आरन सुधारका लागि आधुनिक औजार

  • असार १६, २०८१

बागलुङ- विश्वकर्मा समुदायले परम्परागत रुपमा संचालन गर्दे आएको आरन पेशालाई सहज बनाउनका निम्ती बागलुङमा आधुनिक औजार प्रदान गरिएको छ । पुखौली देखी गर्दै आएको आरन व्यवसायलाई नयाँ—नयाँ प्रविधिको प्रगोग गरी सजिलो र सुरक्षित बनाउनका निम्ती बागलुङ नगरपालिकाले आरन व्यवसाय गदै आएकालाई आधुनिक औजार प्रदान गरेको हो । नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम अन्तगरत बागलुङ नगरपालिका—७ मा रहेको भिरमुनी लघु उद्यमी समुहकालाई आधुनिक औजार उपकरण प्रदान गरिएको हो । 
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन आरन सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो । नगरपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्ति, समुहलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउनुका साथै व्यवसाय प्रर्वद्धनका गर्न र उनीहरूको पेसा थप व्यवस्थित बनाउनका निम्ती औजार उपकरण सहयोग गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  
पुरानो आरन प्रविधिले काम गर्न गाह्रो हुनुका साथै स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको  हुँदा व्यवसायीक रुपमा नै आरन पेश संचालन गरेकाहरुलाई आवश्यक सिप र तालिम प्रदान गरी नयाँ—नयाँ औजार उपकरण प्रदान गरिएको श्रेष्ठले बताए । ‘पुरानै प्रविधिको प्रयोगले व्यवसाय झन्झटिलो हुने भएकोले नयाँ पुस्ताको यस व्यवसायप्रतिको आकर्षण घट्दै गएको छ ।’ नगरप्रमुख श्रेष्ठले भने–‘आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायमा नयाँ पुस्तालाई आर्कषण गर्नका निम्ती आधुनिक प्रविधि सहयोग गरिएको हो ।’ यसले आरनमै आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने नगरपालिकाको अपेक्षा रहेको छ । 
नगरपालिकाले सिप विकास तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई उपयुक्त प्रविधि कार्यक्रम अन्तरगत आरन सुधारका लागि नयाँ प्रविधि हस्तान्तरण गरेको हो ।  नयाँ औजार सामाग्री प्रदान गरिएका सवै व्यवसायीहरुलाई यस अगाडी नै उद्यमशिलता तालिम प्रदान गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता रामदेवी पुर्जाले जानकारी दिईन । पुर्जाका अनुसार लघु उद्यमी समुहलाई हावा दिने ईलेक्ट्रीक पंखा, ओल्डिङ मेसिन, हेन्ड ग्रान्डर, घन, लि लगायतका सामाग्रीहरु प्रदान गरिएको छ । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।  
नयाँ प्रविधिको प्रयोग गरि आफ्नो पेशालाई निरन्तरता दिन पाउने भएपछि आफ्नो व्यवसाय संकट पर्न बाट मुक्त हुने आरन व्यवसाय संचालन गर्दै आएका टिकाराम विश्वकर्मा बताउँछन । ‘यो हाम्रो पुखौली पेशा हो हामी आरनमा हुने सवै काम गर्न सक्छौं ।, प्रविधिको विकास सँगै आधुनिक सामाग्री नभएका कारण राम्रो उत्पादन गर्न सकेका थिएनौं नगरपालिकाले नयाँ नयाँ औजार उपकरण र तालिम समेत प्रदान गरेको छ यसले हामीलाई सहज बनाएका उनले भने ।, 
अहिलेको शिक्षित युवापुस्ताले परम्परागत पेसा अगाल्न छोडिसकेका पुरानो पुस्तालाई भने चिन्ता रहेको छ । नयाँ पुस्ताको रोजाइ बैदेशिक रोजगारी  वा अन्य पेशा भएको छ । त्यसमाथि आधुनिक औजार पनि नहुँदा आफ्नै परम्परागत पेसा नै संकटमा पर्दै गएका थिए । यसलाई विश्वकर्मा समुदायले गर्दै आएको परम्परागत पेशालाई पनि संरक्षण गर्न सहयोग गर्नेमा विश्वास लिईएको छ । नगरपालिकाको आगामी आर्थिक वर्ष पनि आरन सुधारका कार्यक्रम संचालन गर्ने जनाएको छ । 
 

प्रतिक्रिया