बागलुङका भुवन कँडेल जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री

  • माघ ६, २०७८

बागलुङ - 
बागलुङका भुवन कँडेल नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री बनेका छन् ।  प्रवासमा रहेका नेपाली काँग्रेसमा आस्थावानहरुको संस्था जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष वकिल केसीले कँडेललाई महामन्त्रीमा मनोनयन गरेका हुन् ।

बागलुङको काठेखोला गाउँपालिका—८ लेखानी घर भई हाल पोर्चुगलमा रहँदै आएका उनलाई नेपालमै रहँदा नेपाली काँग्रेस र यसका भातृ संस्थाहरुको विभीन्न पदमा रही काम गरेको र जनसम्पर्क समिति पोर्चुगलमा पनि छोटा समयमै राम्रो काम गरेका कारण महामन्त्रीमा नियुक्त गरिएको अध्यक्ष केसीले जनाएका छन् ।

जनसम्पर्क समिति पोर्चुगलको महामन्त्री नियुक्त भएपछि कँडेलले काँग्रेस आस्थावान र सम्पूर्ण प्रवासीहरुको हकहितमा काम गर्ने बताए । उनले नेपाली काँग्रेसलाई मजबुद बनाउनका लागि जनसम्पर्क समिति पोर्चगलको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । 

क‌डेल जिल्लामा रहँदा नेपाल प्रेस युनिनय नेविसंघ लगायतका काँग्रेसका भातृ एव‌ सुवेच्छुक संस्थामाहरुमा सक्रिय भएर काम गरेका थिए । 

प्रतिक्रिया