बागलुङ- जिल्लाकै सबै भन्दा ठुलो स्थानिय तहको रुपमा रहेको बागलुङ नगरपालिका बागलुङले आगामी आर्थिक वर्ष २०७९/०८० का आफ्नो बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख राजु खड्काले आगामी आर्थिक वर्षका लागि एक अरव ३१ करोड ११ लाख उनासी हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन ।
गत वर्षको तुलनामा नगरपालिकाले यस वर्ष २६ करोड रुपैयाँ बजेट बढि ल्याएको छ । नगरपालिकाले आव ०७८।०७९ मा एक अरव पाँच करोड अठसठ्ठी लाख तिस हजार रुपैया बजे सार्वजनिक गरेको थियो भने यस वर्ष झण्डै २६ करोड रुपैयाँ बढेको छ ।
बजेटमा चालु तर्फ ८४ करोड ५२ लाख १२्र हजार पाँच सय पुंजीगत तर्फ ४५ करोड ३७ लाख २२ हजार पाँच सय र वित्तीय व्यवस्था तर्फ १ करोड २२ लाख चौवालीस हजार गरी जम्मा १ अरव एकतीस करोड एघार लाख उनासी हजार रुपैयाँ बजेट विनियोजना गरिएको छ ।
उपप्रमुख खडकाले कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण, उच्च बजार मुल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषी समुहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम समेत गरी कृषि तर्फ कृषि विकास तर्फ कुल ५२ लाख २५ हजार र पशुपालन तर्फ २१ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छन ।
नगरपालिकाले सहकारी विकास तर्फ कुल १० लाख रुपैयाँ, पर्यटन तथा संस्कृति तर्फ कुल २ करोड ९५ लाख रुपैयाँ, उद्यमशिलता तर्फ ४१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यसैगरी शिक्षा तर्फ कुल २ करोड ६७ लाख ७२ हजार, युवा तथा खेलकुद तर्फ ३० लाख ५० हजार रुपैयाँ र स्वास्थ्य तर्फ २ करोड ११ लाख ६८ हजार रुपैयाँ विनियोजना गरिएको नगर उपप्रमुख खड्काले जानकारी दिए । नगरपालिकाको पुर्वधार तर्फ सवै भन्दा बढि १६ करोड ३८ लाख रुपैयाँ विनियोजना गरेको छ भने आवास भवन, तथा बस्ती विकास तर्फका लागि २७ लाख रुपैयाँ रकम विनियोजना गरेको छ । नगरपालिकाले एक घर एक धारा कार्यक्रम सहित ८० लाख रुपैयाँ खानेपानी तर्फ समन्वय र सहकार्य तर्फ २४ लाख रुपैयाँ विनियोजना गरेको उपप्रमुख खड्को जानकारी दिए ।
बागलुङ नगरपालिकाले पत्रकारको संस्थागत सहयोग कार्यक्रम अन्तरगत ४ लाख रुपैयाँ सहित सुशासन र संस्थागत विकासका निम्ती २ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा वन वातावरण तथा विपद व्यवस्थापन तर्फ कुल १ करोड १४ लाख रुपैयाँ, सामाजिक विकास तथा समावेशिकरण तर्फ ८८ लाख ५० हजार रुपैयाँ, राजश्व तथा कर तर्फ ५ लाख रुपैयाँ र न्यायिक समिति तर्फको खर्च तर्फ १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले चालु तर्फ १५ करोड ६० लाख ५० हजार रुपैया विनियोजन गरेको छ भने पुजिगत तथा वित्तिय खर्चमा २ करोड ५४ लाख ४ हजार रुपैयाँ विनियोजन गरेको नगरउपप्रमुख खड्काले जानकारी दिए । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गरेको निति तथा कार्यक्रम माथि छलफल भै नगरसभाले पास गरे पश्चात बजेट प्रस्तुत गरिएको थियो । नगरपालिकाले विशेष गरेर दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नती, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिइ कार्यक्रम र बजेट अगाडी ल्याएको छ ।
नगरउपप्रमुख राजु खड्काले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट
नगरसभाका अध्यक्ष महोदय,
नगरसभाका सदस्यज्यूहरु
१. नेपालको संविधानको धारा २३० र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम बागलुङ नगरपालिकाको उपप्रमुखको हैसियतले यस सम्मानित नगरसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्ने अनुमती चाहन्छु । प्रस्तुत बजेटलाई यस नगरपालिकाको दिगो पूर्वाधार विकास, रोजगारी तथा आय आर्जन अभिवृद्धि, बालमैत्री स्थानीय शासन ,समावेशीता र सुशासनको आधार स्तम्भको बजेटको रुपमा प्रस्तुत गरेको छु ।
२. यस अवसरमा लोकतन्त्र प्राप्ती र संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, दश वर्षे जनयुद्ध, राजनीतिक क्रान्ति एवं संघर्षलाई स्मरण गर्न चाहन्छु । यस अवसरमा जनअधिकार, राजनीतिक परिवर्तन र राष्ट्रका लागि अमूल्य जीवन वलिदान गर्ने शहीदहरु प्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
३. यस बागलुङ नगरपालिकाको जग स्थापनामा महत्वपूर्ण योगदान गर्नु हुने संस्थापक नगरप्रमुख ऋषिराम शर्मा सहितका अग्रज नेतृत्वहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
४. यस महत्वपूर्ण अवसरमा स्थानीय तहको निर्वाचन २०७९ मार्फत हामीलाई अमूल्य मत प्रदान गरी आफ्नो प्रतिनिधिको रुपमा नगरपालिकाको नेतृत्व प्रदान गर्नु हुने सम्पूर्ण बागलुङ नगरवासी आमा, बुवा, दाजु भाई, दिदी वहिनीहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । साथै आदरणीय मतदाताले आफ्नो मत मार्फत प्रदान गर्नु भएको महत्वपूर्ण जिम्मेवारीलाई ठोस योजनाका साथ उच्चमनोवल, क्रियाशिलता, नैतिकता र निष्ठा पूर्वक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
५. स्थानीय आवश्यकता, नगरवासीका चाहना र संविधानले निर्देश गरेको संघ, प्रदेश र स्थानीय तह वीचको समन्वय, सहकार्यताको सिद्धान्त, स्थानीय तहको अधिकार सूची, नेपाल राष्ट्रले लिएको उद्धेश्य,नगरपालिकाको समग्र विकास र सम्वृद्धिको आकांक्षा पुरा गर्न बजेट केन्द्रित गरेको छु ।
६. कोभिड – १९ को महामारीको प्रभाव स्वरुप शिथिल भएको स्थानीय अर्थतन्त्र, स्थानीय जनताका वहुपक्षीय आकाँक्षा एवम्क्रियाशिलता र जनता प्रति उत्तरदायी नेतृत्वकोउत्कृष्ट चाहना वीच हामीले बागलुङ नगरको नेतृत्व गर्ने गहन जिम्मेवारी पाएको छौ । नगरपालिका सामु स्थानीय आर्थिक सामाजिक, भौतिक पूर्वाधार विकास, नगरवासीको रोजगारी सृजना, व्यापार व्यवसायको पुनरुत्थान, सवै वर्ग, क्षेत्र, लिङ्गजाती र सम्वृद्धिका लागि काम गर्ने मूख्य जिम्मेवारी नगरवासीबाट प्राप्त गरेका छौ । नगरवासीहरुले हामीलाई दिएको जिम्मेवारी पुरा गर्न बागलुङ नगरपालिकाको सिङ्गो नेतृत्व पूर्ण रुपमा प्रतिवद्ध रहेको छ ।
७. त्यसैगरी हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको आधारस्तम्भको रुपमा रहेको स्थानीय सरकारको रुपमा संविधान र कानुनले दिएको जिम्मेवारी र जनताको विश्वास पुरा गर्न प्रतिवद्ध छौ ।
८. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, नेपालको दीर्घकालीन विकास लक्ष्य, पन्ध्रौ योजना, नेपाल सरकारको नीति तथा कार्यक्रम, गण्डकी प्रदेश सरकारको आवधिक योजना र नीति तथा कार्यक्रम, बागलुङ नगरपालिकाको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता, स्थानीय विज्ञ, विषय क्षेत्रका व्यक्तित्व, नागरिक समाज सरोकारवाला सहित आमनगरवासीका सुझावलाई आधार बनाएको छु । साथै यस सम्मानित नगर सभा समक्ष नगर प्रमुखबाट प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमलाई मुख्य आधार बनाएको छु ।
सभाध्यक्ष महोदय
सभासदस्य ज्युहरु
९. अब म यस बागलुङ नगरपालिकाको चालु आर्थिक बर्षको स्थानीय आर्थिक गतिविधि र बजेट कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१०. कोभिड – १९ को प्रभाव स्वरुप विथोलिएको व्यापार व्यवसाय, पर्यटकीय गतिविधी लयमा फर्किदै गरेको अवस्था छ । कोभिड महामारी पश्चातको पुनरुत्थानले गति लिन थालेको स्थानीय आर्थिक गतिविधी र विकास निर्माणको गतिमा विश्व बजारमा इन्धन लगायतका बस्तुहरुको अस्वभाविक मूल्य वृद्धीले थप चुनौतिपूर्ण बनेकोछ ।
११. आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिकाले कुल १,१८,६८,३९,०००।– (एक अरव अठार करोड अठ्सठी लाख उनान्चालीस हजार) को बजेट स्वीकृत गरेकोमा २०७९ जेष्ठ मसान्त सम्म पुंजीगत तर्फ रु १५,७९,२२,८१९।१६ (पन्ध्र करोड उनासी लाख बाईस हजार आठ सय उन्नाईस र पैसा सोह्र)अर्थात विनियोजनको ३३.२७प्रतिशत, चालु तर्फ रु ४६,०२,२६,८९२।०२ (छयालीस करोड दुई लाख छब्बिस हजार आठ सय बयानब्बे रुपैया दुई पैसा)अर्थात विनियोजन रकमको ६५.२६ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु ३४,९२,९३८।४४ (चौतीस लाख बयानब्बे हजार नौ सय अठ्तीस रुपैया चौवालिस पैसा) अर्थात विनियोजन रकमको ४९.९० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।
१२. नगरपालिकाको स्वीकृत योजना तथा कार्यक्रम मध्ये १५० वटा योजना सम्झौता नै भएका छैनन् । सम्झौता भएका योजना मध्ये अधिकांस योजना अन्तिम समयमा हतारोमा सम्पन्न गर्ने प्रवृति कायमै छ ।
१३. नगरपालिका भित्र चालु आ.व.मा १५ शैयाको नगर अस्पताल, जल्केनी भैरवस्थान सडक स्तरोन्नती, जेष्ठ नागरिक भवन निर्माण, दावगरा बसपार्क निर्माण, मूलपानी स्वास्थ्य चौकी, वडा नं. ७ को कार्यालय भवन निर्माण, रिठ्ठेखोला पक्की पुल, रिठ्ठेखोला र कालाखोला झोलुङ्गे पुल, धारापानी सांध खोला सडक स्तरोन्नती योजना जस्ता ठुला पूर्वाधार निर्माणका क्रममा रहेका छन ।
१४. बाङ्गेचौर खेलकुद रंगशाला, मालिका वन्यजन्तु पार्क कानुनी अड्चनका कारण कार्यान्वयनमा जान सकेका छैनन ।
१५. औधोगिक ग्राम, दावगरा वसपार्क, दम्काफाँट सिंचाई योजना, रात्माटा सभाहल, रुम्टा सार्वजनिक शौचालय लगायतका योजनाहरुमा प्रक्रियागत एवं कानुनी प्रश्न उठेका छन ।
१६. आन्तरिक श्रोत तर्फ रु ८,४०,२०,०००।– (आठ करोड चालीस लाख वीस हजार) राजश्व अनुमान गरिएकोमा २०७९ जेष्ठ मसान्त सम्म रु ४,५५,१०,५१६।६९(चार करोड पचपन्न लाख दश हजार पाँच सय सोह्र रुपैया र उनान्साठी पैसा) अर्थात लक्ष्यको तुलनामा ५४.१७प्रतिशत संकलन भएको छ ।
१७. नगरविकास कोषबाट बागलुङ्ग बसपार्क निर्माणको लागि रु ७,६०,७५,९१५।– (सात करोड साठी लाख पचहत्तर हजार नौ सय पन्ध्र) र सडक स्तरोन्नतीको लागि रु ३,९९,३७,१६६।४५ (तीन करोड उनान्सय लाख सठ्तीस हजार एक सय छैसठ्ठी रुपैया र पैसा पैतालीस) गरी रु ११,६०,१३,०८१।४५ (एघार करोड साठी लाख तेह्र हजार एकासी रुपैया पैसा पैतालीस) ऋण परिचालन गरिएको छ ।
सभाध्यक्ष महोदय
सभा सदस्यज्युहरु,
१८. अव म यस बजेटका उद्धेश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
“दिगो पूर्वाधार विकास र रोजगारी ः समावेशी, आत्मनिर्भर र समृद्ध बागलुङ नगरी ” भन्ने ध्येयका साथ प्रस्तुत बजेटका उद्धेश्यहरु निम्नानुसार रहेका छन ।
(क) दीगो, सन्तुलित, नमुना पूर्वाधार विकासको आधार तयार गर्ने ।
(ख) उद्यमशीलता विकास तथा स्वरोजगारी सृजना गर्ने ।
(ग) समावेशी विकास हासिल गर्ने ।
(घ) आर्थिक सामाजिक विकास गर्ने ।
१९. बजेटका प्राथमिकताहरु निम्नानुसार तय गरेको छु ।
(क) नगरपालिकाको विकास र समृद्धिमा सार्वजनिक नीजि र सहकारी क्षेत्रको साझेदारी ।
(ख) वालमैत्रीस्थानीय शासनको स्थापना ।
(ग) कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण ।
(घ) पर्यटन पूर्वाधार निर्माण एवं प्रचार प्रसार ।
(ङ) उद्यमशीलता विकास तथा स्वरोजारी ।
(च) वातावरण संरक्षण र फोहोर व्यवस्थापन ।
(छ) अनुसन्धान र विकास ।
सभाध्यक्ष महोदय
सभा सदस्यज्युहरु
२०. अव म यस नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्याक्रम, प्रस्तुत बजेटका उद्धेश्य र प्राथमिकता बमोजिमका क्षेत्रगत कार्यक्रम र बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
२१. कृषि क्षेत्रको व्यवसायीकरण, विविधिकरण र यान्त्रिकीकरण, उच्च बजार मुल्य भएका कृषि उपज प्रवद्र्धन, कृषक तथा कृषी समुहको प्रोत्साहन तथा पुरस्कार र रायडाँडा कृषि विशेष कार्यक्रम समेत गरी कृषि तर्फ रु ५२,५०,०००।–(बाउन्न लाख पचास हजार) विनियोजन गरेको छु ।
२२. पशुपालन व्यवसाय प्रवद्र्धन, कृषि तथा पशु मेला, कृषि तथा पशु वीमा, माछा मासु विक्री केन्द्र सुधार लगाएतका कार्यक्रमका लागि रु २१,५०,०००।– (एक्काईस लाख पचास हजार) विनियोजन गरेको छु ।
२३. स्थानीय अर्थतन्त्रको विकास साझेदार संस्थाको रुपमा रहेको सहकारी क्षेत्रको प्रवद्र्धन, नियमन र समन्वय लगायतका कार्यका लागि रु १०,००,०००।– (दश लाख) विनियोजन गरकेको छु ।
२४. धार्मीक तथा पर्यापर्यटन पुर्वाधार निर्माण, प्रचारप्रसार लगायत नगरउपप्रमुख पर्यटन विकास कार्यक्रम र होमस्टे प्रवद्र्धन, कोशेली घर स्थापना, हनुमान नाच, चैत्राष्टमी मेला, भैरवस्थान हरेलु मेला व्यवस्थापन, पौराणीक संस्कृति संरक्षण र सम्र्वधन लगाएतका पर्यटन विकास कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु । वागलुङ बजारको उपयुक्त स्थानमा विषेश सुविधा सहितको उप–प्रमुख नमुना बजार संचालनको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
२५. नगरप्रमुख उद्यमशीलता विकास कार्यक्रम र श्रम बैंक स्थापना तथा संचालनका लागि रु ४१,००,०००।– (एकचालीस लाख) विनियोजन गरेको छु ।
२६. शैक्षिक पूर्वाधार, शैक्षिक गुणस्तर वृद्धि, समावेशी शिक्षा, रोष्टरर घुम्ती शिक्षक परिचालन लगायतका शैक्षिक कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
२७. आधारभुत तहमा खेलकुदको विकास, खेलकुद प्रतियोगिता, खेलाडी तथा प्रशिक्षक प्रोत्साहन तथा पुरस्कार लगायतका कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरको छु ।
२८. वडा तथा नगरस्तरीय युवा संञ्जाल गठनको लागि रु १५०,०००।– (एक लाख पचास हजार) विनियोजन गरेको छु ।
२९. स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, स्वास्थ्यकर्मीको क्षमता विकास, निशुल्क औषधी वितरण, मेडिक मोवाइल, आयुर्वेद स्वास्थ्य कार्यक्रम लगायत स्वास्थ्य कार्यक्रम तर्फ आवश्यक रकम विनियोजन गरेको छु ।
३०. स्वास्थ्य संस्थामा सुत्केरी गराउने सुत्केरी आमाहरुको पोषण सुरक्षाको लागि सुत्केरी पोषण भत्ताका लागि रु ५,००,०००।– (पाँच लाख) विनियोजन गरेको छु ।
३१. नगरप्रमुख विपन्न नागरिक स्वास्थ्य सहायता कोष र नगर उप–प्रमुख स्वास्थ्य वीमा कोषको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३२. विद्यालय नर्सिङ सेवा विस्तार र प्रोत्साहनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३३. बागलुङ नगर अस्पताल संचालन तथा व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
३४. धौलागिरी अञ्चल अस्पतालमा हरि खड्का ट्रमा सेन्टर स्थापनका लागि रु २०,००,०००।– (वीस लाख) विनियोजन गरेको छु ।
३५. एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रम संचालनका लागि रु ७,००,००,०००।– (सात करोड) विनियोजन गरेको छु ।
३६. वडास्तरीय योजना तथा कार्यक्रमका लागि भुगोल, जनसंख्या, पूर्वाधार विकासको आवश्यकता लगायतका आधारमा सुत्र निर्धारण गरी रु ८,७४,७५०००।– (आठ करोड चौहत्तर लाख पचहत्तर हजार) विनियोजन गरेको छु ।
३७. वडा विशेष योजनाको लागि प्रति वडा १०,००,०००।– (दश लाख) का दरले रु १,४०,००,०००।–(एक करोड चालीस लाख) विनियोजन गरेको छु ।
३८. स्मार्ट शौचालय निर्माण साझेदारी कार्यक्रमका लागि रु. २५०००००।– (पच्चीस लाख) विनियोजन गरेको छु ।
३९. समपुरक योजना र सडक बोर्ड साझेदारी कार्यक्रम समेतको लागि रु २,५०,००,०००।– (दुई करोड पचास लाख) विनियोजन गरेको छु ।
४०. निर्मित सार्वजनिक निर्माणको मर्मत संभार कोषको लागि रु १०००,०००।– (दश लाख) विनियोजन गरेको छु । उपभोक्ता समिति वा टोल विकास संस्था मार्फत निर्मित संरचनाको संचालन, मर्मत संभारको जिम्मेवारी सम्वन्धित उपभोक्ता समिति वा टोल विकास संस्था मार्फत हुने व्यवस्था मिलाएकोछु । बोलपत्र तथा उपभोक्ता समितिबाट संचालन हुने योजनाहरुको गुणस्तर कायम गर्ने प्रमुख जिम्मेवारी निर्माण व्यवसायी, उपभोक्ता समिति स्वयम् र प्राविधिक जिम्मेवार हुने गरी व्यवस्था मिलाएको छु । आगामी आ.व. का स्वीकृत योजनाहरु २०७९ साल मंसीर मसान्तभित्र संझौता वा खरीद प्रक्रियामा नगएमा त्यस्ता आयोजनाहरु समर्पण गरी हिउँदे अधिवेशनबाट नयाँ योजना कार्यान्वयन प्रस्ताव गर्ने गरी व्यवस्था गरेको छु । विकास निर्माणमा महिला नेतृत्वलाई प्रोत्साहन गर्न महिला अध्यक्ष रहने उपभोक्ता समिति वा टोल विकास समितिलाई १० प्रतिशत मात्र जनसहभागिता कायम गर्ने व्यवस्था मिलाएको छु ।
४१. क्रमागत योजनाहरुको लागि १,२५,००,०००।–(एक करोड पच्चीस लाख)विनियोजन गरेको छु ।
४२. नक्सापास प्रयोजनको लागि भु–बनोटको अध्ययन र माटोपरीक्षणको लागि रु. १०,००,०००।–(दश लाख) विनियोजन गरेको छु ।
४३. परम्परागत गोल घर र शताब्दी पुरा गरेका घरहरुको मौलिक स्वरुपमा संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
४४. बागलुङमा आउने विशिष्ट अतिथीहरुको लागि बागलुङ अतिथी गृह व्यवस्थापन र संचालनका लागि रु १०,००,०००। (दश लाख) विनियोजन गरेको छु ।
४५. बागलुङ बजार क्षेत्रको सतह नाली सरसफाई र ग्रामीण क्षेत्रको सडक तथा नालीको नियमित मर्मत सम्भारका लागि जनशक्ति परिचालन गर्न रु २००००००।– (वीस लाख) विनियोजन गरेको छु ।
४६. नगरक्षेत्रको खानेपानी व्यवस्थापन, एक घर एक धारा कार्यक्रम, खानेपानीको गुणस्तर सुधार लगायतका कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
४७. बागलुङ जिल्ला तथा छिमेकी जिल्लाका पालिकाहरुको समन्वय बैठकको लागि रु ३०००००।– (तीन लाख) विनियोजन गरेको छु ।
४८. राष्ट्रि«य तथा अन्तराष्ट्रिय भगिनी सम्वन्ध विस्तारका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
४९. वित्तीय संघसंस्था र सहकारी समेतको साझेदारीमा नगरपालिका भरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ । यसका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५०. टोल विकास संस्थाको गठन तथा क्षमता विकासको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५१. संचार क्षेत्रको संस्थागत विकास, संचारकर्मीसंग नियमित अन्तरक्रिया लगायत सुचना तथा संचार क्षेत्रका कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५२. जनप्रतिनिधी र नगरवासी वीच सम्वन्ध, सम्पर्क र अन्तरक्रियालाई व्यवस्थित गर्न संचालन गरिने जनता संग नगरप्रमुखकार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५३. नगरपालिकाको आवधिक योजना निर्माण, नगर प्रोफाईल निर्माण, पर्यटन विकास गुरु योजना निर्माण, वृहत कालीगण्डकी सभ्यता पर्यटन विकास गुरु योजना निर्माण समन्वय समेतको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५४. नगरपालिकाबाट हुने योजना सम्झौता, अपाङ्ग परीचय पत्र, पशु तथा कृषि परामर्श, माटो परीक्षण, स्वास्थ्य जाँच, पशु स्वास्थ्य सेवा जस्ता सेवालाई वडा तहमा उपलब्ध गराउन घुम्ती सेवा शिविर कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५५. नगरपालिकाको व्यवस्थित कार्यालय व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सेवाग्राहीमैत्री बनाउनको लागि रु १,००,००,०००।– (एक करोड) विनियोजन गरेको छु ।
५६. उपभोक्ता हित संरक्षण, बजार अनुगमन लगायतका कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५७. नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट तथा नगरपालिकाबाट संचालन हुने विभिन्न अभियानहरुको सम्वन्धमा टोल टोलमा अभिमुखीकरण गरी वृहत नागरिक साझेदारी जुटाउन नगर स्वंयमसेवक परिचालन कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५८. वडा कार्यालय नभएका वडा कार्यालयहरुको आवश्यकता क्रमको आधारमा क्रमैसंग निर्माण सम्पन्न गर्ने गरी आगामी आ.व का लागि आवश्यक रकम विनियोजन गरेको छु ।
५९. बंैक तथा वित्तीय संस्था नीजि व्यवसायिक संघ संस्था र सामाजिक संघ संस्था समेतको लागत साझेदारीमा एक संस्था एक पार्क निर्माण कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
६०. विपद व्यवस्थापन कोष, वारुणयन्त्र संचालन, विपद व्यवस्थापन नमुना अभ्यास समेतका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
