बागलुङ- गत साउनको पहिलो साता जिल्लामा ५६ जना डेंगुका विरामीहरु थिए । त्यसको एक सातामा दोब्बर बढिले बढ्यो र १३० पुग्यो । साउनको दोस्रो साता बढे्का डेंगु विरामीको संख्या तेस्रो सातामा भने ९६ जनामा झ¥यो तर त्यसको एक सातामा भने पुन १६१ ले बढ्यो । एक सातामा नै झण्डै १५० को हाराहारीमा बढ्दै यसरी साउनको अन्तिम साता देखी गत साता सम्म निरन्तर बढ्दै गए । गत साता मात्र २४५ जनामा डेंगु संक्रमण भएको थियो तर यो साता भने केही संक्रमण हुने विरामीको दर घटेको छ । जिल्लामा साउन देखी हाल सम्म कुल १ कजार ३०१ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख जनस्वास्थ्य प्रशासन प्रविण शर्माका अनुसार बागलुङमा डेंगु संक्रमण तिब्ररुपमा फैलिएको छ ।
कार्यालयले यसको नियन्त्रणका निम्ती विभिन्न क्रियाकलाप नियमित रुपमा गर्दै आएता पनि संक्रमण दर भने घटन सकेको छैन । ‘जिल्ला भरी नै विभिन्न सचेतना मुलक कार्यक्रमहरु नियमित गर्दै आएको छौ, विद्यालय स्तरमा होस वा सामुदायिक तहमा तर यसको संक्रमण दर भने बढ्दै गएको छ । कार्यालय प्रमुख शर्माले भने, यसको नियन्त्रणको मुख्य काम भनेको लामखुट्टेको बासस्थान नै हटाउनु हो । त्यो सवै समुदायका व्यक्तिबाट नै हुनुपर्ने रैछ । हामी विभिन्न कार्यक्रम गरेका छौ तर पनि यसको नियन्त्रण हुन सकेको छै ।
पछिल्लो समयमा बागलुङका १० वटा स्थानिय तह मध्ये सवै भन्दा बढि बागलुङ नगरपालिकामा भएको कार्यालयले जनाएको छ । कार्यालयको आर्थिक वर्ष २०८२।०८३ को बार्षिक समिक्षा पश्चातको पत्रकार सम्मेलनमा सो जानकारी दिएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार गत वर्ष जिल्लामा केही महामारीको रुपमा ढोरपाटनमा दादुरा संक्रमण फैलियो । त्यो कार्यालयले तत्काल विज्ञ टोली र अन्य दाता संस्था खोजेर नियन्त्रणमा लियो । त्यतिमात्र होइन, भैपरी आउने धेरै अभियान,आमा सुरक्षाका क्रियाकलाप समेत नियमित भैरहेका छन् । खानेपानीको मुहानमा भएको समस्या पत्ता लगाएर शुद्दिकरण अभियानमा अगुवाई जस्ता दर्जनौं कार्यक्रम गरेर कार्यालयले दायित्व त पुरा गरेकै छ । त्यस बाहेक आगामी दिनमा पनि यो तथ्यांकलाई अद्यावधिक गर्न पहल गरेको छ ।
स्वास्थ्य क्षेत्रमा एक पटक राम्रो नतिजा ल्याएर मात्र पुग्दैन । त्यसका लागि निरन्तरता आवस्यक छ । कार्यालयले गत वर्षको कार्यक्रमको पालिका तहसम्मको समीक्षा गरेर चालु वर्षका लागि पनि योजना, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नियमित बाहेक आकस्मिक कार्यक्रम र खोप अभियानलाई प्रभावकारी बनाउन पहल भएको कार्यालय प्रमुख शर्माले बताए ।
त्यस बाहेक खोपलाई प्राथमिकता दिएर काम गरिएको उनको भनाइ छ । यसरी काम गर्दा खोप अभियानमा धेरै लगानी आवस्यक पर्ने, त्यसबाट लाखौंको औषधी खेर पनि जाने भएको छ । तर पनि राज्यले बनाएका प्रोटोकल अनुसार काम गरिरहेको उनले जानकारी दिए । कार्यालयले गत असारसम्म बागलुङका १४ हजार २ सय ५७ जना बालबालिकालाई आवस्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको थियो ।
पछिल्लो चार वर्षदेखि यो क्रमले निरन्तरता पनि पाएको छ । शर्माका अनुसार, जन्मेदेखि १५ महिना भित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका थिए । यो खोप लगाउने उमेर समूहमा रहेका सबै बालबालिकाले पाएको अवस्था हो । त्यस बाहेक विद्यालय उमेरका किशोरीलाई पाठेघरको क्यान्सर विरुद्वको खोप समेत नियमित रुपमा लगाउन थालिएको छ । गत वर्षको फागुनमा ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण देखिएपछि कार्यालयले १८ वर्ष सम्मका बालबालिकालाई ७ हजार खोप लगाएको थियो ।
समिक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानिय तहले आफ्नो बार्षिक प्रगतीको समिक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना समेत गरेका थिए । जिल्लाका हरेक स्थानिय तहले विभिन्न नविनतम अभ्यास गरेर स्वास्थ्य सेवाको सृदृढिकरणका लागि आगाडी बढेको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार जिल्लाको बरेङ गाउँपालिकालाई तिन वर्ष पहिलो पूर्ण संस्थागत युक्त पालिका घोषणा गरिएको छ भने गत आ.व.मा बडिगाड गाउँपालिकालाई पोषणयुक्त गाउँपालिका घोषणा गरिएको छ ।