नेकपा एमालेद्धारा बागलुङ नगरपालिकालाई ध्यानाकर्षण

  • साउन ४, २०७९

नेकपा एमाले बागलुङ नगरकमिटले बागलुङ नगरपालिकालाई  ध्यानाकर्षण गराएको छ ।  नगरपालिका भित्र काम गर्दै आएका ज्यालादारी कर्मचारी हटाएको र बागलुङ नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ कराेड बढी बजेट फ्रिज बनाएकाे भन्दै नेकपा एमाले नगर कमिटी बागलुङले बागलुङ नगरपालिकाकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो । 

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई मंगलबार एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले राष्ट्रपति शैक्षिक सुधारकाे लागि आएको ६ करोड बजेट फ्रिज गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । 

सामुदायिक बिद्यालयकाे लागि आएको ६ करोड रकम सिधै बिद्यालयकाे खातामा हाल्नु भन्ने निर्देशन बिपरित रकम फ्रिज गरेको एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले बताए ।

तयारी अबस्थामा रहेको बागलुङ बसपार्क र वलेवा एयरपोर्ट समेत अविलम्ब संचालन गरेर नागरिक लाई सहज बनाउन समेत अध्यक्ष परियारले माग गरेकाे बताए ।

बागलुङ नगरपालिकाले अहिले कर्मचारी निकालेको क्षमता बान बनाउन कर्मचारी कै लागि क्षमतावान कर्मचारी खाेजेकाे बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बागलुङ नगरपालिकाकाे विकासकाकाे लागि चिन्तित रहेको सबै काम आफुले गर्न नसक्ने कतिपय काम प्रदेश सरकार कतिपय काम संघ सरकारमा निहित भएको नगर प्रमुख श्रेष्ठले बताए ।

शैक्षिक सुधारकालागि आएको ६ करोड बजेट, त्यसमापनि माथिबाटै सम्बन्धीत विद्यालयकाे खातामा राेक्का गरी पठाइदिने परिपत्र छ । नयाँ जाेश र जाँगर सहित आएका जनप्रतिनिधीले आर्थिक वर्षकाे अन्तसम्म कती बजेट खर्च भयाे, कति राेकिने भयाे, कति फ्रिज हुने भयाे भन्ने समेत हेक्का नराखेको आराेप बिपक्षीले लगाइरहेका छन् ।

बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउन एमालेका पाेलिट ब्युराे सदस्य तथा संघीय सांसद मनकुमारी केसी ,एमाले केन्द्रीय सदस्य एंवम गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा ,एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी ,लगायतका जिल्लाका नेता तथा एमाले बाट नगरपालिकाकाे वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्षहरू पुगेका थिए । कार्यक्रम एमाले नगर कमिटीका रामकृष्ण शर्माले संचालन गरेका थिए ।

 

प्रतिक्रिया