फलेवासको खानीगाउँमा नि:शुल्क स्वास्थ्य शिविर हुने

  • फाल्गुण ७, २०७९

पर्वत- पर्वतको फलेवास नगरपालिका–५,खानीगाउँमा  नि:शुल्क स्वास्थ्य शिविर हुने भएकाे छ । शिविर यही फागुन १३ र १४ गते  स‌चालन हुने जनाईएको छ ।   लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल र फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो । ग्रामीण भेगका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको  कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिए । 

शिविरमा विषेशज्ञ सहित दक्ष तथा अनुभवी चिकित्सकहरुद्धारा स्वास्थ्य उपचार तथा परिक्षण हुनेछ । शिविरमा पेट, छाती, मुटु, मधुमेह जस्ता रोगका लागि इन्टरनल मेडिसिन बिशेषज्ञ सेवा, महिलाहरुको लागि प्रसुती तथा स्त्री रोग बिशेषज्ञ सेवा, हड्डी खिईएको तथा ढाड दुखाई भएकाहरुको लागि हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ सेवा, दातको समस्या भएकाहरुको लागि दन्त रोग बिशेषज्ञ सेवा, र आखाँको समस्या भएकाहरुको लागि आखाँ जाँच गरि निशुल्क चस्मा समेत उपलब्ध गराईनेछ ।

शिविरमा बिरामीहरुको लागि एक्स–रे-भिडियो एक्स–रे लगायत जुनसुकै ल्याव परिक्षण निशुल्क गरिने र चिकित्सकहरुले लेखेको औषधी समेत निशुल्क बितरण गरिने शिविर संयोजक सापकोटाले बतााए । उक्त शिविरबाट ३ हजार भन्दा बढी स्थानिय  प्रत्यक्ष लाभ लिने अनुमान गरिएको छ ।

कुनै बिरामीको रोग बल्झिएर भरपर्दो अस्पतालमा गई थप उपचार वा अप्रेशन गनुपर्ने देखिएमा आर्थिक भार नपर्ने गरि काठमाडौंको सुबिधासम्पन्न हस्पिटल नेपाल–भारत मैत्री हस्पिटलले भारि सहुलियत दिने र लायन्स क्लव अफ काठमाडौं देउराली दियालोले बिरामीको लागि अन्य सहजिकरण गर्ने सम्झौंता भएको पनि सापकोटाले जानकारी दीए ।  दुईदिन सम्म संचालन हुने शिविरमा शिविरमा ६८ प्रकारका औषधी निःशुल्क वितरण गरिने छ । 

प्रतिक्रिया