६१. नगरक्षेत्र भित्रका परम्परागत चौतारी, पोखरी संरक्षण र मर्मत सम्भारका कार्य क्रमैसंग संचालन गर्ने गरी आवश्यक रकम विनियोजन गरेको छु ।
६२. नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गाको पहिचान, सीमाङ्कन, नक्साङ्कन र अभिलेखीकरणका कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
६३. आवश्यक पूर्वतयारी र सम्पूर्ण सुचक पुरागरी आगामी आ.व.भित्र वालमैत्री नगरपालिका घोषणा गर्न पर्याप्त रकम विनियोजन गरेको छु ।
६४. समाजको शान, जेष्ठ नागरिकको सम्मान भन्ने नारा सहित जेष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन र जेष्ठ नागरिक तिर्थाटनका लागि वडा अध्यक्ष श्रवण कुमार कार्यक्रम लागि रु १७,०००००।– (सत्र लाख) विनियोजन गरेको छु ।
६५. जनजातीहरुको मौलिक संस्कृति, परम्परा भेषभुसाको संरक्षण र संम्वद्र्धनको लागि जनजाति संग्राहलय निर्माणको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
६६. अपाङ्गता सम्वन्धी संस्थाहरुको कार्यलय व्यवस्थापन, अपाङ्गता सहायता सामग्री वितरण, दोभासे तालीम लगायतका कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
६७. महिला तथा लक्षित समुदायको क्षमता विकास, आयआर्जन अभिवृद्धि र विकासमा जनसहभागिता अभिवृद्धि कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
६८. वालवालीकाहरुमा देखिएको डिजिटल कुलत हटाउन बाल क्लव मार्फत घर घरमा डिजिटल कुलत विरुद्धको सचेतना पु–याउन सचेतनामूलक कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
६९. घरेलु हिंसा, लैङ्गिक तथा यौनिक हिंसा, बाल हिंसा, जेष्ठ नागरिक हिंसा विरुद्धको सचेनात्मक कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
७०. “समय मै कर तिरौ ,नगर विकासमा सहभागी बनौ ” भन्ने अभियानका साथ कर सचेतना तथा घरदैलो कार्यक्रमका लागि रु ५००,०००।–(पाँच लाख) विनियोजन गरेको छु ।
७२. मेलमिलाप केन्द्र स्थापना, मेलमिलाप कर्ताको क्षमता विकास, न्यायिक समितिको क्षमता विकास लगायतका कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
७३. नगरपालिकामा कार्यरत कर्मचारीहरुको स्वच्छीक अवकास योजनामा प्रोत्साहन गर्न ख्च्क्कार्यक्रमको लागि आवश्यक रकम विनयोजन गरेको छु ।
७४. सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका वित्तीय सुशासनका कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
७५. “भोकै कोही पदैन, भोकले कोही मर्दैन” भन्ने नारा सहित नगर क्षेत्रभित्र रहेका अति विपन्न नागरिकहरुका लागि श्रम बैंक मार्फत रोजगारीको अवसर प्रदान गरिने छ । रोजगारीको अभावमा खाद्यन्नको अभाव हुने वास्तविक नागरिकहरुको लागि खाद्यान्न व्यवस्थापन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
७६. व्यवसाय दर्ता तथा बार्षिक शुल्क र घरवहालकर हालसम्म नगरपालिकालाई तिर्न बुझाउन बक्यौता रहेका करदाताहरुले आगामी वर्षको पौष मसान्तसम्ममाकर तिर्न वा नवीकरण गर्न आएमा एक पटकका लागि हाल सम्मको वक्यौता रकम मिनाहा हुने व्यवस्था मिलाएको छु । साथै व्यवसाय दर्ता गरी हालसम्म व्यवसाय नै नगरेका करदाताहरुको व्यवसायको लगत लिई लगत कट्टा गर्ने व्यवस्था मिलाएको छु ।
७७. समयमा नै कर बुझाउन प्रोत्साहन गर्नको लागि आगमी आ.व.को असोज मसान्त भित्र कर बुझाउन आएमा लाग्ने दस्तुरको दश प्रतिशत मिनाह दिने व्यवस्था मिलाएको छु ।
७८. विनियोजनका विस्तृत विवरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष महोदय,
नगरसभा सदस्य ज्युहरु,
७६. अव म आर्थिक बर्ष ०७९÷०८० को लागि संचालन गरिने कार्यक्रमहरुका लागि विनियोजन र खर्च गरिने श्रोतहरुको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
७७. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको आय तर्फ सङ्घीय समानीकरण अनुदानबाट रू १८,४१,००,०००।– (अठार करोड एकचालीस लाख), सङ्घीय ससर्त अनुदान चालुबाट रू ४८,४८,००,०००।– (अठ्चालिस करोड अठ्चालीस लाख) सङ्घीय ससर्त अनुदान पुँजीगतबाट रू १३,३६,००,०००।– (तेह्र करोड छत्तीस लाख) विशेष अनुदान रू २,२०,००,०००।–(दुई करोड वीस लाख) र संघीय समपुरक अनुदान रु २,८०,००,०००।– (दुई करोड असी लाख), प्रदेश समानीकरण अनुदानबाट रू २,२७,३६,०००।–(दुई करोड सत्ताईस लाख छत्तीस हजार), प्रदेश विशेष अनुदानबाट ५०,००,०००।– (पचास लाख), प्रदेश समपुरक अनुदानबाट रू ५०,००,०००।– (पचास लाख), राजश्व बाँडफाँड अन्तर्गत संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तशुल्क गरी रु १२,६०,०९,०००।– (बाह्र करोड साठी लाख नौ हजार), राजश्व बाँडफाँड अन्तर्गत प्रदेश सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तशुल्क समेत गरी रु ३,८९,१०,०००।– (तीन करोड उनानब्बे लाख दश हजार) राजश्व बाँडफाँटरु १७,५०,०००।–(सत्र लाख पचास हजार) नेपाल सरकार रोयल्टी बापत प्राप्त हुुने आय रु २१,९७८।– (एक्काईस हजार नौ सय अठहत्तर), आन्तरिक स्रोतबाट रू २५,९२,५२,०२२।– (पच्चीस करोड बयानब्बे लाख बाउन्न हजार बाईस) गरी जम्मा १,३१,११,७९,०००।– (एक अरव एकतीस करोड एघार लाख उनासी हजार) अनुमान गरेको छु ।
७८. आगामी आर्थिक वर्षको विनियोजन अन्तर्गत चालु तर्फ ८४,५२,१२,५००।– (चौरासी करोड बाउन्न लाख बाह्र हजार पाँच सय) पुंजीगत तर्फ ४५,३७,२२,५००।– (पैचालीस करोड सठ्तीस लाख बाइस हजार पाँच सय) र वित्तीय व्यवस्था तर्फ १,२२,४४,०००।– (एक करोड बाईस लाख चौवालीस हजार) गरी जम्मा १,३१,११,७९,०००।– (एक अरव एकतीस करोड एघार लाख उनासी हजार) अनुमान गरेको छु ।
अन्तमा यस बजेट तर्जुमा कार्यमा महत्वपूर्ण मार्गदर्शन गर्नु हुने नगर प्रमुख ज्यु, विषयगत समितिका संयोजकहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यसैगरी बजेट तर्जुमाको लागि सुझाव प्रदान गर्नुहुने राजनीतिक दल, बागलुङ नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरु, विषयगत कार्यालयका कार्यालय प्रमुखज्यूहरु, बागलुङ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु, सहकारी अभियान्ताहरु, गैर सरकारी संघ संस्थाहरुका प्रतिनिधीहरु, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण आदरणीय दाजुभाई दिदी वहिनी, आमावुवाहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । बजेट बक्तव्य लेखनमा सहयोग पु¥याउनु हुने प्रमुख प्रशासकीय अधिकृत लगायतका सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु प्रति धन्यवाद व्यक्त गर्दछु ।
जय बागलुङ ।
(राजु खड्का)
नगर उप–प्रमुख
मिति ः २०७९।३।१० गते