स्वास्थ्यको समिक्षा, १५ बुँदे प्रतिवद्धता

  • भदौ १२, २०७९

बागलुङ- स्वास्थ्य कार्यालय बागलुङले आर्थिक वर्ष ०७८।०७९ को बार्षिक समिक्षा सम्पन्न गरेको छ । जिल्लाका दश वटै स्थानिय तहमा संचालन भएका कार्यक्रमको प्रगतीको समिक्षाका साथै १५ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरिएको छ । समिक्षाको उद्घाटन गर्दै  जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले आधारभुत स्वास्थ्य सेवा जनताको मौलिक अधिकार रहेका कारण हरेक नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन तिनै तहका सरकारको भुमिका हुने बताए । उनले दुर्गम गाउँका जनताको स्वास्थ्य सेवामा खटिने हरेक स्वास्थ्यकर्मीलाई सरकारले सम्मान गर्न जरुर रहेको बताए । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि. पोखरेल, धौलागिरी आर्युवेद औषधालयका प्रमुख डा. सरोज कुमार राय लगायतले स्वास्थ्य क्षेत्रको विकासका निम्ती सवैको दायित्व भएको बताएका थिए । 
कार्यक्रममा जिल्लाका दश वटै स्थानिय तहका स्वास्थ्य शाखा संयोजक र जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले आफ्ना भावी कार्यक्रमका बारेमा समेत प्रस्तुतीकरण गरेका थिए । 
बार्षिक समिक्षा मार्फत १५ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खिमबहादुर खड्काको विशेष उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा स्थानिय तहमा मासिक रुपमा बैठक गरी स्वास्थ्यका हरेक सूचकका बारेमा छलफल गर्ने, खोप, परिवार नियोजन, आमा सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमलाई अझै प्रभावकारी ढंगबाट संचालन गर्ने लगायतका रहेका छन । 
कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख सुरेन्द्रजंग राजभण्डारीको अध्यक्षता, क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेको स्वागत र सूचना अधिकारी घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो । 

No description available.

No description available.

प्रतिक्रिया