• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • ट्रेन्डिंङ

काँग्रेस महाधिवेशन गाउँ र नगरपालिकाको तोकिएकै मितिमा पछिल्ला अधिवेशन दशै‌ पछि

  • असोज ७, २०७८

नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै गाउँ/नगर अधिवेशन गर्ने भएको छ। क्रियाशील सदस्यता टुंगो नलागेका १३ जिल्लामा असोज ९ गतेसम्म वडा अधिवेशन गर्ने कांग्रेसले जनाएको छ।

बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्रै विवाद टुंग्याउन जिल्लाहरूलाई निर्देशन दिने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

असोज ९ गतेअघि नामावली आउन नसके निर्वाचन समितिले आफ्नो तरिकाले सकिएका जिल्लाको वडा अधिवेशन गर्दै जाने उनले बताए। 

प्रतिक्रिया