काँग्रेस बागलुङको कार्यवाहक सभापतीको जिम्मेवारी तारानाथ पौडेललाई

  • भदौ ३१, २०८३

बागलुङ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले काँग्रेस बागलुङको कार्यबहाक सभापतीको जिम्मेवारी उपसभापती तारानाथ पौडेललाई तोकेको छ । काँग्रेस केन्द्रीय समितिको निर्णयअनुसार ३ असोजबाट सुरु हुने वडा अधिवेशनसहितको १५ औं महाधिवेशन प्रक्रिया अघि नबढाउने पाँच जिल्लामा कार्यवाहक सभापति तोकिएको हो । 

कांग्रेसले ३ असोजबाट सुरू हुन गइरहेको वडा अधिवेशन प्रक्रिया अघि बढाउन बाग्लुङ लगायत कञ्चनपुर, कैलाली, डोटी र मुगमा कार्यवाहक सभापति तोकेको हो । ती जिल्लाहरूमा केन्द्रले कार्यवाहक सभापति तोकेर महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले पाँच जिल्ला सभापतिहरूले ३ असोजबाट सुरू हुन गइरहेको महाधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने बताएपछि कार्यवाहक सभापति तोकेर जिम्मेवारी दिइएको जानकारी दिए । कार्यबहाकको जिम्मेवारी बनेसँगै पौडेलले बुधबार अधिवेशनको सन्दर्भमा बैठक समेत राखेका छन । बैठकमा केन्द्रीय सदस्य चम्पादेवी खड्का, जगदिशचन्द्र उपाध्याय, टेकराज पौडेल भिम श्रीस, पूर्व सपभापतीहरु हरिप्रसाद श्रेष्ठ र प्रकाश शर्मा पौडेल पनि उपस्थित रहेका थिए । 
 बागलुङको सभापतीमा जितबहादुर शेरचन रहेका छन । उनी नियमित महाधिवेशन पक्षधर हुन । शेरचन काँग्रेस नेता सिटौला पक्षधर रहेका छन । 

 

प्रतिक्रिया