बागलुङ- नेपाली काँग्रेसको १५औं महाधिवेशनमा बागलुङबाट ६ जना जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । निर्वाचित हुनेमा प्रतिनिधि सभा सदस्य रेणुका काउचा मगर, भिम श्रीस, जगशिचन्द्र उपाध्याय र सागर परियार गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का र अर्जुन शेरचन रहेका छन ।
काउचा आदिवासी जनजाती महिला तर्फ निर्वाचित भएकी छन भने, श्रीस आदिवासी जनजाती खुल्ला तर्फ निर्वाचित भएका छन । उपाध्याय खसआर्य खुल्लामा निर्वाचित भएका छन भने, परियार दलित खुल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । त्यसैगरी खड्का खसआर्य महिला र शेरचन अल्पसंख्याबाट निर्वाचित भएका हुन ।
रेणुका काउचा
बागलुङको गलकोट नगरपालिका–११ रिघाकी रेणुका नेपाल विद्यार्थी संघको राजनिति बाटै काँग्रेसको राजनितिमा सक्रिय भएकी हुन । उनि सरस्वती क्याम्पस काठमाण्डौको स्ववियु कोषाध्यक्ष हुँदै नेपाल मगरविद्यार्थी संघको केन्द्रीय नेतृत्वमा समेत पुगिन । १२ औं महाधिवेशन देखी निरन्तर केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेकी काउचाको काँग्रेसको केन्द्रीय नेतृत्वमा भने यो पहिलो प्रयास हो । उनि पहिलो प्रयासमा नै केन्द्रीय सदस्य बन्न सफल बनेकी छन । उनि गलकोट नगरपालिकाको उपप्रमुख भएर स्थानिय तहको अनुभवलाई समाल्दै हाल प्रतिनिधि सभा सदस्य बनेकी छन । निर्वाचन परिणाम अनुसार काउचा मगरले २ हजार ३ सय ९२ मत प्राप्त गर्दै आदिवासी जनजाति महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । यस समूहबाट ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा आठ जना निर्वाचित भएका छन् ।
भिम श्रीस
बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीका भिम श्रीस स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन विश्वविद्यालयको पूर्व स्ववियु सभापती हुन । उनि क्रिकेटको अम्पाएरको रुपमा चिनिन्छन । श्रीस काँग्रेस बागलुङ क्षेत्र नं. १ बाट निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बनिरहेका छन । श्रीस १३ औं र १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यका उम्मेदवार थिए । श्रीस गत प्रतिनिधि सभा निर्वाचनमा बागलुङ १ मा काँग्रेसको तर्फबाट उम्मेदवार भएका थिए । विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका श्रीसको केन्द्रीय नेतृत्वमा यो दोस्रो पटक हो । उनले आदिवासी जनजाती खुल्ला तर्फ २ हजार ४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । खुलातर्फ ४१ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएकोमा १२ जना निर्वाचित भएका छन् ।
जगशिचन्द्र उपाध्याय
बागलुङ नगरपालिका ३ का उपाध्यायको काँग्रेससँगको राजनितिक इतिहास लामो छ । जिल्लाको सम्पुर्ण भु राजनिति बुझेका उपाध्यायले जिल्ला नेतृत्वका लागि पटक पटक प्रयास गरे तर सफल भएनन । गत मंसिरमा भएको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उपाध्याय यस पटक भने सजिलै केन्द्रीय सदस्यमा निर्वाचित भए । उनि नेविसंघ, तरुणदल हुँदै काँग्रेसको मुल राजनितिमा सक्रिय भएका हुन । उनि काँग्रेस बागलुङको उपसभापती भए भने केही समय कार्यबहाक सभापती बनेर जिल्लाको नेतृत्व समालेका थिए । लामो समय जिल्लाको पार्टी राजनीतिमा सक्रिय रहनुभएका उपाध्यायको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै बागलुङ कांग्रेसको केन्द्रीय तहमा प्रतिनिधित्व थपिएको छ । पाध्यायले खसआर्य तर्फ कुल २ हजार २२६ मत प्राप्त गरेका छन । केन्द्रीय कार्यसमितिमा रहेर जिल्लाको संगठन सुदृढीकरण तथा स्थानीय राजनीतिक र विकासका मुद्दालाई पार्टीको राष्ट्रिय तहसम्म पु¥याउन उनकोे भूमिका कस्तो रहन्छ भन्ने चासो समेत बढेको छ । उ
सागर परियार
बागलुङ नगरपालिका वडा नं .१४ नारायणस्थानका सागर परियार विद्यार्थी राजनिति देखी नै सक्रिय हुन । उनि काँग्रेस बागलुङ जिल्ला सदस्य हुँदै नेविसंघको केन्द्रीय उपाध्याक्ष भए । उनि १३औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भए भने यस पटक पनि उनि बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका हुन । जिल्लामा निर्वाचनमा एक्लै होमिएका परियारले उनको समुहबाट सवैले उम्मेदवारी फिर्ता लिँदा उनले लिएनन र अन्नत महाधिवेशनमा प्रतिनिधिमा निर्वाचन पनि जिते । हाल उनि दलित क्लस्टरतर्फका केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । उनि सहित आठ जना निर्वाचित भएका हुन । परियार सँग ३२ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
जिल्लाबाट सहमहामन्त्रीमा डिल्लीराम सुवेदी सहित २० जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । खुल्ला र अन्य विभिन्न समुहमा उम्मेदवारी दिएका मध्ये केही मतगणना भै सकेको छ भने केही कलष्टरको अझै मतगणना हुने क्रम जारी रहेको छ ।
चम्पादेवी खड्का
बागलुङ नगरपालिका वडा नं. २ का चम्पादेवी खड्का पार्टीको केन्द्रीय समितिमा यो चौथो पटक नेतृत्वमा पुगेकी छन । पूर्व राज्यमन्त्री समेत रहेकी खड्का हाल गण्डकी प्रदेश सभा सदस्य हुन । उनि महिला खस आर्य तर्फ केन्द्रीय सदस्यको उम्मेदवार दिएकी थिईन । खड्कासँगै ८ जना यस समुहमा निर्वाचित भएका छन । उनि काँग्रेसको १३ औं, १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिईन भने विशेष महाधिवेशबाट पनि केन्द्रीय सदस्य बनेकी थिईन । खड्का संविधानसभा सदस्य समेत हुन ।
अर्जुन शेरचन
बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका अर्जुन शेरचन केन्द्रीय सदस्य अल्पसंख्य तर्फ निर्वाचित भएका छन । बागलुङ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि भएका शेरचन नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य समेत रहेका थिए । उनि पश्चिम बागलुङको काँग्रेसको राजनितिमा लामो समय देखी सक्रिय रहेका छन । शेरचन २०७४ सालको पहिला स्थानिय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाका नगरप्रमुखमा झिनो मतले पराजय भएका थिए ।