जनताको घरदैलोमा सेवा प्रवाह घुम्ती शिविर

  • भदौ २२, २०७९

 बागलुङ– बागलुङ नगरपालिकाले जनताको घरदैलोमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । गत साउन २९ गते देखी संचालन गरिएको घुम्ती शिविर बुधबार बागलुङ नगरपालिका–५ मालिकामा संचालन गरिएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम्झौता गरिएको छ भने उपभोक्ता समितिकै नाममा वडा तहमै बैंकको खाता संचालन गरिएको छ । शिविरमा नगरप्रमुख उपप्रमुख छिमेकी वडाका वडा अध्यक्षहरु र कर्मचारीहरु व्यवस्थापनमा खटिएका थिए । 
    विषेश गरी ग्रामिण भेगका वडाबाट कार्यालयमै सेवा लिन आउँदा कठिनाई र समस्यालाई मध्यनजर गरी उनिहरुको  समय बचत र नागरिकको सहजताका लागि वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।  ‘नजिकका वडाहरुमा शिविर संचालन गरेका छैनौ, टाढाका वडालाई मात्र प्राथमिकता दिएका छौं । नगरप्रमुख श्रेष्ठले भने,–‘हामी नगरपालिकामा आए पछि पहिलो कार्यक्रम पनि हो । गाउँमै सेवा प्रवाह गरे आम नागरिककलाई सर्भशुलम सेवा प्रदान गर्ने हाम्रो दायित्व रहेको छ ।’ यो दायित्व आगमी दिनमा पनि निरन्तर प्रदान गर्नेछौं ।’ उनले नगरपालिकाको सिंगो टिम विकास र जनताको सेवामा कसरी सहजता हुन्छ त्यसरी नै लाग्ने बताए । 
वडा तहमै योजना सम्झौता गर्नुभन्दा पहिले नगरपालिकाको प्राविधिक टोली सम्बन्धीत योजनाको लागत इष्टुमेण्ट तयार पर्ने र उपभोक्ता समिति गठन गरी सम्झौता गर्न आउने छन । शिविरमा पाठेघरका समस्या भएका महिलाहरुका विषेश सेवा प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।
मालिकाको शिविरमा चालु आवमा स्विकृत ११ वटा योजना सम्झौता गरिएको छ ।  योजना सम्झौतामा महिला अध्यक्ष रहेका ७ र पुरुष अध्यक्ष रहेको ४ रहेका छन । सवै योजनाको नाममा बैंक खाता पनि संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी दिए । 
शिविरमा १०७ जनाले सामान्वय स्वास्थ्य परिक्षण सेवा लिएका थिए भने, ४४ जना महिलाको पाठेघरको जाँच गरिएकोमा १ जाामा रिङ्ग पेसरी राख्नुपर्ने समस्या रहेको थियो ।  शिविरमा ७६ जनाको मधुमेह ५ जनाको कोरोना, १६ जनाको मलेरिया र ४६ जनाको दन्त परिक्षण गरिएको  स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जानकारी दिए ।  
शिविरमा नयाँ र पुरानो गरी ७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गको रातो कार्ड १ जनालाई ‘ख’ वर्गको निलो कार्ड १ र ‘ग’ वर्गको पहेलो कार्ड ५ जनालाई प्रदान गरिएको महिला विकास अधिकृत सरस्वती शर्माले जानकारी दिईन । 
वडा भित्रको भुभाग समेटीने गरीे करीव ५० रोपनी जमिनको कभरेज लिई १० वटा स्थानका नमुना संकलन गरी माटो परीक्षण गर्दा माटोमा औसतमा पिएच ५.४७ रहेकोेले माटोमा अम्लीयपन अधिक रहेको भेटिएको हुँदा माटो परिक्षण गरिएका कृषकहरुलाई सिफारीस मात्रामा कृषि चुनको प्रयोग गर्न सुझाइएको कृषि प्राविधिक लछुता बरुवाल ।  
शिविरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सेवा अन्तर्गत १३ जनाको सामाजिक सुरक्षा भत्ता अभिलेख नविकरण गरिएको थियो । 
घुम्ती शिविरमा उपभोक्ता समितिका पदाधिकारी, कृषक लगायतका ३२ जना सरोकारवालाहरुलाई योजना संचालन, फरफारक, वित्तीय साक्षरता, कृषि प्रविधि सचेतना जस्ता विषयमा अनुशिक्षण गरिएको थियो । तेस्रो चरण अन्तरगतको शिविर विहिबा बानपा–६ मा संचालन हुने बताईएको छ । 

कार्यक्रममा शिविर संचालन गर्नुका उद्श्येका बारेमा प्रष्ट पारेका थिए भने गैसस महासंघका जिल्ला अध्यक्ष मुक्तिराम सापकोटाले शिविरले सर्वसाधारणलाई सहज बनाएको बताएका थिए । 

कार्यक्रम वानपा ५ का वडा अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता वडा सदस्य चक्रपाणी शर्माको स्वागत र नगरपालिकाका अधिकृत आठौ युक्त प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया