बागलुङ नगरको निति तथा कार्यक्रम: स्थानिय मदिरालाई ब्राण्डिङ्ग र बजारीकरण गरिने (पुर्ण पाठ सहित)

  • असार ९, २०७९

बागलुङ- बागलुङ नगरपालिकाले स्थानिय रुपमा उत्पादन गरिने मदिरालाई स्वास्थ्य मापदण्ड पुरागरी गुणस्तरीय उत्पादन, व्राण्डिङ्ग र वजारीकरण गर्न भएको छ । नगरपालिकाको आव ०७९।०८० को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय रुपमा उत्पादन हुने मदिराको ब्राण्डिङ्ग र बजारीकरण गरिने बताएका छन । 
उनले सवै स्वास्थ्यका मापदण्ड पुरा गरी उत्पादन गरिएको मदिरालाई गुणस्तर मापन गरी बजारीकरण गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको बताएका छन । 
नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रमहरु अगाडी ल्याएको छ । 
नगरपालिकाले कृषि क्षेत्र तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी  गराउने, बागलुङ नगर कृषि गाडी संचालनमा ल्याउने, फुड फरेष्ट कार्यक्रम संचालन गर्ने, जग्गाधनी र कृषकलाई जोडौ, जमिन बाझो नछोडौ र  दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी रुपमा विकास गर्ने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र तर्फ बागलुङ नगरी, स्वास्थ्य संस्थामा डेलीभरी, जेष्ठ नागरिकको सेवा, स्वास्थ्य उपचारमा टेवा, नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष लगायतका कार्यक्रम अगाडी सारेको छ । भौतिक पुर्वाधार तर्फ सबै वडाहरुको सन्तुलित विकास हुनेगरी एक वडा एक नमुना पुर्वाधार विकास कार्यक्रम संचालन गर्न मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गर्ने र पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहलको काम अगाडी बढाउने कार्यक्रम अगाडी सारेको छ । निति तथा कार्यक्रममा अधिकाशं कार्यक्रम नयाँ रहेका छन । 
नगर प्रमुख श्री बसन्त कुमार श्रेष्ठले नगरसभा समक्ष पेश गर्नु भएको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम

बागलुङ नगरपालिका
असार २०७९
 
सभा उपाध्यक्षज्यू, 
सभा सदस्यज्यूहरु,

नेपालको संविधान जारी भएपछि दोश्रो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट आदरणीय मतदाताहरुको अमूल्यमतबाट विजयी भई कार्य जिम्मेवारी सम्हालेको केही समय भित्रै सम्मानित नगरसभा समक्ष आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउ“दा मलाई गौरवको अनुभूती भएको छ । 
यस अवसरमा नेपाल राष्ट्रको रक्षा र अग्रगमनका आन्दोलनहरुमा सरिक भई शाहदत प्राप्त गर्नुहुने सहिदहरु प्रति  भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । यस बागलुङ नगरपालिकाको विकास र सवृद्धिका लागि संस्थापक नगर प्रमुख ऋषिराम शर्मा सहितका अग्रजहरुले गर्नुभएको योगदान हाम्रा लागि सदैव प्रेरणादायी छ । लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा अगुवाई गर्नुहुने अग्रजहरुको योगदानको स्मरण गर्दै स्थानीय तहको दोश्रो निर्वाचन २०७९ मार्फत हामीलाई बागलुङ नगरपालिकाको नेतृत्व प्रदान गर्नुहुने सम्पूर्ण मतदाता नगरवासीहरु प्रति कृतज्ञता व्यक्त गर्दछौ ।
शताब्दीकै विश्वब्यापी महामारीको रुपमा पैदा भएको कोभिड–१९ को संक्रमणबाट संङक्रमित भई ज्यान गुमाएका सम्पूर्ण आत्माहरु प्रति हार्दिक श्रद्धाञ्जली एव शोकाकुल आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछु । 
स्थानीय तह जनताको सवैभन्दा नजिकको सरकार होे । नेपालको संविधान अनुसार स्थानीय आर्थिक, सामाजिक, पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा स्थानीय तहको प्रमुख जिम्मेवारी रहेको छ । संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारसूचिका विषयहरुमा योजना,बजेट तथा कानून निर्माण र त्यसको कार्यान्वयन गर्न अधिकार दिएकोछ । 
बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम तयार गर्दा नेपाल सरकारको दीर्घकालीन लक्ष्य, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण, नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट, गण्डकी प्रदेशको आवधिक योजना, नीति तथा कार्यक्रम र वजेट, नेपाल सरकार र प्रदेश सरकारका क्षेत्रगत नीति तथा कार्यक्रम, आम नगरवासीको माग, ईच्छा र चाहनालाई मुख्य आधार वनाईएको छ ।
स्थानीय तहको योजना तथा वजेट तर्जुमाका विभिन्न चरणहरुमा टोलस्तरका आम नागरिक, सम्वन्धित संघीय र प्रदेश कार्यालयहरु, गैर सरकारी संघ संस्थाहरु, सहकारी तथा सामाजिक संघ संस्थाहरु, नागरिक समाज, वालवालिकाका, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक लगाएत लक्षित समुदायका प्रतिनिधिहरु, राजनीतिक दल, निवर्तमान जनप्रतिनिधिहरु, संचारकर्मी एवं आम नगरवासीहरुबाट समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सुझाव संकलन गरिएको छ । 
यस नीति तथा कार्यक्रममा लोकतान्त्रिक मुल्य मान्यता, मानवअधिकार, सुशासन, सामाजिक न्याय र सामाजिक संरक्षण, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको सीमा र सम्वन्धका सिद्दान्तहरुलाई आत्मसाथ गरिएकोछ । 
स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित नगर प्रमुखको हैसियतले पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा हाम्रै पुस्ताले प्रत्येक नगरवासीकोे ग्रामीण क्षेत्रमा वातावरणमैत्री शान्त एवं सुन्दर आवास, शहरी एमव् व्यावसायिक क्षेत्रमा उद्यम, व्यक्ति पिच्छे वातावरणमैत्री सवारी साधन, स्मार्ट जीवनशैली, भूमिगत सडक तथा रेलमार्ग, द्रुत यातायात, चिल्ला सडक, केवलकार जस्ता आत्याधुनिक पूर्वाधार, नविनतम सूचना प्रविधिमा सवै नागरिकहरुको पहुँच सहितकोे सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरेको छु । 
यस नगरपालिकावाट विगतमा लिईएका महत्वपूर्ण नीति संचालनमा रहेका गौरवका योजना र कार्यक्रमलाई  निरन्तरता दिइएकोछ । 
दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिई नगरले आगामी आर्थिक वर्षमा लिने क्षेत्रगत नीति तथा कार्यक्रम देहाय अनुसार प्रस्तुत गर्दछु  । 
आर्थिक विकास
कृषि तथा पशुपालन

१)  कृषिलाई उद्यम, कृषकलाई उद्यमी  भन्ने अभियानकासाथ नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिकरण, विविधीकरण र यान्त्रिकीकरण गर्न सहयोग गरिनेछ । 
२)  कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरिनेछ । 
३)  कृषकहरुको सुविधाको लागि हरेक वडामा घुम्ती माटोपरीक्षण शिविर संचालन गरिनेछ । 
४)  सामुहिक वा सहकारी खेतीलाई प्रवर्धन गरिनेछ । जमिन चक्लावन्दी गरी समुह वा सहकारीमा आवद्ध भई व्यावसायिक कृषि तथा पशु व्यावसाय गर्न चाहने कृषक समुह वा सहकारीलाई आवश्यक तालिम, विउपुँजी, प्रविधि हस्तान्तरण र वजारीकरणमा सहयोग गरिनेछ । 
५) कृषि व्यावसायलाई प्रवर्धन गर्न नगरपालिकाको ५० प्रतिशत अनुदान एवम् कृषि समुह र  सहकारीको ५० प्रतिशत लागत साझेदारीमा किसानले प्रयोग गर्ने मल, विउँ लगायतका कृषि सामग्री र कृषका उत्पादन ढुवानीलाई सहज वनाउन बागलुङ नगर कृषि गाडी संचालनमा ल्याईनेछ । 
६)  स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहयोग पु¥याउन उपयुक्त स्थानमा आधुनिक कृषि बजार स्थापना गरिनेछ । बागलुङ नगरपालिका वडा नंं ३ स्थित कृषि हाट वजारको व्यवस्थापन गरी संचालनमा ल्याईनेछ । 
७)  नगरपालिका क्षेत्रभित्रको कृषि तथ्याङ्क संकलन गरिनेछ । किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ । 
८)  जैविक खेती प्रणालीलाई प्रवर्धन गर्न प्रत्येक पकेट क्षेत्रमा आई.पि.एम. पाठशाला संचालन गरिनेछ । जैविक कृषि उत्पादनको प्रमाणीकरण र बजारीकरण गर्न सहयोग गरिनेछ । हाल सम्म रासायनिक मल तथा विषादी प्रयोग नभएका कृषि क्षेत्रहरुको पहिचान गरी त्यस्ता क्षेत्रलाई अर्गानिक कृषि क्षेत्रको रुपमा विकास गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
९)   कृषि उत्पादनको अधिक सम्भावना रहेका वडा नंं ३ देखि १४ मा प्रतिवडा २÷२ जनाका दरले अगुवा कृषक छनौट गरी उनीहरुलाई कृषि ज्ञान, सीप, प्रविधिमा दक्ष वनाई नगर कृषक अभियन्ता को रुपमा परिचालन गरिनेछ ।
१०)  बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा न. १,२,३ र ४ मा कौसीखेतीलाई प्रर्वद्धन गरिनेछ । यसका लागि आवश्यक तालिम, प्रविधि र विउविजन उपलव्ध गराईनेछ ।  
११)  बागलुङ नगरका सवै कृषियोग्य जमिनमा क्रमशः सिंचाई सुविधा पु¥याईनेछ । सिंचाई सम्वन्धी कार्यक्रम संचालन गर्दा कृषि पकेट क्षेत्रलाई प्राथमिकता दिईनेछ । सिंचाईको स्रोत अभाव भएको स्थानमा क्रमश थोपा सिंचाइ, प्लास्टिक पोखरी र लिफ्टिङ प्रविधिमा आधारित सिंचाई कार्यक्रम संचालन गरिनेछ ।
१२)  कृषि उत्पादन वृद्धि र कृषि क्षेत्रमा रोजगारी सृजनामा उल्लेख्य योगदान पु¥याउने उत्कृष्ट कृषक तथा कृषक समूह छनौट गरी पुरस्कृत एवंम् सम्मान गरिनेछ । 
१३)  ताजा तथा बेमौसमी खेती, मसला बाली, रैथाने बालीलाई प्रोत्साहन गरिनेछ । नगरपालिकाको उपयुक्त स्थानमा सरोकारवालाहरुसंगको साझेदारीमा विउ गोदामघर स्थापना गरी संचालनमा ल्याईनेछ । 
१४) सामुदायिक बन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जोड्न सहयोग र प्रोत्साहन गरिनेछ । कृषि बालीमा हानी पु¥याउने बाँदर लगायतका जीवजन्तुलाई प्राकृतिक रुपमा नियन्त्रण गर्न फुड फरेष्ट कार्यक्रम संचालन गरिनेछ । बा“दर प्रभावित क्षेत्रहरुमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केरा खेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिनेछ । 
१५) व्यावसायिक कृषकहरुलाई परियोजना धितोमा वैंक तथा वित्तीय संंस्थासंग समन्वय गरी सहुलियतपुर्ण कृषिकर्जा उपलव्ध गराउन पहल गरिनेछ । 
१६) पशुवस्तुमा कृतिम गर्भाधान सेवालाई वडातहसम्म विस्तार गरिनेछ । सामुहिक पशुपालन व्यावसायलाई प्रोत्साहन गरिनेछ । 
१७)  दुग्ध सहकारी संघको साझेदारीमा दुग्ध पदार्थको व्यावसायिक उत्पादनमा सहयोग गरिनेछ । 
१८) व्यावसायिक पशुपालनका लागि उन्नत पशु आहार, काउम्याट, दुध दुहुने मेशिन , क्यान जस्ता प्रविधि र उपकरणमा अनुदान प्रदान गरिनेछ ।
१९) कुखुरा, कालिज, बाख्रा, पाडापाडी, बंगुर, माछाको व्यावसायिक उत्पादन र बजारीकरणमा सहयोग गरिनेछ ।  
२०) सम्वन्धित निकायहरुसंगको समन्वय र साझेदारीमा सामुदायिक कुकुरहरुको वन्ध्याकरण शिविर संचालन गरिनेछ । रेविज जोखिम न्यूनिकरणका लागि घरपालुवा तथा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्दको खोप लगाईनेछ । 
२१) कृषकहरुलाई कृषि बाली तथा पशुधनको विमा गर्न प्रोत्साहन गरिनेछ । कृषकले गरेको कृषि तथा पशु बिमाको  ५० प्रतिशत रकम अनुदान दिईने नीति लिईनेछ । 
२२)  दुध, अण्डा, मासु र तरकारी, आत्मनिर्भर बागलुङ नगरी भन्ने नारालाई आत्मसात् गर्दे व्यवासायिक पशुपालन र मौसमी तथा बेमौसमी तरकारी खेती प्रवर्धनका कार्यक्रम संचालन गरिनेछ । 
२३)  कृषि उत्पादनको प्रोत्साहन गर्न, कृषि व्यावसायमा सहकार्य एवम् साझेदारी जुटाउन र कृषक, उपभोक्ता मिलन गराउन बागलुङ कृषि मेला आयोजना गरिनेछ । 
२४) जग्गाधनी र कृषकलाई जोडौ, जमिन बाझो नछोडौ  भन्ने अभियानकासाथ जग्गाधनी र कृषक वीच समन्वय गराई नगर क्षेत्रभित्रका सबै वाझो जमिनमा खेती गरिनेछ ।
२५) खेतीको सिजन अनुसार कृषकहरुलाई आवश्यक रासायनिक मल, उन्नत एवम् प्रमाणित  विउविजन र कृषि प्रविधि सहज र सुलभ आपुर्तिको लागि सहजिकरण गरिनेछ । 
२६) वडा नंं ८ को सिगाना लगायतका सुन्तला खेतीको संभावना रहेका क्षेत्रहरुलाई सुन्तलाको विशेष पकेट क्षेत्रको रुपमा विकास गरिनेछ । क्षेत्रगत संभाव्यताका आधारमा कागती, किवि, लिची, आँप, केरा एभोकाडो, ड्रागन फ्रुट्स, चिया, कफि, अलैची, ओखर र पुष्प खेतीलाई प्रोत्साहन गरिनेछ । 
२७) नगरपालिका क्षेत्रभित्रको उपयुक्त स्थानमा कृषि उपज प्रशोधन केन्द्र तथा शीतभण्डार निर्माण गरिनेछ ।
२८) व्यावसायिक एवंम् नमुना कृषि फर्म संचालनमा प्रोत्साहन गरी स्थानीय कृषि उत्पादनमा सहयोग गरिने छ । 
सहकारी
२९) सहकारी संस्थाहरुको प्रवर्धन र नियमन गरिनेछ । नगरपालिका, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघ र प्रारम्भिक सहकारी संस्था समेतको लागत साझेदारीमा सहकारी सचेतना, सहकारी व्यवस्थापन, सहकारी लेखा, सहकारी प्रविधि जस्ता विषयहरुको तालिम संचालन गरिनेछ । 
३०) सवै सहकारी संस्थाहरुलाई कोपोमिसमा आवद्ध गरिनेछ ।
३१) समान उद्देश्य भएका सहकारी संस्था एकीकरण गर्न प्रोत्साहन गरिनेछ । निष्कृय सहकारीको दर्ता खारेजी तथा खारेज गरिएका सहकारी संस्थाहरुको लिक्युडेसन कार्य अघि वढाईनेछ । 
३२)  गैर सदस्य कारोवार, एउटै विषयका वहुसंस्था सदस्यता, कार्यक्षेत्र वाहिरको कारोवार लगायतका सहकारीको वित्तीय सुशासन प्रतिकुल कार्यलाई कडाईकासाथ नियमन गरिनेछ ।
३३) सहकारी संस्था अनुगमन र नियमनमा जिल्ला सहकारी संघ र विषयगत सहकारी संघहरुलाई जिम्मेवार बनाईनेछ । नगरापालिका र सहकारी संघ संस्थासंग निरन्तर सम्पर्क, सहयोग र साझेदारीको लागि संयन्त्र निर्माण गरिने छ । सहकारी संस्था, सहकारी संघ र वित्तीय संघ संस्थासंगको साझेदारीमा प्रत्येक वडामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ ।
३४)  सहकारी संस्थाहरुलाई उत्पादन केन्द्रित गराई व्यावसायिक विशिष्टीकरण गर्न एक सहकारी, एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।  प्रारम्भिक सहकारी संस्थालाई उत्पादन केन्द्रित र विषयगत संघहरुलाई मुल्य अभिवृद्धी केन्द्रित गरिनेछ । 
३५) फोहोरको वैज्ञानिक व्यवस्थापन, विपद व्यवस्थापन, सामाजिक सचेतना, समुदाय परिचालन, लघुवित्त परिचालन, उत्पादन बृद्धि जस्ता क्षेत्रमा सहकारी संस्थाहरुलाई मुख्य भूमिका सहित साझेदारी गराईनेछ । 
पर्यटन तथा संस्कृती
३६)  अन्तरपालिका समन्वयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका मुख्य मुख्य धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुलाई जोड्ने गरी बृहत कृष्णगण्डकी सभ्यता पर्यटन विकास गुरुयोजना तयार गर्न पहल गरिनेछ । 
३७) बागलुङ पर्यटन विकास समिति गठन गरी बागलुङ नगरपालिकालाई धार्मिक पर्यटन र पर्यापर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ । प्रशिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम सङंग्रालय, पंचकोट,मालिका, रायरायकोट, संसारकोट, सिगाना कोटघर, निरयघाट, गौरीधाम, लक्ष्मीनारायण मन्दिर, शान्तिविहार वौद्घगुम्वा  र योगिनी भगवती मन्दिर लगायतका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास एवम् प्रचारप्रसार गरी पर्यटन प्रवर्धन गर्न नगर उप प्रमुख पर्यटन विकास विशेष कार्यक्रम संचालन गरिनेछ । नगरपालिकाको कुडुले क्षेत्रको तोरीवारी, सिगाना क्षेत्रको सुन्तला, पंचकोट, भकुण्डे, मुलावारी र रायडांडा लगायतका क्षत्रको गुरांसलाई लक्षित गरी मौसमी पर्यटकीय स्थलको रुपका विकास गरिनेछ । गण्डकी गोल्डेन व्रिज, भकुण्डे भ्यूटावर, वराह ताल, वौडेचौर, संसारकोट लगायतका क्षेत्रमा थप पर्यटन पुर्वाधार विकास गरिनेछ ।
३८) नगरका सवै पर्यटकीय गन्तव्यहरुलाई निश्चित आधारमा पर्यटन गन्तव्य नंम्वर (त्यगचष्कm म्भकतष्लबतष्यल ऋयमभ) प्रदान गरी व्यापक प्रचारप्रसार गरिनेछ । पर्यटकीय क्षेत्रको विषेशता सहितको सूचनामुलक वृत्तचित्र एवंम् ब्रोसर तयार गरी व्यापक प्रचारप्रसार गरिनेछ । 
३९) सरोकारवाला निकायसंग समन्वय गरी बागलुङ नगर क्षेत्रभित्रका होटल व्यावसायलाई मर्यादित एवम् पर्यटकमैत्री वनाउन पहल गरिनेछ । एक वार्ड, एक छाक, एकरात भन्ने अभियान सहित नगरपालिकाका सवै वडाहरुमा पर्यटकीय पूर्वाधार र आथित्यता संस्कृतिको विकास गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गरिनेछ । 
४०) होमस्टे संचालनको सम्भावना देखिएका मुलाबारी, भकुण्डे, वौडेचौर, नेपाने, नमुना गाउँ र पंचकोट लगायतका क्षेत्रमा होमस्टे व्यावसायलाई प्रवर्धन गरिनेछ । स्थानीयस्तरमा परम्परगत प्रविधिबाट उत्पादन गरिदै आएको मदिरालाई स्वास्थ्य मापदण्ड पुरागरी गुणस्तरीय उत्पादन, व्राण्डिङ्ग र वजारीकरण गर्न सहयोग गरिनेछ । 
४१) वलेवा विमानस्थल र पैयुपाटाको पहरे क्षेत्रलाई साहसिक उडान क्षेत्रको रुपमा प्रयोग गर्न पहल गरिनेछ । वागलुङ नगर क्षेत्रका सहिदहरुको सम्झनामा विभिन्न स्थानमा सहिद पार्क, पदमार्ग लगायतका सामुदायिक पुर्वाधार निर्माण गरिनेछ । सहिद, घाइते, बेपत्ता नागरीकका परिवारलाई सीपमुलक तालिम, रोजगार तथा आय आर्जनका कार्यक्रमहरुमा प्राथमिकताका साथ सहभागी हुने अवसर प्रदान गरिनेछ ।   
४२) नगरक्षेत्रको पर्यटन प्रोफाईल निर्माण गरिनेछ । नगरपालिकाको उपयुक्त स्थानमा पर्यटन सूचना केन्द्र स्थापना गरिनुका साथै नगरका स्थानीय उत्पादन, हस्तकलामा आधारित सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार गरी बजारीकरणमा सहयोग गर्न कोशेली घर स्थापना गरिनेछ ।
४३)  बागलुङ नगरपालिका क्षेत्रमा पौराणिक कालदेखि चलिआएको भजनकिर्तन, हनुमान नाच, लाखे नाच, झाम्रे, सोरठी नाच, रोपाई नाच, जोगी नाच लगायतका परम्परागत नाच, साहित्य, संङ्गीत, संस्कृति र सम्पदाहरुको संरक्षण र संवद्र्धन गरिनेछ । नगरक्षेत्र भित्र रहनु भएका कलाकार, साहित्यकार र श्रष्टाहरुको विवरण संकलन गरी अभिलेख राखिनेछ । उत्कृष्ट कलाकार, साहित्यकार र श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
४४) उद्योग व्यावसायको विकास र प्रवर्धनमा निजी क्षेत्रका व्यावसायिक संघ संस्थाहरुसंगको साझेदारी र सहकार्यमा विभिन्न कार्यक्रम संचालन गरिनेछ । खेलकुद रंगशाला, सार्वजनिक शौचालय, वसपार्क, पशुवधशाला, भुमिगत ढल व्यवस्थापन, कृषि वजार व्यवस्थापन, पार्क व्यवस्थापन, फोहोर व्यवस्थापन, स्वास्थ्य, शिक्षा, कोल्ड स्टोर निर्माण जस्ता पुर्वाधार निर्माण एवम् संचालनका क्षेत्रमा सार्वजनिक निजी साझेदारी (पि पि पि) अवधारणाको अभ्यास गरिनेछ । नगर क्षेत्रभित्र ठूला उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नगरको सवृद्धी र विकासका लागि लगानी जुटाउन बागलुङ लगानी सम्मेलन आयोजना गरिनेछ । तित्याङमा रहेको तामाखानी लगायत अन्य महत्वपूर्ण खानी संचालनका लागि सम्वन्धित निकायसंग समन्वय र सहकार्य गरिनेछ ।
उद्यमशिलता विकास तथा स्वरोजगारी
४५) स्वदेशमा उद्यम तथा स्वरोजगार गर्न चाहने युवायुवतीहरुले समुह वा सहकारीमा आवद्ध भई उद्यम गर्न चाहेमा त्यस्ता समुह वा सहकारी एवम् अति विपन्न नागरिक तथा लक्षित समुदायका व्यक्तिहरुलाई परियोजना प्रस्तावको आधारमा सीप तथा तालिम, विउपुंजि, प्रविधि, सहुलियतपूर्ण कर्जा र बजारिकरणमा सहयोग गरी उद्यमी सिर्जना गर्न नगर प्रमुख युवा उद्यमशिलता विकास कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रम संचालनको लागि उद्यमशिलता विकास कोषको स्थापना र कार्यक्रम संचालन कार्यविधि तयार गरिनेछ । 
४६) स्वेदश तथा विदेशबाट व्यावसाय तथा उद्यममा ज्ञान, सीप र अनुभव हासिल गरेका नगरवासीहरुको तथ्याङ्क संकलन गरिनेछ । यस्ता व्यक्तिहरुको ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न सहजिकरण गरिनेछ । आफु जन्मेको माटो र आफु हिडेको बाटो लाई माया गरी मातृभूमि फर्कि आफ्नै ठाउँथलोमा उद्यम गर्र्न चाहने व्यक्तिहरुलाई उद्यमशिलता विकास कोषबाट आवश्यक सहयोग गर्ने व्यवस्था मिलाईनेछ । विदेश जान चाहने युवा युवतीहरुलाई मागको आधारमा उपयुक्त तालिम प्रदान गरी दक्ष जनशक्तिको रुपमा विकास गरिनेछ ।
४७) नगर क्षेत्रभित्र रहेका श्रमिकहरुको सीप, अनुभव र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी नगरपालिकामा श्रम वैङ्क स्थापना गरिनेछ । यस्तो श्रम वैङ्कमा आवद्ध श्रमिकहरुलाई नगर क्षेत्रभित्र हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाई, विपद व्यवस्थापन, फोहोर व्यवस्थापन, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा रोजगारीको अवसर प्रदान गरिनेछ । श्रम वैङ्कलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसंग आवद्ध गरिनेछ । श्रम वैङ्क संचालनको लागि छुट्टै कार्यविधि तयार गरिनेछ ।
सामाजिक विकास 
शिक्षा

४८) सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर समान रुपमा अघि बढाउन पछाडी परेका विद्यालयहरुलाई शैक्षिक पूर्वाधार, नविनतम् शैक्षिक सामग्री, सूचना प्रविधि र तालिममा सहयोग गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ । 
४९) नगरक्षेत्र भित्र रहेका सबै विद्यालयहरुमा क्रमशः वालमैत्री (सिंगल) डेस्क बेञ्च व्यवस्था   गरिनेछ । आविश्कार, खोज तथा नवप्रवद्र्धन र अध्ययन गर्ने बानीलाई प्रोत्साहन गर्न नगर क्षेत्रमा रहेका पुस्तकालयहरुको स्तरोन्नती गरीनुका साथै डिजिटल पुस्तकालय स्थापना गर्न पहल गरिनेछ ।
५०) अति विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि सहयोग गर्न पदमसिंह विश्वकर्मा छात्रवृत्ती कोष स्थापना गरिनेछ ।  गुरुकुल, गुम्वा, विहार, मदरसा, खुल्ला एवम् वैकल्पिक शिक्षा कार्यक्रम संचालनका लागि प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरिनेछ । नगरभित्रका सामुदायिक धार्मिक विद्यालयहरुको संस्थागत विकास र स्तरोन्नतीका लागि आवश्यक पहल गरिनेछ । 
५१) शिक्षकहरुको कक्षा अवलोकन र उपलव्धी मापन गर्न विज्ञ समुह गठन गरी परिचालन गरिनेछ । विज्ञ समुहको अवलोकनबाट विद्यालय एवम् शिक्षकको सिकाई उपलव्धीको मापन गरिनेछ । विद्यालयको अनुगमनलाई प्रभावकारी वनाउन वस्तुगत अनुगमन चेकलिष्ट तयार गरी कार्यान्वयन गरिनेछ । अनुगमन प्रतिवेदन र विज्ञ समुहबाट भएको सिकाई उपलव्धीको मापनको आधारमा उत्कृष्ट विद्यालय र उत्कृष्ठ शिक्षक छनौट गरी पुरस्कृत गरिनेछ ।
५२) नगर क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धी गर्न सामुदायिक र संस्थागत विद्यालयहरुको असल अभ्यास आदानप्रदान गर्ने व्यवस्था मिलाईनेछ । सामुदायिक र संस्थागत विद्यालयका सफल सिकाई विधिको पारस्परिक स्थानान्तरण गर्न घुम्ती शिक्षक कार्यक्रम संचालन गरिनेछ । विद्यालयको व्यवस्थापन सुधार र सिकाई उपलव्धी अभिवृद्धीका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी समेतको सहभागितामा अन्तर विद्यालय भ्रमण तथा अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ । 
५३) विद्यालयको दिवा खाजा व्यवस्थित गर्न एवम् समग्र शैक्षिक गतिविधीको नियमित अनुगमन र सुधारको लागि वडा अध्यक्षको नेतृत्वमा रहेको वडा साक्षरता समितिलाई क्रियाशिल गराइनेछ । 
५४) बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलवमा नगरपालिकाबाट थप गरिएको रकमलाई निरन्तरता दिईनेछ । बालविकास सहजकर्ताहरुलाई प्रोत्साहन गरी सिकाई उपलव्धिलाई प्रभावकारी वनाउन प्रोत्साहनका कार्यक्रम ल्याईनेछ । 
५५) शिक्षण पेशाको पवित्रता, निष्ठा, श्रद्धा र व्यावसायिकतालाई सम्मान गर्ने वातावरण तयार गरी शिक्षण पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा स्थापित गरिनेछ । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुको क्षमता अभिवृद्धी गरिनेछ । शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी र अभिभावक समेतको आचारसंहिता बनाई कार्यान्वयन गरिनेछ ।
५६) वालमैत्री स्थानीय शासनका सूचक पुरा गर्न आवश्यक भौतिक तथा शैक्षिक पूर्वाधार निर्माणका लागि आवश्यक कार्यक्रम ल्याईनेछ ।
५७) नगर क्षेत्रको समग्र शैक्षिक व्यवस्थापनलाई नीतिगत समन्वय, विद्यालय व्यवस्थापनका मापदण्ड निर्धारण र अनुगमन तथा मुल्याँङ्कनमा समेत सहयोग गर्न नगरस्तरीय विद्यालय व्यवस्थापन समिति संजाल गठन गरिनेछ ।  
५८) नगरका असल अभ्यास र उत्कृष्ट सिकाई उपलब्धी भएका विद्यालयहरुलाई निश्चित मापदण्डका आधारमा छनौट गरी अगुवा विद्यालयको रुपमा विकास गरिनेछ । प्रधानाध्यापक, नगरस्तरीय विद्यालय व्यवस्थापन समिति संजालको वैठक अगुवा विद्यालयहरुमा पालैपालो वस्ने व्यवस्था मिलाईने छ ।
५९) बालविकास कक्षाहरुका लागि बालमैत्री सिकाई सामग्रीहरुको व्यवस्थापन गरिनेछ । सबै विद्यालयमा बाल क्लब गठन गरिनेछ । बालबालिकामा देखिएको डिजिटल कुलत हटाउन सचेतनात्मक कार्यक्रम संचालन गरिनेछ । व्यावसायिक, प्राविधिक एव जीवन उपयोगी शिक्षालाई प्रोत्साहन गरिन्छ ।
६०) नगर क्षेत्रभित्रका उपयुक्त विद्यालयहरुलाई नमुना विद्यालय र आवासीय विद्यालयको रुपमा विकास गर्न नेपाल सरकार समक्ष अनुरोध गरिनेछ । धौलागिरी वहुमुखी क्याम्पसलाई प्राज्ञीक तथा अनुसन्धानमुलक शैक्षिक केन्द्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
६१) गर्भवती महिला शिक्षक विदामा रहदा सट्टा शिक्षकको रुपमा काम गर्न रोष्टर शिक्षक परिचालन गरिनेछ । सिकाईमा नृत्य, एथलेटिक्स, खेलकुद, योगशिक्षा, आदर, सत्कार, सम्मान, नैतिक गुण,  आचरण अभिवृद्धीका लागि सम्वन्धित विषयका विज्ञहरुलाई घुम्ती शिक्षकको रुपमा परिचालन गरिनेछ ।
युवा तथा खेलकुद
६२) स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गरिनेछ । एक वडा एक खेल मैदान निर्माणका लागि पहल गरिनेछ । प्रत्येक विद्यालयमा आवश्यकताको आधारमा खेलकुद सामग्रीहरु उपलव्ध गराईनेछ ।
६३)सम्वन्धित संघ, संस्था र क्लवको साझेदारीमा वडास्तरीय र नगरस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । खेल क्षेत्रको विकासका लागि नगरस्तरीय खेलकुद विकास समिति गठन गरिनेछ । नगरका उपयुक्त स्थानहरुमा खुल्ला व्यायामशालाको स्थापनामा सहयोग गरिनेछ । 
६४) बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा खुला नगरस्तरीय बृहत बागलुङ कालिका कप आयोजना गरिनेछ । मेयर कप फुटवल प्रतियोगिता र नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई निरन्तरता दिईनेछ ।
६५) बागलुङ नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न खेल प्रशिक्षक र खेलाडीहरुको विवरण संकलन गरि अभिलेख राखिने छ । नगर क्षेत्रभित्रका खेलाडीहरुलाई प्रदेश तथा राष्ट्रियस्तरमा भाग लिन प्रोत्साहन गरिनेछ । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
६६) गौरवपूर्ण बागलुङ नगरी, युवा सहभागिता जरुरी भन्ने मुल नाराका साथ वडास्तरीय  तथा नगरस्तरीय युवा संजाल गठन गरिनेछ । युवा लक्षित कार्यक्रम संचालन र समन्वयका लागि युवा फोकल पर्सन तोकिने छ ।
६७) नगरको पूर्वाधार विकास, नेतृत्व विकास, समाजसेवा, फोहोरमैला व्यवस्थापन, विपद व्यवस्थापन, दुव्र्यसनी विरुद्ध सचेतना, योजना अनुगमन जस्ता कार्यमा युवा संजालका प्रतिनिधिलाई सहभागी गराईनेछ ।
स्वास्थ्य
६८) धौलागिरी अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नती र हरि खड्का ट्रमा सेन्टर स्थापनाका लागि पहल गरिनेछ । 
६९) नगर क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार निर्माण तथा मर्मत संभार र  उपकरण व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरिनेछ । स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
७०) बागलुङ नगरी, स्वास्थ्य संस्थामा डेलीभरी भन्ने नारा सहित गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराईनेछ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई सुत्केरी पोषण भत्ता उपलव्ध गराईनेछ । नजिकको स्वास्थ्यकर्मीको रुपमा परीचित महिला स्वास्थ्य स्वयसेविकाहरुलाई सम्मान र प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ । 
७१) नगर क्षेत्रभित्रका दलित, अति विपन्न नागरिकहरुको स्वास्थ्य बिमा गर्न स्वास्थ्य बिमा कोष स्थापना गरिनेछ । नगरपालिकाका वडाहरुमा पहुँच पुग्नेगरी एम्वुलेन्स सेवाको व्यवस्थापन गरिनेछ ।
७२) जेष्ठ नागरिकको सेवा, स्वास्थ्य उपचारमा टेवा भन्ने अभियानका साथ प्रत्येक ३÷३ महिनामा ६८ वर्ष उमेर नाघेका सवै जेष्ठ नागरिकहरुको घरघरमा गई दीर्घरोग सम्वन्धी स्वास्थ्य परीक्षण गरिनेछ । 
७३) निश्चित कार्यविधि तयार गरी अति विपन्न नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको आपतकालीन स्वास्थ्य उपचारमा सहायोग गर्न नगर प्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष स्थापना गरिनेछ ।
७४) नगर क्षेत्र भित्रका सबै स्वास्थ्य चौकीहरुमा क्रमश वर्थिङ्ग सेन्टर, फार्मेसी र प्रयोगशाला स्थापना गरिनेछ ।
७५) खोप कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी पूर्णखोपको दिगोपनालाई निरन्तरता दिईनेछ ।
७६) गाउँघर क्लिनिक र खोप क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ ।
७७) बा.न.पा १३ पैयुपाटामा निर्माणाधीन १५ शैयाको नगर अस्पताल निर्माण सम्पन्नगरी संचालन गरिनेछ । धौलागिरी अस्पतालमा नगरपालिकाबाट संचालनमा रहेको एम सि एच क्लिनिकलाई अझ सुदृढ गरी प्रभावकारी रुपमा संचालन गरिनेछ ।
७८) मातृ विद्यालयमा कार्यरत विद्यालय नर्सलाई मातृ विद्यालय क्षेत्रका अन्य विद्यालयमा सेवा प्रदान गर्ने व्यवस्था मिलाईनेछ । यसरी सेवा प्रदान गर्ने विद्यालय नर्सहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याईनेछ । विद्यालय नर्सलाई कार्यविवरणमा उल्लिखित काममा मात्र लगाईनेछ । 
७९) नगर क्षेत्र भित्रका वडाहरुमा आवश्यकताको आधारमा महिलाहरुको पाठेघरको क्यान्सर, मुटुरोग, मोतिया विन्दु लगायतका विषयको विशेषज्ञ सहितको स्वास्थ्य शिविर संचालन गरिनेछ ।
८०) एच आई भी संक्रमितहरुको उपचार र एच.आई.भी विरुद्धको सचेतनामुलक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि वढाईनेछ । 
८१) लागु औषध दुव्र्यसनी, लैंगिक हिंसा विरुद्घ सचेतनात्मक अभियान संचालन गरिनेछ । लागु औषधको कुलतमा फसेका व्यक्तिहरुलाई सुधार एवं पुनस्र्थापनाको कार्यक्रमलाई प्रभावकारी वनाईनेछ । 
८२) आयुर्वेद सेवालाई प्रभावकारी वनाउन भौतिक पूर्वाधारको विकास र आयुर्वेद स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गरिनेछ । 
पुर्वाधार विकास
८३) नगरपालिकाको कार्यालय व्यवस्थापनका लागि व्यवस्थित एवं सुविधा सम्पन्न कार्यालयको व्यवस्था गरिनेछ । 
८४) आफ्नै कार्यालय भवन नभएका सवै वडाहरुको क्रमश कार्यालय भवन निर्माण गरिनेछ । 
८५) सबै वडाहरुको सन्तुलित विकास हुनेगरी एक वडा एक नमुना पुर्वाधार विकास कार्यक्रम संचालन गर्न नगरस्तरीय विशेष कार्यक्रम संचालन गरिनेछ । नगरका महत्वपूर्ण योजना कार्यान्वयनका लागि संघ तथा प्रदेश सरकारसंग अनुरोध गरिनेछ । 
८६) निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रम र वृद्धाश्रम निर्माणको पूर्णता र आधुनिक दाह संस्कारगृह निर्माण गरिनेछ । 
८७) कुश्मा नगरपालिकासंगको सहकार्यमा कालीगण्डकी नदीको निरयघाट देखि काठेखोला दोभानसम्मको क्षेत्रमा धार्मिक पुर्वाधार निर्माण गुरु योजना तयार गरी दर्शनीय स्थलको रुपमा विकास गरिनेछ ।
८८) संघ र प्रदेश सरकार संगको साझेदारी र सहयोगमा नगरका सबै वडा केन्द्रसम्म क्रमशः पक्की सडक निर्माण गरिनेछ । मुलपानी–ढिकीचौर–तितौर सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, रायडाडा, सिगाना र खहरेलाई वाह्य चक्रपथको रुपमा विकास गरिनेछ । पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, गाजादह क्षेत्रमा साईकल मार्गको निर्माण गर्न पहल गरिनेछ । । 
८९) संघीय सरकारको सहयोगमा बागलुङ बजारक्षेत्रमा भुमिगत ढल निर्माण परियोजना यसै वर्षदेखि नै कार्यान्वयन शुरु गरी समयमै निर्माण सम्पन्न गर्न सहयोग र सहजिकरण गरिनेछ । 
९०) दक्षिण बागलुङलाई जोड्ने कालीगण्डकी करीडोर र बागलुङ–कुश्मिसेरा सडक खण्डमा पर्ने एक्लेसाल र दब्ल्याङको पहिरोको समस्या स्थायी रुपमा समाधान गर्न पहल गरिनेछ । 
९१) बागलुङ बजारलाई पश्चिम क्षेत्रस“ग जोड्ने मुख्य नाकाको रुपमा रहेको देउराली चोक र नारायण चोक क्षेत्रको सडकलाई विस्तार तथा व्यवस्थित गर्न पहल गरिनेछ । उक्त स्थानमा रहेका संरचनाहरु हटाउनका लागि विशेष कार्यक्रम ल्याइनेछ । 
९२) नगर क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा नीजि क्षेत्रको उपयुक्त जग्गामा सपिङ कम्प्लेक्स सहितको बहुउद्देश्यीय भवन निर्माण गरी नगरपालिकाको आन्तरिक श्रोत अभिवृद्धि गर्न पहल गरिनेछ । उद्योग वाणिज्य संघ संगको सहकार्यमा बागलुङ बजार क्षेत्रमा सि सि क्यामरा जडान गरिनेछ ।
९३) नीजि क्षेत्रस“गको सहकार्य र सरोकारवालाहरुको परामर्शमा उपयुक्त स्थानहरु पहिचान गरी केवलकार, सपिङ कम्प्लेक्स सहितको सिटिहल तथा स्वीमिङ्ग पुल लगायतको पुर्वाधार निर्माण गर्न पहल गरिनेछ । 
९४) नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकहरुको क्रमश स्तरोन्नती गरिनेछ । सडक क्षेत्रमा हरियाली प्रवद्र्धन, सडक बत्ती, फुटपाथको व्यवस्था गरी सुरक्षित र आकर्षक बनाइनेछ ।
९५) नगर क्षेत्रभित्र निर्माण हुने सबै सार्वजनिक पुर्वाधार निर्माणलाई अपाङ्ग र बालमैत्री बनाउन पहल गरिनेछ । 
९६)बागलुङ देखि बलेवा विमानस्थल सम्मको सडक कालोपत्रे गरी सम्वन्धित सरोकारवालाहरुको सहयोग र सहकार्यमा विमानस्थल संचालन गर्न पहल गरिनेछ । 
९७)आवश्यक प्रकृया पुरा गरी सम्वन्धित निकायसंगको समन्वयमा गुरुयोजना वमोजिम बाङ्गेचौर खेल मैदानमा सुविधा सम्पन्न रंगशाला र मालिका क्षेत्रमा जियोलोजिकल पार्क निर्माण कार्य अघि वढाईनेछ । 
९८) बा.न.पा ४ स्थित निर्माणाधीन दावगरा बसपार्कको निर्माण सम्पन्न गरी यथाशिघ्र संचालनमा ल्याइनेछ । 
९९) बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गा पुल र बागलुङ प्रवेशद्वारमा रंगरोगन तथा लाइटिङ सिस्टमको जडान गरी आकर्षक बनाइनेछ । कालिका मन्दिरतर्फको भीरमा आकर्षक पुष्पारोपण गरिनेछ । मालढुङ्गादेखि बागलुङ बजारसम्मको सडकलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन स्तरोन्नती र सौन्दर्यीकरण गरिनेछ । 
१००) मालढुङ्गा क्षेत्र र बागलुङ बजार क्षेत्रभित्र रहेको अव्यवस्थित होर्डिङ बोर्डहरुलाई हटाइ व्यवस्थित गरिनेछ । बजार क्षेत्रको चोक सुधारलाई क्रमश अघि वढाईनेछ ।
१०१) बागलुङ बजार क्षेत्रभित्र विद्यमान ट्राफिक, पार्किङ तथा अव्यवस्थित तारहरुको समस्यालाई सरोकारवाला निकायहरुको समन्वय तथा सहकार्यमा व्यवस्थापन गरिनेछ ।
१०२) वैङ्क तथा वित्तीय संस्था, विभिन्न क्लव, होटल लगायतका नीजि संस्थासंगको सहकार्यमा बागलुङ नगरपालिकाको बजार क्षेत्रभित्रको मुख्य स्थानहरुमा स्मार्ट शौचालय निर्माण गरी संचालन गरिनेछ । 
१०३) बागलुङ–बेनी सडक, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करीडोर र अदालत चौतारी–तित्याङ–भकुण्डे–रायडाँडा सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र सहयोग गरिनेछ । 
१०४) नगरपालिकाको आन्तरिक श्रोतबाट सम्वोधन गर्न नसकेका नगरका महत्वपूर्ण आयोजनाहरुकोे आयोजना वैङ्क तयार गरी स्वीकृत गरिनेछ । 
१०५) नगरको विकास र समृद्धिमा योगदान दिने महत्वपुर्ण योजनाहरुको सम्भाव्यता अध्ययन गरी संघ र प्रदेश सरकारको सहयोगमा  गौरवका आयोजनाको रुपमा अघि बढाइनेछ ।  
खानेपानी तथा सरसफाई
१०६) नगर क्षेत्रभित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुलाई यथाशक्य छिटो सम्पन्न गर्न  समन्वय, सहजिकरण गरिनेछ । 
१०७) नगरपालिका भित्र संचालनमा रहेका खानेपानी आयोजनाहरुको गुणस्तर सुधार लगायतका समग्र खानेपानी व्यवस्थापनमा सहयोग र सहजिकरण गरिनेछ । 
१०८) खानेपानीको सेवा नपुगेका सवै वडा र वस्तीहरुमा शुद्ध खानेपानीको सुविधा पु¥याउन एक घर एक धाराको व्यवस्था गरिनेछ  । 
१०९) बागलुङ नगरपालिकाको फोहोर व्यवस्थापनलाई तत्कालिन, मध्यमकालिन र दिर्घकालिन योजना वनाई वैज्ञानिक रुपमा व्यवस्थापन गरिनेछ । फोहोर व्यवस्थापनमा सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याईनेछ ।
११०) हाल संचालनमा रहेको डम्पिङ साइटको उचित व्यवस्थापन गरी संचालन गरिनेछ । फोहोरमैलाको दीर्घकालीन व्यवस्थापको लागि छिमेकी पालिकाहरु कुश्मा नगरपालिका, जलजला गाउँपालिका र वेनी नगरपालिकासंगको संयुक्त व्यवस्थापनमा आाधुनिक फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र संचालनको लागि पहल गरिनेछ । वलेवा क्षेत्रमा अस्थायी डम्पीङ साईटको व्यवस्था गरिनेछ ।
१११) नगाडौ, नवालौ, नफालौ, जहावाट आएको हो त्यही पठाउँ भन्ने अभियान सहित फोहोरलाई श्रोतमा नै वर्गीकरण गरी कुहिने फोहोरलाई कम्पोष्ट मल वनाई कौसि खेती वा करेसावारीमा प्रयोग गर्न, नकुहिने फोहोरको पुन प्रयोग गर्न र हानीकारक फोहोरको उचित व्यवस्थापन गर्न सचेतनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
११२) बागलुङ बजारक्षेत्रको सतह नालीको सरसफाई र नगरपालिकाको मुख्य तथा सहायक सडकहरुको नियमित मर्मत तथा सरसफाई गर्न आवश्यक जनशक्ति परिचालन गरिनेछ ।
समन्वय र सहकार्य 
११३) फोहोरमैला व्यवस्थापन, विपद व्यवस्थापन, साझा पूर्वाधार निर्माण, सडक संजाल, कानून तर्जुमा, कर निर्धारण, भवन निर्माण मापदण्ड, स्थानीय दररेट लगायतका साझा सरोकारका विषयहरुमा गरिने निर्माणमा एकरुपता ल्याउनको लागि अन्तरपालिका समन्वय संयन्त्र निर्माण गरी क्रियाशिल गराउन पहल गरिनेछ । 
११४) नगरक्षेत्रभित्र संचालन हुने विकास आयोजना कार्यान्वयनको गुणस्तर कायम गर्न, योजना तथा कार्यक्रममा दोहोरोपनाको जोखिम न्यूनीकरण गर्न संघ, तथा प्रदेश कार्यालय र गैर सरकारी संस्थासंग समेत नियमित समन्वय गरिनेछ । 
११५) नगरपालिका क्षेत्रमा कार्यक्रम संचालन गर्न चाहने गैर सरकारी संस्थाहरुले आफ्नो प्रस्तावित कार्यक्रम तथा वजेट नगरपालिकाको वार्षिक वजेटमा समावेश गराउन पर्ने कानूनी व्यवस्थालाई कडाईका साथ लागु गरिने छ । 
११६) अन्तरपालिका असल अभ्यासको आदान प्रदान, स्थानीय सरकारको संस्थागत विकास र अन्तरपालिका समन्वयलाई प्रभावकारी वनाउन एक प्रदेश एक पालिका र अन्तराष्ट्रिय स्थानीय सरकारसंग भगिनी सम्वन्ध कायम गरिनेछ ।
११७) नगरक्षेत्र भित्र रहेका टोल विकास संस्थाहरुको नगरस्तरीय संजाल गठन गरी उक्त संजाल मार्फत टोल विकास संस्थालाई क्षमता विकास गरिनेछ । टोल विकास संस्था मार्फत टोल स्तरका आयोजना कार्यान्वयन, फोहोर व्यवस्थापन, सामाजिक सचेतना जस्ता कार्यक्रमहरु संचालन गराईनेछ ।
सुसासन तथा संस्थागत विकास 
११८) नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी वनाउने निर्देशिका २०७९ को प्रभावकारी कार्यान्वयन गरी सेवा प्रवाहलाई सरल, सहज, जवाफदेही, जनमुखी, सेवाग्राहीमैत्री  वनाउन कार्यालयको भौतिक पूर्वाधार र सेवा प्रवाह प्रणालीलाई व्यवस्थित गरिनेछ । सेवाग्राहीको सुविधाको लागि सेवाग्राही सहायता कक्ष सहितको फ्रन्ट डेस्क संचालन गरिनेछ । नगरपालिकाका काम कारवाहीहरुलाई प्रविधिमैत्री बनाउदै क्रमशः फेसलेश र बनाइनेछ । वहिरा, अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताको लागि नगरपालिकाका सम्वन्धित कर्मचारीहरुलाई दोभाषे तालीम प्रदान गरिनेछ । नगरपालिकाबाट प्रदान गरिने वढि भन्दा वढि सेवालाई क्रमश वडाबाट प्रदान गरिने व्यवस्था मिलाईनेछ । 
११९) प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग, शाखा प्रमुख र वडा सचिवहरुले प्रमुख प्रशासकीय अधिकृतसंग उपलव्धी सूचक सहितको कार्य सम्पादन सम्झौता गरी कार्यान्वयन गरिनेछ । 
१२०) नगरपालिकाको संगठन व्यवस्थापन तथा सर्भेक्षण (इ७ः क्गचखभथ) गरी नगरपालिकाको संगठन संरचनालाई उपयुक्त र प्रभावकारी वनाईनेछ । शाखा प्रमुख तथा वडा सचिवहरुलाई अधिकृतमुखी बनाइनेछ । नगरपालिकाका कर्मचारीहरुले स्वेच्छिक अवकास लिन चाहेमा त्यस्ता कर्मचारीहरुको लागि स्वेच्छिक अवकास योजना ९ख्च्क्० ल्याईनेछ । 
१२१) प्रत्येक पदको कार्यविवरण र प्रत्येक सेवाको क्इए (क्तबलमबचम इउभचबतष्यल एचयअभमगचभ० निर्माण  गरिनेछ । कार्यसम्पादन सम्झौताको उपलव्धीको आधारमा कर्मचारीको मुल्याङ्कन गरिनेछ । कर्मचारीहरुलाई उच्च मनोवलकासाथ आफ्नो जिम्मेवारी पुरा गर्न उत्प्रेरणा र क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अध्ययन अवलोकन भ्रमण लगायतका कार्यक्रम संचालन गरिनेछ । कर्मचारी प्रशासनमा कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिनेछ । भष्ट्राचार शुन्य सहनशिलताको नीति अवलम्वन गरी सुशासनको प्रत्याभूती गरिनेछ ।
१२२) योजना व्यवस्थापन र सेवा प्रवाहको सम्वन्धमा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, ग्राहक सन्तुष्टी सर्वेक्षण, सुझाव तथा गुनासो संकलन जस्ता सुशासनका औजारहरुको अधिकतम उपयोग गरिनेछ । 
१२३) नगरवासीको जनप्रतिनिधीसंग निरन्तर र जिवन्त सम्वन्ध कायम राख्न र नगरवासीका गुनासा र मागको सुनुवाई गरी सम्वोधन गर्न नगरवासीसंग नगरप्रमुख कार्यक्रम संचालन गरिनेछ ।
१२४) विकास आयोजनाहरुको कार्यान्वयन, गुणस्तर कायम, कार्यान्वयन तहका समस्या समाधान लगायतका आयोजना व्यवस्थापनमा सहयोग पु¥याउन योजना अनुगमनलाई प्रभावकारी बनाइनेछ । योजना अनुगमनमा प्रतिनिधिमुलक रुपमा सम्वन्धित विज्ञ, संचारकर्मी, नागरिक समाजका प्रतिनिधीलाई समेत सहभागी गराईन्छ । 
१२५) नगरपालिकाको वृहत नगरविकास योजना निर्माणलाई समयमै सम्पन्न गरिनेछ । आगामी आ.व.को पहिलो ६ महिनाभित्र नगरको आवधिक योजना तयार गरिनेछ । नगरको समग्र वस्तुस्थिती झल्कीने गरी डिजिटल नगर प्रोफाईल तयार गरिनेछ ।
१२६) योजना सम्झौता, अपाङ्गता, ज्येष्ठ नागरीक परीचय पत्र वितरण, माटो परीक्षण, स्वास्थ्य परीक्षण, पशु सेवा जस्ता सेवाहरु वडास्तरबाट प्रदान गर्न घुम्ती सेवा शिविरको आयोजना गरिनेछ । 
आवास, भवन, वस्ती तथा शहरी विकास
१२७) नगरपालिकाको भु–उपयोग नीति तयार गरिनेछ । हाम्रो आफ्नै गाउघर, सुविधा सम्पन्न शहर भन्ने नाराका साथ बागलुङ नगरपालिकाको वडा नंं १४ को नारायणस्थानको कैया, वडा नंं १२ को उपल्लो सरङ्गी र तल्लो सरङ्गी तथा वडा नंं १३ को पैयुपाटाको दम्का देखि नारायणस्थानसम्मको तल्लो भागलाई समेटी शहरी विकास मापदण्ड अनुसार व्यवस्थित शहरको रुपमा विकास गरिनेछ । यस क्षेत्रमा वन्ने संरचना र घरहरुको डिजाईन आर्किटेक्ट तथा भवन पुर्वाधार एकै प्रकृतिको, नमुनायुक्त, भुकम्प प्रतिरोधी, वातानुकुलित र खुला एवं प्राकृतिक तथा प्रदेशकै नमुना गाउँ हुने गरी कार्य प्रारम्भ गरिनेछ ।
१२८) भवन निर्माण मापदण्ड परिमार्जन गरी कडाईका साथ लागु गरिनेछ । नक्शापास गर्ने प्रयोजनको लागि व्यक्तिगत रुपमा माटो परीक्षण गर्ने व्यवस्थालाई परिमार्जन गरी नगरपालिकाबाटै नगरभित्रका आवासीय क्षेत्रहरुको क्षेत्रगत रुपमा भूबनोटको अध्ययन र माटोपरीक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा भवन डिजाईन कोड जारी गरिनेछ । नक्सा पास गर्दा अनिवार्य रुपमा रिचार्ज पिट निर्माण गर्नु पर्ने व्यवस्था गरिनेछ । नगरक्षेत्र भित्रका सडक मापदण्ड बस्तुनिष्ठ र बैज्ञानिक रुपमा परिमार्जन गरी लागु गरिनेछ ।
१२९) वागलुङ नगरका घरहरुको आयु वृद्घि र शहरी शौन्दर्य वृद्घि गर्न नगर क्षेत्रभित्र रहेका घरहरु र पछि बन्ने घरहरुको बाहिरी भागहरुमा अनिवार्य रुपमा प्लाष्टर गरी रंगरोगन गर्नुपर्ने व्यवस्था गरिनेछ । स्थानीय श्रोत साधनको प्रयोग गरी परम्परागत शैलीमा घर निर्माण गर्दा लाग्ने नक्सापास दस्तुरमा छुट दिइनेछ । नगरक्षेत्र भित्रका सवै सडकहरुमा क्रमश सडक वत्ती जडान गरी उज्यालो बागलुङको अवधारणालाई कार्यान्वयनमा लगिनेछ ।
१३०) गरिव तथा विपन्न नागरिकहरुको जीर्ण भएको घरको छाना परिवर्तन गरी सुरक्षित छानामुनि ल्याउन कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइनेछ । संघीय सरकारको खरको छानालाई टिनको छानाले विस्थापन गर्ने कार्यक्रमलाई कार्यान्वयन गरिनेछ । 
१३१) परम्परागत गोलघर र शताव्दी पुरा गरेका घरहरुलाई मौलिक रुपमा मर्मत संभार गरी ऐतिहासिक सम्पदाको रुपमा अभिलेख राखि संरक्षण गरिनेछ । 
१३२) भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको अभिलेख राखि निश्चित कार्यविधि र मापदण्ड वनाई व्यवस्थित गरिनेछ ।
१३३) नगर क्षेत्रभित्र घर तथा संरचना निर्माणमा संलग्न हुने सिकर्मी, डकर्मी र ठेकेदारहरुको अभिलेख राखि उनिहरुलाई भवन संहिता र भवन निर्माण मापदण्ड सम्वन्धमा अभिमूखीकरण गरिनेछ ।
१३४) बागलुङको पुरानो बजार क्षेत्रलाई ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकसीत गर्न आवश्यक पहल गरिनेछ । यातायात व्यावसायी संघसँगको समन्वयमा बागलुङ नगरपालिका क्षेत्रभित्र नगर वस संचालन गरिनेछ ।  
१३५) नगरक्षेत्र भित्रका जोखिमयुक्त वस्तीको पहिचान गरी जोखिम बस्तीको रुपमा सिमांकन गरिनेछ । यस्ता जोखिमयुक्त वस्तीमा रहेका घरहरुलाई सुरक्षित स्थानमा एककिृत वस्ती विकास गरी स्थानान्तरण गर्न पहल गरिनेछ ।
१३६) नगरपालिकाबाट संचालन हुने योजनाहरुलाई प्रचलित कानुन वमोजिम ठेक्का प्रकृयाबाट कार्यान्वयन गरिनेछ । श्रममुलक र साना योजनाहरु उपभोक्ता समिति र टोल बिकास संस्थाबाट गराउन प्राथमिकता दिईनेछ । सार्वजनिक निर्माण कार्यको गुणस्तर कायम गर्न प्रयोगशालाको व्यवस्था गरिनेछ ।
१३७) स्वदेश तथा विदेशबाट आउने अतिथी, बागलुङ जिल्ला र छिमेकी जिल्लाका स्थानीय तहका पदाधिकारीलाई सुविधा पुग्नेगरी बागलुङ अतिथी गृह संचालन गरिनेछ ।
१३८) नक्शापास प्रकृयालाई आवश्यक पूर्वाधार पुरा गरी ईलोक्ट्रोनिक विल्डिङ्ग पर्मिट सिस्टम ९भ्द्यएक्० मा लगिनेछ ।
१३९) उपभोक्ता समितिबाट योजना कार्यान्वयन गर्दा राख्नु पर्ने २० प्रतिशत जनसहभागिता वापतको रकमलाई आगामी आ.व. बाट १५ प्रतिशत कायम गरिनेछ । बिकास आयोजनाको कार्यान्वयनमा महिला नेतृत्वलाई प्रोत्साहन गर्न महिलाले नेतृत्व गरेका उपभोक्ता समिति वा टोल विकास संस्थाबाट योजना कार्यान्वयन गर्दा जनसहभागिता बापतको रकम १० प्रतिशत मात्र कायम गरिनेछ । 
संचार तथा सूचना प्रविधि 
१४०) नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालन लगायतका नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाइ कार्यालयको वेबसाईट मार्फत प्रकाशन गरिनेछ । नगरपालिकाको गतिविधि र काम कारवाहीका सम्वन्धमा स्थानीय संचारकर्मीहरुसंग नियमित अन्तरक्रिया गरिनेछ ।
१४१)स्थानीय संचार माध्यम र संचारकर्मीहरुको क्षमता विकासको लागी सहयोग गरिनेछ । पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने संचारगृह र संचारकर्मीलाई सम्मान गरिनेछ । 
१४२) नगरपालिकाको सेवा प्रवाहलाई क्रमश सूचना प्रविधियुक्त बनाईनेछ । 
१४३) सम्वन्धित निकायसंगको समन्वय र साझेदारीमा नगरपालिका भित्रका मुख्य मुख्य सार्वजनिक स्थलहरुमा फ्रि वाईफाईको व्यवस्था गरिनेछ । 
वन, वातावरण तथा विपद व्यवस्थापन
१४४) नगरपालिका क्षेत्रभित्र सफा र दिगो उर्जाको प्रयोगलाई प्रवद्र्धन गरिनेछ । यसका लागि कार्यविधि र मापदण्ड वनाई बायोग्यास, वायोमास, विद्युतीय चुल्हो र सौर्य उर्जाको प्रयोगमा प्रोत्साहन गरिनेछ ।
१४५) नगरक्षेत्रमा हरियाली प्रवर्धनका लागि पितृकार्य (श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी वृक्ष रोपण गर्ने संस्कृतिको विकास गरी संस्कारलाई वातावरणसंग जोड्ने अभियान संचालन गरिनेछ ।  नगर क्षेत्रभित्रका संघ संस्थाहरुको साझेदारीमा एक संस्था एक पार्क निर्माण गरिनेछ ।
१४६) नगरस्तरीय विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरिनेछ । अन्तरपालिका स्तरीय विपद जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गर्न पहल एवं संयोजन   गरिनेछ । 
१४७) विपद व्यवस्थापन पूर्व तयारी, उद्धार, राहत र पुननिर्माण तथा पुनस्थापनाका लागि विपद व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरिनेछ । सरोकारवालाहरुको सहभागितामा विपद व्यवस्थापनको नमूना अभ्यास र तालीम संचालन गरिनेछ ।
१४८) कालीगण्डकी सभ्यताको संरक्षण र सम्वद्र्घन गर्न सम्बन्धित सरोकारवालहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
१४९) नगरपालिका क्षेत्र भित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरी लगायत प्राकृतिक जलाशयहरुको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन एक वडा एक पोखरी कार्यक्रम संचालन गरिनेछ । 
१५०) नगरक्षेत्र भित्र रहेका वर, पिपल, स्वामी लगायतका वृक्षहरु र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्वद्र्धन गरिनेछ । आवास तथा खेतीयोग्य क्षेत्रमा रहेका अव्यवस्थित एवं जोखिमयुक्त झाडीहरु व्यवस्थापन गर्न सम्वन्धित जग्गाधनीहरुलाई आव्हान गरिनेछ ।
१५१) नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाहरुको सिमांकन, लेखांकन र अभिलेखीकरण गरी संरक्षण र उपयोग गरिनेछ । रामरेखा सामुदायिक वन लगायत अन्य सम्वन्धित क्षेत्रका सामुदायिक वनसंगको साझेदारीमा ढल प्रशोधन केन्द, फोहोर व्यवस्थापन केन्द्र, वाल उद्यान, जेष्ठ नागरिक दिवा सेवा केन्द्र लगायतका सामुदायिक पुर्वाधार निर्माण र संचालन गरिनेछ । 
१५२) नगरपालिकाको वन क्षेत्र भित्र जडिबुटीको रोपण, संकलन, व्यवस्थापनका लागि जडिबुटी अनुसन्धान तथा प्रशोधन कार्यक्रम ल्याइनेछ ।
१५३) नगरपालिका भित्रका पहिरोको जोखिम रहेको सडक क्षेत्राधिकार भित्र बाँस, अमृसो लगायतका बिरुवा रोपी बायो इन्जिनियरिङ प्रविधिलाई प्रोत्साहन गरिनेछ । नगरका सडक आसपास रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणालाई कार्यान्वयन गरिनेछ । 
सामाजिक विकास तथा समावेशिकरण
१५४) २०७९ साललाई वालवालिका वर्ष घोषण गरी सरोकारवाला निकायहरुसंगको सहयोग र समन्वयमा आगामी आर्थिक वर्ष २०७९।८० भित्र बागलुङ नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिनेछ । 
१५५) बालमैत्री नगर घोषणाको लागि निर्धारण गरिएका ५१ वटा सूचक पुरा गर्न आवश्यक भौतिक पूर्वाधार र कार्यक्रमहरुका लागि आवश्यक श्रोत व्यवस्थापन गरिनेछ ।
१५६) नगरक्षेत्र भित्रका इच्छुक कर्मचारी, शिक्षक, शिक्षिका, सामाजिक परिचालक, संचारकर्मी लगायतका व्यक्तिहरुलाई बालमैत्री स्थानीय शासन सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालीम ९त्इत्० प्रदान गरी विद्यालय तह एवम् समुदायस्तरमा बालमैत्री स्थानीय शासनका विषयमा अभिमूखीकरण कार्यक्रम संचालन गरिनेछ । 
१५७) नगरपालिका क्षेत्र भित्रका उद्यम गर्न चाहने महिला, दलित, अपाङगता भएका व्यक्ति, विपन्न नागरिकहरुको बिवरण संकलन गरी उनीहरुलाई क्रमश उद्यमशिलता विकास र स्वरोजगारका लागि सीपमुलक तालीम, प्रविधि हस्तान्तरण, बिउपुँजी र सहुलियतपूर्ण कर्जा उपलब्ध गराइ व्यावसायसँग जोडिनेछ । 
१५८) हिंसा पिडित महिलाहरुका लागि संचालनमा रहेको अल्पकालीन सेवा केन्द्रलाई ९क्बाभ ज्यगकभ० अझ प्रभावकारी रुपमा संचालन गरिनेछ । 
१५९) जेष्ठ नागरिकहरु वीच अन्तरक्रिया, भलाकुसारी, मनोरञ्जन, ज्ञान, सीप, र अनुभवको पुस्तान्तरण गर्ने थलोको रुपमा प्रयोग गर्ने गरी नगरका सवै वडाहरुमा क्रमश जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिनेछ ।  
१६०) सम्वन्धित वडाको संयोजनमा नगरभित्रका सवै जेष्ठ नागरिकहरुलाई पालैपालो तिर्थाटन गराउन वडा अध्यक्ष श्रवण कुमार कार्यक्रम ल्याईनेछ ।
१६१) सार्वजनिक यातायातलाई महिला तथा अपाङ्गमैत्री बनाउन पहल गरिनेछ ।
१६२) घरेलु हिंसा, लैङ्गीक तथा यौनिक हिंसा, छुवाछुत जस्ता सामाजिक कुरीती हटाउन सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ । 
१६३) जेष्ठ नागरिकका लागि धौलागिरी अञ्चल अस्पताल तथा बागलुङ नगर अस्पतालमा आवश्यक संख्यामा शैया आरक्षणको व्यवस्था मिलाइनेछ । 
१६४) सामाजिक सुरक्षा भत्ता एवम् बाल संरक्षण अनुदान वितरण, अनुगमन तथा अनलाईन प्रतिवेदन प्रणालीलाई सहज एवम् सुदृढ बनाइनेछ । 
१६५) दलित, आदिवासी, जनजाती, मुस्लीम, र पिछडा वर्गका समुदायलाई सशक्तिकरण कार्यक्रम संचालन र  लोकसेवा तयारी कक्षा संचालन गरिनेछ । 
१६६) आदिवासी जनजातिहरुको संस्कृति, परम्परा र मौलिकताको संरक्षण र सम्वद्र्धन गर्न जनजाती संग्रहालय स्थापना गरिनेछ । 
१६७) अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गरिनेछ । नगर क्षेत्रभित्र निर्माण हुने सार्वजनिक संरचना अपाङ्गमैत्री वनाउन समन्वय र सहजीकरण गरिनेछ । 
१६८) अपाङ्गता सम्वन्धी सवै संघ संस्थाकोे लागि एकै स्थानमा कार्यालय भवन व्यवस्थापन गर्न पहल गरिनेछ । 
१६९) जेष्ठ नागरिक संघ, एकल महिला संघ लगायतका सामाजिक संघ संस्थाका कार्यालय भवनको लागि पहल गरिनेछ ।
राजश्व तथा कर नीति
१७०) नगरपालिकाको विद्यमान राजश्व तथा कर नीति र दरहरु वैज्ञानिक, वस्तुनिष्ठ, प्रगतीशिल र करदातामैत्री वनाउने सम्वन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कर सुधार सुझाव कार्यदल गठन गरिनेछ । राजश्वको दर भन्दा दायरा बढाई नगर क्षेत्र भित्रका सबै करयोग्य क्षेत्रलाई करको दायरामा ल्याइनेछ । 
१७१) नगरपालिका क्षेत्रभित्र रहेका सवै व्यापार, व्यावसाय दर्ता गर्ने अभियान संचालन गरिनेछ । हालसम्म नगरपालिकामा तिर्नु वुझाउनु पर्ने वक्यौता रहेका व्यक्तिहरु र व्यावसाय दर्ता नगरेका व्यक्तिहरुले २०७९ पौष मसान्त भित्र व्यावसाय दर्ता र कर चुक्ता गर्न आएमा एक पटकको लागि हालसम्मको जरिवाना वक्यौता मिनाह दिई व्यावसाय दर्ता गरिनेछ ।
१७२) व्यावसाय कर, घर वहाल कर लगायतका कर संकलन र व्यावसाय दर्ताको लागि घरदैलो कार्यक्रम संचालन गरिनेछ । व्यावसाय दर्ता र कर संकलनमा निजि क्षेत्रका संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरिनेछ । स्थानीय तहको मुख्य आर्थिक आधार मानिएको आन्तरिक राजश्व अभिबृद्धिका लागि संभावित क्षेत्रहरुको खोजि एवम् विस्तार गरिनेछ । 
अन्तमा यस नीति तथा कार्यक्रम तर्जुमा कार्यमा योगदान पु¥याउनु हुने नगर उप प्रमुख, विषयगत समितिका संयोजकहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यसैगरी नीति तथा कार्यक्रमका लागि सुझाव प्रदान गर्नुहुने राजनीतिक दल, बागलुङ नगरपालिकाका निवर्तमान जनप्रनिधिहरु, विषयगत कार्यालयका कार्यालय प्रमुखज्यूहरु, बागलुङ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, सहकारी अभियान्ताहरु, गैर सरकारी संघ संस्थाहरुका प्रतिनिधीहरु, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण आदरणीय दाजुभाई दिदी वहिनी, आमावुवाहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नीति तथा कार्यक्रमको मस्यौदा तयारीमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायतका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु प्रति धन्यवाद व्यक्त गर्दछु । 
जय बागलुङ ।
(बसन्त कुमार श्रेष्ठ)
नगर प्रमुख
२०७९।३।९ गते 

प्रतिक्रिया