बागलुङ - जिल्लामा सवै स्थानिय तहहरुले आफ्नो मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मापन गर्न थालेका छन । नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गरिरहेका सेवा तथा स्वास्थ्य संस्थाहरुमा हुनुपर्ने न्युनतम मापदण्डको अवस्थाका बारेमा मापन गर्न थालेका हुन । न्युुनतम सेवा मापदण्ड अनुसार कार्य गर्न सकेमा स्वास्थ्य चौकीहरूको अवस्थामा सुधार हुने, सेवा प्रभावकारी हुने र स्वास्थ्य सेवाका सूचकहरू माथि उकास्न सकिने हुनाले सो कार्यक्रम अगाडी बढाईएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत तथा यस कार्यक्रमका फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
समग्र स्वास्थ्य संस्थाको सुशासन र व्यवस्थापन, चिकित्सकिय सेवा र सहयोगी सेवा लगायतका विषय मापदण्ड मापनका आधार रहेका छन् । यसरी मापदण्ड मापन गरी उक्त स्वास्थ्य संस्थालाई अकं समेत प्रदान गरिने र आवश्यक सुझाव सल्लाहका साथै सुधार एवम् व्यवस्थापनको उपाय समेत खोजिने छ घिमिरेले बताए । ‘पहिलो चरणमा तिन किसिमले यसको मापन गरिन्छ । फोकल पर्सन घिमिरेले भने,–‘२० प्रतिशत सुसासन र व्यवस्थापनमा ६० प्रतिशत चिकित्सकिय सेवामा र २० प्रतिशत सहयोगी सेवाको सेवा प्रवाह हरेर अंक निर्धारण गरिन्छ । पहिलो चरणको मापदण्ड मापन भएको पुन ६ महिनामा त्यसको परिक्षण र प्रगतीबारे अनुमगन गरिने छ , यसरी नै स्वास्थ्य संस्थाको ग्रडिङ गरिनेछ ।’ स्वास्थ्य संस्थाको अहिलेको वस्तुगत अवस्थाको विवरण तैयार हुने र त्यसकै आधारमा कमजोर रहेका स्वास्थ्य संस्थाहरुको सुधार गर्न समेत यसले सहयोग पुग्ने उनको भनाई छ ।
विगत २ वर्ष अघि देखी नै यस कार्यक्रम संचालन हुने तयारी गरेपनि कोरोनाका कारणले रोखिएको थियो । जिल्लाका स्थानिय तहले अघिल्ला वर्षहरुमा आवश्यक समाग्री खरिद गर्नुका साथै तालिम अभिमुखिकरणका कार्यक्रम संचालन गरेका थिए । यस वर्ष देखी मापनको काम अगाडी बढाएका छन ।
जिल्लाको बागलुङ नगरपालिकाले आईतबार वडा नं. १४ मा रहेको नारायणस्थान स्वास्थ्य चौकीबाट मापदण्ड मापन सुरु गरेको छ । नगरपालिका कार्यालय, स्वास्थ्य कार्यालय बाग्लुङ र फेयर मेड फाउन्डेशन÷ बिवाईसी, बाग्लुङको सहयोगमा मापदण्ड मापन सुरु गरेको हो । विभिन्न सूचकहरुलाई आधार माथि गरिएको मापनमा नारायणस्थान स्वास्थ्य चौकीले ७९ प्रतिशत ल्याउन सफल भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए ।
मापनको क्रममा न्यूनतम सेवा सुधारका निम्ति स्वास्थ्य संस्थालाई सुधार तथा व्यवस्थापन गर्न सकरात्मक सुझाव प्रदान गरिएको खनालले बताए । यस स्वास्थ्य संस्थामा २५८ वटा सुचकहरु लाई आधार मानी मापन गर्दा संस्थाले २०४ वटा सुचकमा गुणस्तरीय सेवा प्रदान गरेको छ ।
स्वास्थ्य चौकी व्यवस्थापन समिती र कर्मचारीहरूको प्रयासले संस्थाले राम्रो अंक ल्याएको स्वास्थ्य संस्था प्रमुख जनस्वास्थ्य निरिक्षक ऋषिराम शर्माले बताए । उनले अबको ६ महिना पछि ७९ प्रतिशतबाट ८५ प्रतिशतमा पु¥याउने लक्ष्य रहेको बताए । जिल्लाका अन्य स्थानिय तहले पनि यस वर्ष देखी स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्डको कार्यक्रमलाई संचालन गर्ने जनाएका छन ।
नेपाल सरकारले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड मापनको कार्यक्रमलाई अगाडी सारेको हो ।
कार्यक्रम स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष एव वडा अध्यक्ष चक्रबहादुर खत्रीको सदस्य कमल कुमार जिसीको स्वागत र संस्थाका प्रमुख ऋषिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।