असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने हेरौ कहाँको भाडा कति छ

  • असोज ९, २०७८

सरकारले असोज ११ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यो निर्णयसँगै तोकिएको मितिदेखि धमाधम टिकट बुकिङ गर्न सकिन्छ। सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन। व्यवसायीहरुले भाडा समायोजन तत्काल कार्यान्वयनमा आउनुपर्ने माग राख्दै आएका छन्। 

https://drive.google.com/file/d/16guAmwULvdeUL0rXXPtHjvIUHK0DEehU/view

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय