार्यक्रम मार्फत लघु उधमी सृजना गरीनेछ ।
- रोजगार सेवा केन्द्रलाई कार्य उन्मुख बनाई प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अर्थपूर्ण रुपमा कार्यन्वयन गरीनेछ।
- नगर भित्रका वडामा रहेको भिरमौरी मह काड्ने परम्परागत सिप लाई प्रवर्द्धन गरीनेछ ।
- ढकायो बांको र मुलाको सिन्कीलाई गल्कोटको पहिचनाको रुपमा विकास गरी बजारीकरण गर्न पहल गरीनेछ ।
- स्थानीय उपज विक्री वितरण गर्न कोशेली घर स्थापना तथा विकास गरी प्रचार प्रसार समेत गरीनेछ ।
- निजी क्षेत्रमैत्री नीति तर्जमा गरी सार्वजनिक निजी लगानी गरीने छ ।
२.सामाजिक विकास
क.शिक्षा
- गल्कोटमा रहेको एक मात्र क्याम्पस गल्कोट बहुमुखी क्याम्पसको स्तरबृध्दि, संकाय थप र स्नातकोत्तर तहको कक्षा संचालन गर्न जग्गा व्यवस्थापन र पूर्वाधारको लागि न्यूनतम आधार तयार बनाउन नगरले तालुक निकाय संग समन्वय गरी अनुदानलाई निरन्तरता दिईनेछ।
- गल्कोटमा बहु-प्राविधिक शिक्षालय स्थापना गर्न आवश्यक पहल गरीनेछ ।
- गुणस्तरीय प्रारम्भिक बालशिक्षामा समतामूलक पहुँच स्थापित गर्न प्रारम्भिक बालशिक्षा कार्यक्रमको विस्तार गर्दै लगिनेछ ।साथै प्रारम्भिक बालशिक्षाका सहजकर्ताहरुको मनोबललाई उच्च राख्न विगतदेखि प्रदानगरीदै आएको प्रोत्साहन अनुदानलाई निरन्तरता दिइनेछ।
- परिक्षा प्रणालीमा सुधार गर्न कार्यक्रमहरुको तर्जुमा गरी कक्षा ८ को परिक्षाका साथै कक्षा ५ को परीक्षालाई पनि नगरस्तरबाट सञ्चालन गरी प्राप्त नतिजाका आधारमा शिक्षक तथा विध्यालयलाई पुरस्कृत गरीने छ।
- आधारभूत तह तथा एस. ई. ई. परीक्षा लक्षित गरी अंग्रेजी, गणीत र विज्ञान विषयको नतिजा सुधारका लागी विशेष कार्यक्रम संचालन गर्न विधालयलाई आवश्यक सहयोग प्रदान गरीनेछ।
- शैक्षिक डायरी उपलब्ध गराई दैनिक रुपमा एक पिरियड एक शैक्षिक सामाग्रिको योजना अनुरुप सिकाई प्रकियालाई अगाडी बडाइनेछ ।
- कक्षा शिक्षणमा आधारित अनुगमन तथा सुपरिवेक्षण प्रणालीको विकास गरी अनुगमन मूल्यांकन प्रभावकारी बनाईने छ।
- गरीव ,विपन्न ,दलित र लक्षित वर्गका लागि नगर प्रमुख शैक्षिक छात्रवृत्ति कोष संचालन गरीनेछ साथै उच्च शिक्षामा गल्कोट नगरकै परिवेशमा रहेर अनुसन्धान गर्ने विद्यार्थीहरुलाई प्रोत्साहन गरीनेछ ।
- शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोगलाई बढवा दिइ नवप्रवर्तनलाई अंगीकार गर्न शिक्षकहरुलाइ सूचना प्रविधिसँग सम्बन्धित क्षमता विकासका कार्यक्रम संचालन गरीनेछ।
- जनसंख्याको बनोट र भौगोलिक अवस्था समेतलाई मध्यनजर गर्दै विधार्थी संख्या कम भएका र नजिकको दुरीमा रहेका विधालयहरुलाई समायोजन एवंम एकीकरण गर्नुका साथै शिक्षक दरवन्दी मिलान कार्यलाई निरन्तरता दिईनेछ।
- गुणस्तरीय विधालय शिक्षामा वालबालिकाको सहज पहुँच सुनिश्चित गर्न सवारी साधन, छात्रावास, बालमैत्री कक्षा व्यवस्थापन गर्न विधालयलाई आवश्यक सहयोग उपलब्ध गराइनेछ।
- सामुदायिक विधालयमा शैक्षिक गुणस्तर अभिवृद्बीका लागी पूर्वाधारको विकास र समुचित उपयोगमा जोडदिइनेछ । साथै विधालयलाई कार्यसम्पादनमा आधारीत अनुदान, नमूना विधालय विकास लगायतका कार्यक्रम संचालनमा ल्याइनेछ।
- नगरभित्र संचालित सामुदायिक सिकाइ केन्द्रको पुनर्संरचना गरी कुनै एक सामुदायिक सिकाइ केन्द्रलाई सुविधा सम्पन्न सामुदायिक पुस्तकालय र सामुदायिक सूचना केन्द्रको रुपमा विकास गर्न आवश्यक सहयोग पुर्याइनेछ।
- विधार्थीसंग नगर प्रमुख र उप-प्रमुख कार्यक्रम मार्फत नगर प्रमुख र उप प्रमुखको भेटघाट कार्यक्रम संचालन गरीनेछ।
- राष्ट्र सेवामा समर्पित लोक सेवा, शिक्षक सेवा आयोग जस्ता आयोगका परीक्षाहरुमा विद्यार्थीहरुलाई यसको महत्व जगाउन आयोग लक्षित अतिरिक्त कक्षा सञ्चालन गरीनेछ ।
- “विद्यार्थीका समस्या, चाहना र जिज्ञासा समाधान गर्न स्थानीय सरकारको जिम्मेवारी” भन्ने नारासहित समय- समयमा विद्यार्थी संग नगर प्रमुख,नगर उपप्रमुख, राष्टसेवक कर्मचारी तथा प्रहरीले छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरीनेछ ।
- शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगलार्इ बढावा दिइ नवप्रवर्तनलार्इ अंगिकार गर्न विद्यालयहरुको आवश्यकतामा आधारीत रही ICT सामाग्री तथा शिक्षकहरूलार्इ सूचना प्रविधिसँग सम्बन्धित क्षमता विकासका कार्यक्रम सञ्चालन गरीनेछ ।
- आधारभूत तहको परिमार्जित पाठ्यक्रम, IEMIS, स्थानीय पाठ्यक्रम निर्माण तथा सुधार गरीने छ।शिक्षकलाई मागमा आधारित क्षमता विकास कार्यक्रम सञ्चालन गरीनेछ ।
- निम्नमाध्यमिक र माध्यमिक तहका मुख्य विषय शिक्षणका समस्यामा आधारित रही शिक्षकहरुलाई कार्यमूलक अनुसन्धान तथा दैनिक शिक्षण क्रियाकलापलाई अनुसन्धानमा आधारीत शिक्षण सिकाई गर्न विषयगत सेमिनार तथा गोष्ठी आयोजना गरी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
- अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतका सामुदायिक शिक्षामा सरोकार राख्ने सरोकारवाला संग सचेतना कार्यक्रम संचालन गरीनेछ ।
- सामुदायिक र संस्थागत विधालयलाई समायोजन तथा एकीकरण गर्न विधालयमा प्रोत्साहन तथा राहतका कार्यक्रम संचालन गरीनेछ ।
- नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययन गर्ने कक्षा ७ र ९ का विद्यार्थीहरुको कम्तिमा १ वटा नगर स्तरीय परिक्षा संचालन गरीनेछ र सो नतिजाको आधारमा उत्कृष्ट शिक्षक र विधार्थिलाई पुरस्कृत गरीने छ साथै, उक्त नतिजालाई विद्यालयहरुको श्रेणी निर्धारण,उत्कृट विद्यालय छनोट र विद्यालयलाई प्रदान गरीने अनुदानको प्रमुख आधारको रुपमा लिईने छ।
- प्रत्येक दुई महिनामा वडास्तरिय तथा चौमासिक रुपमा नगर स्तरीय अतिरिक्त क्रियाकलापहरुको संचालन गरीनेछ ।
- सरकारी कर्मचारी तथा शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई सरकारी विद्यालयमै भर्ना गर्नका लागी सम्बन्धित सबैसँग पहल गरीनुका साथै एस ई ई मा कमजोर नतिजा आउने विषयहरुका विषय शिक्षकहरुको लागी विषय विज्ञहरु द्वारा तालिमको व्यवस्था मिलाईने छ ।
- कक्षा १२ मा सर्वोत्कृष्ट अकं ल्याउने २ जनालाई स्नातकोत्तर सम्मको अध्ययनको लागि छात्रवृत्ति उपलब्ध गराईनेछ।
- सामुदायिक तथा संस्थागत विद्यालयहरुमा अध्यनरत विद्यार्थिहरुमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्न digital quiz लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरीनेछ ।
- विधालयका असल अभ्यास आदान-प्रदान गर्न अन्तरविधालय अन्तरक्रिया कार्यक्रम संचालन गरी प्रधानाध्यापक र शिक्षकहरुले १ महिना अनिवार्य नगरपालिकाको अन्य विधालयमा पठनपाठन गर्ने व्यवस्था मिलाईनेछ।
- शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापक र शिक्षकलाई उपयुक्तताको आधारमा राष्ट्रको उत्कृष्ठ नमूना विधालय छनौट गरी अध्ययन अवलोकन भ्रमण गराईनेछ ।
- वालविकास देखि कक्षा १ सम्मको समयअवधि पूर्ति गर्न उपयुक्त व्यवस्थाका लागि आवश्यक पहल गरीनेछ ।
- निजी स्रोतका शिक्षकहरुको व्यवस्थापनका लागि आवश्यक पहल गरीनेछ ।
- संस्थागत विधालयमा दलित तथा जेहेन्दार विधार्थीको लागि छात्रवृत्ति तथा कक्षा ११ र १२ मा दलित र विपन्न विधार्थीलाई नि:शुल्क अध्ययनको व्यवस्था मिलाईनेछ ।
ख.युवा तथा खेलकुद
- नगर स्तरीय खेलकुद विकास समिति र वडा खेलकुद विकास समिति मार्फत खेल क्षेत्रको विकासका लागि आवश्यक योजना तर्जुमा गरीनेछ ।
- उपयुक्त स्थानमा जग्गा पहिचान तथा प्राप्ति गरी नगर स्तरीय खेलमैदान वा रंगशाला निर्माणका लागि आवश्यक प्रकृया अगाडी बढाईनेछ ।
