• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • बागलुङ ,
  • अर्थतन्त्र

गलकोटको निति : उद्यमसँग जोडेर रोजगारी सिर्जना गर्ने 

  • असार ९, २०८३

बागलुङ - बागलुङको गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख भरत शर्मा गैरेले मंगलबार १९ औं नगरसभा मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । 
नगर प्रमुख गैरेले कृषि, पर्यटन, जलस्रोत, स्थानीय सिप र पूर्वाधारलाई समृद्ध गलकोट निर्माणको मुल आधारका रूपमा अघि सारेका छन् । उनले कृषिलाई आधुनिकीकरण गरेर व्यावसायिक बनाउने, गलकोटका पर्यटकीय स्थलको पहिचान र प्रचार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना सुनाए । जलस्रोतको दिगो उपयोग गरेर सिँचाइ र खानेपानीको समस्या समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गलकोटले स्थानीय सिपलाई उद्यमसँग जोडेर रोजगारी सिर्जना गर्ने नीति लिएको छ । गलकोटका स्थानीय उत्पादनलाई ब्राण्डिङ गरेर बजारसम्म पु¥याउने र युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने गलकोटले नीति लिएको छ ।
सडक सञ्जाल विस्तार, ग्रामीण सडक कालोपत्र, झोलुङ्गे पुल निर्माण र खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य पनि राखिएको नगरप्रमुख गैरेले बताए ।
नगरपालिकाले नीति, कार्यक्रम र बजेट निर्माणका लागि सबै वडा र सरोकारवालाबाट सुझाव संकलन गरेको थियो । संकलित सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम तयार पारिएको नगर प्रमुख गैरेले बताए । उनले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको साथ सहयोग आवश्यक रहेको जनाए ।
गलकोट नगरपालिका बागलुङ जिल्लाको चार नगरपालिकामध्ये एक हो । नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अनुसार स्थानीय तहलाई आफ्नो क्षेत्रको विकास योजना आफैँ बनाउने र कार्यान्वयन गर्ने अधिकार छ ।
नीति तथा कार्यक्रम पारित भएपछि अब नगरसभाले आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । बजेटमा नीति तथा कार्यक्रमले तोकेका प्राथमिकताका क्षेत्रमा बढी रकम विनियोजन हुने अनुमान छ । नगरसभाका सदस्यहरूले नीति तथा कार्यक्रममाथि छलफल गरेर सुझाव दिनेछन् । छलफल र परिमार्जनपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

प्रतिक्रिया