नारायण रिजाल,- बागलुङको बडिगाड गाउँपालिका–५ सिमाकका यामबहादुर राकश्कोटी मगर आफ्नै हातले बुनेका चुवाको डाला नाङ्ला लिएर विक्रिका लागि बागलुङ सदरमुकाम आएका छन । यहाँ संचालन भएको चैते दशै मेलामा चुवाबाट बनेका डाला, डाली र नाङ्ला लिएर उनि बिक्रिका लागि बागलुङ आएका हुन । आफ्नो ठाँउमा आफ्नै हातले निर्माण गरेका स्थानिय बस्तुको बजार खोज्दै राकश्कोटी बागलुङ सदरमुकाम आएको हुन । कुनै समय स्थानिय उत्पादनको मुख्य व्यापार हुने चैत्राष्टमी मेलामा अहिले स्थानिय बस्तुले बजार पाउन छाडेको छ । प्लाष्टिकको भाडाहरुको बड्दो प्रयोग सँगै स्थानिय उत्पादनले बजार पाउन छाडेको हो । झण्डै ५० देखी ६० वटा सम्म डाला र नाङ्ला लिएर आएका राश्कोटीको व्यापार भने सोचे जस्तो भएको छैन । ‘धेरै परिश्रम गरेर स्थानिय बस्तुको उत्पादन ग¥यो परिश्रम अनुसारको मुल्य निर्धारण गर्नुनै प¥यो उनले भने,– ‘हामीले उत्पादन गरेको बस्तु किन्नका लागि हिचकिच गर्छन । पुखौ देखी गर्दै आएको पेशा नै संकटमा पर्न लागेको छ ।
स्थानिय उत्पादनको पेशा नै संकटमा
बागलुङको चैते दशै मेलामा परम्परागत बस्तुहरुको विक्रि वितरण हुने भन्ने थाहा पाएर यहाँ आए तर व्यापार भएको छैन, सँगै आएको बडिगाड गाउँपालिका–४ जलजलाका बुद्धिराम विक भन्छन, ‘दुःख गरेर पनि कमाई राम्रो हुन सकेको छैन ।’ अब पेशा नै अर्को रोज्नुपर्ला जस्तो भएको छ । उनले झण्डै २० वटा नाङ्ला डाला डाली ल्याएर मेलामा आएका थिए तर सोचे अनुसार विक्रि भएन । फिर्ता लिएर जाने की सस्तो मुल्यमा छाड्ने दोधारमा रहेका छन ।
प्लाष्टिकको भाडाँले स्थानिय उत्पादन विस्थापित भए
बडिगाडका यामबहादुर र बुद्धिराम मात्र है बागलुङ नगरपालिका–१२ अमलाचौरका टेके चुँदारा पनि आफ्नो पेशा संकटमा पर्दै गएकोमा चिन्तित छन् । उनले पनि मेलामा विक्रिका लागि काठका भाँडा लिएर आएका थिए । परम्परागत रुपमा काठको ठेका भाँडा बनाउने पेशा अँगाल्दै आएका चुँदाराले निर्माण गरेको भाँडाहरु बिक्री हुन छाडेपछि उनलाई परिवार धान्न मुस्किल पर्न थालेको छ ।
‘काठको भाँडा बनाउन ठूलो मेहनत लाग्छ तर बजारमा डेढ दुई सयमा प्लाष्टिकका भाँडा पाइन्छ । महङ्गो पैसा तिरेर हाम्रो भाँडो कस्ले किनिदियोस, चुँदाराले भने, ‘मिहिनेत अनुसारको आम्दानी नहुने भएकाले हामी पुख्र्यौली पेशा छाड्न बाध्य हुनुपरेको छ । ‘एउटा ठेकी बनाउन निकै मिहिनेत लाग्छ । मिहिनेतको तुलनामा मूल्य खासै पाइँदैन’ टेकेले भने ।
काठको भाडाँ पनि लोप हुने अवस्थामा
बढ्दो प्लाष्टिकको भाँडाको प्रयोगले परम्परागत रुपमा निर्माण गरिने काठको भाँडो लोप हुन थालेका छन् । सस्तो मूल्यमा बजारमा प्लाष्टिकको भाँडा वर्तन उपलब्ध हुन थालेपछि चुँदाराले मेहनत गरेर बनाएको काठका ठेका भाँडा हराउन थालेका हुन् । ‘पहिलेको जस्तो छैन समय फेरियो, अब यसरी हामीले बनाएका भाँडाहरु बिक्री हुन छाडिसक्यो, चुँदारा भन्छन, ‘हामीलाई त समस्या पर्ने भो ।’ उनलाई घर परिवारको खर्च कसरी टार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । ‘ठेका भाँडाको बिक्री हुन छाड्यो, अरु काम गर्न आउँदैन,’ उनले भने,‘हामीलाई गुजारा चलाउनै गाह्रो पर्न थाल्यो । अब अर्को उपाय सिकाइदिने मान्छेको खोजीमा छौं ।’
यही पेशाबाट परिवार पाल्दै आएकामा अब फरक पेशा रोज्न बाध्य भएको उनि बताउँछन, काठलाई कुँदेर दूध दही मोही राख्न मिल्ने ठेका भाँडा र अन्नपात राख्न मिल्ने आरी निर्माण गर्दै आएका चुँदारा प्लाष्टिक भाँडाको बढ्दो प्रयोगले आफ्नो पेशालाई अप्ठ्यारो परेको बताए ।
उमेरले ५५ पुग्न आँटेका उनी आफूले निर्माण गरेर काठका भाँडा बिक्री गर्न बाग्लुङ, पर्वत, म्याग्दी र गुल्मीका विभिन्न गाउँ चाहार्ने गरेका छन् । हरेक ठाँउमा मेला लाग्दा पुुग्ने गर्दछु उनले भन,े ‘तर सोचे अनुसार व्यापार हुन सकेको छैन ।
गाउँघरमा गाईभैंसी पाल्ने क्रम घटेसंगै आफ्नो पेशा पनि विस्तारै संकटमा परेको उनको अनुभव छ । ‘गाउँघरमा बसेर गाई भैंसी पाल्ने चलन हराइसक्यो,’ उनी भन्छन, ‘गाईभैंसी नै पाल्न छोडेपछि दूध दहीका लागि भाँडो चाहिने कुरै भएन ।’
दारी गिथे नामक रुखको काठबाट निर्माण गरिने ठेका भाँडाका लागि कच्चा पदार्थ बागलुङ, गुल्मीका विभिन्न ठाउँबाट ल्याउने गरेको उनि बताउँछन् । ‘अरु काठ बलियो हुँदैन, गिथे खोज्दै गुल्मी लगायतका अन्य जिल्लामा पुग्ने गरेका छौं,’ उनले भने, ‘भाँडा बनाएपछि बेच्नका लागि पनि उत्तिकै गाउँ डुल्नुपर्छ ।’ पाँच मुठी देखि ३ पाथी सम्म अटाउने क्षमताका काठका भाँडालाई न्यूनतमा ५ सय देखी ३० हजार सम्म मूल्य पर्छ ।
पुस्तान्तरण पनि हुन नसक्दा पेशा नै संकटमा
यही पेशाबाट आफ्नो दैनिकी चलाउने मुस्किल पर्न थालेपछि चुँदाराहरू बिस्तारै पेशा छोड्दै जान थालेको उनी बताउँछन् । ‘एक दर्जन परिवार यही पेशा अँगालेर बसेका थियौं, अहिले कोही विदेश त कोही अन्य पेशामा आश्रित भए , चुँदाराले भने,‘अहिले हामी एक दुई घर मात्र यो पेशामा बाँकी छौं ।’ आफुहरुले पुर्खौ देखी बनाउँदै आएका काठका भाँडाहरु नयाँ पुस्तान्तरण पनि हुन नसक्दा पेशा नै संकटमा परहेको उनि बताउँछन ।
अहिलेका नयाँ पुस्ताले यो काम गर्दैनन पहिले देखी नै गर्दै आएको हुँदा हामीले धानेका छौं चुँदाराले भने,–‘ अहिले विक्रि नै हुँदैन । विक्रिका लागि भनेर गाउँमा उत्पादन गरेको सवै ल्याईयो हामीमा भएको सिप पुस्तान्तरण नहुँदा लोम हुने खतरा छ । ‘बुढाहरुले मात्रै ठेका कुद्छौं् अहिलेका केटाहरु सबै विदेश गए, अब यो पेशा हराउने त होला,’ उनले गुनासो गर परम्परागत सीपको प्रयोग गरेर निर्माण गरिएका वस्तुहरुको विकल्पमा अन्य सामान बजारमा सस्तो उपलब्ध हुन थालेपछि यी वस्तुहरुको व्यापार घट्दै गएका छ ।
मेलाका लागि विक्रिका लागि राखिएको स्थानको नगरपालिकाले राजश्व संकलन गरेको प्रति उनिहरुको गुनासो रहेको छ । चैत्राष्टमी मेला प्राङ्गणमा राखिएको अन्य स्थलको राजश्व संकलन गरे पनि परम्परागन बस्तुहरुको संरक्षण र प्रवद्र्धनका लागि उचित व्यवस्थापन हुन जरुर रहेको व्यवसायी बताउँछन । ठेका ठेकी डाला नाङ्ला राखेको ठाउँको उनिहरुले राजश्व तिरेको बताउँछन ।
माटोका भाँडा बनाएर जीविकोपार्जन गर्ने कुमाले, तामाका भाँडा बनाउने टमटा, दूध–दही राख्ने काठका ठेकी बनाउने चुँदारा र सुल्पा बनाएर छाक टार्ने जोहो गर्दै आएका गन्धर्वको पुख्र्यौली पेशाले उचित अवसर नपाउँदा परम्परागत पेशाहरु हराउँदै गएका छन ।