- गल्कोटमा राष्ट्रिय खेल भलिबल खेलको विकास गर्न र नगरपालिकाको भलिवल खेलाडीको पहिचान सहित नगरको पहिचान दिलाउन नगर खेलकुद विकास समितिको मातहतमा एक टिम छनौट गरीनेछ र छनौट भएका खेलाडीहरुलाई उत्कृष्ठ खेलाडी र प्रशिक्षकलाई उचित प्रोत्साहनको व्यवस्था सहित विभिन्न स्थानमा नगरपालिकाको प्रतिनिधित्व गराईनेछ।
- राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त नगरभित्रका खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहनको कार्य गरीनेछ ।
- नवप्रतिभावान खेलाडी पहिचानका लागि आवश्यक कार्यक्रम संचालन गरीनेछ ।
- राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको निरन्तरता र पालिकास्तरीय मेयर कप भलिवल प्रतियोगितालाइ निरन्तरता दिईने छ साथै वडा स्तरीय खेलकुद प्रतियोगिताको शुरुवाट गरीनेछ ।
- उमेर अनुसार सबै समुहका नागरीकहरुलाई खेलकुद व्यायाम र योगसंग जोड्ने कार्यक्रम संचालन गरीनेछ ।
- १६ देखी ४० वर्षका युवाहरुका लागि युवा लक्षित कार्यक्रमहरु जस्तै युवा परामर्श कार्यक्रम साहित्य लेखन प्रतियोगिता समुहमा विना धितो ऋण लगानी आदि विषेश कार्यक्रम संचालन गरीनेछ ।
- नगरपालिकालाई लागु औषध दुर्व्यसनी मुक्त बनाउन विधालय र समुदायस्तरमा प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम संचालन गरीनेछ ।
- विपद व्यवस्थापन महामारी वातावरण संरक्षण तथा सरसफाई जस्ता कार्यहरुमा स्वयंसेवक परिचालन गरीनेछ ।
- युवा क्लवहरुलाई अनिवार्य रुपमा नगरपालिकामा दर्ता गरी खेलकुद तथा सामाजिक कार्यमा परिचालन गरीनेछ साथै कार्यक्रमको आधारमा थप प्रोत्सान तथा अनुदानको व्यवस्था गरीनेछ ।
- आवश्यकता र भौगोलिक बनावटको आधारमा वडागत रुपमा फुटबल र क्रिकेटको खेलमैदान निर्माण गरी खेलकुदको विकास गरीनेछ।टेक्वान्दो तथा व्याडमिन्टन जस्ता अन्य खेलकुद प्रतियोगिता संचालन गर्न निजी तथा गैरसरकारी संस्थाहरुसंग समन्वय गरीनेछ ।
- प्रवासमा रहेका गल्कोटका खेलकुद प्रेमीहरु संग समन्वय गरी गल्कोट को खेल क्षेत्र को विकासको लागि आवश्यक पहल गरीनेछ ।
ग . स्वास्थ्य
- गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्न जनशक्ति र स्रोत साधन सम्पन्न गराउने तथा प्रभावकारी व्यवस्थापनका लागि कार्यविधि बनाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल गरीनेछ ।
- कोभिड १९ विरुद्धको खोप अभियानलाई निरन्तरता दिई सबै नागरीकलाई खोप उपलब्ध गराईनेछ ।
- वडा नं. ८ को कांडेवास स्वास्थ्य चौकीको नयां भवन निर्माण सम्पन्न गरिने छ ।वडा नं.७ को मल्म स्वास्थय चौकीको भवन निर्माण कार्य शुरु गरीने छ , वडा नं. ६ मा स्वास्थ्य सेवा केन्द्र निर्माणको प्रकृया अगाडी बढाईनेछ साथै वडा नं.१ को दुदिलाभाटी स्वास्थ्य चौकीको जग्गा प्राप्ति गरीनेछ ।
- स्वास्थ्य सेवालाई समुदायस्तरमा विस्तार गरीनेछ ।
- स्वास्थ्य विमा कार्यक्रमलाई हरेक नागरीकको पहुंचमा पुर्याईनेछ ।साथै विपन्न नागरीक, असहाय, दलित, अपांग र कमजोर आय भएका नागरीकहरुको पालिकाले निशुल्क स्वास्थ्य विमा गर्ने कार्य अगाडी बढाउने छ।
- स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड सेवा कार्यन्वयन गरीनेछ ।
- नियमित रुपमा संचालित कार्यक्रमहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाईनेछ ।
- निजी स्तरमा संचालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई नियमन गरी नागरीकको सेवामा केन्द्रित गराईनेछ ।
- गल्कोट नगरपालिकामा क्रियाशील सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्तामा निरन्तरता दिई उनीहरुको भूमिका थप प्रभावकारी बनाईनेछ ।
- स्वास्थ्य चौकीमा न्यूनतम सुविधासहितको प्रयोगशाला सेवा स्थापना गर्ने कार्यलाई निरन्तरता दिई आवश्यक्ताको आधारमा नयां प्रयोगशाला स्थापना गरी व्यवस्थित गरीनेछ ।
- जटिल प्रकारका सुत्केरीहरुलाई अत्याधुनिक स्वास्थ्य सेवा प्राप्त स्थानमा पठाउंदा लाग्ने यातायात खर्च कार्यक्रमलाई निरन्तरता दिइनेछ हेलिकप्टरद्धारा उद्धार गर्न प्रदेश सरकारसंग समन्वय गरी आकस्मिक भवितव्य तथा गम्भीर प्रकारको दुर्घटनामा परेका व्यक्तिहरुको उद्धारमा समेत केन्द्र सरकार र प्रदेश सरकारसंगको साझेदारीमा उद्धार र राहतको लागि आवश्यक पहल गरीनेछ ।
- नगरप्रमुख मातृशिशु पोषण कार्यक्रमलाई थप सुधार गरी प्रभावकारी बनाईनेछ।
- क्षयरोग नियन्त्रण, कुष्ठरोग नियन्त्रण र बहुक्षेत्रिय पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- स्वास्थ्य संस्थाबाट टाढा रहेका वस्तीहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापनाको पहल गरीनेछ ।
- हिमालयन आंखा उपचार केन्द्रको समन्वयमा हरिचौर आंखा अस्पतालको सेवालाई प्रभावकारी बनाउन अनुदानलाई निरन्तरता दिईनेछ ।
- आँखा स्वास्थ्य सेवालाई स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रसम्म विस्तार गरीनेछ ।
- माध्यमिक विधालयमा नर्सिङ कार्यक्रम लागु गरी अन्य विधालयमा विधार्थीको मासिक स्वास्थ्य परीक्षण गरीनेछ ।
- एम्वुलेन्स सेवाको विस्तार का लागि थप एम्वुलेन्स खरिद प्रकृया अगाडी बढाईने छ।
- विशेषज्ञ डाक्टर सहित स्वास्थ्य शिविर संचालन गरी नगरपालिका र वडा तहमा परीक्षण र उपचार सेवा उपलब्ध गराईनेछ ।
- नगरपालिकामा कार्यरत कर्मचारीको परिवारलाई स्वास्थ्य विमा कार्क्रममा अनिवार्य सहभागी गरीनेछ, साथै सबै जनप्रतिनिधिहरुको पनि स्वास्थ्य विमा गर्न अनिवार्य गरीनेछ ।
- प्राकृतिक उपचार तथा योग शिक्षालाई समुदायस्तरमा पुर्याउने खालका कार्यक्रम संचालन गरीनेछ ।
- नगर अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था मिलाउन आवश्यक पहल गरीनेछ ।
घ.सामाजिक समावेशीकरण
- समाजमा रहेको कुरीति, कुप्रथा, लैंगिक हिंसा, जातीय विभेद विरुद्धका विभिन्न अभियानलाई प्रभावकारी कार्यान्वयन गरीनेछ ।
- संघीय सरकारको विशेष अनुदानमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी समाज परिवर्तनको वास्तविक जग स्थापना गरीनेछ ।
- आर्थिक वर्ष ०७९/८० को असोज मसान्तभित्र नगरलाई सबै मापदण्ड र सूचक पुरा गरी वालमैत्री नगर घोषणा गरीनेछ ।
- समाजमा रहेको जातीय विभेद अन्त्यका लागि सामाजिक अन्तरघुलन सहभोज र जनचेतनामुलक कार्यक्रम संचालन गरी वडा र नगरलाई छुवाछूदमुक्त वडा तथा नगर घोषणा गरीनेछ ।
- महिला, आदीवासी, जनजाती, दलित अपांग तथा आर्थिक सामाजिक रुपमा पिछडीएका समुदायको उत्थानका लागि विशेष कार्यक्रम संचालन गरीनेछ ।
- विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सृजना र आयस्तर बृद्धिका कार्यक्रम संचालन गरीनेछ ।
- अपांग भएका व्यक्तिहरुको पहिचान गरी सहायता सामाग्री प्रदान र सशक्तिकरणका कार्यक्रम संचालन गरीनेछ ।
- सामाजिक विकृति र विभेदको जडको रुपमा रहेको वालीघरे प्रथाको अन्त्य गरी आरन र सिलाई व्यवसायलाई व्यवसायिक बनाउन प्रोत्साहित गरीनेछ ।
- अन्तरजातीय विवाह गरी सामाजिक अपहेलनामा परेका व्यक्तिहरुको सामाजिक संरक्षण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- महिला आदीवासी, जनजाति, दलित र अपांगहरुको समग्र विकासको लागि उपयुक्त कार्यक्रम संचालन गर्न समिति गठन गरी कार्य अगाडी बढाईनेछ ।
- विपन्नका लागि प्रदान गरीने निशुल्क औषधी उपचार सिफारिसलाई छिटो छरिटो तरिकाले गर्ने व्यवस्था मिलाईनेछ।
- ८५ बर्ष उमेर नाघेका जेष्ठ नागरीकहरुलाई चाडपर्व खर्चको रुपमा सम्मान स्वरुप बार्षिक रु तीन हजार दिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- लोपोन्मुख जाती जनजातिका लागि विशेष कार्यक्रम संचालन गरीनेछ ।
- लैङ्गिक उत्तरदायी बजेट परीक्षण कार्यक्रम गरीनेछ ।
- ज्येष्ठ नागरीकको ज्ञान,सीप र अनुभवलाई वालवालिकामा हस्तान्तरण गर्ने र उक्त ज्ञान,सीप र अनुभवलाई नगरको विकासमा प्रयोग गरिने छ ।
- शिशु स्याहार केन्द्र स्थापना गर्न पहल तथा वडामा एकीकृत ज्येष्ठ नागरीक सेवा संचालन गरीनेछ ।
- एकल महिलाको लागि विशेष कार्यक्रम संचालन गरीनेछ ।
- मुस्लिम समुदायको शिक्षाको लागि मदरसालाई दिईएको अनुदानलाई निरन्तरता दिई कव्रस्थान का लागि जग्गा व्यवस्थन गर्न पहल गरिने छ।
ङ.खानेपानी तथा सरसफाई र फोहोरमैला व्यवस्थापन
- एक घर एक धारा कार्यक्रमलाई संघ तथा प्रदेश सरकारको समन्वयमा निरन्तरता दिईने छ ।
- स्वच्छ खानेपानीको सुनिश्चिताको लागि पानीको शुद्धता परीक्षण गरीनेछ ।
- हालसम्म सञ्चालित खानेपानी आयोजनालाई नियमित मर्मत संभार र प्रभावकारी संचालनको व्यवस्था गरीनेछ साथै आवश्यकताको आधारमा नयां खानेपानी आयोजना थप गर्दै लगिनेछ।
- आगामी आ.व. मा वडा नं.१० लाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरीनेछ र क्रमश अरु वडा हुंदै नगरपालिकालाई पुर्ण सरसफाई उन्मुख नगर घोषणा गर्ने अभियान संचालन गरीनेछ ।
- नगरको फोहोरमैला व्यवस्थापन कार्यलाई व्यवस्थित गरी फोहोरबाट मोहोर कमाउ भन्ने अभियान संचालन गरीनेछ।
- कुहिने र नकुहिने फोहोर छुट्टाई मुख्य बजार टोलमा फोहोर संकलनका लागि डस्टविनको व्यवस्था गरीनेछ ।
- मेरो नगर र मेरो घर म आफै सफा गर्छु भन्ने अभियान संचालन गरी सरसफाईमा थप कार्य गरीनेछ ।
च. कला संस्कृति र साहित्य
- गल्कोट कांडेवासमा रहेको सोरठी नाच, हरिचौरको सोरठी ख्याली,पाण्डबखानीको घांटु नाच, हटिया र हरिचौरको लाखे र सराएं नाच, पञ्चेबाजा भजनकृतन लोक भजन,यानीमाया, सुनीमाया जस्ता विभन्न कला संस्कृति र जात्राको संरक्षण गरीनेछ ।
- नव प्रतिभाको खोजी र सृजनात्ममक क्षमता प्रस्फुटनको लागि विभिन्न साहित्यिक गोष्ठी तथा कार्यक्रमहरु आयोजना गरीनेछ ।
- गल्कोटको पहिचान असला माछाको प्रतिमा निर्माण तथा आवश्यकताको आधारमा थप नगरस्तरीय वाल उधान, खुल्ला व्यायम स्थल र पार्क विस्तार गर्दे लगिने छ।
- गल्कोट घुम्टे पत्रकारिता पुरस्कारलाई निरन्तरता दिइनेछ ।
- स्थानीय कला र सस्कृतिलाइ प्रवर्धन गर्दै राष्ट्रियस्तरमा चिनाउन विशिष्ट स्थान प्राप्त राष्ट्रियस्तरका कलाकारहरुलाइ सम्मान गरीनेछ ।
- स्थानीय भाषा र कलाको संरक्षण र प्रवर्धन गर्न विषेश कार्यक्रम संचालन गरीनेछ ।
- नगरपालिका क्षेत्रको लोपउन्मुख गन्धर्व जातिको कला र संकृतिको संरक्षण गरीनेछ ।
- अल्पसंख्यक जाती कुमाल, गन्धर्व संस्कृति र पञ्चेवाजा जस्ता कला संस्कृतिको संरक्षण गरीनेछ साथै व्यवसायिक बनाउन जोड दिईनेछ ।
- विधार्थी र सर्जकहरुका लागि सृजनात्मक सहित्यिक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरीनेछ ।
३. पूर्वाधार तथा शहरी विकास
- नगर गौरवको आयोजनाको रुपमा समावेश गरी नगरपालिकाको प्रशासकीय भवन तोकिएको समयमा निर्माण कार्य सम्पन्न गरीनेछ ।
- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजार देखी बिहु खण्ड र गण्डकी प्रदेश सरकारद्धारा निर्माण शुरु भएको हटिया हरिचौर हिल तारा हुदै म्याग्दी जोड्ने सडक चाडो सम्पन्न गर्न पहल गरीनेछ ।
- नगरपालिकादेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे गर्ने अभियान अन्तर्गत हरिचौर, मल्म पाण्डवखानी सडकको बजेट सुनिश्चित गरी तोकिएको समयमा नै सम्पन्न गर्न डिभिजन सडक कार्यालय बागलुङसंग पहल गरीनेछ साथै वडा नं. १ र ११ सम्म पुग्ने सडकको स्तरोन्नतिको लागि डिपिआर तयार गरीनेछ ।
- नगरपालिकाको यातायात गुरुयोजना तयार गरीनेछ ।
- नगरपालिकाको सबै वडालाई जोड्ने गरी रिङरोड निर्माणको लागि संघ तथा प्रदेश सरकारको समन्वयमा डिपिआर तयार गरीनेछ ।
- नगरपालिकामा व्यवस्थित शहर निर्माणका लागि आवश्यक प्रकृया अगाडी बढाईनेछ ।
- बस जिप लगायतका सवारी साधन पार्कीङको व्यवस्था गरी बजारलाई व्यवस्थित गरीनेछ ।
- सुविधासम्पन्न बसपार्क निर्माणका लागि उपयुक्त स्थानमा जग्गाको पहिचान गरी नगरविकास कोषसंगको साझेदारीमा कार्य अगाडी बढाइनेछ ।
- शहरी विकास तथा भवन सम्बन्धी मापदण्ड र नक्सापास सम्बन्नी कार्यविधि कडाईका साथ कार्यान्वयन गरी नक्सापास कार्यलाई व्यवस्थित र अनिवार्य बनाईनेछ ।
- आवश्यक्ताको आधारमा झोलुंगे पुल निर्माणको कार्यलाई निरन्तरता दिईनेछ ।
- निजी भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई भवन निर्माण सम्बन्धी आधारभूत तालिमको व्यवस्था गरी प्रमाणपत्र प्रदान गरिने छ ।सिकर्मी र डकर्मीहरुको लागि तालिम प्रदान गरी भुकम्प प्रतिरोधी र दिगो भवन निर्माणको कार्य थालनी गरीनेछ ।
- सरकारी तथा गैरसरकारी संस्थाको भौतिक संरचना निर्माण गर्दा अपांगमैत्री र वालमैत्री पूर्वाधार निर्माण गर्ने व्यवस्था गरीनेछ ।
- जलविधुत आयोजना संचालनका लागि लागनीको उपयुक्त वातावरण तयार गरीनेछ ।
- आवश्यश्यकता, औचित्यता र वातावरणीय उपयुक्तताको आधारमा मात्र सडकको नयां ट्रयाक खोल्ने कार्य गरीनेछ निर्मित सडकको स्तरोन्नति र सुरक्षा गरीनेछ ।
- नगरस्तरीय सडकहकहरुको नामाकरण गरीनेछ ।
- पुरानो नापीमा जग्गा यकिन नभएको र अर्काको नाममा परेको जग्गाको समस्या समाधान गर्न नापी कार्यालय संग आवश्यक पहल गरीनेछ ।
४. वन ,वातावरण तथा विपद ब्यबस्थापन
- बाढी पहिरो तथा वर्षाको जोखिमको पूर्व सूचना दिने यन्त्र नगरको ३ स्थानमा जडान गरीनेछ ।
- चट्याङ प्रतिरोधात्मक यन्त्र आवश्यक्ताको आधारमा जडान गरीनेछ ।
- वनक्षेत्रलाई अनियन्त्रित डढेलो, अतिक्रमण, चरिचरण र चोरी निकासीबाट प्रभावकारी ढंगले संरक्षण गर्न उपभोक्ता समितिहरुलाई परिचालन गरीनेछ।
- खानेपानीको मूहान तथा जलाधारक्षेत्रको सँरक्षणको लागि उपयुक्त कार्यक्रम सञ्चालन गरीनेछ।
- जैविक तथा अजैविक फोहरलाई उत्पादन तह बाटै वर्गिकरण गरी छट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइनेछ।
- फोहरमैला व्यवस्थापनमा नसमेटिएका वडाहरुमा साझेदारीमा आधारित फोहरमैला व्यवस्थापन कार्य अगाडी बढाइनेछ।
- विपद्को अवस्थामा खोज तथा उद्धारको लागि विपद् व्यस्थापनमा काम गर्ने विभिन्न सरकारी एवं गैह्रसरकारी निकायहरुसंग समन्वय गरी स्वयंसेवक र राहत उद्धार सामाग्रीहरुको भण्डारण र पूर्व तयारीको व्यवस्था मिलाइनेछ।
- सामुदायिक वनको संरक्षणमा जोड दिई त्यसको उपजलाई जनपयोगी बनाईनेछ ।
- वातावरण संरक्षणका लागि परम्परागत कुवा,पोखरी तथा चौपारीहरुको संरक्षण र प्रवर्द्धन गरीनेछ ।
- दरमखोला र गौदीखोला लगाएत अन्य सहायक खोलाहरुमा अनियन्त्रित उत्खननमा नियन्त्रण गरी संरक्षण गर्ने कार्यक्रम संचालन गरीनेछ। खोलाको प्राकृतिक सौन्दर्यता जोगाउनका लागि विभिन्न सचेतनामूलक कार्यक्रम संचालन गरीनेछ ।
- भू-संरक्षण तथा जलाधार संरक्षण पहिरो नियन्त्रण र खोला तटबन्धको कार्यलाई अगाडी बढाइनेछ ।
- आपत्कालिन कार्य संचालन केन्द्र स्थापना गरी संचालनमा ल्याइनेछ ।
- सामुदायिक वन समुहहरुसंगको साझेदारीमा जडीबुटी उत्पादन तथा बजारीकरण गर्ने कार्यको थालनी गरीनेछ ।
- नगरक्षेत्रका वनजंगलमा पाईने जडीबुटीहरुको विज्ञद्धारा अध्ययन गरी संरक्षण तथा प्रचारप्रसार गर्ने कार्यको थालनी गरीनेछ ।
५. सँस्थागत विकास, सेवा प्रवाह र सुशासन
- नगरबाट प्रवाह हुने सेवालाई छिटो छरितो बनाउन प्रकृयामा सरल बनाई , प्रविधिमैत्री र नागरीकमैत्री सेवा प्रदानमा जोड दिईने छ।
- आर्थिक पारदर्शिता र वित्तीय अनुशासनको नीतिलाई अवलम्बन गरीनेछ ।
- कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरीनेछ ।
- जनप्रतिनिधि र कर्मचारी क्षमता अभिवृद्धि गर्न क्षमता विकासका कार्यक्रम संचालन गरीनेछ।
- सबै वडामा वडास्तरीय र नगरमा नगरस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम नियमित संचालन गरीनेछ ।
- स्थानीय सेवामा नियुक्त भएका कर्मचारीहरुको बृत्ति विकासको लागि संघीय निजामती सेवा ऐन र प्रदेश निजामती सेवा ऐनको आधारमा स्थानीय सेवा ऐन निर्माण गर्न आवश्यक पहल गरीनेछ ।
- नगरपालिका र वडामा कार्यरत कर्मचारीहरुको लागि कार्य विवरण बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरीनेछ ।
- नगर भित्रको सबै वडाहरुमा बजार अनुगमन गरी आम उपभोक्ताको हित सुरक्षित गर्न र कालोबजारी तथा अनियमितता नियन्त्रण गर्ने कार्यक्रम संचालन गरीनेछ।
- वास्तविक र प्राथमिकताका आधारमा बजेट तर्जुमा गर्न मध्यकालीन खर्च संचरना तयार गरीनेछ ।
- व्यक्तिगत घटना ,नागरीकले पाउने सेवा,कामक प्रक्रिया सम्बन्धमा जानकारी दिन एवं गुनासो सुनुवाईको लागी नगरस्तरीय कल सेन्टरको स्थापना गरीनेछ।
- वडा कार्यालयबाट प्रदान गरीने सिफारिस तथा कागजातको सुरक्षाको लागी सफ्टवेयरको व्यस्था गरी सबै वडाका सिफारिस तथा कागजातहरुमा एकरुपता कायम गरीनेछ।
- वडा कार्यालयको सुरक्षार्थ प्रत्येक वडामा सि सि क्यामेरा जडान गरी नगरस्तरीय केन्द्रीकृत प्रणालिमा आबद्ध गरीनेछ।
- जनप्रतिनिधि र कर्मचारीहरुको अन्तरसम्बन्ध सुदृढ गर्ने,कार्यक्षमता बृद्धि गर्ने र जनताप्रति जवाफदेही बनाउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरीनेछ ।
- बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरणको कार्यलाई सरल र प्रभावकारी बनाईनेछ ।
- प्रत्येक तिन महिनामा प्रत्येक टोलमा नागरिक शिक्षा सचेतना कार्यक्रम सञ्चालन गरीनेछ ।
- मासिक रुपमा खर्चको सार्वजनीकरण र गुनासो सुनुवाईको प्रभावकारी संयन्त्रको स्थापना गरी विकास गरीनेछ ।
- गल्कोट नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि आवश्यक पहल गरीनेछ ।
- अत्यावश्यक सेवा छिटो र सरल रुपमा प्रवाह गर्न घुम्टी सेवा र घरदैलो सेवा जस्ता कार्यहरुलाई व्यवस्थित गरीनेछ।
- नगरपालिकाको दोस्रो पंचवर्षीय आवधिक विकास योजना ०७९/८० -०८३/84 तर्जुमा गरी कार्यान्वयन गरीनेछ
६. राजश्व परिचालन र श्रोत अभिबृद्धि
- कर सम्बन्धी ऐन कानून र रावस्व सुधार कार्ययोजना २०७९ को सफल कार्यान्वयन जोड दिईने छ ।
- राजस्व परामर्श समितिको कार्यलाई प्रभावकारी बनाईनेछ ।
- कर शिक्षा सचेतना कार्यक्रम संचालन गरीनेछ ।
- करदाताहरुको स्तर निर्धारण गरी ठुला करदाताहरुलाई सार्वजनिक कार्यक्रम मार्फत सम्मान गरीनेछ ।
- सम्पत्ति कर, भूमिकर तथा व्यवसाय कर प्रणालिमा अनलाईन पेमेन्टको व्यवस्था मिलाईनुका साथै व्यवसाय दर्ता तथा नवीकरण वडा कार्यालयबाटै हुने व्यस्था मिलाईने छ ।
- कर तिर्ने अभ्यास विकास गर्न नागरीकलाई प्रोत्साहित गरीनेछ ।
- राजस्व शाखाको कर्मचारीको क्षमता विकास गर्नुका साथै उच्चतम प्रविधिको प्रयोग गरी आन्तरिक आय बृध्दि गरिने छ।
- संस्थागत रुपमा संचालित व्यवसायिक प्रतिष्ठानहरुलाई घरवाहालको दायरामा ल्याईनेछ साथै व्यक्तिगत घरवाहाल वालालाई करको दायरामा ल्याउने कार्यको थालनी गरीनेछ ।
- करको दर र दायरालाई वैज्ञानिक र समयसापेक्ष बनाउदै लगिने छ ।
- लक्षित वर्गमा छुट तथा सहुलियतको व्यवस्था गरीनेछ ।
- नगरपालिकामा विभिन्न क्षेत्रको करदाताहरुको विवरण अध्यावधिक गरी समयमा कर तिर्न र नवीकरण गर्ने कार्यलाई प्रभावकारी बनाईनेछ ।
- नगरभित्रका खोलानालामा हुने ढुंगा गिटी र बालुवा उत्खननको कार्यलाई व्यवस्थित गर्न आवश्यक वातावरणीय प्रभाव अध्ययन गरी कार्य अगाडी बढाईनेछ ।
- गल्कोट क्षेत्रमा रहेका विभिन्न ढुंगा खानी संचालनको लागि आवश्यक प्रकृया अगाडी बढाईनेछ ।
- निर्धारित अवधिभित्र कर नतिर्ने करदातालाई दण्द सजाय गरीनेछ ।
- निजी क्षेत्र वा सहकारी संस्थाको सहकार्यमा व्यापारिक कम्प्लेक्स, सभाहल, हाटबजार, उधान पार्क र कृर्षि उपज संकलन केन्द्र निर्माणमा लगानी गरी राजस्व अभिबृद्धि गरीनेछ ।
७. कानून तथा न्याय
- न्यायिक समितिलाई सक्रिय बनाई मासिक रुपमा बैठक तथा ईजलास बस्ने व्यवस्था गरीनेछ ।
- न्यायिक समितिको कार्यलाई प्रभावकारी बनाउन मुद्धा दर्ता, बहस र फैसलालाई दबाब र प्रभाव रहित बनाईनेछ ।
- मेलमिलापकर्ताहरुलाई आधारभूत तथा पुनर्ताजगी तालिमको व्यवस्था गरी मेलमिलापलाई व्यवस्थित गरीनेछ ।
- नगर र वडास्तरीय मेलमिलाप केन्द्रको प्रभावकारीता बृद्धि गरीनेछ ।
- सामुदायिक मेलमिलाप केन्द्रको व्यवस्थापन गरीनेछ ।
- महिला सामुदायिक केन्द्रको प्रभावकारीता बृद्धि गरीनेछ ।
- नागरीकलाई सचेत गराउन विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरीनेछ ।
- न्यायिक निरुपणको लागि आवश्यक कानून निर्माण गरी कार्यान्वयन गरीनेछ ।
८. विविध
- नगरपालिकाको विकास र सवृद्धिको लागि दिर्घकालीन, मध्यकाली वार्षिक योजना बनाईने छ साथै कार्यक्रम तर्जुमाको लागि नगरपालिकाभित्रका सबै विषयविज्ञ समावेश भएको एक विज्ञ समूह गठन गरीनेछ ।
- टोल विकास संस्थाहरुको पूनर्गठन गरी समुदाय परिचालनमा महत्वपूर्ण काम गर्न प्रेरित गरीनेछ।
- छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप अभियान संचालन गरीनेछ ।
- नागरीकहरुको सुरक्षा र अपराध न्यूनीकरणका लागि बजार क्षेत्रमा आवश्यकताको आधारमा सिसी क्यामेरा र सडक बत्तीको व्यवस्था गरीनेछ ।
- साझा हित र सरोकारका मुद्धामा छिमेकी गाउपालिका तथा नगरपालिकासंग साझेदारी र समन्वय गरिने छ
- नियमानुसार प्रकाशित गर्नुपर्ने विज्ञापन सूचना तथा बोलपत्रहरु स्थानीय संचारमाध्यमबाट प्रकाशनको व्यवस्था मिलाईनेछ
- हटिया,भाटी,हरीचौर र कांडेवास बजार क्षेत्रमा सडक बत्ती जडानको कार्यलाई अगाडी बढाईनेछ ।
नगरसभाका सदस्य ज्युहरु,
दोस्रो निर्वाचन पछिको पहिलो यस नगरपालिकाको नीति तथा कार्यक्रम समग्र नगर निर्माणको दिर्घकालीन सोंच र लक्ष्यको मार्गदर्शक हो । नगरपालिकाको एक्लो प्रयासबाट मात्रै अपेक्षा गरीएका लक्ष्य हासिल गर्न सम्भव छैन ।संघीय सरकार, प्रदेश सरकार, सरकारी तथा गैरसरकारी संघसंस्था, सामुदायिक तथा सहकारी संघसंस्थाहरुको संयुक्त प्रयास, सहकार्य र स्वामित्वलाई प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । गल्कोट नगरपालिकाले नगरका हरेक सरोकारवालासंगको सहकार्य र समन्वयमा कार्य गरीरहेको व्यहोरा अवगत गराउदै यो नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत सबैको सहयोग रहने विश्वासका साथ समृद्ध नगर निर्माणको अभियानमा सहभागिताका लागि अग्रह गर्दछु ।
अन्त्यमा,
नगरपालिकाको संस्थागत र समग्र विकासमा योगदान गर्नुहुने पहिलो जनप्रतिनिधि, संघ तथा प्रदेश सरकारका मन्त्री तथा संसदज्युहरु, छिमेकी नगर तथा गांउपालिका, विभिन्न दातृ निकाय, स्थानीय प्रशासन, समाजिक संघ संस्था, राजनीतिक दल, नगरसभाका सदस्यजयुहरु, निजी क्षेत्र, नागरीक समाज, संचार जगत, बुद्धिजीवी, राष्ट्रसेवक कर्मचारी लगायत सम्पूर्ण दिदीवहिनी र दाजुभाईप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद।
...................................
भरत शर्मा
नगर प्रमुख
गल्कोट नगरपालिका बागलुङ ।