तीन तहकै सरकारले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ- मन्त्री अधिकारी

  • भदौ १८, २०७९

बागलुङ- गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले तिन तहका  सरकारले स्वास्थ्यका हरेक कार्यक्रममा प्राथमिकतामा राख्नुपर्ने बताएकी छन । प्रदेश स्वास्थ्य निर्देशनालयले बागलुङमा आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्यको बार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएकी हुन । उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सवै तहका सरकार संयमित हुनुपर्ने बताईन ।

‘स्वास्थ्यमा हामी सवै संवेदनशिल बन्नुपर्ने अवस्था आएको छ । सवै तहका सरकारले स्वास्थ्यलाई अलि प्राथमिकता दिनुपर्ने छ । मन्त्री अधिकारीले भनिन्–‘ संघको कुल बजेटको जम्मा १० प्रतिशत प्रदेशको जम्मा ८ प्रतिशत मात्र बजेटले स्वास्थ्य क्षेत्रको विकास कसरी हुन सक्छ ? यसमा सवै सरकार अलि संवेदनशिल बनौं ।’

उनले स्वास्थ्यकर्मी नै प्रमुख योजनाकार भएको हुँदा कस्ता कार्यक्रम संचालन गर्दा कसरी स्वास्थ्य क्षेत्र प्रभावकारी हुन्छ त्यसका बारेमा सोच्नका लागि सवै सहभागीलाई आग्रह गरिन । शुक्रबार देखी सुरु भएको समिक्षामा गण्डकी प्रदेशका ६ जिल्लाको बार्षिक प्रगतीका बारेमा जानकारी लिएकी थिईन ।

उनले गण्डकी प्रदेशलाई स्वास्थ्यमा समृद्धि बनाउनका निम्ती स्थानिय तह र संघिय सरकारका कार्यक्रमलाई सँग सँगै अगाडी बढाएर हरेक कार्यक्रमलाई प्रभावकारी बताउने बताईन । उनले प्रदेश भित्रका अस्पतालमा जनशक्तिको र प्रविधिको अभावले गर्दा सर्वशुलभ सेवा प्रवाह गर्न कठिनाई परेको हुँदा प्रदेश सरकार यसको व्यवस्थापनका निम्ती पहल थाल्ने बताईन । 
समिक्षा कार्यक्रममा कास्की, स्याङ्जा, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल प्रमुख र आर्युवेद प्रमुखहरुले आफ्नो प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 प्रदेश सरकारले स्वास्थ्यमा उत्कृष्ट स्थानिय तहलाई सम्मान समेत गरेको छ । प्रदेशका ८५ वटा स्थानिय तह मध्ये लमजुङको मध्यनेपाल नगरपालिका पहिलो, पर्वतको पैयुँ गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले जानकारी दिए ।

निर्देशनालयले १० उत्कृष्ट स्थानिय तहलाई सम्मान गरेको हो । जसमा चौथो स्थानमा गोरखाको गोरखा नगरपालिका, पाँचौ स्थानमा लमजुङको बेसीशहर नगरपालिका, छैठौ स्थानमा दुधपोखरी गाउँपालिका, सातौ स्थानमा स्याङ्जाको पुतलीबजार नगरपालिका, अठौ स्थानमा पर्वतको फलेवास नगरपालिका नबौं स्थानमा  गोरखाको अजिरकोट गाउँपालिका र दशौं स्थानमा पर्वतको विहादी गाउँपालिका रहेको निर्देशक खड्काले जानकारी दिए । 
धौलागिरी अस्पताल बागलुङ, स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी आर्युवेद औषधालय बागलुङले संयोजन गरेको कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारी, स्वास्थ्य सेवा विभागका डा दिवाकर सापकोटा, पैयुँ गाउँपालिका पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी, धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले बोलेका थिए । 
कार्यक्रम स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काको अध्यक्षता र तथ्याङ्क अधिकृत दिवाकर पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया