बागलुङ- ओशो तपोवनका संस्थापक आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण सोमबार बागलुङ आएका छन । उनलाई ओशो अमृतम ध्यान केन्द्र बागलुङले स्वागत गरेको छ । केन्द्रको आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि उनी बागलुङ आएका हुन । मंगलबार बागलुङ बजारमा उनले प्रवचन दिएका थिए । कार्यक्रममा सयौको सहभागिता रहेको थियो ।
भगवान ओशो रजनीशबाट ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गर्नुभएका स्वामी आनन्द अरुणलाई बागलुङमा ल्याएर सत्संग कार्यक्रम गर्न लागिएको हो ।
उहाँलाई बागलुङमा पञ्चकन्या, लाखे नाँच, नौमती बाजा र नेवारी संस्कृति अनुसार भव्य स्वागत गरिएको हो । आनन्द अरुणका सन्यासीहरुले आन्त अरुणको जयजयकार गर्दै बागलुङमा स्वागत गरिएको हो । ज्ञान र ध्यानलाई एक साथ जोडेर अगाडि लैजानुपर्छ भन्ने ओशोको मान्यतालाई नेपाल र नेपाल बाहिर पनि प्रचार गर्ने काममा स्वामी अरुणले थुप्रै काम गरेका छन ।